Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा, १८ भदौ । मुलुकमा बुधबार देशभर आंशिकदेखि साधारणतया बदली रहने अनुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। बुधबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको…

Read More

काठमाडौँ, १८ भदौ। काठमाडौँ महानगरका मेयर बालेन साह केपी शर्मा ओली नेतृत्वको सरकारप्रति फेरि आक्रामक भएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस पोस्ट गर्दै बालेनले आफु गलत भए पक्राउ गर्न चेतावनी दिदै अन्यथा दोषीलाई पक्राउ गर्न चुनौती दिएका छन् । बालेनले एमाले प्रदेश सांसद रेखा शर्माले नाबालिकालाई घरेलु हिँसा गरेको र तुरुन्त पक्राउ गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेको पोस्ट हटेपछि अनेकौं टिप्पणी भइरहेका छन् । यसैबीच बालेनको सचिवालयले मंगलबार सो पोस्ट् कसैले रिपोर्ट गरेका कारण फेसबुकले नै डाउन गरिदिएको स्पष्ट गरेको छ । यसै प्रसंगमा बालेनले पोस्ट् उडाउने होइन भन्दै दोषीलाई समात्न आग्रह गरेका हुन् । उनले स्ट्याटस लेख्दै भनेका…

Read More

भैरहवा, १८ भदौ। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको पाँच तारे टाइगर प्यालेस रिर्सोटले आफ्नो तीनवटा उद्देश्य सार्वजनिक गरेको छ । नयाँ व्यवस्थापनले संचालन गरेको वर्ष दिनको पुगेको अवसरमा रिसोर्टले कार्यक्रम आयोजना गरी उद्देश्य सार्वजनिक गरेको हो । आगामी दिनमा आफ्ना सेवालाई नयाँ दिशा प्रदान गरेर अन्तराष्ट्रिय स्तरको ख्याती प्राप्त रिर्सोट बनाउन यस्ता उद्देश्य सार्वजनिक गरिएको जनाएको छ । पहिलोवर्ष रिर्सोटलाई पूर्ण सञ्चालनका लागि आवश्यक तयारीमा बिताएको व्यवस्थापनले व्यवस्थापन, कर्मचारी र समुदायको सहकार्यमा आगामी वर्ष उपलब्धीपूर्ण बनाउने जनाएको छ । त्यसकालागि कर्मचारीलाई उत्साहित तुल्याएर समुदायसित सहकार्य गरिने व्यवस्थापनले जनाएको छ । नयाँ व्यवस्थापनले सञ्चालनमा ल्याएको एक वर्ष पुगेको उपलक्ष्यमा सोमबार ‘सेलिब्रेटिङ आवर…

Read More

हृदयराम गुप्तामर्चवार, १८ भदौ। गत साउन ३१ गते रुपन्देहीको मर्चवारी गाउँपालिका-५ स्थित श्री जनकल्याण स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थामा राखिएको रकम चोरी भयो । घटना भएको १९ दिन बितिसक्यो । तर, शान्ति-सुरक्षाको जिम्मेवारी पाएको नेपाल प्रहरीले चोर समाउन सक्यो न चोरी भएको रकम बरामद गर्न नै । घटनाको अनुुसन्धानले तिव्रता नपाउँदा प्रहरीले अनुसन्धानको किनारा लाग्न नसक्ने देखिएको छ । घटनामा सहकारीको कर्मचारी र पदाधिकारीकै संलग्नता हुन सक्ने मर्चवारी गाउँपालिका–४ का सुग्रिम यादवको आरोप छ । ‘धेरै रकम सहकारीमै व्यवस्थापन गर्नु र कहाँ, कति रकम राखिएको छ भन्ने कर्मचारी र पदाधिकारीहरुबाहेक अन्यलाई थाहा हुदैन’,उनले भने, ‘तसर्थ, सहकारीका कर्मचारी र पदाधिकारीहरुलाई…

Read More

भैरहवा, १८ भदौ। नेपाल प्रहरीले एकैपटक ५८७ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) हरुको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले भदौ १७ गतेको निर्णय अनुसार इन्सपेक्टरहरुको सरुवा गरेको जनाएको छ । हेर्नुहोस् सूची- https://www.facebook.com/share/p/n5hVrKP7pfJBqGcE

Read More

भैरहवा, १८ भदौ। प्रकाश तामाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेका छन्। सोमबार साँझ प्रकाशले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेट गरेका हुन्। परिवारसगँ वर्षौ अघि विच्छेद भएका प्रकाशलाई ‘हेर्ने कथा’ को टिमले पुर्नमिलन गराएको थियो । नागरिकता समेत प्राप्त नगरेको प्रकाशलाई आइतबार प्रशासनका अधिकारीले उनको घर भोजपुर षडानन्द नगरपालिक (१० छाप्लेगाउँमा पुगेर नागरिकता दिएका थिए । प्रधानमन्त्री ओलीले प्रकाशको नागरिकता बनिसकेकाले अब उनलाई अन्य कुरामा पनि सहज हुने बताएका छन्।

