Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा, ७ कार्तिक। भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा जारी ‘वीपी कोइराला स्मृति कप टी–२०’ अन्तर्राष्ट्रिय अन्तरक्लब क्रिकेट प्रतियोगितामा नेक्सस रुपन्देही–११ नेपाल र भारतको लाइफ केयर क्रिकेट क्लब सेमिफाइनलमा पुगेका छन्। नेक्ससले बंगलादेशको साइक्यू क्रिकेट एकेडेमी माथि ७ विकेट र भारतको लाइफ केयरले श्रीलंका राज्य सेवा क्रिकेट संघ श्रीलंकालाई १ सय १४ रनले पराजित गर्दै सेमिफाइनलमा पुगेका हुन्। पहिलो खेलमा जितका लागि पाएको १ सय २१ रनको लक्ष्य नेक्ससले १७ ओभर ३ बलमा ३ विकेटको नोक्सानीमा सहजै पूरा गर्यो । नेक्ससको जितमा शंकर रानाले ३७, मिर्नाल गुरुङले २६, आकाश त्रिपाठीले अविजित १९, विपिन विक्रम शाहीले १६ र वसिर अहमदले नटआउट १५ रनको…

Read More

भैरहवा,६ कार्तिक। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले तीस वटा आईफोन ब्राण्डका मोबाइलसहित विभिन्न सामग्री बरामद गरेको छ। सोमबार प्रहरीले ओमसतिया गाउँपालिका–४ स्थित बालापुरमा चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा भित्राइएको तीस वटा आईफोन ब्राण्डका मोबाइलसहित विभिन्न सामग्री बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं सूचना अधिकारी लक्ष्मी खनालका अनुसार चेकजाँचको क्रममा एघार लाख ५१ हजार बढी मूल्य बराबरको मोबाइलसहित ७० जोर जुत्ता, आठ कार्टुन चकलेट, चार बोरा बुकि पेपर र ७० किलो ताजा फुल तथा फुलका विरुवाहरु बरामद भएको छ। बरामद साम्रगीहरु आवश्यक कार्यवाहीको लागि भैरहवा भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं, ६ कार्तिक। आर्थिक लेनदेनमा मुछिएको आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्की प्रहरी प्रधान कार्यालय, नक्सालमा तानिएपछि त्यहाँ रहेको घुमुवाहरु पनि अनुसन्धानमा तानिएका छन्। एसपी कार्कीलाई प्रहरी हेडक्वाटरमा तानेर एसपी राजन लिम्बुको मोरङमा काज सरुवा गरिएको थियो। तर, नेपाली कांग्रेसका प्रदेशस्तरीय नेताले लिम्बुको नामलाई लिएर असन्तुष्टि जनाएपछि उनको काज सरुवा रद्द गरेर मोरङमा एसपी नारायण प्रसाद चिमोरियालाई पठाइएको छ। मोरङमा प्रहरी सेटिङमै तस्करी र जुवा गतिविधि भएको आरोपमा कोशी प्रदेश प्रहरी कार्यालयले इन्स्पेक्टर विक्रमबहादुर भट्टराई, हवल्दार राजकुमार श्रेष्ठ, हवल्दार खगेन्द्र राउत रसहायक हवल्दार सरोज श्रेष्ठलाई प्रदेशमा तानेर छानबिन प्रक्रिया अघि बढाएको छ। घुमुवा प्रहरीका रुपमा खटिँदै आएका चारै…

Read More

भैरहवा, ६ कार्तिक। रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको निक्षेप अपचलन सम्बन्धी कसुर मुद्दामा गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीलाई बयानका लागि भैरहवा ल्याइएको छ। कास्की प्रहरीको नियन्त्रणमा रहेका जोशीलाई बयानका लागि कास्कीबाट भैरहवा ल्याइएको हो। जोशीसगँ सोमबार नै केही समय बयान लिइएको थियो। र, आज मंगलबार पनि बयान लिइने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी लक्ष्मी खनालले बताइन्। ‘सम्भवतःमंगलबार उहाँ (जोशी) को बयान सकेर पोखरा नै पठाउन सकिने सम्भावना छ’, उनले भनिन् । जोशीको जिल्ला सरकारी वकिल कार्यालयमा बयान हुनेछ। सुप्रिम बहुउद्देश्यीय सहकारी संस्थाबाट झण्डै १४ करोड रकम गोर्खा मिडिया नेटवर्कको खातामा गएको प्रहरी अनुसन्धानले देखाएको…

Read More

खोटाङ,६ कार्तिक। खोटाङ हलेसी तुवाचुङ नगरपालिकाले पाँच मुरी भन्दा बढी बदाम उत्पादन गर्ने किसानलाई पुरस्कार दिने भएको छ। नगरपालिकाले किसानलाई प्रोत्साहन गर्नका लागि परम्परगत बाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत पुरस्कार दिने भएको हो । प्रोत्साहन स्वरुप किसानलाई रकम उपलब्ध गराइनेछ। सुक्खाग्रस्त क्षेत्रको उक्त नगरपालिका मात्रै बदामखेती हुने गर्दछ । जसलाई प्रवद्र्धनका लागि नगरपालिकाले योजनाले ल्याएको हो। नगरपालिकाले पाँच मुरी बदाम फलाउने किसानलाई प्रतिमुरी पाँच सयका दरले दुई हजार पाँच सय तथा त्योभन्दा बढी फलाउनेलाई थप तीन सयका दरले प्रोत्साहन रकम उपलब्ध गराइने जनाएको छ। नगरपालिका क्षेत्रमा उत्पादन हुने बदामखेतीलाई प्रवर्द्धन गर्दै ब्राण्डिङ गरेर बिक्री गर्ने योजनासहित किसानलाई प्रोत्साहन रकम उपलब्ध गराउने…

