


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा,१७असोज। रुपन्देहीको ओमसतिया गाउँपालिकाले बजार अनुमगन गरेको छ। अनुगमन समिति संयोजक समेत रहेकी गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्री, लेखा अधिकृत कमल शर्मा, उद्योग व्यवसाय, संघ-संस्था तथा राजस्व शाखाकी प्रमुख अमृता पाण्डे, प्रशासन शाखा प्रमुख रुपा थापा राउत, कृषि शाखा केशव चौधरी ,स्वास्थ्य शाखा सस्मिता खत्री लगायतको टोलीले वडा नम्बर ३ र ४ मा बजार अनुगमन गरेको हो। अनुगमनका क्रममा अधिकांश व्यवसाय पालिकामा दर्ता नभइ सञ्चालनमा रहेको र नविकरण नभएको पाइएको समितिले जनाएको छ । त्यस्ता व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई दर्ता र नविकरणका लागि निर्देशन दिइएको छ । गाउँपालिकामा सञ्चालित व्यवसायहरुले मापदण्ड पूरा गरे/नगरेको, दर्ता भए/नभएको,…
भैरहवा,१७असोज। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। पूजाकोठा वा दसैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ। आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ रोप्ने गरिन्छ। यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ। यव अङ्कुर दुर्गादेवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी…
मर्चवार,१६ असोज । रुपन्देहीको कोटहीमाई गाउँपालिकामा निःशुल्क पशु स्वास्थ्य शिविर संचालन हुने भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीको आयोजना र कोटहीमाई गाउँपालिकाको समन्वयमा असोज १८ गते कटया आधारभूत विद्यालयको छेउ स्थित बगैँचामा शिविर संचालन हुने कोटहीमाई गाउँपालिकाको अध्यक्ष बालकृष्ण त्रिपाठीले बताए। बिहान ९ बजे देखि संचालन हुने उक्त शिविरमा गाई, भैँसी, बाख्रा, कुखुरा, गोरु, भेडा लगायत पशु चौपायाहरुको स्वास्थ्य परीक्षण गरिने गाउँपालिका अध्यक्ष त्रिपाठीले बताए। शिविरमा स्वास्थ्य जाँच गरिने पशु चौपायाहरुका लागि आवश्यकताको अवस्थामा निःशुल्क औषधी समेत उपलब्ध गराइने उनले जानकारी दिए। स्थानीय पशुपालकहरुलाई सहजता र बदलिदो मौसम लगायत कारणले पशुहरुलाई हुने विभिन्न रोगबाट बचाउनका…
भैरहवा,१६असोज। सन् २०२६ अमेरिकी डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमको लागि बधुवार (आज) रातीदेखि आवेदन खुल्ने भएको छ। नेपाली समय अनुसार असोज १६ गते राति ९ः४५ बजेबाट आवेदन दर्ता सुरु हुने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । नेपालस्थित दूतावासको सूचनामा प्रति व्यक्ति एउटा मात्र आवेदन बुझाउन आग्रह गरिएको छ। एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिने दूतावासले जनाएको छ। यो कार्तिक २० मा नेपालमा स्थानीय समय अनुसार १०ः४५ बजेमा बन्द हुनेछ । अमेरिकाले हरेक वर्ष डिभी कार्यक्रममार्फत विश्वका विभिन्न देशबाट ५० हजार आप्रवासी भित्र्याउने गरेको छ।
काठमाडौं,१६असोज। अविरल वर्षाले आएको बाढी पहिरो प्रभावितका लागि नेकपा एकीकृत समाजवादीले सांसदहरूले १५ दिनको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएको छ। एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीले अविरल वर्षाका कारण भएको जनधनको क्षतिप्रति दुख व्यक्त गर्दै पार्टी र सांसदहरूका तर्फबाट उक्त सहयोग गर्ने निर्णय गरेको बताए। नेकपा एकीकृत समाजवादीका प्रतिनिधिमा सभामा दश र राष्ट्रियसभामा आठ गरी १८ जना सांसद रहेका छन् ।
