


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
लुम्बिनी, १५ चैत। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्धको जन्मस्थल लुम्बिनीको समग्र विकासका लागि तीन तहका सरकारबीच सहकार्य अपरिहार्य रहेको बताएका छन्। थुक्छे छोईलिङ्ग मोनास्ट्री गुम्बाको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीय सरकारले लुम्बिनीको विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउन विशेष ध्यान दिनुपर्ने धारणा राखे ‘तीन तहका सरकारबीच समन्वय र सहकार्य भएमा लुम्बिनीको विकासले गति लिने थियो,’उनले भने–‘संघीय सरकारले यसमा विशेष ध्यान दिन जरुरी छ ।’ उनले लुम्बिनी क्षेत्रको विकास गुरुयोजनाको आधारमा अघि बढाउनुपर्नेमा जोड दिँदै त्यसबाहिरका काम नहुनुपर्ने स्पष्ट पारे। उनले गुम्बा निर्माणका नाममा जग्गा रोकिराख्ने वा अधुरो छाड्ने जस्ता प्रवृत्तिको अन्त्य…
काठमाडौं, १५ चैत। नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। सरकारले घिसिङलाई पदबाट हटाएपछि बिहीवार उनले वारेस मार्फत सर्वोच्चमा रिट दायर गरेका थिए। अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा परेको पेशीमा प्रारम्भिक सुनुवाइका क्रममा घिसिङका कानुन व्यवसायीहरुले नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई काम गर्न रोक लगाउनुपर्ने अन्तरिम आदेशको माग गरेका थिए । त्यसपछि न्यायाधीश मुसलमानले कानुन व्यवसायीहरुलाई ‘अल्पकालीन अन्तरिम आदेश जारी नहुने’ बरु दुवै पक्षलाई झिकाउने आदेश हुनसक्ने बताएका थिए । सर्वोच्च अदालतले आफ्नो वेवसाईटमा मुद्दाको प्रारम्भिक सुनुवाइपछिको अवस्था ‘अपडेट’ गरिसकेको छैन भने कुनै आदेश सार्वजनिक भएको छैन ।
काठमाडौं, १५ चैत। वैदेशिक रोजगारीमा पठाईदिने भन्दै रकम ठगीको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका-९ बस्ने झापा बिर्तामोड नगरपालिका-४ की ५७ वर्षीया आशा परियार रहेको प्रहरीले जनाएको छ। बुल्गेरिया पठाइदिन्छु भन्दै २ जना पीडितबाट २ लाख रुपैयाँ लिएर सम्पर्कबिहीन भएको उजुरीका आधारमा परियारलाई कीर्तिपुर नगरपालिका-९ बाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।
काठमाडौ, १५चैत। काठमाडौंमा समाजवादी मोर्चा (गणतन्त्रवादी) र राजावादीहरुको प्रदर्शन सुरु भएको छ। काठमाडौंको तीनकुनेमा राजावादीहरूले र प्रर्दशनीमार्गमा समाजवादी मोर्चाले विरोध सभा गर्दैछन्। राजावादीहरुले गणतन्त्रात्मक व्यवस्थामाथि प्रश्न उठाइरहेका बेला त्यसको प्रतिवादस्वरुप मोर्चाले प्रदर्शनमा उत्रिएको हो। समाजवादी मोर्चाको जुलुस कोटेश्वर,कुपण्डोल,कालिमाटीलगायतका स्थानबाट निस्केर प्रर्दशनीमार्ग पुगेर सभामा परिणत हुनेछ। यसैगरी राजतन्त्रवादीहरुले पनि विभिन्न स्थानबाट जुलुश प्रदर्शन गरिरहेका छन्। राजतन्त्रवादीहरुको आन्दोलनको नेतृत्व राप्रपाका नेता दुर्गा प्रसाईंले गरेका छन्। गणतन्त्रवादी र राजतन्त्रवादीले एकैदिन प्रदर्शन गर्ने भएपछि काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ। एसएसपीको कमाण्डमा तीन हजार पाँच सय सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ। तीनकुने-नयाँ बानेश्वर क्षेत्रको मुख्य सडकमा सवारी साधन प्रवेशमा रोक लगाइएको छ। काठमाडौं…
काठमाडौ, १५चैत। काठमाडौंमा गणतन्त्रवादी र राजावादी पक्षधरहरुको छुट्टाछट्टै प्रर्दशनका कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) का परीक्षार्थी र केन्द्रअध्यहरु समस्यामा परेका छन्। प्रर्दशनका कारण सवारीसाधन संचालनमा अवरोध पुग्दा उनीहरुलाई फर्किन समस्या परेको हो। बिहान एघार बजे परिक्षा सकाएर परिक्षार्थी र केन्द्रअध्यहरु घर फर्किन लागेका थिए । तर, सवारीसाधन चल्न नदिदाँ उनीहरु परिक्षाकेन्द्र र बाटोमा अलपत्र परेका छन् । अधिकांश केन्द्राध्यक्ष र परीक्षार्थीका अभिभावकहरुले काठमाडौं महानगरपालिकाले घर पुर्याइदिने भएपछि धमाधम सम्पर्क गरिरहेका छन्। एसइई परीक्षाकै बेला यसरी आन्दोलन भएपछि चौतर्फी आलोचना भइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठले एसइई सञ्चालन संचालनको अवस्थामा आन्दोलन गर्नु उचित नरहेको र…
भैरहवा, १५ चैत। नेपालको स्थानीय बजारमा शुक्रवार पनि सुनको मूल्य बढेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्यमा १ हजार ४ सय रुपैयाँको वृद्धि भएको छ। बिहीबार प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रवार १ लाख ७६ हजार २ सय रुपैयाँमा कारोबार नेपाल सुनचाँदी महासंघले जनाएको छ। यो हालसम्मकै उच्च मूल्य हो। त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रतितोला २ हजार २० रुपैयाँ रहेको चाँदी शुक्रवार प्रतितोला २ हजार ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
दाङ, १५चैत। दाङमा एक महिलालाई बिजुलीको खम्बामा बाँधेर निर्घात कुटपिट गरिएको छ। दाङको घोराही उपमहानगरपालिका–१० की २६ वर्षीया शिला चौधरीमाथि सोही पालिकाको वडा नं. ११ मा निर्घात कुटपिट कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना बाहिरिएको छ। घटना सार्वजनिक भएपछि घटना दबाउने समेत खोजिएको स्थानीयहरुले बताएका छन्।। शिलामाथि घोराही–११ चागुका गोपाल चौधरीकी श्रीमती र स्थानीय केही अन्य महिलाले बाँधेर निर्घात कुटपिट गरेको सार्वजनिक भएको भिडियोमा देखिन्छ। शिलाले जीवनयापनका लागि सोही वडाको तरकारी फार्ममा काम गर्दै आएकी थिइन्। तरकारी फार्मका केही सामान हराएको आरोपमा शिलामाथि कुटपिट भएको महिला अधिकारकर्मी खुमा खड्काले बताइन्। ‘यो घटना गाउँमै मिलाइएको रहेछ’,उनले भनिन्, ‘पीडितकी आमाले…
दाङ, १५चैत। तिर्थयात्रामा गएका चार नेपाली नागरिकको भारतमा सवारी दुर्घटनामा मृत्यु भएको छ । दाङको तुलसीपुरबाट गएका उनीहरुको भारतको बहराइचमा सवारी दुर्घटना हुँदा मृत्यु भएको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष रामबहादुर जिसीले बताए। उनका अनुसार गाडी चालक तुलसीपुर–७ पर्सेनीका ३७ वर्षीय युवराज चापागाईसहित चारजनाको मृत्यु भएको हो। अन्य तीनजनाको नाम भने नखुलेको उनले जनाए। गाडीमा नौ जना सवार रहेको र अन्य घाइते भएका छन्।
भैरहवा,१५चैत। नेपाल प्रहरीमा नयाँ भर्ना खुलेको छ। प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त रहेका पदमा नयाँ भर्ना खुलेको हो। प्रहरी प्रधान कार्यालयको मानव स्रोत विकास, वृत्ति विकास महाशाखा शुक्रवार सूचना जारी गर्दै १०४ जनाका लागि आवेदन खुला गरेको जनाएको छ। आह्वान गरिएको पदहरुमा दरखास्त दिनका लागि यही १८ गतेदेखि २०८२ साल वैशाख १६ गतेसम्मको म्याद तोकिएको छ । हेर्नुहोस् सूचना :
काठमाडौं, १५चैत। काठमाडौंमा शुक्रवार समाजवादी मोर्चा (गणतन्त्रवादी) ले प्रदर्शनीमार्ग र राजावादीहरुले तिनकुनेमा प्रदर्शन गर्ने भएका छन्। गणतन्त्रवादीको नेतृत्व समाजवादी मोर्चा (माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा)ले गरेका छन् । राजावादीहरुको नेतृत्व पूर्वपञ्च ८६ वर्षीय नवराज सुवेदीले गरेका छन् । तर आजको प्रदर्शनको ‘कमाण्डर’ भने मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तोकिएको छ । समाजवादी मोर्चाले भ्रष्टाचार र बेथितिविरुद्ध सरकारलाई खबरदारी गर्न प्रदर्शन गर्न लागेको जनाएको छ। यस्तै राजावादीहरुले संवैधानिक राजसंस्था पुनर्स्थापनाका लागि प्रदर्शन गर्न लागिएको जनाएका छन् । गणतन्त्रवादी र राजावादी दुवै पक्षले काठमाडौं प्रर्दशन गर्ने भएपछि सुरक्षा व्यवस्था कडा परिएको छ। शुक्रवार ११ बजे देखि…