Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं, २७ जेठ । सोमबार देशका कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सदूररपश्चिम प्रदेशको थोरै स्थानहरुमा हावा हुरीको पनि सम्भावना रहेको छ। सोमबार राति कोशी र सुदूरपश्चिम प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी…

Read More

भैरहवा, २७ जेठ । रुपन्देहीको तिलोत्तमा उद्योग वाणिज्य संघको अध्यक्षमा ज्ञानेन्द्र कार्की सर्वसम्मत निर्वाचित भएका छन् । संघको दशौँ वार्षिक साधारणसभा तथा चौथो अधिवशेनले कार्कीको अध्यक्षमा नयाँ नेतृत्व चयन गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा सुरज पङ्गेनी, उद्योग उपाध्यक्षमा सूर्यप्रसाद न्यौपाने, वाणिज्य उपाध्यक्षमा विष्णुप्रसाद भण्डारी, महासचिवमा राजकुमार पाण्डेय, कोषाध्यक्षमा टिकाराम भण्डारी, सचिवमा विना न्यौपाने, सहसचिवमा कृष्णप्रसाद पाण्डेय, सहकोषाध्यक्षमा वसन्त रोकालाई चयन गरिएको प्रमुख निर्वाचन अधिकृत खिमानन्द भट्टराईले बताए । सदस्यहरूमा राधिकादेवी शर्मा, शेरबहादुर थापा, छोटेलाल यादव, रोमनाथ गैरे, गंगाराम पाण्डेय, नरेशबहादुर क्षेत्री, अन्जना केसी, कमल भुसाल, अर्जुन पराजुली, शालिकराम वोस्ती, अंकित भुसाल, गोविन्द रेग्मी निर्वाचित भएका छन्। साधारण सभाको उद्घाटन…

Read More

भैरहवा, २७ जेठ । रुपन्देही प्रहरीले वन मुद्दामा दश वर्षदेखि फरार सूचीमा रहेका सात जना प्रतिवादीहरुलाई एकसाथ पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयनको सिलसिलमा प्रहरी चौकी खैरेनीबाट खटिएको टोलीले देवदह नगरपालिका–६ का सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी मनोहर प्रसाद भट्टले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेहरुमा कमला रेश्मी, खुम बहादुर बाह्घरे, खुमा बाह्घरे, लाल कुमारी सिंजाली, कुमारी राना, लिला राना, सात बहादुर बाकबल रहेका छन् । यी सबै देवदह नगरपालिका वडा नम्बर ६ का हुन् । रुपन्देही जिल्ला अदालतले वन मुद्दामा ०७१ बैशाख ३ गते यी सबैलाई १८ दिन कैद सजाएको फैसला…

Read More

राप्ती, २७ जेठ । भूमे पर्वको अवसरमा मगर समुदायले सार्वजनिक विदाको माग गरेका छन् । आइतबार नेपाल मगर संघ जिल्ला समन्वय समिति दाङले मगर बाहुल्य क्षेत्र दाङ र प्युठानमा भूमे पर्वको अवसरमा सार्वजनिक विदाका लागि लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महरालाई माग पत्र बुझाएका छन् । मुख्यमन्त्री महराले माग प्रति आफू सकारात्मक रहेको र सार्वजनिक विदाका लागि पहल गर्ने बताए । मुख्यमन्त्रीलाई बुझाइएको मागपत्र अनुसार असार १ देखि ३ गते सम्म भूमे पर्व मनाउनका लागि लुम्बिनी प्रदेश सरकारले सार्वजनिक बिदा दिनुपर्ने उल्लेख छ । रोल्पा र रुकुममा विगतका वर्ष देखि भूमे पर्वको अवसरमा असार १ गते सार्वजनिक विदा दिने प्रचलन…

Read More

पाल्पा, २६ जेठ । पाल्पाको तिनाउ खोलामा डुबेरमा भारतीय नागरिकको मृत्यु भएको छ । तिनाउ गाउँपालिका-३ झुम्सा स्थित तिनाउ खोलामा शनिबार नुहाउने क्रममा भारत उत्तर प्रदेश, कानपुरका ३५ वर्षीय फहिम अहमदको डुबेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा पाईएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले बताए । उनका अनुसार अहमद नुहाउने क्रममा डुबेर बेहोस भएपछि उनका साथीहरुले उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याउँदा उनको मृत्यु भईसकेको चिकित्सकले घोषणा गरेका छन् ।घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको पाल्पा प्रहरीले जनाएको छ । गर्मी छल्नका लागि भारतबाट पर्यटकहरु भैरहवा, बुटवल, पाल्पा, नुवाकोट लगायत स्थानका फनपार्क, स्विमंगपुल, नदी-खोला, डाँडाहरुमा पुग्ने गरेका छन् ।

