Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

लुम्बिनी, २९ वैशाख। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीबाट विश्वमा शान्तिको सन्देश फैलाउनुपर्ने बताएका छन् । २५६९ औं बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले आजको दिनले शान्तिको सन्देश विश्वसामु फैलाउन र गौतम बुद्धले दिएका सन्देशलाई प्रचार–प्रसार गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् । ‘जनताले मान्दै आएको गौतमबुद्धको दर्शनलाई मार्गदर्शक सिद्धान्तको रुपमा लिएर अगाडि बढिरहेको यस सन्दर्भमा बुद्धको सन्देश र दर्शन अझै महत्त्वपूर्ण र आवश्यक बन्दै गइरहेको छन’, उनले भने–‘बुद्धको सन्देशलाई हामी सबैले अनुशरण गर्न जरुरी छ। यो पवित्र भूमिमा शान्तिका अग्रदूत गौतम बुद्धको जन्मजयन्ती मनाउन हामी सबै यहाँ उपस्थित भएका छौं। लुम्बिनी ज्ञान भूमि…

Read More

काठमाडौ,२८बैशाख। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले भोगिरहेका समस्याको समाधान गर्न सरकार लागिपरेको बताएका छन्। आइतवार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरु ‘डेथ ट्र्याप’, ‘डिजिटल ट्र्याप’ र ‘डेप्थ ट्र्याप’को शिकार भइरहेको बताए। उनले परिवार र समाजको अपेक्षा, ऋणको चाप र कामको दबाबले श्रमिकहरु डिप्रेसनको शिकार बन्ने र आत्महत्या गर्ने क्रम समेत बढेको बताए। उनले वैदेशिक रोजगारीका लागि लिइने चर्को ऋणले कामदारहरुलाई आर्थिक चक्रव्युहमा फसाउने गरेको उल्लेख गरे। सरकारले वैदेशिक रोजगारीको नीतिगत सुधार गर्दै म्यानपावर कम्पनीमाथि कडा निगरानी र कामदारहरुको स्वास्थ्य तथा मानसिक समस्यामा केन्द्रित कार्यक्रम सञ्चालन गरिरहेको दाबी गरे।

Read More

काठमाडौं,२८बैशाख। नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले राजीनामा दिएका छन्। सिफारिस समितिका सदस्य रहेका पौडेलले आइतबार समितिका अध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेललाई आइतबार राजीनामा बुझाएका हुन्। गभर्नरमा पौडेललाई नियुक्त गर्न कांग्रेस-एमाले सहमत भएपछि उनले सदस्य पदबाट राजीनामा दिएको चर्चा छ। सिफारिस समितिको अध्यक्षमा अर्थमन्त्री पौडेल र सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र विश्व पौडेल सदस्य थिए। यसअघि सत्तागठबन्धन दल कांग्रेस-एमालेबीच राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति भएको थियो। भट्टको नाममा प्रधानमन्त्री ओली सहमत हुन सकेनन्। त्यसका लागि उनले डेपुटी गभर्नर नीलम ढुंगानालाई अघि सारेपछि समस्या बल्झिएको थियो। यसपछि कांग्रेसले पौडेललाई गभर्नरको नयाँ उम्मेदवारको रुपमा…

Read More

काठमाडौं,२८बैशाख। यातायात व्यवस्था विभागले लाइसेन्स (सवारी चालक अनुमतिपत्र) छपाइ रोकेको छ। विभागले प्रिन्टिङ प्रणालीमा समस्या आएका कारण अत्यावश्यक लाइसेन्स समेत अनिश्चितकालका लागि छपाई बन्द भएको जनाएको छ। विभागका अनुसार अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक, शान्ति सेना मिसनमा जाने नेपाली सैनिक, प्रहरी र गैरआवासीय नेपालीका लागि अत्यावश्यक लाइसेन्स छपाइ हुँदै आएको थियो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भने करिब ३० लाख लाइसेन्स छाप्न सक्ने निष्कर्ष निकालेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाबीच आईतबार काठमाडौँमा भएको छलफलले छपाइसम्बन्धी कार्य सुरक्षण मुद्रण केन्द्रमार्फत गर्ने निष्कर्ष…

Read More

अमेरिकाको न्यूयोर्कमा सम्पन्न भएको ‘८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड युएसए’ मा गायक रामजी खाँड र गायिका सुनिता दुलाल उत्कृष्ट गायक गायिका घोषित भएका छन्। गायक खाँडको बन्दिपुरे सोल्टिनी र गायिका सुनिता दुलालको ‘नबोल अरुसँग’ गीतले अवार्ड जितेको हो। टप शप काठमाडौंको प्रस्तुतिमा रेभेल इभेन्ट्स इंक , बुद्ध ट्याक्स एकाउन्टिङ र शतिसाल ग्रुप एलएलसि यूएसएको संयुक्त आयोजनामा फस्ट टप शप काठमाडौं ८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड युएसए २०२५ को आयोजना भएको थियो। अवार्डको आयोजकहरुमा रेवेल इभेन्ट्सका तर्फबाट राजेश हमाल, इत्ना कार्की, निश्चल वाइबा, बुद्ध ट्याक्स एकाउन्टिङको तर्फबाट पशुपति श्रेष्ठ र शतिसाल ग्रुप एलएलसी युएसएका तर्फबाट लकेश श्रेष्ठ र सजना…

