


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं, ३० मंसिर । राजविराज विमानस्थलमा रात्रिकालीन उडान हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थलमा इन्स्ट्रुमेन्ट फ्लाइट ल्यान्डिङ प्रणाली जडान भएकोले सोमबार (भोली) देखि रात्रिकालीन उडान सुरु हुनेछ । इन्स्ट्रुमेन्ट फ्लाइट ल्यान्डिङ प्रणाली सहायताले कम भिजिबिलिटी भएको अवस्थामा पनि उडान गर्न मिल्छ । प्रणाली जडान भएपछि बुद्ध एयरले शुक्रबार प्राधिकरण र विमानका प्राविधिकहरुसहित परिक्षण उडान गरेको थियो । उक्त उडान सफल भएपछि राजविराज विमानस्थलमा दुई हजार भिजिबिलिटीमा पनि उडान र अवतरण गर्न सकिनेछ । यसअघि, उक्त विमानस्थलमा पाँच हजार मिटरको भिजिबिलिटी हुँदा मात्रै उडान अवतरण हुने गरेको थियो ।
काठमाडौं,३० मंसिर । नेपाल प्रहरीको महानिरीक्षकको सचिवालयमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी तोकिएको छ । जारी विज्ञप्तिमा भनिएको छ ,‘प्रहरीको सम्पादित काम कारबाहीलाई यथार्थ र तथ्यगत रुपमा सञ्चारमाध्यमहरुमा सम्प्रेषण गर्न जिम्मेवारी तोकिएको छ।’ नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चारमाध्यामहरुमा सम्प्रेषण गर्न एसएसपी अधिकारीलाई प्रवक्ताको जिम्मेवारी दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सिरहा, ३० मंसिर । पूर्वपश्चिम राजमार्गअन्तर्गत धनगढीमाई नगरपालिका-१० जिरोमाइलमा दुर्घटना भएको कारबाट एक क्विन्टल तीस किलो गाँजा भेटिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवं डीएसपी वीरेन्द्रकुमार पासवानका अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ३ ख ७५९१ नम्बरको ट्रकले उत्तरतर्फबाट आएको बा ८ च ९९६३ नम्बरको कारलाई राजमार्ग पार गर्ने क्रममा ठक्कर दिदाँ दुर्घटना भएको थियो । त्यसपछि प्रहरीले खोजतलासका कारमा गाँजा बरामद गरेको हो । ठक्कर दिने ट्रकका चालकलाई नियन्त्रणमा लिइएको र कारका चालक फरार भएको प्रहरीले जनाएको छ ।
कन्चनपुर, ३० मंसिर । कन्चनपुर जिल्लाको बेलौरी नगरपालिका-४ शान्तिपुरमा फेला परेको बर्मी जातको वयस्क अजिङ्गर सर्पको उद्धार गरिएको छ। कुण्डा सब डिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवका अनुसार आइतबार उद्धार गरिएको अजिङ्गर १३ फिट लम्बाइ र ३१ किलो ५८० ग्राम किलोग्राम तौलको छ। उखु काट्ने क्रममा किसानले अजिङ्गर देखेका थिए । वन सुरक्षाकर्मी, स्थानीय बासिन्दाको सहयोगमा उद्धार गरी नगरपालिकाको वडा नम्बर ५ र ७ मा स्थित अमर स्मृति सामुदायिक वन क्षेत्रको सीमसार क्षेत्रमा छाडिएको कार्यालय प्रमुख यादवले बताए। उनका अनुसार यस प्रजातिका अजिङ्गरले चरादेखि सुँगुर र मृग जस्ता ठूला स्तनधारी जनावरलाई समेत आहारा बनाउँछ। यस्ता अजिङ्गरले सुक्खा जङ्गल, पहाड, खुला…
काठमाडौ, ३० मंसिर । भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका नेपाल बैंक लिमिटेडका तत्कालीन उपप्रबन्धक शशीकिरण श्रेष्ठ १३ वर्षपछि पक्राउ परेका छन् । बैंकमा कार्यरत रहेको समयमा कर्जा प्रवाह गर्दा भ्रष्टाचार गरेको आरोपमा उनी दोषी ठहरिएका थिए । बैंकलाई १९ करोड ८९ लाख ३१ हजार ७८४ रुपैयाँ हानी नोक्सानी गरी भ्रष्टाचारको कसुरमा सजाय समेत तोकिएका श्रेष्ठलाई काठमाडौंको स्वयम्भू प्रहरी टोलीले स्वयम्भूबाट पक्राउ गरेको हो । ०६८ भदौ ६ गते श्रेष्ठसहित ऋणी लक्ष्मीप्रसाद आचार्य समेतका व्यक्तिहरुलाई दोषी ठहर गरी सजाय सुनाइएको थियो । ०७३ कार्तिक २५ मा सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईको इजलासबाट विशेष अदालतको उक्त फैसला सदर भएको थियो…
भैरहवा, ३० मंसिर । नवौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०८१ मा आउने दैनिक हजारौं दर्शकको ध्यान खिच्छ अटो प्याभेलियनले । यहाँ १६ वटा स्टलमा विभिन्न कम्पनीका गाडी विक्रीका लागि राखिएको छ । नेपाली बजारमा भर्खरै मात्र भित्रिएका विभिन्न मोडल र आकर्षक लुक्स भएका गाडीले दर्शकदीर्घको ध्यान तान्ने गरेको हो । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको आयोजनामा भैरहवामा जारी महोत्सवले अटोमोबाइल्सलाई प्रवद्र्धन गरिरहेको छ । विगतका भन्दा भिन्न तरिकाले अटो प्याभेलियन बनाइएको र धेरै कम्पनीका गाडी विक्रीका लागि राखिएकाले पनि यहाँ पुग्नेले चासोकासाथ गाडीका फिचरबारे बुझ्ने गरेका छन् । अटो प्याभेलियनमा विद्युतीय गाडीहरु प्राथमिकताका साथ प्रवद्र्धन गरिएको छ । यहाँ गाडीहरु प्रवद्र्धन मात्र…
भैरहवा, ३० मंसिर । नेपालको स्थानीय बजारमा आइतबार सुनको मूल्य २ हजार २ सय घटेको छ । शुक्रबार एक लाख ५३ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन आइतबार एक लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै चाँदीको मुल्य पनि गिरावट आएको छ । शुक्रबार एक हजार ८६० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज २० रुपैयाँ घटेर प्रतितोला एक हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ ।
भैरहवा, २९ मंसिर । भैरहवाको लुम्बिनी खुकुरी क्लबको अध्यक्षमा महेश थापा निर्विरोध निर्वाचित भएका छन् । शनिबार क्लबको वार्षिक साधारण तथा ८ औ अधिवेशनले अध्यक्षमा थापालाई निर्विरोध निर्वाचित गरेको हो । त्यस्तै क्लबको उपाध्यक्षमा धिरेन्द्र केसी, सचिवमा ओजस शर्मा, कोषाध्यक्षमा उमेश पोखरेल, सहसचिव नन्दन श्रेष्ठ, सदस्यहरु अशोक क्षेत्री, अन्तिम थापा, सुनील यादव, राजु बस्नेत र सिजन थापा पनि निर्विरोध निर्वाचित भएको क्लबले जनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै सिद्धार्थनगर नगरपालिका मेयर इश्तियाक अहमद खाँले लामो ईतिहास बोकेको संस्थालाई निरन्तर रुपमा अघि बढाउनु आजको आवश्यकता रहेको बताए । ‘क्लबले खेलाडी उत्पादन देखि सामाजिक कार्यमा धेरै सक्रियता देखाएको छ’, उनले भने, ‘समाजमा…
भैरहवा, २९ मंसिर । सामूहिक विद्यालय परिवार, रुपन्देहीद्धारा आयोजित ‘सामूहिक खेलकुद महोत्सव–२०८१’ सम्पन्न भएको छ । मंसिर २६ देखि २९ गते चार दिनसम्म आयोजित महोत्सव अन्र्तगत भलिबल र एथलेक्टिसका खेलहरु भएका थिए । समापन कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले सामूहिक विद्यालय परिवारले आयोजना गरेको खेलकुद महोत्सवले विद्यार्थीहरुको सर्वाङ्गीण विकाससँगै मनोबल बढाउन समेत सहयोग पुग्ने बताए। भलिबल खेलको छात्र तर्फ सिबि पब्लिक हाई स्कूल प्रथम, न्यु इरा द्वितीय र लड बुद्ध तृतीय भएको छ भने सोही खेलको छात्रातर्फ मनकामना ईङ्गलिस हाई स्कूल प्रथम, सन्जिवनी द्वितीय र मिनर्वा ईङ्गलिस हाई स्कूल तृतीय भएको सामूहिक विद्यालय…
भैरहवा २७ मंसिर । सामूहिक विद्यालय परिवार, रुपन्देहीको आयोजनामा संचालन भएको ‘सामूहिक खेलकुद महोत्सव–२०८१’ को दोस्रो दिन पनि एथलेटिक्स र भलिबलहरु जारी छन् । ‘स्वास्थ्यका लागि खेलकुद, जीवनका लागि खेलकुद’ भन्ने नाराका साथ बुधवार देखि पक्लिहवा कृषि क्याम्पसको खेल मैदानमा सुरु भएको खेलकुद महोत्सव २३ औं संस्करण हो । महोत्सवको दोस्रो दिन सब जुनियरतर्फ १०० मिटर दौड, रिले हिट्स, लङजम, जुनियरतर्फ १००, २००, ४०० मिटर दौड, लङजम्प र सिनियरतर्फ १००, २०० मिटर दौड, लङजम्प तथा भलिबल खेलहरु भएको आयोजकले जनाएको छ । एथलेटिक्स तर्फका खेलहरु पक्लिहवा कृषि क्याम्पसको मैदानमा र भलिबल खेल पक्लिहवा माविको मैदानमा भएको छ। विद्यार्थीहरुलाई शारीरिक र…