


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं,७ माघ । टर्कीमा अवैध रुपमा बसेका पाँच जना नेपालीलाई त्यहाँबाट निष्काशन गरिएको छ । अवैध रुपमा बसेका पाँच नेपालीलाई टर्कीको अध्यागमनले पक्राउ गरी निष्काशन गरेको हो । निष्काशित भएर गत गत शनिबार टर्किस एयरलाइन्सको विमानबाट जीवन राज आङदाम्बे, राजु सुनुवार, गोविन्द श्रेष्ठ, नरध्वज थारु र श्रीष थापा काठमाडौं आइपुगेको बताइएको छ । टर्कीमा रहँदा उनीहरुको कुन काम गरेको विषयमा खुलेको छैन भने ट्राभल डकुमेन्ट बनाएर उनीहरु नेपाल आएका हुन्। उनीहरुलाई मानव तस्करको सञ्जालले त्यहाँ अलपत्र पारेको हुने सक्ने आशंका गरिएको छ ।
भैरहवा,७ माघ। चितवनको भरतपुर महानगपरपालिका–११ स्थित बसेनी चोकमा गस्ती गर्ने क्रममा प्रहरीले युवकलाई निर्घात कुटपिट गरेको प्रकरणमा संग्लन प्रहरी कर्मचारी उपर विभागीय कारवाही प्रक्रिया अगाडी बढेको नेपाल प्रहरीले जनाएको छ । सोमबार नेपाल प्रहरीले एक सूचना जारी गर्दै प्रहरीले कुटपिट गरिरहेको भीडियो सामाजिक संजालमा सार्वजनिक भएको विषयमा प्रहरी प्रधान कार्यालयको ध्यानाकर्षण भएको जनाएको छ । सूचनामा भनिएको छ–‘पदीय मर्यादा र आचरणमा विपरीतका क्रियाकलाप गर्ने प्रहरी कर्मचारीलाई कारवाहीको दायरामा ल्याउने नेपाल प्रहरीको नीति अनुरुप घटनाको सत्य-तथ्य जाँचबुझ गर्ने प्रयोजनार्थ जिल्ला प्रहरी कार्यालय चितवनले छानबिन समिति गठन गरी घटनामा संग्लन प्रहरी कर्मचारी उपर विभागीय कारवाही प्रक्रिया अगाडि बढाइसकेको …।’ चितवनको भरतपुर महानगपरपालिका…
भैरहवा, ७ माघ । चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डस्थित प्रहरीले एक युवकमाथि निर्घात कुटपिट गरेका छन् । ‘को लाई फोन गरेको ? पावर देखाएको ?’ भन्दै प्रहरीले युवकलाई लात्तीले हानेर लडाएर बुटैबुटले हानेको समाजिक संजालमा भाइरल भएको भीडियोमा देखिएको छ । भीडियो अनुसार प्रहरीबाट जोगिन ती युवक भाग्न खोज्छन् । तर प्रहरीले लात्तीले हानेर युवकलाई बिजुलीको पोल छेउमा लडाउँछन् । युवक लडिसकेपछि पनि उनले गाली गर्दै लात्ती प्रहार गरिरहेको देखिन्छ । सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्नेले सो घटना चितवनको भनेका छन् । चितवनका एसपी गौतम मिश्रका अनुसार डीएसपी ज्ञान कुमार महतोको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरी उक्त घटनाको…
भैरहवा,६ माघ। रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी अभियोगमा ४२ जनालाई प्रतिवादी बनाउँदै जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता भएको छ । सहकारी ठगी प्रकरणमा प्रतिवादीहरुविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता भएको छ । गत बैशाख ३ गते अदालतमा पेश भएको अभियोग पत्रबाट २८ जनाविरुद्ध सहकारी ठगी मुद्दा दर्ता भएको थियो भने माघ ३ गते पेश भएको थप अभियोग पत्रबाट प्रतिवादी कायम भइसकेका २८ जनामध्ये दिनेश रोक्काविरुद्ध सम्पत्ति शुद्धिकरण र अन्य १६ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध मुद्दा दर्ता भएको छ । पुरक अभियोगपत्रबाट प्रतिवादी कायम भइसकेका २८ जनामध्ये आठ जना र नयाँ…
भैरहवा, ६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्धक रवि लामिछानेविरुद्ध जिल्ला अदालत रुपन्देहीमा पनि सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता भएको छ । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको ४४ जना बचतकर्ताको पुरक जाहेरीले जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले आइतबार मुल मुद्दाका २८ जनामध्ये थप अभियोगपत्रबाट ८ जना र पुरक अभियोगपत्रबाट लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित १४ जना गरी २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता गरेको हो । यस अघि बैशाख ३ गते अदालतमा पेश भएको अभियोग पत्रबाट २८ जनाविरुद्ध सहकारी ठगी र माघ ३ गते पेश भएको थप अभियोग…
