


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
परासी,१२असोज। नारायणी नदीमा पानीको सतहले खतराको तह पार गरेसँगै गण्डक बाँधका सबै ३६ वटा ढोका खोलिएका छन्। गण्डक बाँधमा पानीको सतह ५ लाख ७४ हजार क्यूसेक पुगेको छ। यो खतराको तह पार भएको अवस्था हो। पुरानो बाँध भएका कारण संरचनाहरू जीर्ण हुँदा अहिले ब्यारेजले ४ लाख क्यूसेकभन्दा बढी पानी धान्न नसक्ने अवस्था छ। ४ लाखभन्दा बढी पानीको सतह भएपछि खतराको लेबल मानिने नेपाल गण्डक पश्चिम नहर सिचाइँ व्यवस्थापन कार्यालयका प्रमुख इन्जिनियर तीलकराम बुढाथोकीले बताए। नारायणी नदीमाथी निर्माण गरिएको ब्यारेजले पूर्वी नवलपरासीको त्रिवेणी र भारतको बिहार प्रदेशस्थित भैंसालोटन जोडेको छ। यसैबीच पानीको सतह बढ्न थालेपछि तटीय क्षेत्रका स्थानीयलाई उच्च सर्तकता अपनाउन…
हृदयराम गुप्तामर्चवार,११ असोज । रुपन्देहीका मर्चवारी गाउँपालिकाका शिक्षकहरुलाई बहुभाषिक शिक्षा सम्बन्धि तालिम प्रदान गरिएको छ । कालिका स्वावलम्बन समाजिक केन्द्रको आयोजना, मर्चवारी गाउँपालिका शिक्षा तथा खेलकुद शाखा, शिक्षा तालिम तालिम केन्द्र भैरहवा, रुपन्देही, शिक्षा विकास तथा समन्वय ईकाइ रुपन्देहीको सहयोग र ब्रिटिस काउन्सिलको प्राविधिक सहयोगमा उक्त तालिम सम्पन्न भएको हो । यूरोपियन युनियन र युनिसेफको आर्थिक सहयोगमा असोज ७ गते देखि १० गते सम्म ४ दिन तालिम संचालन भएको कालिका स्वावलम्बन समाजिक केन्द्रका कार्यक्रम संयोजक हरिश्चन्द्र चौधरीले बताए । कक्षा १ देखि ३ सम्म अध्ययापन गराउने ३० जान शिक्षकहरुलाई तालिम दिइएको उनले बताए । तालिममा एक विद्यालयबाट २ जना गरी…
बागलुङ,११असोज। सहकारी ठगी आरोपपछि फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतको दिल्लीबाट पक्राउ परेका छन् । इमेज सहकारी बाग्लुङ र पोखराबाट २ अर्बभन्दा बढी बचत अपचलन गरेको आरोपपछि उनी फरार भएका थिए। एमालेबाट निर्वाचित मेयर नेपाली बचत रकम फिर्ता गर्ने सहमति गरेर ०८० जेठ ५ गते देखि फरार भएका थिए । उनी फरार भएलगत्तै जेठ १६ गते उनीहरुविरुद्ध उजुरी दिन प्रहरीले आह्वान गरेको थियो भने गत माघ १२ गते उनीविरुद्ध रेड नोटिस समेत जारी भएको थियो । भारतमा पक्राउ परेका उनलाई नेपाल ल्याउने प्रक्रिया चलिरहेको प्रहरीले जनाएको छ ।नेपालीले सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिलाई…
काठमाडौं,११असोज। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टीले असोज १३ गते केन्द्रीय समितिको बैठक बोलाएको हो । बैठकमा समसामयिक राजनीतिक र स्थानीय तहको उपनिर्वाचनको विषयमा छलफल हुने बताइएको छ। साथै, बैठकमा उपसभापति एवं प्रतिनिधिसभा सदस्य स्वर्णिम वाग्लेको चीन भ्रमणको रिपोर्टिङ, सम्पन्न प्रथम राष्ट्रिय भेलाको समीक्षा तथा महाधिवेशनको विषयमा समेत छलफल हुनेछ ।
काठमाडौं,११ असोज। निरन्तर वर्षका कारण लेदोसहितको पहिरो खसेपछि नौबिसे–काठमाडौं सडक अवरुद्ध भएको छ । सुरुङमार्ग नजिकै पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको हो । सडक अवरुद्ध हुदाँ यात्रुहरु अलपत्र परेका छन् । लेदोसहित पहिरो खसेको कारण पन्छाउन कठिन भएपछि स्थानीय निकाय र सडक विभागसंग समन्वय गरेर अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। सरकारले वर्षाले पहिरो झरेर क्षति पुग्न सक्ने भएकाले असोज ११ र १२ गते हिमाली र पहाडी क्षेत्रमा रात्रि बस नचलाउनका लागि सूचना जारी गरेर अग्राह गरेको छ। देशका विभिन्न भागमा निरन्तर वर्षा भइरहेको छ।
