Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,२८ जेठ। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३१ लाख ५१ हजार रुपैयाँसहित दुई जना बङ्गलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा बङ्गलादेशका ३९ वर्षीय मोहम्मद इन्ताजअली र ५० वर्षीय महम्मद जाकिर हुसैन रहेको प्रहरीले जनाएको छ। पक्राउ गरेका अलीले नेपालमा ३८ पटक र हुसैनले ११ पटक आवतजावत गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार, बिहीवार बाटिक एयरको उडानबाट मलेसिया जान लागेका उनीहरुको सुटकेश खानतलासी गर्दा फल्स बटम बनाएर लुकाएर राखिएको रकमसहित उनीहरुलाई पक्राउ गरिएको हो। बरामद रकमसहित पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं,२८ जेठ। संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्यअन्तर्गत लिवियामा सञ्चालन भइरहेको संयुक्त राष्ट्रसंघीय सहयोग मिसनमा कार्यरत नेपाली शान्ति सैनिकहरुको फेरबदल गरिएको छ। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार श्री नयाँ भैरवीदल गुल्म (शान्ति सेना) सातौं डफ्फालाई प्रतिस्थापन गर्न श्री गुरुबक्स गुल्म (शान्ति सेना) आठौं डफ्फाका ४१ जना नेपाली शान्ति सैनिकहरुको अन्तिम टोली बिहीबार मिसन क्षेत्रतर्फ प्रस्थान गरेको छ। यसैबीच, उक्त मिसनमा आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका ४८ जना नेपाली शान्ति सैनिकहरु बुधबार स्वदेश फिर्ता भएका छन्। हाल उक्त मिसनअन्तर्गत नेपाली सेनाका १६८ जना शान्ति सैनिकहरु कार्यरत रहेका छन्। नेपाली सेना संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना अभियानहरुमा सक्रिय सहभागिता जनाउँदै शान्ति र…

Read More

काठमाडौं,२८ जेठ। गृहमन्त्री सुधन गुरुङले बालाजु नयाँ बसपार्कस्थित सुकुम्वासीहरु राखिएको होल्डिङ सेन्टरको आकस्मिक अनुगमन गरेका छन्। अनुगमनका क्रममा उनले सुकुम्वासी परिवारसँग भेटघाट गर्दै विगतमा व्यवस्थापनका क्रममा भएका कमजोरीप्रति माफी मागेका छन्। उनले सरकार सुकुम्वासीहरुको उचित व्यवस्थापनप्रति गम्भीर रहेको बताउँदै कुनै पनि हालतमा उचित व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे। सुकुम्वासी परिवारले बालबालिकाको शिक्षादीक्षा र स्वास्थ्य सेवामा समस्या रहेको गुनासो गरेका थिए। पीडितहरुको गुनासो सुनेपछि गृहमन्त्रीले उक्त क्षेत्रमा प्रहरी टोली खटाउन निर्देशन दिएका छन्। साथै, स्वास्थ्य समस्या वा आकस्मिक अवस्था आएमा तत्काल उद्धार गरी अस्पताल पुर्‍याउने व्यवस्था मिलाउन निर्देशन दिए। गृहमन्त्री स्वयं भेट्न आएपछि होल्डिङ सेन्टरमा रहेका सुकुम्वासी परिवारमा नयाँ आशा जागेको…

Read More

भैरहवा, २७ जेठ। नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवाले एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका-१० (भैरहवा) का श्रीकान्त उपाध्याय रहेको प्रहरीले जनाएको छ। नेपाल प्रहरी प्रदेश कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिपक महत क्षेत्रीद्वारा जारी विज्ञप्ती अनुसार, अदालतबाट एक हजार रुपैयाँ जरिवाना सजाए फैसला भएको चेक अनदार मुद्दाको फरार प्रतिवादी उपाध्यायलाई फैसला कार्यान्वयनको सिलसिलमा पक्राउ गरिएको हो। नेपाल प्रहरी प्रदेश कार्यालयबाट खटिएको टोलीले बुधवार सिद्धार्थनगर नगरपालिका वडा नं. १० बाट उपाध्यायलाई पक्राउ गरी रुपन्देही जिल्ला अदालतमा पेश गरेको प्रहरीले जनाएको छ।

Read More

हृदयराम गुप्ता मर्चवार,२७ जेठ। रुपन्देहीको मर्चवारीमाई गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा ल्याउनृ विद्यार्थीहरुलाई सम्मान गरेको छ। गाउँपालिकाभित्रका सामुदायिक विद्यालयबाट उत्कृष्ट जीपीए प्राप्त गर्ने तीन विद्यार्थी तथा एक उत्कृष्ट छात्रालाई सम्मान गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख हरिश्चन्द्र बरईले जानकारी दिए। उनका अनुसार, गाउँपालिकाभित्रका एसईई परीक्षामा सहभागी ६ वटा सामुदायिक विद्यालयमध्ये जनता माध्यमिक विद्यालयका विद्यार्थी धिरेन्द्र बरईले ३.७८ जीपीए प्राप्त गरी प्रथम स्थान हासिल गरेका छन्। त्यस्तै अमवा माध्यमिक विद्यालयका विद्यार्थी अमरेश यादवले ३.७५ जीपीए प्राप्त गरी द्वितीय तथा जनता माध्यमिक विद्यालयकै विजयकुमार यादवले ३.७० जीपीए प्राप्त गरी तृतीय स्थान हासिल गरेका छन्। उत्कृष्ट नतिजा ल्याउने तीनै जना…

