


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा,२६भदौ। गृह मन्त्रालयले नेपाल प्रहरीका तीन जना डीआईजीहरुको सरुवा गरेको छ । गृह मन्त्रीस्तरीय निर्णयले मधेस प्रदेश प्रहरी कार्यालयमा कार्यरत डीआईजी यज्ञ विनोद पोखरेललाई प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ । त्यस्तै नेपाल प्रहरी शिक्षालय भरतरपुमा कार्यरत डीआईजी लालमणि आचार्यलाई मधेस प्रदेश प्रहरी कार्यालयमा पठाइएको छ । डीआईजी राजेशनाथ बास्तोलाको भरतपुर तालिम केन्द्रमा सरुवा गरिएको छ । बास्तोलाको जागिर अवधि दुई महिनामात्र बाँकी छ । डीआईजी पोखरेल करिब दुई हप्तापछि अवकाशमा जाँदैछन्। प्रदेशमा घुमुवा खटाएर रकम असुली गरेको विषयमा उनीविरुद्ध उजुरी परेपछि उनलाई प्रहरी मुख्यालयमा तानिएको हो । आईजीपी बसन्तबहादुर कुवँरले पनि एक जना डीआईजी सा’ब ‘छिट्टै…
भैरहवा,२६भदौ। चर्चित हास्य कलाकार सुलेमान शंकर ‘इकु’ पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले कलाकार भिसामा युरोप पठाउँछु भनेर विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको जानकारी दिए। कलाकार भिसामा क्यानाडा, अष्ट्रेलिया तथा युरोपेली देशहरुमा लैजाने र युरोपेली मुलुकहरुमा राम्रो काम र आम्दानी हुने भन्दै उनको रकम उठाएको सीआईबीको दाबी छ। सीआईबीका अनुसार शंकरले आफूले सञ्चालन गरिरहेको एसएमएस फिल्म प्रालिको नामको बैंक खातामा प्रतिव्यक्ति १५ देखि २० लाखसम्म रकम जम्मा गर्न लगाएका थिए। कलाकार भिसामा लैजान्छु भन्दै पैसा लिइएका व्यक्तिहरू जान नपाएपछि प्रहरी सम्पर्कमा पुगेको सीआईबीको भनाई छ।
काठमाडौं,२६भदौ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बिहिवार र शुक्रवारदेखि मुलुकका अधिकांश भूभागमा भारीदेखि र धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका मौसमविद सरोज पुडासैनीका अनुसार भारतको छत्तीसगढ आसपास बनेको न्यूनचापीय प्रणालीको असरले लुम्बिनीदेखि सुदूरपश्चिमका भूभागमा भारीदेखि र धेरै भारी वर्षाको सम्भावना रहेको छ । ‘विहीबार र शुक्रबार पूर्वमा भन्दा पश्चिम केन्द्रित भएर भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ,’ उनले भने । यो वर्षाले बाढी, पहिरो र डुबानको समस्या निम्त्याउने सम्भावना छ । त्यसबाट दैनिक जनजीवनसँगै हवाई, सडक यातायात र पर्यटन क्षेत्र पनि प्रभावित हुने सम्भावना रहेकाले सतर्कता अपनाउनुपर्ने मौसमविद पुडासैनीले बताए । भारीदेखि धेरै भारी…
भैरहवा, २६ भदौ। रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकास्थित कालीदह नाकामा पनि एकीकृत सुरक्षा जाँच बिन्दु संचालनमा ल्याइएको छ । यस अघि बेलहिया नाकामा एकीकृत सुरक्षा जाँच बिन्दु संचालनमा ल्याइएको थियो । बेलहिया नाकामा संचालनमा ल्याइएको एकीकृत सुरक्षा जाँच बिन्दु प्रभावकारी भएपछि जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले लुम्बिनी सांस्कृतिक नगरपालिकासगँ समन्वमा कालीदह नाकामा बुधबारबाट एकीकृत जाँच बिन्दु संचालनमा ल्याएको हो । बुधबार एकीकृत जाँच बिन्दुको लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमान, उपप्रमुख कल्पना हरिजन, प्रमुख जिल्ला अधिकारी गणेश अर्याल लगायतले उद्घाट गरे । सवारीसहित नेपाल भित्रिने पर्यटकलाई ठाउँठाउँमा चेकिङ गरिँदा दुःख पाउने गरेको गुनासो बढेपछि एकीकृत जाँच बिन्दु अवधारण ल्याई संचालनमा ल्याइएको…
काठमाडौं,२६भदौ। प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक डाँकेका छन् । आज बेलुका पाँच बजे सिंहदरबारमा बस्ने गरी संवैधानिक परिषद्को बैठक बोलाइएको बताइएको छ । बैठकको एक मात्र एजेण्डा नयाँ प्रधानन्यायाधीश सिफारिस बारे छलफल गर्ने रहेको छ । परिषदका सदस्यहरूलाई पठाइएको पत्रमा प्रधानन्यायाधीश सिफारिसको एउटामात्रै एजेण्डा उल्लेख गरिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले असोज १८ गतेदेखि अवकाश पाउने हुनाले नयाँ प्रधानन्यायाधीशको सिफारिश गर्ने तयारी गरिएको हो । नयाँ प्रधानन्यायाधीश सिफारिस भएपछि संसदीय सुनुवाइ पछि नियुक्ति हुने प्रावधान छ । नयाँ प्रधानन्यायाधीशका लागि न्यायपरिषदले ८ जना सम्भावित न्यायाधीशहरूको सूची संवैधानिक परिषदमा पठाइसकेको छ । जसमा न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान…