भैरहवा,११असोज। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समृद्ध लुम्बिनीः आत्मनिर्भर प्रदेशको दीर्घकालीन लक्ष्य पुरा गर्न पर्यटन क्षेत्र महत्वपूर्ण आधार स्तम्भ भएको बताएका छन् । विश्व पर्यटन दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले ‘घुमौं लुम्बिनी’ भन्ने मान्यता प्रदेश सरकारले स्थापित गर्न खोजेको बताए । ‘पर्यटन, न्याय र शान्ति’ भन्ने नाराका साथ लुम्बिनी प्रदेशमा ४५ औं विश्व पर्यटन दिवस मनाईदैछ। ‘पर्यटनबाटै नागरिकलाई स्वरोजगार बनाउन सकिन्छ । त्यसैले नागरिकको जीवनस्तर उठाउने एउटा आधारको रुपमा प्रदेश सरकारले पर्यटन क्षेत्रलाई लिएको छ’ मुख्यमन्त्री आचार्यले दिएको शुभकामना सन्देशमा भनिएको छ, ‘स्थानीय उत्पादन बढाउने, त्यसमा नागरिकलाई जोड्ने र पर्यटनसँग केन्द्रित गरेर आयआर्जनका अवसरहरु सिर्जना गर्न सरकार पूर्ण…
दाङ, ११ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समाज रुपान्तरण र सिमान्तकृत समुदायको सशक्तीकरणका लागि प्रदेश सरकारले प्रभावकारी भूमिका निर्वाह गर्ने बताएका छन् । दलित महिला संघ फेडोको आयोजनामा दाङको लमहीमा भएको दलित महिला सशक्तिकरण र समावेशीकरणको सवाल विषयक प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै उनले सिमान्तकृत वर्गलाई राज्यको मूलधारमा ल्याउन सरकारले प्रभावकारी भूमिका निर्वाह गर्ने बताएका हुन् । ‘वर्गिय रुपमा कार्यक्रमलाई केन्द्रित गरिनुपर्छ’उनले भने–‘समाज रुपान्तरण, सामाजिक न्यायको लागि पुरानो मानसिकता त्याग्नुपर्छ । दृष्टिकोणमा परिवर्तन आयो भने विभेद पनि उन्मुलन हुन्छ । सरकारले समाज रुपान्तरणका लागि जागरण अभियानमा हाम्रो साथ छ ।’ कार्यक्रममा समग्र विकासको अवरोध, जातिय तथा लैंगिक विभेद रहेको…
लुम्बिनी, ११ असोज । विश्व पर्यटन दिवसको अवसरमा शुक्रबार गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटकलाई स्वागत गरिएको छ । लुम्बिनी भ्रमणमा आएका जापानी नागरिक यूकु शान, भारतीय विद्या बाग्दी र सुनिल बाग्दीलाई लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले खादा र ढाका टोपी लगाएर स्वागत गरेका छन्। उक्त कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटनमन्त्री प्रचण्ड विक्रम न्यौपानेले लुम्बिनी देशकै गौरव भएकाले यसको विकास र प्रवद्र्धनका लागि प्रदेश सरकार साथमा रहने प्रतिवद्धता जनाए । उनले लुम्बिनी विकास कोषसँग मिलेर अगाडि बढने गरी योजना बनाउने समेत बताए । त्यस्तै लुम्बिनी विकास…
भैरहवा,११असोज। भैरहवामा आयोजना गर्न लागिएको भैरहवा खाना महोत्सव एवं सांगीतिक साँझ स्थगित गरिएको छ। ४५ औँ विश्व पर्यटन दिवस र संस्थाको १८ औँ स्थापना दिवसको अवसरमा सिद्धार्थ होटल संघ नेपाल(शान) द्धारा दुई दिने असोज ११ र १२ गते कार्यक्रमको आयोजना गर्न लागिएको थियो। जसको सम्पूर्ण तयारी समेत भइसकेको अवस्थामा निरन्तर वर्षाका कारण कार्यक्रम स्थगित गरी कार्यक्रमको मिति सार्नु परेको कार्यक्रम संयोजक विनोद खरेलले जानकारी दिए। ‘वर्षाका कारण आज र भोली कार्यक्रम गर्न असमर्थ भएका छौँ’,शुक्रवार संघले जारी गरिएको सूचनामा भनिएको छ, ‘उक्त कार्यक्रम अर्को हप्ता शुक्रवार र शनिवार (असोज १८ र १९) गतेमा सारिएको छ ।’ उक्त दिन कार्यक्रम भैरहवा…
भैरहवा,१० असोज। भैरहवामा शुक्रवार (भोली) देखि भैरहवामा खाना महोत्सव एवं सांगीतिक साँझ हुने भएको छ ।जसको सबै तयारी भइसकेको आयोजकले जनाएको छ । संस्थाको १८ औ स्थापना दिवस र ४५ औं विश्व पर्यटन दिवसको अवसरमा सिद्धार्थ होटल संघ नेपालले भैरहवामा दुई दिने (असोज ११ र १२ गते) महोत्सवको आयोजना गरेको छ। महोत्सवमा ५० बढी स्तरीय होटलहरुको स्टल रहने संघका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले बताए। ‘पर्यटन दिवसमा सीमामा गएर पर्यटकलाई स्वागत गर्ने पराम्परागत तरिकाबाट अलि माथी उठेर यो पृथक कार्यक्रम ल्याएको छौं’, उनले भने ‘यसले यस क्षेत्रमा आउने पर्यटकलाई आकर्षित गर्ने हाम्रो उद्देश्य हो ।’ महोत्सवको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले…