Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा,२६बैशाख। शुक्रवार नेपालको स्थानीय बजारमा सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला एक हजार चार सय रुपैयाँले घटेर एक लाख ९० हजार ८०० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ बिहीबार सुन प्रतितोला एक लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य बढेको छ। चाँदी ५ रुपैयाँले बढेर एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार प्रतितोला एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।

Read More

भैरहवा, २६बैशाख। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१२ स्थित स्वर्गद्धारी घाटमा रहेको विद्युतीय शवदाहगृहको जिर्णोउद्धारको काम तिव्र पारिएको छ। शवदाहगृहमा जडित मेसिनरी उपकरणमा समस्या उत्पन्न भएपछि विद्युतीय माध्यमबाट शवको अन्त्येष्टि गर्न समस्या भएको थियो। उक्त समस्या निराकरण गर्न पालिकाले गत शुक्रवार मर्मत सम्भारका लागि युरोटेक नेपाल प्रालि नामक कम्पन्नीसगं सम्झौता गरेको छ। सम्झौता पश्चात मर्मत सम्भारको कार्य सुरु भएकोले छिट्टै शवदाहगृह सचांलनमा आउने सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँले जानकारी दिए। उनले गुणस्तरीय रुपमा काम सम्पन्न गर्न निर्देशन दिएका छन।

Read More

काठमाडौ,२५ बैशाख। राजसंस्था ल्याउनका लागि राजावादीहरुले अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका छन्। बिहीवार काठमाडौँमा पत्रकार सम्मेलनमार्फत संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन गर्ने घोषणा गरेका हुन्। उनले नै आन्दोलनको नेतृत्व लिने भएका छन्। उनले आन्दोलन भने शान्तिपूर्ण हुने भन्दै भद्र अवज्ञा र सत्याग्रह पनि बताए। निरकुंशता र सर्वसत्तावादको अन्त्य गरी जनतामा निहित सार्वभौमसत्ता र जनताको निर्णायकत्वलाई थप सुदृढ तुल्याई जनतालाई व्यवहारिक रुपमा देशको मालिक भएको अनुभूति दिलाउनु आन्दोलनको मुख्य उद्देश्य रहेको पनि उनले बताए।

Read More

काठमाडौं,२५बैशाख । प्रहरीले हुण्डी कारोबारको आरोपमा ४० लाख बढी रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत कोलकाता–६ डिनाथ रोड यादवपुरका ६७ वर्षीय सुरज दत्त र रुपन्देहीको देवदह नगरपालिकाका ६३ वर्षीय धर्मप्रसाद ढकाल रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। गएराति विशेष सूचनाका आधारमा जिल्ला प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–२४ स्थित विशाल बजार कम्पनी लिमिटेडको भुइँ तलामा खानतलासी गर्दा ४० लाख ३२ हजार ५०० रकमसहित उनीहरुलाई पक्राउ गरिएको परिसरका प्रवक्ता अपिलराज बोहराले जनाए। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

भैरहवा,२५बैशाख। अवैध रुपमा माटो उत्खनन् गर्दै गरेका सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीवार जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले सिद्धार्थनगर नगरपालिका-११ पिपरहियामा अवैध रुपमा माटो उत्खनन् गरिरहेको अवस्थामा भ्याकु लोडर र ट्याक्टर नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको उक्त सवारी साधनलाई सिद्धार्थनगर नगरपालिकाको कार्यालयमा पठाइएको र कार्यालयले ६५ हजार रुपैयाँ जरिवाना कारवाही गरेको प्रहरीले जनाएको छ ।

Read More

भैरहवा, २५ वैशाख। पक्लिहवा कृषि क्याम्पसको युवा रेडक्रस सर्कलले रक्तदान कार्यक्रम गरेको छ। विश्व रेडक्रस दिवसको अवसरमा रेडक्रस सोसाइटी, बेलहिया उपशाखाको सहकार्यमा सर्कलले पक्लिहवा क्याम्पसमा गरेको रक्तदान कार्यक्रममा ३३ प्वाइन्ट रगत संकलन भएको आयोजकले जनाएको छ। कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका उपसभापति एवं युवा समाजसेवी सुशील गुरुङ्गले रेडक्रसले समयानुकुल रक्तदान कार्यक्रम सञ्चालन गरेर बिरामीको ज्यान जोगाउन महत्वपूर्ण र पवित्र कार्य गर्दै आएको बताए। कार्यक्रममा पक्लिहवा कृषि क्याम्पसका क्याम्पस प्रमुख सह–प्राध्यापक जन्मजय गैरे, नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाका मन्त्री टेक बहादुर थापा, रेडक्रस सोसाइटी, बेलहिया उपशाखाको अध्यक्ष तथा जिल्ला सदस्य राकेश गुरुङ्ग, नयाँगाउँ रानीगाउँ गाउँ समाजका अध्यक्ष याम बहादुर…

