Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

दाङ, २२ माघ । नेकपा (एमाले) लुम्बिनी प्रदेश संसदीय दलले प्रदेश सभा सदस्य तथा मुख्यमन्त्री, मन्त्रीहरुका स्वकीय सचिवहरुलाई अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । मुख्यमन्त्री तथा संसदीय दलका नेता चेतनारायण आचार्यले अभिमुखीकरण कार्यक्रमको मंगलबार उद्घाटन गर्दै प्रदेश सरकारले सम्पादन गरेका कामहरुलाई जनस्तरमा प्रभावकारी रुपमा पुर्‍याउन निर्देशन दिए । उनले प्रदेश सरकारले नागरिकको दैनिक जीवनसँग जोडिएका थुप्रै कामहरुलाई कार्यान्वयन गरिरहेको, त्यसलाई जनस्तरमा पुर्‍याउन, प्रदेशलाई स्थापित गर्ने सवालमा ध्यान दिएर काम गर्न निर्देशन दिएका हुन् । ‘सरकारले सुशासन, पारदर्शीता, जावफदेहीताको क्षेत्रमा थुप्रै काम गरेको छ । यति मात्र होइन, विकास निर्माणका कामहरुलाई पनि गति प्रदान गरेको छ । यसलाई स्थापित गर्न जनपरिचालनको…

Read More

भैरहवा, २१ माघ । रुपन्देहीको ओमसतिया गाउँपालिकाले अगामी फागुन १ गतेदेखि पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी (हृयुमन प्यापुलोना भाइरस) खोप लगाउने भएको छ। ओमसतिया गाउपालिका स्वास्थ्य शाखाको आयोजनामा एचपीभी खोप अभियान अन्र्तगत पालिका स्तरीय खोप समन्वय समितीका पदाधिकारी, संचारकर्मी, विधालयका प्रधानाध्यापक र स्वास्थ्यकर्मीहरुका लागि अभिमुखीकरण गोष्ठीमा पालिकामा खोप अभियानका साथै प्रचारप्रसार, खोपबारे जानकारी गराइएको थियो । संघीय सरकारले अभियानका रुपमा संचालन गरेको खोप कार्यक्रमलाई ओमसतियामा फागुन १ गते देखि फागुन ६ गतेसम्म सचांलन गर्न लागिएको हो । अभियान अन्तरगत विद्यालयमा अध्यनरत एक हजार दुई सय ६५ जना किशोरीहरुलाई खोप लगाउने लक्ष्य रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक ज्ञवालीले जानकारी दिए…

Read More

काठमाडौं, २१ माघ । निर्देशक रामजी ज्ञवालीको लेखन तथा निर्देशनमा तयार डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’ ले छैठौं नेपाल साँस्कृतिक अन्तर्राष्ट्रय फिल्म महोत्सवमा उत्कृष्ट राष्ट्रिय सर्ट फिल्म अवार्ड जित्न सफल भएको छ । अवार्ड समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी लगायतले ‘रित्तो गाउँ’ का निर्माता आनन्द शर्मा वाग्लेलाई अवार्ड तथा प्रमाणपत्रसहित सम्मान गरे । प्रोजेक्टका निर्देशक ज्ञवाली कार्यव्यस्तताका कारण उपस्थित हुन नसके पनि उनले आफ्नो खुसी सामाजिक सञ्जालमार्फत व्यक्त गर्दै दर्शक, टीम र सम्पूर्ण सहयोगीप्रति आभार प्रकट गरेका छन् । उनले लेखेका छन्,–‘यो खुसी तपाईंहरूसँग बाँड्न पाउँदा म अत्यन्त गौरवान्वित छु । यो…

Read More

दाङ, २१ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार नागरिकको दैनिक जीवनसँग जोडिन सफल भएको बताएका छन् । प्रदेश स्थापना दिवसको अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश देखिने, अनुभव गर्न सकिने र नागरिकको दैनिक जीवनसँग जोडिन सफल भएको बताएका हुन् । ‘विगत ७ वर्षमा संघीयता कार्यान्वयन गर्न लुम्बिनी प्रदेश सफल भएको हामीले महसुस गरेका छौं’उनले भने,‘लुम्बिनी प्रदेशको आफ्नै प्रशासनिक संरचना, विकास मोडेल, जनअपेक्षा पुरा गर्न सक्षम हुने विश्वास व्यक्त गर्दछु । स्थापनाको आठौं वार्षिकोत्सव मनाउँदै गर्दा प्रदेश सरकार आम नागरिकहरुको भरोसाको रुपमा स्थापित हुन सफल भएको बताउन पाउँदा हामी उत्साहित छौं ।’ प्रदेश सरकार नागरिकको…

Read More

भैरहवा, २१ माघ। नेपाल प्रहरी प्रधान कार्यालयले डीएसपीबाट एसपीमा बढुवा भएका ३७ जना अधिकृतहरुको पदस्थापन गरेको छ । प्रहरी प्रधान कार्यालयले जारी गरेको पदस्थापन सूची अनुसार मनोहर प्रसाद भट्टको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, डिल्ली नारायण पाण्डेयको लुम्बिनी प्रदेश प्रहरी कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखा दाङमा पदस्थापन भएको छ भने कुलदीप चन्दको जिल्ला प्रहरी परिसर काठमाडौंमा पदस्थापन भएको छ । हेर्नुहोस् एसपी पदस्थापन तथा काजको सूची:

