


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
दाङ, २८ माघ । जिल्ला प्रहरी कार्यालय दाङले करिब आधा किलो सुन र १ लाख रुपैयाँबढी नगदसहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१४ मिलन चोकका २५ वर्षीय रञ्जित रसाइली रहेको प्रहरीले जनाएको छ। दाङ प्रहरीका प्रवक्ता एवं डीएसपी चक्रबहादुर शाहका अनुसार सुनको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लु ४६ प ६१६१ नम्बरको मोटरसाइकल खोजतलास गर्दा घोराही १५ ट्राफिक चोकमा रहेका रसाइलीलाई फेला पारी खानतलासी गर्दा २ वटा सिक्री, १ वटा सुनको ढिक्का र १ लाख ७ हजार ८०० रुपैयाँ नगद बरामद भएको हो । उक्त सुनको तौल ४९७.०४ ग्राम रहेको र रसाइलीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको…
काठमाडौ, २८ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठकको समय परिवर्त गरिएको छ।पार्टीको केन्द्रीय समितिको आगामी फागुन १९ देखि २१ गतेसम्म काठमाडौंमा बस्ने भनिएको बैठक फागुन १८ देखि २० गतेसम्म आयोजना हुने प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। बैठकमा भदौ महिनादेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ को समीक्षा हुने बताइएको छ। बैठकमा पालिका समितिको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरुले आ–आफ्नो कार्यक्षेत्रमा भएका कार्यप्रगति विवरणको प्रतिवेदन प्रस्तुत गर्ने छन्। त्यसैगरी वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्ययोजना लगायतका एजेण्डामा बैठक केन्द्रित हुने बस्नेतले बताए ।
दार्चुला, २८ माघ । भारतको प्रयागराजमा आयोजित कुम्भमेलामा सहभागी हुन जाँदै गरेका मालिकार्जुन गाँउपालिकामा कार्यरत एक कर्मचारीको सवारी दुर्घटनामा मृत्यु भएको छ । मालिकार्जुन गाउपालिका–५ डाडाकोट निवासी गाँउपालिकाको उद्यम विकास शाखा प्रमुख जगदीश अवस्थीको लखनऊमा सवारी दुर्घटनामा मृत्यु भएको मालिकार्जुन गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्नाले बताए । आफू सवार गाडीबाट झरेको बेला सडकमा अर्को गाडीले ठक्कर दिएपछि गम्भीर घाइते भएका उनलाई अस्पताल लगिएपछि चिक्तसकले मृत घोषणा गरेको पारिवारिक स्रोतले बताएको छ। कर्मचारीको मृत्यु भएपछि सोमबार गाँउपालिकामा शोक बिदा दिइएको छ।
नेपालगञ्ज, २८ माघ। बाँके प्रहरीले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग रकम ठगी गरेको एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँकेको बैजनाथ गाउँपालिका ५ की २३ वर्षीया तिर्सना बाठा मगर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवं डीएसपी आयुश प्रसाद जोशीका अनुसार वर्किङ भिसामा जापान पठाइ दिने भन्दै विभिन्न व्यक्तिसँग एक करोड २३ लाख रकम लिएर उनी तीन महिनादेखि बेपत्ता भएका थिइन्। पीडितले दिएको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। पक्राउ परेको मगर माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
तिलोत्तमा, २६ माघ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरलाई महिला मैत्री बनाउने भएको छ । जसका लागि संयुक्त राष्ट्रको परियोजना सेवा कार्यालय (यूएनओपीएस) ले पालिकामा परियोजना संचालन गरेर नगरलाई महिला मैत्री सहर बनाउनका लागि छनौट गरेको छ । नगरमा रहेका भूउपयोगी क्षेत्रमा महिला मैत्री सहर परियोजना मार्फत समावेशी र जलवायु प्रतिरोधी सहरीकरणका लागि उपयोगी जमिन व्यवस्थापन गर्न सहरी विकास मन्त्रालय र (यूएनओपिएस (महिलाका लागि सहरी परियोजना) का प्रतिनिधिहरुसँग नगरपालिकामा छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ । प्रतिनिधिहरुसँगको छलफल तथा अन्तरक्रिया पश्चात परियोजना मार्फत उपयोगी खाली जमिनहरु व्यवस्थापनमा सहयोग पुग्ने विश्वास लिइएको तिलोत्तमा नगरपलिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए । ‘महिला…