Read More

कपिलवस्तु,२५ बैशाख। नेपालकै अग्रणी चाउचाउ उत्पादक कम्पनी एसियन थाई फुड्स प्रालिले लुम्बिनी प्रदेशको कपिलवस्तुबाट पनि आफ्नो उत्पादन सुरु गरेको छ । ‘प्रीति’, ‘टुपीएम’, ‘रमपम’ लगायतका चाउचाउ ब्राण्डहरु उत्पादन गरी विदेशमा समेत निर्यात गरेर नाम कमाएको एशियन थाई फुड्सले कपिलवस्तु नगरपालिका–६ गोबरी रामनगरमा उत्पादन सुरु गरेसँगै उद्योगको यो दोस्रो यूनिट बनेको छ। फुड्सले दुई दशक देखि मोरङको विराटनगरमा आफ्नो विभिन्न ब्राण्ड उत्पादन गर्दै आएको छ। जाजु ग्रुपका अध्यक्ष तथा एसियन थाई फुड्स प्रालिका प्रबन्ध निर्देशक महेश जाजुले उद्योगको उद्घाटन पश्चात उत्पादन सुरु भएको हो। कपिलवस्तुको उद्योगबाट पनि ‘प्रीति’, ‘टुपीएम’, ‘रमपम’ लगायतका चाउचाउहरुसँगै थप नयाँ ब्राण्डहरु समेत उत्पादन गरिने उद्योगले जनाएको छ।…

Read More

भैरहवा,२५बैशाख । ओमसतिया गाउँपालिकाको आयोजनामा बिहीबार देखी उपाध्यक्ष कप महिला भलिवल प्रतियोगिता सुरु भएको छ । हाटीफर्साटिकर स्थित गाउँपालिका परीसरमा रहेको भलिवल कोर्टमा सुरु भएको प्रतियोगिताको यो दोश्रो सस्करण हो। गाउँपालिका स्तरीय प्रतियोगितामा वार्ड नम्बर १ बाट २ टिम सहभागी छन भने वडा नम्बर २, ३, ४ र ५ बाट एक÷एक टिम तथा गाउँपालिकाका महिला कर्मचारीको एक टिम गरी कुल ७ टिमको सहभागिता रहेको छ। शुक्रबार सम्म सञ्चालन हुने भलिवल प्रतियोगितामा बिजेता टिमले नगद ५० हजार रुपैयाँ, ट्रफी तथा पदक प्राप्त गर्नेछन भने उप बिजेता टिमले नगद ३० हजार रुपैयाँ ,ट्रफी र पदक प्राप्त गर्नेछन् । त्यस्तै तेश्रोले १५ हजार…

Read More

भैरहवा,२५वैशाख। लुम्बिनी प्रदेशमा सञ्चार क्षेत्रका समसामयिक चुनौतीहरुबारे संवाद गर्ने उद्देश्यले प्रकाशन तथा प्रसारण संघ, लुम्बिनीले ‘मिडिया बजेट, मिडिया नीति तथा कार्यक्रम, र सञ्चार क्षेत्रको अवस्था’ विषयमा एकदिवसीय अन्तरसंवाद कार्यक्रमको आयोजना गर्न लागेको छ । आगामी वैशाख २८ गते आइतबार लुम्बिनी प्रदेश सरकारको सभाहल, राप्ती उपत्यका (देउखुरी) मा हुने तय गरिएको छ। लुम्बिनी प्रदेशका १२ जिल्लामा क्रियाशील छापा, रेडियो, टेलिभिजन तथा अनलाइन सञ्चारमाध्यमहरुको साझा प्रतिनिधित्व गर्दै आएको संघले सञ्चार माध्यमहरुमाथि देखिएका नीतिगत अस्पष्टता, बजेट अभाव, प्रविधिमा पहुँचको असमानता र राज्य प्राथमिकताको न्यूनता जस्ता समस्याहरुको दीर्घकालीन समाधानका लागि सरकारसँग प्रत्यक्ष संवाद आवश्यक ठानेर कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ। संघका अध्यक्ष नवराज…

Read More

दाङ, २५ वैशाख। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेटमा सम्बोधन गर्ने बताएका छन्। लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको प्रदेश सुशासन केन्द्रले आयोजना गरेको ‘प्रदेश सरकार र स्थानीय सरकारका प्रमुखबीच साझा सवालहरु विषयक अन्तरक्रिया कार्यक्रमलाई बिहीबार दाङको लमहीमा सम्बोधन गर्दै उनले कृषि नीतिमा प्राथमिकता पाउने तर, बजेटमा नपर्ने समस्यालाई अब समाधान गर्दै आगामी वर्षदेखि सुनिश्चित बजेट व्यवस्था गरिने स्पष्ट पारे। उनले तीन तहका सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर उत्पादन र उत्पादकत्व बढाउने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए। ‘तीन तहका सरकारको ध्यान पूर्वाधारमै सीमित भयो। अब जनतालाई उत्पादनसँग जोड्ने…

Read More