


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा,१३ असोज । सशस्त्र प्रहरी बल, नेपालले रुपन्देहीको सीमानाकामा ‘डेजी’ र ‘साया’ लाई तैनाथ गरेको छ । चाडपर्व नजिकिएसँगै अन्तर्राष्ट्रिय सीमानाकाबाट हुन सक्ने अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरीले रुपन्देहीको सीमानाकामा ‘डेजी’ र ‘साया’ लाई तैनाथ गरेको हो । सीमाबाट हुन सक्ने अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले सीमाको सुरक्षार्थ डग हेण्डलरसहित पठाएको ‘डेजी’ र ‘साया’ लाई बेलहिया सीमानाकामा खटाइएको सशस्त्र प्रहरी बल,नेपाल २७ नम्बर गण, हेडक्वाटर रुपन्देहीका गणपति एवं एसपी आनन्द थापा मगरले बताए । उनले चाडपर्वलाई लक्षित गरेर सीमाबाट हुन सक्ने अपराधलाई प्रभावकारी ढंगले नियन्त्रण गर्न ‘स्क्वायड डग’ परिचालन गरिएको बताए । ‘डेजी’ र ‘साया’ तालिम…
भैरहवा,१३असोज। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दसैं,तिहार र छठ पर्वलाई मध्यनजर गर्दै जिल्लामा विशेष सुरक्षा योजना लागु गरेको छ । जिल्लामा कुनै पनि प्रकारको अपराधिक क्रियाकलाप नहुन दिनका लागि विशेष सुरक्षा योजना लागु गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक (एसपी) रंजितसिंह राठौरले बताए। उनले सुरक्षा योजना अन्र्तगत ट्राफिक प्रहरीसहितको जिल्लाका ४३ स्थानमा पिकेट, १९ स्थानमा चेक प्वाइन्ट, १८ वटा पैदल गस्ती, १७ वटा मोबाइल गस्ती, साइकल गस्ती, आकस्मिक सुरक्षा चेकजाँच गरिने बताए । उनका अनुसार तत्काल सहयोगका लागि जिल्लामा ४९ वटा क्यूआरटी टोली (क्विक रेस्पोन्स टिम) परिचालन गरिएको छ । चाडपर्वको समयमा बढी पटका, आतिसबाजीको प्रयोग हुने भएकोले सोको नियन्त्रणमा…
भैरहवा,१३असोज। अविरल वर्षाले आएको बाढीका कारण शनिवार (हिजो) खोलाले बगाएको गाडी आइतबार भेटिएको छ। मर्चवारको सम्मरीमाई गाउँपालिका–५ स्थित रोइनिहवास्थित तिवारी दुध संकलन केन्द्रबाट भे १ च २६७६ नम्बर गाडीमा दुध लिएर भैरहवा आउने क्रममा घाघरा खोला क्षेत्रबाट गाडीसहित चालक र सहचालक बेपत्ता भएका थिए । बाढी आएका कारण गाडीमा खोलाले बगाएको आशंकामा सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजतलास गर्दा १४ फिट मुनि खोलामा गाडी बरामद भएको सशस्त्र प्रहरी बल २७ नम्बर गणका रुपन्देहीका प्रमुख एसपी आनन्द थापाले बताए । क्रेनको सहायताले बरामद गाडी निकाल्ने प्रयास भइरहेको उनले बताए। गाडीसँगै बेपत्ता भएको चालक प्रकाश तमाङ्ग र सह–चालक उमेश लोध फेला नपरेकोले खोजी…
भैरहवा,१३असोज। नेपाल राष्ट्र बैंकले दसैं, तिहार र छठ पर्वका लागि आइतबार (आज) देखि सुकिला नोट सटही सुविधाको सेवा सुरु गरेको छ। बैंकले असोज १३ गते देखि असोज २२ गतेसम्म रुपैयाँ ५, १०, २०, ५० र १०० दरको एक सेटका दरले १८ हजार ५०० रुपैयाँ सटही गर्न सकिने जनाएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग र बैंकिङ विभागबाट नोट साट्न सकिनेछ। सर्वसाधरणहरुले नेपाल राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय सिद्धार्थनगर, वीरगन्ज, जनकपुर, नेपालगन्ज, धनगढी र पोखराबाट सुकिला नोट सटही गर्न सक्ने बैंकले जनाएको छ। साथै, इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट समेत नोट सटही गर्न सकिनेछ। हरेक वर्ष दसैंका लागि नयाँ…
भैरहवा,१३ असोज। अविरल वर्षाका कारण आएको बाढी, पहिरोमा परेर मृत्यु हुनेको संख्या १०४ पुगेको नेपाल प्रहरीले जनाएको छ । नेपाल प्रहरीले आइतबार बिहान ९ बजेसम्मको सार्वजनिक गरेको तथ्यांक अनुसार ६४ जना बेपत्ता र ७३ जना घाइते भएका छन् । हालसम्म ३ हजार ३९ जना बढीको उद्दार गरिएको प्रहरीले जनाएको छ। अविरल वर्षाका कारण विभिन्न स्थानहरूमा बाढी तथा पहिरोले गर्दा अवरुद्ध सडक खुलाउने प्रयास भइरहेकाले लामो यात्रामा निस्किनुभन्दा अघि नजिक वा सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न समेत प्रहरीले अनुरोध गरेको छ। बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि ९, हजार ९ सय ८३ सुरक्षाकर्मी परिचालन गरिएको छ ।