भैरहवा, २६ माघ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले लोकतन्त्रवादीबाट नै लोकतन्त्रमाथी खतरा भएको बताएका छन् । शनिवार भैरहवामा पत्रकारहरुसँग भेटघाट गर्दै ३५ वर्षदेखि देशमा शासन गरेका नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीले अहिले मुलुकलाई अधिनायकवादतर्फ धक्लेन खोजेको भन्दै यी दलहरुबाटै लोकतन्त्रमाथी खतरा भएको बताए । ‘लोकतन्त्र विरोधीबाट लोकतन्त्रमाथी खतरा हुने हो भने लोकतन्त्रवादी लडिहाल्छन् । तर, यहाँ त जो लोकतन्त्रका लागि लड्यो आज उसैबाट खतरा भयो’,उनले भने,‘अधिनायकवाद लाद्न र लोकतन्त्रको हत्या गर्नैका लागि कांग्रेस र एमाले मिलेका छन् ।’ पूर्व उपप्रधानमन्त्री समेत रहेका महतोले एकल राष्ट्रिय राज्य चिन्तनवादबाट मुलुक चलिरहेको भन्दै ठूला दलहरुले जनतासँग विश्वासघात गरेर दुवै…
भैरहवा, २६ माघ । रुपन्देही प्रहरीले कलबाइपास गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–८ नोडिहवाका २७ वर्षीया रोहित अहिर रहेको प्रहरीले जनाएको छ । सिद्धार्थनगर नगरपालिका–३, खजहनास्थित कोठा भाडामा लिएर कलबाइपासको कार्य भइरहेको प्राप्त सूचनाका आधारमा खानतलासी गर्दा विभिन्न उपकरणसहित अहिरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक यमलाल बञ्जाडे जनाए । उनका अनुसार अहिरको साथबाट स्पोलिएर कम्पनीको हब ९ थान, इन्टल कोर आईफाइभ कम्पनी कप ४ थान, मोडेम १६७ थान, हबविथ एन्टम २ थान, नेपाल टेलिकमको सिमकार्ड १९० थान, एनसेलको सिमकार्ड २७० थान, एलसिडी मनिटर १ थान बरामद भएको छ । यस्तै…
जनकपुरधाम, २५ माघ। प्रहरीले महोत्तरीमा ६ क्विन्टल गाँजा बरामद गरेको छ । साथै, गाँजा बरामद गरिएको ट्रक र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ । बर्दिबास–जलेश्वर सडकखण्डमा जलेश्वरतर्फ जाँदै गरेको प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकलाई शंका लागेर जाँच गर्दा ६ क्विन्टल चार किलो गाँजा बरामद भएको फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता सन्तुलाल जैसवारले बताए। ट्रकका चालकउदयपुरको कटारी नगरपालिका–१ का गणेशबहादुर विश्वकर्मालाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
धनगढी,२५ माघ । कैलालीको गोदावरी नगरपालिका–११ गोठानमा बिहीबार साँझ आमा–छोरी मृत अवस्थामा फेला परेका छन् । बिहीबार राति २४ वर्षीया मिरा कामी र उनकी दुई वर्षीया छोरी प्रिन्सी घरमै झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक कबिन्द्र सिंह बोहराले बताए । मृतकका श्रीमान रोजगारीको सिलसिलामा भारतमा छन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
झाापा, २५ माघ। झापाको बिर्तामोडस्थित होटलमा एक युवा मृत फेला परेका छन् । सुनसरीको धरान–१५ घर भइ झापा बसोबास गर्दै आएकी एक युवती र हल्दीबारीका सागर बेस्रा बिर्तामोड–४ स्थित एभरेष्ट होटलमा बसेका थिए । उक्त होटलमा युवाको मृत्यु भएपछि युवती र होटल सञ्चालक यामकुमारी उप्रेतीलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । प्रहरीका अनुसार राती खाना खाएर सुतेको समयमा बेस्रा कोठा भित्र बाथरुमको ढोकाको छेउ लडेर बेहोस भएपछि युवती र होटल सञ्चालकले उपचारका लागि अस्पताल पुर्याएका थिए । अस्पतालमा चिकित्सकले मृत घोषणा गरेपछि प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको जनाएको छ ।