Read More

सुर्खेत, २६ जेठ । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन र कर्णाली प्रदेश प्रमुख तिलक परियारबीच शनिबार बिरेन्द्रनगर सुर्खेतमा शिष्टचार भेटघाट भएको छ । दुई प्रदेशबीच थप सम्बन्ध बिस्तार र संविधानले प्रदत्त गरेको अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न भेटघाटले बल पुर्‍याउने बिश्वास व्यक्त गरिएको छ । सो अवसरमा बोल्दै लुम्बिनी प्रदेश प्रमुख शेरचनले कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको बिकासको लागि सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताए।उनले प्रदेशको स्थायित्व र समृद्धिका लागि कर्मचारी र जनप्रतिनिधिको भुमिका महत्त्वपूर्ण हुने उल्लेख गरे । कर्णाली प्रदेश प्रमुख परियारले लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको समृद्धिका लागि सहकार्य आवस्यक रहेकोमा जोड दिए ।

Read More

भैरहवा, २६ जेठ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतको फैसला कार्यन्वयन सिलसिलमा १२ वर्ष देखि फरार सूचीमा रहेका रुपन्देहीको कोटहीमाई गाउँपालिका–३ (साबिक मर्यादपुर गाविस–२, ) का प्रतिवादी बीरेन्द्र जयसवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डिएसपी मनोहर भट्टले बताए । प्रहरीका अनुसार स्थानीय राजु हरिजनको जाहेरीले कर्तव्यज्यान मुद्दामा जिल्ला अदालत रुपन्देहीले ०६८ कार्तिक २८ गते दुई वर्ष कैद सजाए फैसला सुनाएको थियो । दुई वर्ष कैद सजाए भुक्तान गरेर जयसवाल मुक्त भएका थिए । पीडित परिवारलाई जिल्ला अदालतको फैसलामा चित्त नबुझेपछि तत्कालीन पुनरावेदन अदालत बुटवलमा…

Read More

भैरहवा, २६ जेठ । सिद्धार्थनगर नगरपालिकामा रहेको उत्कृष्ट लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा सहकारी शिक्षा तालिम सम्पन्न भएको छ । शनिबार भैरहवामा भएको तालिमको उद्घाटन तथा सहजीकरण सिद्धार्थगर नगरपालिकाका सहकारी शाखा प्रमुख कमलकान्त खनालले गरेका थिए । सो अवसरमा बोल्दै सहकारीका अध्यक्ष खिम बहादुर खत्रीले संस्थाको वार्षिक कार्ययोजना अनुसार तालिमको आयोजना गरिएको बताए । उनले भने, ‘सहकारीमा शेयर सदस्यहरुले कसरी योगदान गर्न सक्नुहुन्छ ? शेयर सदस्यहरुको संख्या कसरी वृद्धि गर्न सकिन्छ ? लगायत सहकारीका विषयमा विस्तृत रुपमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।’ उनले उत्कृष्ट लुम्बिनी बचत तथा ऋण सहकारी संस्थालाई अब्बल सहकारीको रुपमा स्थापित…

Read More

भैरहवा, २६ जेठ । सिद्धार्थनगर नगरपालिकामा निःशुल्क आँखा परिक्षण गरिएको छ । नगरको वडा नम्बर ५ र १३ संयुक्त को आयोजनामा गरिएको शिविरमा १५३ जनाले आँखा परिक्षण गराएका छन् । नगरपालिकाको कार्यालय र लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरबीच मोतिबिन्दुको शल्यक्रिया सम्बन्धित सम्झौता बमोजिम वडा नम्बर ५ र १३ ले शनिवार मारवाडी सेवा संघको सभाहलमा निःशुल्क आँखा जाँच शिविरको आयोजना गरेका थिए । शिविरमा दुवै वडाकावासीहरु लाभान्वित भएका छन् । ‘आँखा परिक्षण गराएका दुवै वडाका १५३ जना मध्ये ६ जनामा मोतिबिन्दु देखिएको छ’, सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष पुरनप्रसाद श्रेष्ठले भने, ‘अब ती ६ जना व्यक्तिहरुको लुम्बिनी…

Read More

बुटवल, २६ जेठ । रुपन्देहीको बुटवलमा विद्युतिय गाडी चार्ज गर्नका लागि चार्जिङ स्टेशन संचालनमा आएको छ । इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले बुटवल स्थित कार्यालय परिसरमा स्टेशन संचालनमा ल्याएको हो । करिब एक करोड लगानीमा संचालनमा ल्याइएको स्टेशनमा ६० किलोवाट क्षमताको सीसीएस–२ डबल गनको एउटा मेसिन तथा ६० किलोवाटकै जीबीटी डबल गनसहितका दुई वटा मेसिन जडान भएको छ । जसकारण एकैपटकमा ६ वटा गाडी चार्ज गर्न सकिने छ भने चार्जमा लगाइएका गाडी आधा घण्टादेखि १ घण्टाभित्रमा फूल चार्ज हुने सहकारीले जनाएको छ । लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा सहकारी मन्त्रालयका रजिष्टार यमबहादुर कुँवरले स्टेशनको उद्घाटन गर्दै पछिल्लो समय पर्यावरणीय संरक्षणको…

Read More