भैरहवा,१६असोज। प्रहरीले लागुऔषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत, गोरखपुरका २४ वर्षीय शिव गुप्ता रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देही र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाबाट खटिएको संयुक्त टोलीले लागुऔषधसहित बेलहियाबाट उक्त भारतीय नागरिकलाई पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा खटिएको टोलीले यूपी ५६ ईपी २७३३ नम्बरको गाडी (कार)लाई रोकेर चेकजाँच गर्दा पक्राउ परेका गुप्ताको साथबाट १७४ ग्राम खैरो हिरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डिएसपी लक्ष्मी खनालले जानकारी दिइन्। पक्राउ परेका गुप्ताविरुद्ध लागुऔषध सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालतबाट ९ दिनको म्याद लिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
भैरहवा,१६असोज। लुम्बिनी प्रदेशमा विपद्जन्य घटनामा राहत र पुर्नस्थापना लागि प्रदेश सरकारले ४० लाख रुपैयाँ निकासा गरेको छ । सरकारले चालु आर्थिक बर्षको साढे दुई महिनामा विपद्जन्य घटनामा राहत र पुर्नस्थापना शिर्षकमा ४० लाख रुपैयाँ निकासा गरेको हो। प्रहरी कार्यालयको मुचुल्का, स्थानीय तह र जिल्ला प्रशासन कार्यालयको सिफारिसको आधारमा प्रदेश सरकारले राहत र पुर्नस्थापनाको लागि रकम उपलब्ध गराउदै आएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बताए। ‘एक त विपद् आउनै भएन् । आएको खण्डमा त्यसबाट हुने क्षतिलाई कम गर्नेगरी प्रतिकार्यका योजना कार्यान्वयनमा जोड दिन जरुरी छ’उनले भने,‘प्रदेश सरकारले दिने राहत तथा पुर्नस्थापनाको रकम सबै प्रक्रिया पुरा भएर आएको खण्डमा तत्काल निकासा गरिन्छ…
भैरहवा,१६ असोज। बुधबारदेखि केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ। प्राधिकरणले सूचना जारी गर्दै बागमती र कोशी प्रदेशका केही स्थानमा भारी बर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउनका लागि आग्रह गरेको हो। ‘असोज १० देखिको अति भारी वर्षाले धेरै स्थानको जमिन गलेको हुँदा सानो वर्षा थपिँदा समेत ठूलो पहिरो जानसक्ने र कुनै पनि खोलाम एक्कासी बाढी आउन सक्ने जोखिम यथावतै छ ।’ प्राधिकरणद्वारा जारी सूचनामा उल्लेख छ। प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराइले भारी वर्षाको सम्भावना असोज १८ गतेसम्म कायम रहने हुँदा सतर्कता अपनाउन आग्रह गरे। प्राधिकरणले यात्राका क्रममा…
भैरहवा,१५ असोज। लुम्बिनी प्रदेशका सीमा क्षेत्र एकीकृत सुरक्षा जाँच गरिने भएको छ । प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सीमा क्षेत्रमा एकीकृत सुरक्षा जाँच सेवा विस्तार गर्न निर्देशन जारी गरेका हुन् । प्रदेश विपद् व्यवस्थापन तथा समसामयिक विषयमा आयोजना गरिएको छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले खुला सीमानाका कारण भारतबाट अवैध रुपमा मासु, दुध तथा कृषि उपजका सामग्रीहरु चोरीपैठारी हुँदा राजस्व चुहावट भइरहेको, उपभोक्ताले विषाक्त खाद्यवस्तु खानुपर्ने बाध्यताको अन्त्य गर्दै नेपाल भित्रिने पर्यटकहरुको सुविधाको लागि पनि सीमा क्षेत्रमा एकीकृत सुरक्षा जाँच गर्न निर्देशन दिएका हुन् । भारतबाट नेपाल भित्रिने पर्यटकहरुलाई ठाउँठाउँमा सुरक्षा जाँचको नाममा दुःख दिएको, भारतबाट कुखुरा, खसीबोका, माछा, दुध भित्रिने गरेको गुनासो…
काठमाडौं,१५ असोज। नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले बल्खुका बाढीपीडितहरूसँग भेट तथा अन्तक्रिर्या गरेका छन् । उनले सो क्षेत्रको स्थलगत अवलोकन,पीडित जनतालाई सम्बोधन साथै त्यहाँ गर्नुपर्ने आवश्यक सहयोगका लागि पहल लिने प्रतिबद्धता जनाएका छन् । असोज १० गतेदेखिको बर्षाका कारण आएको बाढीले बल्खु क्षेत्र निकै प्रभावित बनेको थियो ।