


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा, १३ साउन । लुम्बिनी प्रदेशमा सरकारका लागि मन्त्री चयन विषयमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा ‘विवाद’ देखिएको छ । जसकारण हालसम्म पनि पार्टीले मन्त्रीको टुंगो लगाउन सकेको छैन । साना दललाई समेटेर मन्त्रिपरिषद्लाई पूर्णता दिनका लागि मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रालयको भागबन्डा समेत रोकेर राखेका छन् । सोहीकारण प्रदेशमा काँग्रेस र एमालेका चार/चार जना मन्त्री नियुक्त भएपनि उनीहरुलाई विना विभागीयकै रुपमा राखिएको छ । लोसपा लगायत साना दलले मन्त्रीको टुंगो नलगाउँदा मन्त्रालयको भागबन्डा र मन्त्रिपरिषद्ले पूर्णता नपाएको प्रदेशका राजनीतिक क्याम्पहरुमा चर्चा छ । मुख्यमन्त्री आचार्यले साना दलका लागि सरकारमा मन्त्रीको तीन सिट खाली राखेका छन् । सरकारलाई लोसपा, अशोक राई…
भैरहवा, १२ साउन । नेपाल प्रहरीको विशेष ब्यूरोका प्रमुख डीआईजी मनोज केसीको सरुवा भएको छ । गृहमन्त्री स्तरीय निर्णयबाट केसीलाई ब्यूरोबाट नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ भने प्रहरी प्रतिष्ठानका डीआईजी राजन अधिकारीलाई ब्युरोमा ल्याइएको छ । डीआईजी केसीले भुटानी शरणार्थी प्रकरणमा फरार प्रतिवादी प्रतिक थापालाई पक्राउ गरेका थिए र बेचन झालाई पनि पक्राउ गर्न उनको टिमले सहयोग गरेको आशंका गरिएको थियो । तत्कालिन गृहमन्त्री रवि लामिछानेले प्रहरी महानिरीक्षक बसन्त कुवँरलाई बाईपास गरेर सीआईबी प्रमुख एआईजी श्यामलाल ज्ञवाली र केसीकै सहयोगमा प्रहरी संगठन चलाएको आरोप छ । दुई महिना अघि केसीको विशेष ब्यूरोमा सरुवा भएको थियो ।
भैरहवा, ११ साउन । सौर्य एयरलाइन्सले बुधवार काठमाण्डौँको त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनाले अकल्पनीय क्षति भएको उल्लेख गर्दै पीडित परिवारलाई सक्दो सहयोग गर्ने जनाएको छ । शुक्रवार सौर्य एयरलाइन्स प्रा.लि.ले विज्ञप्ती जारी गर्दै एउटै परिवारका रूपमा रही काम गर्दै आएका व्यक्तिहरूको अकल्पनीय जहाज दुर्घटनामा परी दिवंगत भएको भन्दै कम्पनीले यति धेरै विज्ञहरुको क्षतिको कल्पना नै गर्न नसकिने बताएको छ । ‘पीडित परिवारजनलाई कम्पनीको तर्फबाट हुन सक्नेसम्मको सहयोग, साथ र सद्भाव सधैं रहने विश्वास दिलाउँछौ’, प्रा.लि.का अध्यक्ष दीपक कुमार पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘सौर्य एयरलाइन्सको व्यावसायिक विकास र विश्वसनीयता आर्जनका लागि उहाँहरूले निष्ठापूर्वक पुर्याउनु भएको साथ, सहयोग र योगदानको…
भैरहवा, ११ साउन । रुपन्देहीको भैरहवामा भएको बजारमा अनुगमनको क्रममा मिष्ठान क्षेत्रका प्रतिष्ठानहरुमा कैफियत भेटिएको छ । जिल्ला बजार अनुगमन समितिले गरेको अनुगमनमा माखनभोग स्वीट्सले उत्पादन गरेर राखेको मिठाई (रसबरी) मा स–साना किरा भेटिएको छ भने पवन मिष्ठान भण्डारमा लेबल नभएको पनिर बरामद भएको छ । साथै, दुवै प्रतिष्ठानमा सरसफाई समेत नरहेको अनुगमन समितिले पाएको छ । माखनभोगमा अनुगमनको क्रममा दश किलो मिठाईमा किरा र चार बोतल म्याद ग्रुजिएको कोकाकोला ब्राण्डको पयेपदार्थ भेटिएपछि उक्त साम्रगीहरु नष्ट गरेर सचेत गराइएको रुपन्देहीका जिल्ला बजार अनुगमन समिति संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए । अखाद्य मिठाई विक्री गर्दा जनस्वास्थ्यमा…
भैरहवा, १० साउन । नेपाल प्रहरी प्रधान कार्यालयले गैरहाजिर भएका प्रहरीलाई स्पष्टिकरण सहित उपस्थित हुनका लागि सूचना जारी गरेको छ । विभिन्न पदमा कार्यरत प्रहरी आफुखुशी गैरहाजिर भएको र खोजतलास गर्नुका साथै प्रक्रिया अनुसार सूचना टाँस गर्दा समेत सम्पर्कमा नआएकोले उपस्थित हुनका लागि प्रधान कार्यालयले सूचना जारी गरेको हो । प्रहरी प्रधान कार्यालयको प्रहरी महानिरीक्षकको सचिवालय, कानुन शाखाले जारी गरेको सूचना अनुसार ०८० चैत देखि ०८१ जेठसम्म कार्यालय सहयोगी देखि लिएर प्रहरी नायब निरीक्षक तहसम्मका कर्मचारीहरु सगँठनको सम्पर्कमा छैनन् । सबैभन्दा बढी प्रहरी जवान सम्पर्कबिहिन छन् । प्रधान कार्यालयले विभिन्न पदमा कार्यरत २९ जना कर्मचारीहको नामसहितको विवरण सार्वजनिक गर्दै उपस्थित…
