Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं, २२ फागुन। काठमाडौंको साँखुस्थित एक अनाथालयमा टिपर छिर्दा तीन जनाको मृत्यु भएको छ। अनाथालय मानिस सुतिरहेको बेला शुक्रबार बिहान ३ः४० बजे बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित भएर अनाथालयको कोठामा छिर्दा घटना भएको प्रहरीले जनाएको छ। टिपरको ठक्करबाट २१ वर्षीय आकाश, २१ कै सुमन, ४५ वर्षीय हरिजन नामक व्यक्तिहरुको मृत्यु भएको प्रहरीले जनाएको छ। शंखरापुर नगरपालिका ६ साँखु सलम्बुटार स्थित साँखु ब्रमखेल सडक खण्डमा सिन्धुपाल्चोक मेलम्ची १२ का २५ वर्षीय सागर माझीले चलाएको टिपर द्वन्द्व पीडित तथा अपाङ्ग समाज संस्थाले बनाएको जस्ताको टहरामा अनियन्त्रि भइ छिरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले बताए। उक्त अनाथालय युबराज थापाले…

Read More

भैरहवा, २३ फागुन। प्रहरीले दश किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पाको रम्भा गाउँपालिका–३ हुमिनका ३५ बर्षीय गणेश कुँवर मगर रहेको प्रहरीले जनाएको छ। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा, र वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले मगर बस्ने घरको कोठामा खनतलासी लोबेड भित्र राखिएको झोलामा गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं सूचना अधिकारी सुरज कार्कीले जनाए । साथै, प्रहरीले हाते काटा (तराजु) बरामद पनि गरेको छ । लागुऔषध गाँजा कसूरमा इलाका प्रहरी कार्यालय बुटवलले थप अनुसन्धानको गरिरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

Read More

भैरहवा, २३ फागुन। भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनामा ५३ अर्ब १७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा यो १६.७७ प्रतिशत बढी हो । भन्सार कार्यालय प्रमुख रामप्रसाद रेग्मीका अनुसार गत वर्षको यही अवधिमा ४५ अर्ब ५४ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । तर, अहिले चालु वर्षको ७ महिनामा वार्षिक लक्ष्यको ४८.६४ प्रतिशत राजस्व असुली भएको र मासिक लक्ष्य पनि औसतमा ८५ प्रतिशतमाथी रहेको छ । भैरहवा भन्सार कार्यालयलाई भन्सार विभागले दिएको लक्ष्य अनुरूप कार्यालयले साउनमा ८३.५३ प्रतिशत, भदौमा ९०.०५, असोजमा १००.३९, कात्तिकमा ८३.१७, मंसिरमा ८२.१७, पुसमा ८०.६२ र…

Read More

भैरहवा,२३फागुन। सिद्धार्थनगर नगरपालिका (भैरहवा) मा अटो तथा ई–रिक्सा व्यवस्थापन गर्नका लागि अन्तरपालिका समन्वय बैठकमा सहमती भएको छ। सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँको अध्यक्षतमा बिहीवार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा बसेको पालिका स्तरीय समन्वय बैठकले यसअघि भएका निर्णयहरुलाई कार्यान्वयनमा लागि अटो तथा ई–रिक्सा व्यवस्थापन गर्ने निर्णय गरेको हो। सिद्धार्थनगर सहित, ओमसतिया, मायादेबी, सियारी गाँउपालिका र जिल्ला सुुरक्षा समितिबीच बसेको बैठकले ई–रिक्सा व्यवस्थापनलाई प्रभावकारी बनाउने निर्णय गरेको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जनक थापाले जानकारी दिए। उनका अनुसार तिनपाङग्रे सवारी साधन दर्ता नगरेका गाउँपालिकाहरुले तिनपाङ्ग्रे सवारी साधन नियमन सन्चालन तथा व्यवस्थापनको लागि ०८१ माघ १३ मा भएको बैठकको निर्णय अनुसार तोकिएको…

Read More

लुम्बिनी, २२ फागुन। शान्तिका अग्रदुत गौतमबुद्ध जन्मस्थल लुम्बिनीमा चार हजार दीप प्रज्वलन गरिने भएको छ । पाँच सय जनाको कुलपुत्र प्रवज्या, चौथौ त्रिपिटक वाचन चलिरहेको बेला शनिबार राती लुम्बिनीस्थित केन्द्रीय नहरको मध्यभागमा अवस्थित लुम्बिनी उद्यानमा चार हजार दीप प्रज्वलन गरिने भएको हो। धम्मकाय फाउण्डेशनले भिक्षु भिक्षुणी, लामा गुरु, आनी, उपासक उपासिका र प्रवजित भएका पाँच सय जना कुलपुत्रहरुको सहभागितामा विश्व शान्तिका लागि दीप प्रज्वलन कार्यक्रम राखेको हो। धम्मकायका अध्यक्ष भिन्ते फ्रा थाभोर्न थाभ्राले बुद्धजन्मस्थल लुम्बिनीमा दीप प्रज्जवलन गरी विश्व शान्ति र प्राणी जगतको कल्याणको कामना गरिने बताए। उनले गत वर्ष पनि दीप प्रज्वलन गरिएको बताउँदै आगामी बर्ष यसलाई अन्तर्राष्ट्रिय स्तरको…