Read More

काठमाडौं,२८ बैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका छन्। प्रतिनिधिसभाको आज बसेको बैठकमा उनले नीति तथा कार्यक्रममाथि सांसदहरुले उठेका प्रश्नको जवाफ दिएका हुन्। सम्माननीय सभामुख महोदय, सम्मानीय राष्ट्रपतिज्यूूबाट बि.सं. २०८२ वैशाख १९ गते सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनका लागि नेपाल सरकारको तर्फबाट म सम्माननीयज्यूूप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु । सरकारको प्रस्तुत नीति तथा कार्यक्रममाथि माननीय सदस्यहरूबाट टिप्पणी र संशोधन प्रस्तावमार्फत् प्राप्त रचनात्मक सुझावका लागि धन्यवाद व्यक्त गर्दछु ।अहिलेको सरकार, यो समीकरण निर्माणका मुलतः दुई उद्देश्य थिए– पहिलो– देशमा व्याप्त गहिरो निराशा हटाई जनतामा आशा तथा उत्साहको सञ्चार गर्ने,दोस्रो– देशलाई…

Read More

काठमाडौं,२८बैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गरेको जस्तै सोचेर अरुलाई गाली गलौज नगर्न नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका छन् । आईतबार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो आग्रह गरेका हुन् । उनले आफैँ ऐना हेरेर आफ्नै अनुहार देखेर पनि गाली गर्ने काम नगर्न आग्रह गरे। उनले नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा विपक्षी दलका सांसदहरुले टिप्पणी भन्दा पनि गाली गलौजको भाषा बोल्नुभएको बताए। प्रधानमन्त्री ओलीले भने– ‘नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा विपक्षी दलका नेताज्यु र विपक्षी दलका मान्यजीहरुले टिप्पणी भन्दा पनि गाली गलौजको…

Read More

हरि शर्मा परासी,२८बैशाख। विदेश गएका जनप्रतिनिधिहरुको सेवासुविधा पालिकाले निरन्तर उपलब्ध गराउँदै आएको पाइएको छ। पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले व्यक्तिगत रुपमा विदेश गएका दुई जना वडासदस्यहरुको सेवा सुविधा बापतको रकम उनीहरुको बैंक खातामा निरन्तर पठाउँदै आएको पाइएको हो। पालिकाको वडा नं. ६ का वडासदस्य भरतकुमार राना करिब दुई वर्षअघि जापान गएका थिए । साथै, ६ महिना अघि अमेरिका गएका वडा नम्बर ४ का सदस्य लक्ष्मण श्रेष्ठ गत बैशाख २४ गते फर्किएका छन्। जापान गएका रानाले वडाअध्यक्षलाई आफू विदेश जाने मौखिक जानकारी गराएका थिए। अमेरिकाबाट दुई दिनअघि फर्किएका श्रेष्ठले वडा कार्यालयमा लिखित निवेदन दिएर आफू २०८१ कात्तिकदेखि २०८२ वैशाख २३ सम्म छोरीले…

Read More

भैरहवा, २८ वैशाख । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण र नियमित सञ्चालनको माग गर्दै चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) ले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलाई ज्ञापनपत्र बुझाएको छ । भैरहवा आएका अध्यक्ष लिङ्देनलाई ज्ञापनपत्र बुझाइएको संगठनका वरिष्ठ उपाध्यक्ष सचिन रोक्काले बताए। विमानस्थललाई तत्काल पूर्ण र नियमित रुपमा सञ्चालन गर्न आवश्यक नीति, पूर्वाधार र स्रोत व्यवस्थापन गर्नुपर्ने, अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरुलाई नियमित गर्न सरकारको पहलमा प्रभावकारी कार्यान्वयन गर्नुपर्ने, निजी तथा अन्तर्राष्ट्रिय विमान कम्पनीहरुलाई यही विमानस्थल हुँदै उडान गर्न प्रोत्साहन दिने नीति तथा सहजीकरण (कर छुट, सेवा शुल्क छुट) गरिनुपर्ने र विमानस्थल सञ्चालनमा देखिएको प्राविधिक तथा प्रशासनिक…

Read More

भैरहवा, २७ वैशाख। रात्रीकालीन व्यवसाय संचालनका लागि सुरक्षा निकायले सहयोग गर्न व्यवसायीहरुले आग्रह गरेका छन्। उनीहरुले पर्यटन क्षेत्रको विकासका लागि रात्रीकालीन व्यवसाय संचालन गर्नुपर्नेमा जोड दिए। चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) ले भैरहवामा आयोजना गरेको रुपन्देहीका नवआगन्तुक प्रहरी उपरीक्षक (एसपी) प्रदीप बहादुर क्षेत्रीको स्वागत तथा परिचयात्मक कार्यक्रममा व्यवसायीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा संगठनका अध्यक्ष दर्पण श्रेष्ठले खुल्ला सीमाका अवसर र चुनौती दुवै रहेको भन्दै खुल्ला सीमा नाकालाई व्यवस्थित गर्नुपर्ने उनले बताए। अवैध रुपमा भित्रिने सामानका कारण नेपाली व्यवसायी मर्कामा परेकाले चोरी तस्करी नियन्त्रणमा ध्यान दिन उनले आग्रह गरे। ‘पछिल्लो समय उद्योगी–व्यवसायी पलायन भइरहेका छन् । उद्योग–व्यवसाय…

Read More