भैरहवा, १२असोज। निरन्तर वर्षाको आएको बाढी, पहिरो र चट्याङका कारण देशभर मृत्यु हुनेको संख्या ६६ पुगेको नेपाल प्रहरीले जनाएको छ । यस्तै ६९ जना बेपत्ता भएका छन् । नेपाल प्रहरीले साँझ साढे ७ बजेसम्मको सार्वजनिक गरेको तथ्यांक अनुसार अविरल वर्षाका कारण प्राकृतिक प्रकोपमा परेर ६० जना घाइते भएका छन् । त्यस्तै तीन हजार भन्दा बढी नागरिकको उद्दार गरिएको प्रहरीले जनाएको छ। वर्षाका कारण विभिन्न स्थानमा बाढी र पहिरोले गर्दा सडक अवरुद्ध रहेकोले लामो यात्रामा निस्किनुअघि प्रहरी कार्यालयमा सम्पर्क गर्नका लागि प्रहरीले अनुरोध गरेको छ।
भैरहवा,१२ असोज। सरकारले अविरल वर्षाका कारण प्राकृतिक प्रकोपमा परेको नागरिकको उद्धार र राहतमा कुनै कमी हुन नदिने निर्णय गरेको छ। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको आह्वानमा शनिबार सिंहदरबारमा बसेको आपतकालीन समन्वयात्मक बैठकले प्राकृतिक प्रकोपका घटनाप्रति दुख व्यक्त गर्दै नागरिकको उद्धार र राहतमा कुनै कमी हुन नदिने निर्णय गरेको हो। बैठकले प्राकृतिक प्रकोपबाट प्रभावितलाई आवश्यक राहत क्षतिपूर्ति दिने र घाइते भएकाहरूको निशुल्क उपचार गर्ने निर्णय भएको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। वर्षाका कारण परीक्षाहरू हाललाई स्थगित गर्ने, तत्काल अवरुद्ध भएका सडकहरू सञ्चालन ल्याउन पहल थाल्ने निर्णय समेत बैठकले गरेको उनले बताए। बैठकले अवरुद्ध भएका विद्युत, खानेपानी टेलिफोनको सूचारुका लागि पहल गर्न…
हृदयराम गुप्ता भैरहवा, १२ असोज । रुपन्देहीमा चालक र सहचालकसहित ढुध ढुवानी गर्ने गाडी खोलाले बगाएको आशंकामा खोजतलास सुरु गरिएको छ। भे १ च २६७६ नम्बरको गाडीका चालक र सहचालकले भैरहवा, बुटवल लगायत क्षेत्रमा दुध पुर्याउनका लागि सम्मरीमाई गाउँपालिका-५ स्थित रोइनिहवास्थित तिवारी दुध संकलन केन्द्रबाट एकाबिहानै दुध लिएर निस्किएका थिए। बिहानै निस्किएको गाडी हालसम्म पनि गन्तव्यमा नपुगेकोले खोजतलास भइरहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए । मर्चवारबाट उक्त गाडी मार्फत दैनिक भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पछाडीको बाटो हुँदै दुध ढुवानी हुने रुट थियो । र, शनिवार पनि सोही बाटो प्रयोग गरिएको आशंका रहेका प्रजिअ अर्यालले बताए । उनले…
भैरहवा,१२ असोज । निरन्तर भइरहेको वर्षाले आएको बाढी, पहिरो र चट्याङका कारण देशभर ६२ जनाको मृत्यु र ४३ जना बेपत्ता भएका नेपाल प्रहरीले जनाएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांक अनुसार विपद्मा ३६ जना घाइते भएका छन् १ हजार ४ सय ५६ जनाको उद्दार गरिएको छ । त्यस्तै कोशी प्रदेशमा १५२, मधेशमा १०, उपत्यकामा २ र बागमती प्रदेशमा ३१ गरेर १९५ घरमा क्षति पुगेको बताइएको छ। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीका अनुसार अविरल वर्षा शनिवार साँझ देखि विस्तारै कम हुँदै जाने अनुमान गरिएको छ। ‘साँझदेखि वर्ष केही कम हुने भएपनि रोकिने भने होइन, भोलिसम्म…
भैरहवा,१२असोज। निरन्तर वर्षाका कारण लुम्बिनी प्रदेशका साथै मुलुकको विभिन्न क्षेत्रमा विपद् निम्तिएको छ। ठाउँ ठाउँमा पहिरो खसेको छ। सडकखण्डहरु अवरुद्ध भएका छन् । नदीमा मानिस बेपत्ता हुने देखि लिएर वर्षातको विपद्का कारण मृत्यु समेत भएको छ। विपद्बारे छलफल गर्न गृहमन्त्री रमेश लेखकले बैठक डाँकेका छन्। यस्तै लुम्बिनी प्रदेशका पनि पहिरोले विभिन्न सडकखण्डहरु अवरुद्ध भएका छन्। जिल्ला प्रहरीले कार्यालय गुल्मी डीएसपी शंकर पोखरलेका अनुसार पहिरो खस्दा गुल्मीको तम्घास‐रिडी र रिडी‐रुद्रवेणी‐वामीटक्सार सडकखण्ड अवरुद्ध भएको छ । तम्घास‐रिडी सडकखण्ड अन्तर्गत रेसुङ्गा नगरपालिका-११ को उर्लेनी, गुल्मीदरबार गाउँपालिका-४ अन्तर्गत विरबास र छत्रकोट गाउँपालिका-३ अन्तर्गत लुम्छामा पनि सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। अर्घाखाँचीको…