Read More

लुम्बिनी, २२ फागुन । लुम्बिनी बौद्ध विश्वविद्यालयमा ३८ जना विदेशी विद्यार्थी भर्ना भएका छन् । चालु शैक्षिक सत्र मा भर्ना भएका उनीहरुलाई विश्वविद्यालयले एक कार्यक्रमकाबीच स्वागत गरेको छ। भर्ना भएका विद्यार्थीमध्ये ३५ जना चिनियाँ, दुई जना भारतीय र एक जना मलेसियन रहेको विश्वविद्यालयले जनाएको छ। विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य, रजिष्ट्रार डा. तिलकराम आचार्य, बौद्ध अध्ययन संकायका डिन डा. माणिकरत्न शाक्य, योजना तथा मूल्यांकन महाशाखाका निर्देशक डा. कुलप्रसाद खनालले विद्यार्थीहरुलाई एडमिसन अफर लेटर प्रदान गरेर स्वागत गरे। चालु शैक्षिक सत्रमा स्नातकोत्तर तहमा ३७ जना र स्नातक तहमा एक जना विद्यार्थी भर्ना भएको देवदह शिक्षा विकास परियोजनाका निर्देशक डा. कुमार खड्काले…

Read More

काठमाडौं,२२ फागुन । जनकपुरबाट काठमाडौंका लागि उडानको क्रममा बुद्ध एयरको विमानको अगाडीको चक्का (नोज ह्विल) खसेको छ। नागरिक उड्डयन प्राधिकरणका अनुसार ६२ यात्रुसहित उडान भरेको यूफोर ५०६ उडान नम्बरको एटीआर ७२ नामक ९ एन-एएनएच कलसाइनको बुद्ध एयर काठमाण्डौं विमानस्थलमा सुरक्षित अवतरण गरेपछि मात्र विमानको चक्का खसेको थाहा भएको थियो । जनकपुरबाट ४ः३९ बजे उडान भरेको विमानको अगाडी दुईवटा नोज ह्वील हुनुपर्नेमा अवतरणपछि एउटा मात्रै पाइएको थियो । प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि गरिएको नियमित प्राविधिक निरीक्षणका क्रममा नोज ल्याण्डिङ गियर नदेखिएपछि खोजी गरिएको थियो । काठमाडौंको विमानस्थलका साथै जनकपुरमा पनि हराएको चक्का खोजी गर्दा…

Read More

भैरहवा, २२ फागुन। नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) जनक भट्टराई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन्। प्रहरी नियमावली अनुसार ३० वर्षे सेवा अवधिका कारण आगमी चैत ५ मा अनिवार्य अवकाशमा जान लागेका भट्टराईलाई मन्त्रिपरिषद्को बैठकले एआईजीमा बढुवा गरेका हो।   बढुवा सिफारिस समितिले गत फागुन ११ गते भट्टराईलाई एआईजी बढुवाका लागि सिफारिस गरेको थियो।

Read More

पाल्पा, २२ फागुन । पाल्पाको रिब्दीकोट गाउँपालिका-१ र २ को सिमानाको संसारकोट डाँडामा गत मंगलबार दिउँसोदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। अधिक पातपतिङ्गर र लगातारको हुरीका कारण आगो निभाउन नसकिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। करिब एक सय ७० हेक्टरमा फैलिएका चार वटा सामुदायिक वनमा क्षति भएको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ । कार्यालयका अनुसार देउरालीको लेक सामुदायिक वन, भारेखोला सामुदायिक वन, मधुवन सामुदायिक वन र वृन्दावन सामुदायिक वनमा क्षति भएको हो। आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीय लागेका छन् ।

Read More

बुटवल, २२ फागुन ।रुपन्देही प्रहरीले अभौतिक मुद्राको कारोबार गरेको आरोपमा तीन जना युवाहरुलाई बुटवलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका-५ विकाश पथका २३ वर्षीय जिसान मिया, बुटवल उपमहानगरपालिका-१ गणेशस्थानका २९ वर्षीय सुरज कशैधन, अर्घाखाँची छत्रदेव गाउँपालिका-५ घर भई बुटवल बुटवल उपमहानगरपालिका-११ देवीनगरका ३० वर्षीय ईमरान खान रहेको प्रहरीले जनाएको छ । कानुन विपरित वान एक्स बेट र बाइनान्स समेतका एप्सहरुको अनाधिकृत रुपमा प्रयोग गरी कारोबार गरेको आरोपमा इलाका प्रहरी कार्यालय बुटवलले उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं सूचना अधिकारी सुरज कार्कीले जनाए । उनका अनुसार पक्राउ परेका व्यक्तिहरुको साथबाट विभिन्न बैंकको चेकबुक, वान एक्स बेट,…

Read More