Read More

बुटवल,२७ जेठ। आफ्नै सुन पसलमा चोरी गरेर बीमा रकम दाबीका लागि प्रहरीमा उजुरी दिने पसल संचालक नै घटनामा संग्लन आरोपमा पक्राउ परेका छन्। गत जेठ १७ गते बुटवल उपमहानगरपालिका–५अमरपथस्थित तिनाउ सुनचाँदी पसलका सञ्चालक दीपक बिकले आफ्नो पसलमा १ करोड ४६ लाख १४ हजार ७ रुपैयाँ बराबरको सुनचाँदीका गहना चोरी भएको भन्दै इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए। संचालक बिकले आफू पोखरामा रहेको बेला पसलमा चोरी भएको र सिसिटिभी क्यामेरा समेत बिग्रिएको दाबी गरेका थिए। घटनाको अनुसन्धानको क्रममा संचालक आफैले योजनावद्ध रुपमा चोरीको घटना घटाएको पाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख एवं डीएसपी निशान्त श्रीवास्तवले बताए । चोरी भएको भनिएको…

Read More

हृदयराम गुप्तामर्चवार,२७ जेठ। रुपन्देहीको मर्चवारीमाई गाउँपालिकाका व्यावसायिक कृषक विभाण्ड यादव सोमबार आएको हावाहुरीपछि गहिरो चिन्तामा परेका छन्। वर्षौ मेहनत, ठूलो लगानी र उज्ज्वल भविष्यको आशा बोकेको उनको केरा खेतीमा ठूलो क्षति पुगेपछि आर्थिक संकट थपिएको छ । मर्चवारीमाई गाउँपालिका–१, सुमेरगढस्थित विभाण्ड एकीकृत कृषि फार्म अन्तर्गत लिजमा लिइएको करिब १० बिघा जग्गामा लगाइएका १० हजार केराबोटमध्ये करिब ३ हजार बोट हावाहुरीका कारण ढलेका तथा क्षतिग्रस्त भएका छन्। प्रारम्भिक अनुमानअनुसार यसबाट करिब ४ लाख रुपैयाँ बराबरको नोक्सानी भएको कृषक यादवले बताए। ‘अब केही महिनाभित्र उत्पादन बिक्री गरेर लगानी उठाउने र आम्दानी गर्ने योजना थियोे’,उनले भने,‘तर एकैछिनको हावाहुरीले सबै सपना उडाइदियो ।’ उनले…

Read More

काठमाडौं,२६ जेठ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग गरेको छ। आज प्रतिनिधि सभाको बैठकमा बोल्दै राप्रपाका प्रमुख सचेतक खुश्बु ओलीले विद्युतीय गाडी आयातमा भएको भनिएको कर छली प्रकरणमा अर्थमन्त्री डा. वाग्लेको नाम जोडिएकाले नैतिकताका आधारमा राजीनामा दिएर अनुसन्धानलाई सहयोग गर्नुपर्ने माग गरिन्। उनले भनिन्,‘बीवाइडीको कर छली प्रकरणबारे दलहरुले विषय उठाउनु भएको छ। आज अर्थमन्त्रीज्यू आउनुभएको छ, उहाँले यस संसद्मा आएर स्पष्टीकरण दिनुहुन्छ होला। तर यो विषय यति गम्भीर भएको छ कि निष्पक्ष र विश्वसनीय छानबिन अपरिहार्य भइसकेको छ। छानबिन सम्पन्न नहुँदा आफ्नै विवेक प्रयोग गरेर नैतिकताको दृष्टिकोणले जिम्मेवारीबाट पर रहनुपर्ने हुन्छ।’ यसअघि तत्कालीन गृहमन्त्री रमेश…

Read More

काठमाडौं,२६ जेठ। सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बैठकले गरेका चारवटा प्रमुख निर्णय सार्वजनिक गरेका हुन्। उनका अनुसार, बैठकले विशालकुमार भण्डारीको अध्यक्षतामा ९ सदस्यीय नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समिति गठन गरेको छ। त्यस्तै तल्लो अरुण, तल्लो न्यादी खोला, भुन्छा खोला र तादी खोला जलविद्युत् आयोजनाहरुलाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान गरेको छ। निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली २०८१ स्वीकृत गरेको छ । यस्तै बैठकले सुदन गुरुङको सम्बन्धमा गठित अध्ययन तथा छानबिन समितिले पेस गरेको प्रतिवेदनलाई ग्रहण गर्ने निर्णय गरिएको छ । प्रतिवेदन अध्ययन गरेर आवश्यक निर्णय लिइने प्रवक्ताले…

Read More

काठमाडौं,२६ जेठ। सरकारले पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुधन गुरुङमाथि गरिएको अध्ययन तथा छानबिनको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ। सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले छानबिन समितिद्वारा तयार पारिएको प्रतिवेदन स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ताले जानकारी दिएका छन्। गुरुङ मन्त्री पदमा रहँदा विभिन्न विवादमा मुछिएपछि उनले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि घटनासम्बन्धी तथ्य र वास्तविकता पत्ता लगाउन सरकारले छानबिन समिति गठन गरेको थियो। समितिले आफ्नो कार्य सम्पन्न गरी प्रतिवेदन सरकारलाई बुझाएपछि मन्त्रिपरिषद्ले उक्त प्रतिवेदन औपचारिक रुपमा ग्रहण गर्ने निर्णय गरेको हो।

Read More