Read More

भारतको हरियाणा प्रान्तस्थित सिरसा जिल्लामा बस्ने पलविन्दर सिंह नामका किसानले पालेको अनमोल नामको भैंसीको मूल्य थाहा पाउनुभयो भने पत्याउनै गाह्रो पर्छ ? मुर्रा जातको यो भैंसी २३ करोड भारु अर्थात् झण्डै ३७ करोड नेपाली रुपैयाँमा खरिद गर्न मानिसहरू तयार भएका छन् । तर, पलविन्दर भने अनमोललाई बेच्न तयार छैनन् । यहाँ कुरा केवल एउटा भैंसीको मात्र होइन । कुनै पनि प्रजातिका जीवमा जब कुनै एउटा जीव वा उसका कोही उपप्रजाति अब्बल हुन्छन् भन्ने त्यसको माग उच्च रहन्छ । मुर्रा भैंसीको हकमा पनि यही लागू हुन्छ । आम रुपमा मुर्रा भैंसीको मूल्य एक डेढ लाखसम्म पर्न सक्दछ । तर, अनमोल नामको…

Read More

काठमाडौं,६ कार्तिक। नेकपा माओवादी केन्द्रले काठमाडौंमा खबरदारी सभा गर्ने भएको छ । सरकारका गलत कदमको विरोध र गर्नुपर्ने कामका लागि ध्यानाकर्षण गराउन भन्दै कार्तिक १० गते (शनिबार) खबरदारी सभा गर्ने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीको बागमती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इञ्चार्ज तथा अध्यक्षहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै पार्टी केन्द्रीय कार्यालयको बैठकले खबरदारी सभा गर्ने निर्णय गरेको जानकारी गराए । उनले खबरदारीसभाको तयारीमा जुट्न सबै कमिटीहरुलाई निर्देशन पनि दिए । माओवादी केन्द्रले विपद् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताहरूको खोजी, राहत वितरण, घाइतेहरूको…

Read More

भैरहवा,६ कार्तिक। कपिलवस्तु प्रहरीले स्रोत नखुलेको २० लाख ५० हजार भारतीय रुपैयाँसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महाराष्ट्रको रायगढ जिल्लाका सलमान कुरेसिया र उमेश सखाराम खंडागले रहेको प्रहरीले जनाएको छ। जिल्लाको कृष्णनगर नगरपालिका-२ लिङ्गेटमा सवारी साधन चेकजाँचको क्रममा भारतीय नम्बर प्लेटको दुई वटा गाडीबाट उक्त रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी मोहनमणि अधिकारीले जानकारी दिए। पक्राउ परेका व्यक्तिहरुले अयोध्याबाट भाडामा गाडी लिएर नेपाल आएका थिए । उनका अनुसार यूपी ४२ डीटी ५७२१ नम्बरको गाडीबाट १२ लाख ५० हजार र यूपी ४५ एएस ६६६३ नम्बरको गाडीबाट ८ लाख बरामद भएको हो। बरामद रकम र नियन्त्रणमा…

Read More

भैरहवा,५ कार्तिक । भारतबाट अवैध रुपमा तस्करी गरेर भित्राइएको ठुलो परिमाणमा चिनी भैरहवाबाट बरामद गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा, रुपन्देही र भैरहवा भन्सार कार्यालयको संयुक्त टोलीले सोमबार सिद्धार्थनगर नगरपालिकाका–४ स्थित सुगरमिल क्षेत्रबाट तस्करी गरेर भित्राइएको चिनी बरामद गरेको हो। अवैध रुपमा दुईवटा घरको गोदाम बहालमा लिएर भण्डारण गरिएको ४ सय ७१ बोरा (२३५५० किलो) चिनी बरामद गरिएको सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा,रुपन्देहीका प्रमुख डिएसपी चन्द्रकुमार थापाले जानकारी दिए। भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीका अनुसार बरामद चिनीको करिब १५ लाख मूल्य बराबरको रहेको बताए। बरामद चिनी आवश्यक कारवाहीको…

Read More

दाङ, ५ कार्तिक। लुम्बिनी प्रदेश सरकारले प्रदेश सरकार कार्यविभाजन नियमावली हेरफेर गरेको छ। प्रदेश मन्त्रिपरिषदको आइतबार बसेको बैठकले प्रदेश सरकार कार्यविभाजन नियमावली २०७९ को अनुसूची १ र २ लाई हेरफेर गर्ने निर्णय गरेको हो। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई सामाजिक विकास मन्त्रालयमा गाभिएको छ भने युवा तथा खेलकुद मन्त्रालय बनाउने निर्णय गरिएको सकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थिले जानकारी दिए। प्रदेश मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी अन्तरगत सरकारले कार्यविभाजन नियमावली हेरफेर गर्ने निर्णय गरेको जनाइएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले प्रदेशको राजश्व बढाउने आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीको अध्यक्षतामा कार्यदल बनाउने…

Read More