Read More

काठमाडौं, १७ भदौ । अर्थ मन्त्रालयले दुग्ध विकास संस्थान (डीडीसी) ६० करोड रुपैयाँ ऋण दिने भएको छ । संस्थानले किसानहरुको दुधको भुक्तानी दिन सकेको छैन । जसकारण उसले शर्तसहित अर्थबाट ऋण लिन लागेको हो । अर्थबाट सो रकम बराबरको ऋण लिने गरी मन्त्रिपरिषद्‌मा प्रस्ताव पेश गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई अर्थले सहमति दिएको हो । डीडीसीले रकम प्राप्त गरेपछि किसानहरुलाई तत्काल रकम भुक्तानीमा प्रयोग गर्नुपर्नेछ । चालु आर्थिक वर्षका लागि डीडीसीको नाममा ऋण लगानी अन्तर्गत १ करोड रुपैयाँ बजेट व्यवस्था भएकोमा कृषि मन्त्रालयमा विनियोजित रकमबाट थप ५९ करोड रुपैयाँ रकमान्तर गरी कुल ६० करोड ऋण लगानी गर्ने गरी मन्त्रिपरिषमा…

Read More

भैरहवा, १७ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाको दिन पनि बहिरंग सेवा (ओपीडी) सहितको सबै सेवा प्रवाह गर्नका लागि सरकारी अस्पतालहरुलाई निर्देशन दिएको छ । मन्त्रालयको आन्तरिक प्रशासन शाखाका शाखा अधिकृत विश्वबन्धु रेग्मीद्वारा जारी परिपत्रमा सार्वजनिक बिदाको दिनमा अस्पतालले ओपीडी सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्नुपर्ने मन्त्रालयको निर्णय भएको उल्लेख छ । मन्त्रालयले देशका ३४ स्वास्थ्य संस्थाहरुलाई पत्राचार गर्दै सार्वजनिक बिदाको दिन पनि सेवा प्रवाह गर्नका लागि निर्देशन दिएको हो । ‘‘ सार्वजनिक बिदाका दिनमा सबै प्रकारका अस्पतालबाट प्रवाह हुने स्वास्थ्यसम्बन्धी सेवा (बहिरंग सेवा समेत) प्रवाह गर्नुपर्ने व्यवस्था भएकामा सोही बमोजिम स्वास्थ्य सेवा प्रवाह अनिवार्य रुपमा गर्नु गराउनुहुन…

Read More

भैरहवा, १७ भदौ। गृह मन्त्रालयले नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक (डीआइजी) हरूको काज सरुवा गरेको छ। मन्त्रालयले सोमबार डीआइजीहरू कृष्णहरी शर्मा पोखरेल, किरण राणा र भरतबहादुर बोहराको काज सरुवा गरेको हो। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत डीआइजी कृष्णहरी शर्मा पोखरेललाई बागमती प्रदेश कार्यालय हेटौंडा सरुवा गरिएको छ। त्यस्तै केन्द्रिय अनुसन्धान व्युरोबाट डीआइजी किरण राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा पठाइएको छ भने कार्यविभाग कार्य निर्देशनालयमा कार्यरत डीआईजी भरत बहादुर बोहरालाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथमा सरुवा गरिएको छ । डीआइजी विष्णु केसी ३० वर्षे सेवा अवधिका कारण अवकाशमा भएपछि बागमती प्रदेशमा डीआइजीको पद रिक्त थियो…

Read More

भैरहवा, १७ भदौ। नेपाल निजामती कर्मचारी युनियन रुपन्देहीले हरितालिका तीजको अवसरमा शुभकामना आदान-प्रदान तथा तीज मिलन कार्यक्रम गरेको छ । रुपन्देहीसहित विभिन्न जिल्लामा कार्यरत युनियनमा आबद्ध कर्मचारीको उपस्थितीमा तीज मिलन कार्यक्रम गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसको केन्द्रिय सदस्य गंगा शाहिले तीजलाई भड्किलो बनाउनु भन्दा पनि सामाजिक एकता, जागरण र अन्यायका विरुद्धमा शङ्खघोष गर्ने पर्वका रूपमा मनाउनु पर्नेमा जोड दिईन । उनले तीजलाई महिला सशक्तीकरणका साथै संस्कृति संरक्षण र मौलिकतामा बिशेष ध्यान दिन आग्रह गरिन् । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य जमुना ढकालले नारी शक्तिलाई कुरिती र कुसंस्कारको बिषयमा आवाज उठाउन आग्रह गरिन् । कर्मचारी युनियनकी जानुका…

Read More