Read More

बुटवल २१ माघ । महिला उद्यमशिलतालाई मुलुकको अर्थतन्त्रसँग जोड्नका लागि तीन तहकै सरकारले विशेष ध्यान दिनुपर्नेमा महिला उद्यमीहरुले जोड दिएका छन्। महिला उद्यमी महासंघले लुम्बिनीमा आयोजना गरेको महिला उद्यमशीलता प्रबद्र्धनकालागि डिजीटलाईजेशन तथा उद्यम विकासका सिकाइ, अनुभव आदानप्रदान कार्यक्रममा उनीहरुले महिला उद्यमशिलताको विकासका लागि उत्पादित बस्तुको बजारीकरण र वित्तिय पहुँच स्थापितमा तीन तहैका सरकारले ध्यान दिए महिला उद्यमशिलता मुलुकको अर्थतन्त्रसंग जोडिएर विकासमा टेवा पुग्ने बताए । महिला उद्यमशिलताको विकासका लागि उत्पादित बस्तुको बजारीकरणमा समस्या छ भने वित्तिय पहुँच त्यती स्थापित हुन सकेको छैन। उत्पादित बस्तुको बजारीकरण, वित्तिय पहुँच स्थापित र प्रविधि प्रयोग सम्बन्धि विशेष योजनाहरुको खाँचो छ। महिला उद्यमी महासंघका अध्यक्ष…

Read More

भैरहवा, २० माघ । सिद्धार्थनगर नगरपालिकामा आयोजित मैत्रीपूर्ण क्रिकेट खेलको उपाधि सिद्धार्थनगर नगरपालिका कार्यालयको कर्मचारी टिमले उचालेको छ। सिद्धार्थनगर नगरपालिकाले ५७ औं स्थापना दिवसको अवसरमा आइतबार भैरहवास्थित पक्लिहवा माविको खेलमैदानमा आयोजना गरेको मैत्रीपूर्ण खेलको उपाधि कर्मचारी टिमले उचालेको हो। फाइनलमा नगरपालिकाका जनप्रतिनिधिको टीमलाई १० विकेटले पराजित गर्दै कर्मचारीको टिमले उपाधि उचाल्न सफल भएको हो । टस जितेर ब्याटिङ रोजेको जनप्रतिनिधिको टिमले निर्धारित १० ओभरमा ६ विकेट गुमाउँदै ७८ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको कर्मचारीको टिमले ५ ओभर ४ बलमा बिना क्षति सहजै जित निकाल्यो । खेलमा ३ विकेट लिएका कर्मचारी टिमका जनक थापा प्लेयर अफ द फाइनल घोषित…

Read More

झापा, २०माघ। झापाको दमकमा बन्दकर्ता र प्रहरीबीच झडप भएको छ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा ‘नो केबलकार’ भन्दै आन्दोलनमा उत्रिएका बन्दकर्ताहरुले दमक–६ स्थित गणतन्त्र चोक टायर बालेर सडक अवरोध गर्न खोजेपछि बन्दकर्ता र प्रहरीबीच झडप भएको हो । प्रहरीले बन्दकर्तालाई नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए। ढुंगा प्रहारबाट मे १ च ५१६१ नम्बरको स्कोरपियोसहित केही सवारी साधनमा क्षति पुगेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय दमकले केही बन्दकर्ताहरुलाई पक्राउ गरेपछि दुवै पक्षबीच झडप भएको थियो । यातायात अवरुद्ध पार्न खोज्दा तनावग्रस्त स्थितीलाइ नियन्त्रणमा लिन तीन सेल अश्रुग्यास प्रहार गरिएको झापाका डीएसपी कृष्णकुमार चन्दले बताए। हाल सवारीसाधनहरु वैकल्पिक बाटोबाट…

Read More

हृदयराम गुप्तामर्चवार, २० माघ । श्री मर्चवार संचार सहकारी संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कोटहीमाई गाउँपालिका–३ स्थित मार्यादपुर संस्थाको कार्यालयमा एक कार्यक्रमका बीच उक्त सभा सम्पन्न भएको हो । सभामा संस्थाका अध्यक्ष अशोक कुमार जयसवालले १० लाख ३६ हजार शेयरपुँजी रहेको संस्थाले १ करोड ३३ लाख ३ सय ९७ रुपैया पुँजी बनाउन सफल भएको बताए । संस्थामा ९७ हजार ९ सय १२ रुपैयाको स्थित सम्पत्ति सहित संस्थाबाट विभिन्न शेयर सदस्यहरुलाई ८९ लाख ५८ हजार ७ सय ८० रुपैया विभिन्न शिर्षकमा ऋण लगानी गरेको उनले बताए । उनका अनुसार संस्थाले आर्थिक वर्ष २०८०÷०८१ मा विभिन्न किसिमको…

Read More

विराटनगर, २० माघ। सशस्त्र प्रहरी बल, नेपालले मानव कंकालसहित एक जनालाई पक्राउ गरेको छ । विराटनगरको सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म रानीबाट खटिएको टोलीले भारतबाट मानव कंकाल लिएर आउँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका–१७ का ३७ वर्षीय विनोद रायलाई पक्राउ गरेको हो । गुल्मका प्रमुख डीएसपी ऋषिकेश राउतका अनुसार पक्राउ परेका राय रिक्सामा आउँदै गर्दा चेकजाँचको क्रममा उनले बोकेको झोलाबाट ३८ वटा मानव खप्पर र १० वटा नली खुट्टा बरामद भएको हो । साथै, रायसँगै रिक्सामा बसेको एक जना महिला फरार भएको र उनको खोजी भइरहेको उनले जानकारी दिए । पक्राउ परेका रायलाई आवश्यक अनुसन्धान र कारवाहीका लागि इलाका…

Read More