भैरहवा,६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्धक रवि लामिछानेविरुद्ध जिल्ला अदालत रुपन्देहीमा सहकारी ठगी र संगठित अपराध मुद्दा दर्ता भएको छ। सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री समेत रहेका लामिछानेविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले मुद्दा दर्ता गरेको हो। आइतबार जिल्ला सरकारी वकिल कार्यालयले ट्रक (प्रहरीको वान्टेन) भरेर मुद्दामा लाग्ने प्रमाण र मिसिल अदालत पठाएपछि त्यसलाई रुजु गरेर साँझ दर्ता गरिएको हो। ‘बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी मुद्दामा थप अभियोगपत्र र पुरक अभियोगपत्रबाट ३९ जना विरुद्ध आज मुद्दा दर्ता भएको छ’, जिल्ला अदालत रुपन्देहीका श्रेष्तेदार यज्ञमूर्ति ज्ञवालीले क्लिक लुम्बिनीसँग भने, ‘मुद्दाका सबै…
भैरहवा, ६ माघ ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्धक रवि लामिछानेविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ताको प्रक्रियामा पुगेको छ । ‘हामीले सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचल सम्बन्धि कसुरमा मुद्दा दर्ताका लागि अदालतमा मिसिल पठाएका छौँ’, जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका न्यायाधिवक्ता प्रेमराज पौडेलले क्लिक लुम्बिनीसँग भने,‘अहिले अदालतमा मिसिल रुजु गर्ने काम भइरहेको छ । दर्ता नै भइसकेको छैन् ।’ बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित १४ जनाविरुद्ध ठगी, केहीविरुद्ध संगठित ठगी र सम्पत्ति शुद्धिकरणमा मुद्दा दर्ता हुने प्रक्रियामा रहेको बुझिएको छ । यस अघि…
भैरहवा, ६ माघ । कतिसम्म लाचार हुने ? व्यक्तिले पनि एउटा सीमा निर्धारण गरेको हुन्छ । तर, रुपन्देहीको सिद्धार्थनगर सरकार यति लाचार भएको छ कि भनिसाध्य छैन । व्यवसायीहरु स्थानीय सरकारको करको दायरा नआएपनि हुन्छ । कारवाही हुँदैन । बाटोमै यत्रतत्र फोहोरको थुप्रो फाल्नुस । स्थानीय सरकार चुपचाप आँफै उठाएर लैजान्छ । केही भन्दैन । पालिकाको हितमा गरिएको निर्णय ‘मिलीजुली’ कार्यान्वयन नगरेपनि हुन्छ । सिद्धार्थनगर हेर्न आउँदैन । दुध दिदाँसम्म गाई पाल्नुस्, दिन छाडेपछि सडकमा छाड्नुस् । सिद्धार्थनगर सरकारले केही गर्दैन् । बरु उल्टै विकासमा खर्च गर्ने रकम गाई-गोरुको व्यवस्थापनमा गर्छ । सडकमा छाडा चौपाया (गाई-गोरु) को संख्या बढेपछि सिद्धार्थनगरले…
भैरहवा, ६ माघ । लुम्बिनी प्रदेश सभाको बैठक आइतबार (आज) बस्दैछ । दिउँसो अपरान्ह १ बजे बस्ने पाँचौ अधिवेशनको तेस्रो बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्रमाणीकरण भएका विधेयक सम्बन्धी प्राप्त जानकारी सभामुख तुलाराम घर्तीले सुनाउने कार्यसूची छ । त्यस्तै सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा बोल्ने कार्यक्रम रहेको प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए । प्रदेश सभा सचिवालयका अनुसार बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । उक्त प्रस्तावलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्ने र सैद्धान्तिक…
भैरहवा, ६ माघ । रुपन्देहीमा ५९ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस ‘एचपीभी’ खोप लगाइने भएको छ । आगामी माघ २२ देखि पहिलो चरणमा र दोस्रो चरण फागुन १ गते देखी सञ्चालन हुने स्वास्थ्य कार्यालय रुपन्देहीका निमित्त कार्यालय प्रमुख चिन्तामणि ज्ञवालीले जानकारी दिए । खोप अभियान अन्तर्गत विद्यालयमै पुगेर कक्षा ६ देखि १० कक्षामा अध्ययनरत किशोरीलाई उक्त खोप लगाइने उनले बताए । विद्यालयबाहिरका १० देखि १४ वर्षमुनीका किशोरीलाई पनि खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । कार्यालयका अनुसार खोप कार्यक्रम सञ्चालनका लागि पुस २५ देखि माघ ९ गतेसम्म जिल्लाका १६ स्थानीय तहका स्वास्थ्य संस्था प्रमुखहरुलाई…