भैरहवा, २६ भदौ। रुपन्देहीको भैरहवास्थित सिद्धार्थनगर सिटी अस्पतालमा उपचारत दुई जना विपन्न विरामीहरुलाई अस्पताल प्रशासन, व्यवसायी र अस्पतालमा कार्यरत चिक्तिसकले ७० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । अस्पतालमा उपचारत रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका मुटु रोग सम्बन्धीका विरामी र कपिलवस्तु लबनीका मृगौला सम्बन्धीका विरामीहरुलाई बुधवार आर्थिक सहयोग गरिएको हो । अस्पतालका शेयर सदस्य एवं बुटवलका पेट्रोलियम व्यवसायी मदनलाल गुप्ताले अस्पतालमा उपचारत विपन्नवर्गका विरामीहरुलाई सहयोग गर्ने उद्देश्यले आमा पुनादेवी तेली र स्वर्गीय श्रीमती गितादेवी गुप्ता नामबाट दश लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । स्थापित सोही अक्षयकोषको सहायताले मुटु रोग सम्बन्धीका विरामी मजनु अन्सारीलाई २० हजार रुपैयाँ र मृगौला सम्बन्धीका विरामी धव्र…
भैरहवा, २६ भदौ। सरकारले कांग्रेस नेतृ चित्रलेखा यादवलाई अस्ट्रेलियाको राजदुतमा सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यादवलाई राजदुतमा सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। त्यस्तै बैठकले भूउपयोग (दोस्रो संसोधन) नियमावली, २०८१ स्वीकृत गर्नेसहित विभिन्न निर्णयहरु गरेको छ । के-के भयो निर्णय? हेर्नुहोस् सूची:
भैरहवा,२५भदौ। नेपाल प्रहरीले घटनाको अनुसन्धान र सुरक्षा व्यवस्थापनका लागि १२ वटा कुकुर खरिद गरेको छ । बोलपत्र आह्वान गरेर विदेशबाट जर्मन शेफर्डसहित तीन प्रजातिका १२ वटा कुकुर खरिद गरी ल्याइएको प्रहरी प्रधान कार्यालय केनाइन शाखाका एसपी रामचन्द्र सत्यालले जानकारी दिए । प्रहरीले २९ लाख रुपैयाँ बराबरको कुकुर खरिदका लागि गत चैतमा बोलपत्र आह्वान गरेको थियो। उनका अनुसार विदेशबाट ल्याइएको कुकुरहरुमध्ये आठवटा विभिन्न प्रदेशमा र चार वटा नेपाल प्रहरीको कुकुर तालिम केन्द्रमा राखिनेछ । उक्त कुकुरहरु तीन महिना देखि ७ महिनासम्म उमेरसमूहका छन् । कुकुरहरुलाई ६ महिना तालिम दिएर अनुसन्धान र आवश्यक सुरक्षा व्यवस्थापनमा खटाइने बताइएको छ । नेपाल प्रहरीले तालिम…
भैरहवा,२५भदौ । लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले राजीनामा दिएका छन्। मन्त्री कुर्मीले मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष मंगलबार राजीनामा दिएको कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले बताए । बाँकेको निर्मलादेवी कुर्मीको शंकास्पद मृत्यु र सम्पत्ति हिनामिना प्रकरणमा मुछिएका कांग्रेस सांसद कुर्मी मन्त्रीमा नियुक्त भएपछि विरोध भएको थियो । उनलाई निर्मलादेवी कुर्मीको अपहरण र बेपत्ता पार्ने कार्यमा संलग्न रहेको आरोप छ । कुर्मीविरुद्ध कर्तव्य ज्यान र ठगी मुद्दामा अनुसन्धान जारी रहेको छ । उनी साउन ९ गते विना विभागीय मन्त्री नियुक्त भएका थिए । साउन १८ गते उनलाई वन तथा वातावरण मन्त्रीको जिम्मेवारी दिइएको थियो । गत निर्वाचनमा उनी बाँकेको निर्वाचन…
काठमाडौं, २५ भदौ। राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश भएको छ । प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय सुरक्षा परिषद्को पछिल्लो दुई आर्थिक वर्षका वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेल समक्ष पेश गरेका हुन् । राष्ट्रपति भवन, शीतल निवासमा आज आयोजित कार्यक्रममा नेपालको संविधानको धारा २६६ को उपधारा ३ बमोजिम राष्ट्रपतिसमक्ष प्रधानमन्त्री ओलीले परिषद्को आर्थिक वर्षका ०७९/०८० र ०८०/०८१ को वार्षिक प्रतिवेदन पेस गरेका हुन्। प्रधानमन्त्री ओलीले प्रतिवेदनमा समाविष्ट मुख्य विषयबारे प्रकाश पार्दै राष्ट्रिय/क्षेत्रीय/अन्तर्राष्ट्रिय सुरक्षा स्थिति र चुनौतीको विश्लेषण प्रतिवेदनमा गरिएको जानकारी गराए। उनले प्रतिवेदनमाथि सङ्घीय संसदबाट प्राप्त हुने सुझावलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहने स्पष्ट गरे।