Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

झापा,४ जेठ। सशस्त्र प्रहरीले झापाको काँकडभिट्टा सीमानाकाबाट सुन र विदेशी मुद्रासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको कोलकाताका ३९ वर्षीय परम पाठक रहेको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बल नेपालका अनुसार, पक्राउ परेका पाठकको साथबाट भारतबाट अवैध रुपमा ल्याएको एक करोड ७६ लाख मूल्य बराबरको ५ सय ७० ग्राम सुन, २० हजार अमेरिकी डलर (३० लाख ६५ हजार ने.रु) र ८५ हजार ४ सय १० भारतीय रुपैयाँ बरामद भएको हो। यस्तै सवारी चालक अनुमति पत्र, आधार कार्ड, विभिन्न बैंकका कागजात, सिमकार्ड, मोबाइल फोन र चेकसमेत फेला पारेको छ । बरामद सुन, मुद्रा र पाठकलाई थप…

Read More

वीरगन्ज,४जेठ। प्रहरीले मेडिकल व्यवसायी एवं ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईंलाई फेरि पक्राउ गरेको छ। प्रसाईंलाई वीरगन्जको आदर्शनगरस्थित दियालो होटलबाट फेरि सोमबार पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका एसपी सुदीपराज पाठकले अफवाह फैल्याएको आरोपमा प्रसाईंलाई नियन्त्रणमा लिइएको हो । मंगलबार हुने एक कार्यक्रममा सहभागी हुन प्रसाईं वीरगन्ज पुगेको बेला प्रहरीले उनलाई पक्राउ गरेको हो। पटक पटक पक्राउ पर्दै आएका उनी अदालतबाट छुट्दै आएका छन् ।

Read More

भैरहवा, ४ जेठ। रुपन्देही प्रहरीले विभिन्न आपराधिक मुद्दामा अदालतबाट दोषी ठहर भएका ९० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। अदालतबाट विभिन्न समयमा कैद तथा जरिवानाको सजायको फैसला सुनाइए पनि फरार रहेका उनीहरुलाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार, बैशाख महिनामा मात्रै पक्राउ परेका ९० जनालाई सजाय भुक्तानका लागि अदालतमा पेश गरिएको थियो। जसपश्चात कैद सजाय पाएका व्यक्तिहरुलाई कारागार चलान गरिएको थियो भने जरिवाना सजाय पाएका व्यक्तिहरुले जरिवाना बुझाएर रिहा भएका छन्। जरिवाना तिर्न नसक्नेहरुलाई कारागार पठाइएको थियो। प्रहरीले सार्वजनिक गरेको बैशाख महिनाको प्रगति विवरण अनुसार पक्राउ परेकाबाट ५८ लाख ३४ हजार ७४५ रुपैयाँ जरिवाना असुल…

Read More

मर्चवार । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले स्थानीय तहमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन गर्ने उद्देश्यले कोटहीमाई गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा भ्रष्टाचारको परिभाषा र संवैधानिक व्यवस्था, सुशासनको अवस्था, कानुनी तथा संरचनागत व्यवस्था, भ्रष्टाचारजन्य कसुर र सजाय, आयोगको क्षेत्राधिकार, उजुरी दर्ता तथा छानबिन प्रक्रिया, साथै उजुरीको अवस्थालगायतका विषयमा विस्तृत छलफल गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलकी प्रमुख बिनिता भट्टराई ले जानकारी दिइन्। कार्यक्रमलाई सम्बोधन गर्दै कोटहीमाई गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीले यस्ता अन्तरक्रियाले जनप्रतिनिधि र कर्मचारीमा जिम्मेवारीबोध तथा इमान्दारिताको भावना थप मजबुत बनाएको बताए। उनले नियम–कानुनप्रति सबै सचेत र जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिए। ‘कानुनी पालनाले समाजलाई…

Read More

भैरहवा, ३ जेठ। रुपन्देहीमा पछिल्लो बैशाख महिनामा महिला छिमेकी सँग झगडाको घटनामा कमी आएको छ। गत चैत महिनामा मात्रै जिल्लामा महिला छिमेकी सँगको झगडा भएको भन्दै प्रहरी कार्यालयमा ८८ वटा घटना (ठाडो निवेदन) दर्ता भएको थियो । त्यस्तै फागुन महिनामा ३८ र माघमा ५५ वटा घटना दर्ता भएको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सार्वजनिक गरेको बैशाख महिनाको विवरण अनुसार, बैशाखमा महिनामा जिल्लामा महिला छिमेकीसँग झगडाको ३८ वटा ठाडो निवेदन प्रहरी कार्यालयमा दर्ता भएको थियो। जसमध्ये ३२ वटा निवेदनउपर छलफल गरी मिलापत्र गराइएको छ। ३८ वटा उक्त घटनामा सबैभन्दा बढी १९ वर्षदेखि ५९ वर्ष उमेरसमूहका ३४ जना व्यक्ति संग्लन रहेको…

Read More

भैरहवा,३ जेठ। रुपन्देही जिल्लामा गएको बैशाख महिनामा मात्रै २३ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सार्वजनिक गरेको बैशाख महिनाको विवरण अनुसार, १८ वर्षमुनी देखि ४६(६० वर्ष उमेरसमूहका २३ जना व्यक्तिले आत्महत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी कृष्ण कुमार चन्दका अनुसार, २० जनाले झुण्डी र ३ जनाले विषादी सेवन गरी आत्महत्या गरेका हुन्। जसमध्ये १८ जना पुरुष र ५ जना महिला रहेका छन् । आत्महत्या गर्नेमा १८ वर्षमुनिको एक जना, १९ देखि २५ वर्ष उमेरसमूहका ६ जना, २६ देखि ३५ वर्ष उमेरसमूहका ८ जना, ३६ देखि ४५ वर्ष उमेर समूहका ५ जना…

Read More

भैरहवा, जेठ ३ । भैरहवास्थित सिद्धार्थ क्रिकेटमा रंगशालामा जारी ‘पञ्चकन्या रुपन्देही सुपरलिग’ अन्तर्गत ‘ए’ डिभिजनको आइतबारको खेलमा बुद्ध क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै मेलवर्न क्रिकेट एण्ड स्पोर्टिङ क्लबले जित निकालेको छ। प्रतियोगितामा मेलवर्नको यो लगातार दोस्रो जित हो । खेलमा १ सय ५८ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको मेलवर्नले ३५ ओभर ४ बलमा ४ विकेट गुमाउँदै सहजै १ सय ५९ रन बनाउँदै जित निकाल्यो । जसका लागि विपिन आचार्यले अविजित ९४ रनको पारी खेले। यस्तै, आदित्य यादवले २३, अर्मन थारुले २० र अशोक धामीले १९ रनको योगदान दिए। बलिङमा बुद्धका विपिन शर्मा, दिलसाद अली, प्रवेज अन्सारी र अमित अग्रहरीले…

Read More

भैरहवा,३ जेठ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले व्यवसायीलाई थुनेर तथा हतोत्साहित गरेर मुलुक अघि बढ्न नसक्ने बताएका छन्। उनले यस्तो प्रवृत्तिले निजी क्षेत्रको मनोबल कमजोर बनाउने भन्दै संघीय सरकारको ध्यानाकर्षण गराएका हुन्। आइतबार नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको चौथो कार्यकारिणी समितिको पदस्थापना कार्यक्रमलाई सम्बोधन गर्दै उनले निजी क्षेत्रलाई उत्साहित बनाउनुपर्ने बेला संघीय सरकारका कारण हतोत्साहित हुने अवस्था सिर्जना हुनु गम्भीर चिन्ताको विषय भएको बताए। उनले प्रदेश सरकार निजी क्षेत्रको संरक्षण, प्रवद्र्धन र विकासका लागि सधैं साथमा रहने विश्वास व्यक्त गरे। मुख्यमन्त्री आचार्यले व्यवसायीप्रति प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उद्योगका लाइन काटिएको समयमा प्रदेश सरकारले अग्रसरता नलिएको भए समस्या…

Read More

लुम्बिनी,१ जेठ। लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वडिन सह–प्राध्यापक डा. माणिकरत्न शाक्यलाई विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी तोकिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालयमा उपकुलपतिको पद रिक्त रहेको अवस्थामा दैनिक प्रशासनिक तथा प्राज्ञिक कार्य सञ्चालनका लागि उनलाई जिम्मेवारी दिएको हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा जारी पत्रअनुसार प्रधानमन्त्री तथा कुलपतिस्तरको २०८३ जेठ ३० गतेको निर्णय अनुसार डा. शाक्यलाई उपकुलपतिको जिम्मेवारी तोकिएको उल्लेख गरिएको छ। विश्वविद्यालयको नियमित कामकारबाही प्रभावकारी रुपमा सञ्चालन गर्न उक्त निर्णय गरिएको जनाइएको छ। सरकारले अध्यादेश ल्याएपछि उपकुलपति पद रिक्त भएको थियो। डा. शाक्य लामो समयदेखि बौद्ध अध्ययन, अनुसन्धान तथा शैक्षिक क्षेत्रमा सक्रिय रहँदै आएका छन्। उनी विश्वविद्यालयका विभिन्न शैक्षिक तथा…

Read More

दाङ, १ जेठ। लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि मन्त्रालय संख्या ८ वटा कायम गर्ने गरी तयारी अघि बढाएको छ। प्रदेश सरकारको कार्यसम्पादनलाई चुस्त, छरितो र मितव्ययी बनाउने उद्देश्यसहित मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा शुक्रबार सम्पन्न मन्त्रिपरिषद् बैठकले संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिलाई यथाशिघ्र मन्त्रालयको संगठन संरचना पुनरावलोकन गरी प्रतिवेदन पेश गर्न जिम्मेवारी दिएको सरकारका प्रवक्ता एवं कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले दिए। लुम्बिनीमा हाल १२ वटा मन्त्रालय छन्। प्रमुख सचिव कृष्ण प्रसाद काप्रीको संयोजकत्वमा यसअघि गठन भएको संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिलाई प्रदेश सरकार (कार्यविभाजन) नियमावली, २०७९ मा आवश्यक संशोधनको मस्यौदासहित प्रतिवेदन पेश गर्न निर्देशन दिइने भएको…

Read More