भैरहवा, १० साउन । भारत सरकारले सुन र चाँदीको आयातमा कर घटाएसँगै सीमावर्ती क्षेत्रबाट नेपालमा सुन र चाँदीको तस्करीको जोखिम बढेको छ । भारतको वृत्तमन्त्री निर्मला सीतारमणले अगामी आर्थिक वर्ष २०२४/०२५ को बजेट प्रस्तुत गर्दै सुन र चाँदीको आयातमा कर घटाइएको बताइन् । नेपाल सरकारले चालु आर्थिक वर्ष देखि सुन आयातमा कर बढाएर बजारमा सुनको मूल्य बढाउने नीति लिदाँ भारतले सुन आयातमा लाग्ने कर घटाएर सुन तथा चाँदीको गहनाको मूल्य घटाउने नीति लिएको छ । जसकारण भारतमा सुन–चाँदीको मूल्य सस्तो हुदाँ खुल्ला सीमानाकाबाट नेपालमा सुन–चाँदीको अवैध रुपमा तस्करी बढ्ने जोखिम देखिएको छ । नेपाल भन्दा भारतमा सुन र चाँदी थोरै…
काठमाडौं, ९ साउन । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ । बुधवार विमान दुर्घटनापश्चात मन्त्रिपरिषद्को बसेको आकस्मिक बैठकले विमान दुर्घटनाबारे छानबिन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय जाँचबुझ आयोग गठन गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । आयोगका सदस्यमा नेपाल वायु सेवा निगमका क्याप्टेन दिपु ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक कुलदीप भट्टराई र सञ्जय अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका एयर ट्राफिक कन्ट्रोल अफिसर मुकेश डंगोल सदस्य सचिव रहेका छन् । आयोगलाई जाँचबुझ गरी ४५ दिनभित्र प्रतिवेदन बुझाउन कार्यदेश दिएको…
भैरहवा, ९ साउन । नेकपा एमालेमा गुटबन्दी राजनीतिको प्रभाव लुम्बिनी प्रदेशमा देखिएको छ । केन्द्रमा काँग्रेस–एमालेले गठबन्धन गरेर नयाँ सरकार गठन सहित प्रदेशहरुमा नेतृत्वको समेत भागबण्डा गरेको थियो । जसअनुसार लुम्बिनी प्रदेशमा सरकार नेतृत्व एमालेको भागमा परेको थियो । सोही सहमती अनुसार काँग्रेसको समर्थनमा एमालेका संसदीय दलका नेता लिला गिरीले सोमबार दिउँसो मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी थियो । तर, दावी पेश गर्नु केही घण्टा अघि मात्र केन्द्रबाट संसदीय दलका नेता गिरीको स्थानमा उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाउने निर्देशन आएपछि असन्तुष्टिका साथ गिरी ‘ब्याक’ हुनुपर्यो । प्रदेश र जिल्लाका पार्टीपंक्तिमा गुटको प्रभावले मुख्यमन्त्री फेरिएको सबैले सहजै अनुमान लगाए । पार्टी…
भैरहवा, ९ साउन । सरकारले काठमाण्डौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्ने भएको छ । इन्जिन परिक्षणका लागि काठमाण्डौँबाट पोखराका लागि उडान भरेलग्त्तै विमान दुर्घटना भएको थियो । विमानमा चालक दलसहित सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका विमानका पाइलट मनिष शाक्य अस्पतालमा उपचारत अवस्थामा छन् । विमान दुर्घटना भएपश्चात विमानस्थलमा निरीक्षणका लागि पुगेका संस्कृति पर्यटन तथा उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले विमान दुर्घटनाबारे छानबिन गरिने बताए । ‘घटना दुःखद छ। दुर्घटनामा ज्यान गुमाएका परिवारप्रति सरकार दुःख व्यक्त गर्दछ’, उनले भने, ‘प्रारम्भिक जानकारी लिएका छौं। छिट्टै छानबिन हुन्छ।’ त्यस्तै प्रधानमन्त्री केपी…
भैरहवा, ९ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा परेर मृत्यु भएका व्यक्ति सौर्य एयरलाइन्सका कर्मचारी र तीनका परिवारका सदस्यहरु रहेको खुलेको छ । विमानमा चालक दलसहित १९ जना सवार थिए । विमानको पाइलट मनिष शाक्य र को-पाइलट एस कटुवाल रहेका थिए । सौर्य एयरलाइन्सको यात्रु विवरण सूची अनुसार उक्त विमानमा चालकदल सहित ईन्जिनियर, प्राविधिक, कर्मचारी परिवारका सदस्यहरु सवार रहेको पाइएको छ । विमानमा अमितमान महर्जन, सागर आचार्य, दिलिप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीपलाल जोशी, सर्वेश मर्साइन, श्याम विन्दुकर, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौड्याल, सन्तोष महतो, पून्यरत्न शाही र एरिफ रेडा…