


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा,२८भदौ। नेपाल प्रहरीले प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी निरीक्षक (इन्स्पेक्टर) ३ सय २० जनाको आवेदन माग गरेको छ। प्रहरी प्रधान कार्यालय मानवस्रोत विभाग, वृत्ति विकास महाशाखा, भर्ना छनौट शाखाले भर्नाका लागि दर्खास्त आह्वान गरेको हो। समावेशी आधारमा मागिएको आवेदनमा ६४ जना प्रहरी निरीक्षक र २ सय ५६ जना सहायक निरीक्षकको माग गरिएको छ। सूचना अनुसार अमर/अशक्त प्रहरी परिवार, महिला, आदिवासी जनजाती, मधेशी, दलित, पिछडिएको क्षेत्रका लागि कोटा छुट्याइएको छ । दरखास्त दिने म्याद भदौ ३० गतेदेखि असोज ३० गतेसम्म छ । हेर्नुहोस् सूचनाः
भैरहवा, २८ भदौ ।लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वशिक्षामन्त्री वसिउद्दीन खाँले सार्वजनिक खरिद ऐन अनुसार नै कार्यहरु हुनुपर्ने बताएका छन् । उनले ऐन अनुसार एक करोड रुपैयाँ करोडसम्म उपभोक्ता समितिले काम गर्न पाउने प्रावधान रहेपनि प्रदेश सरकारले पाँच लाख भन्दा माथी कामको बोलपत्र आह्वान गर्ने गरेर ऐनको विपरित नजान आग्रह गरे । लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशन अन्तर्गत ३० औं बैठकमा बोल्दै सांसद् खाँले पाँच लाखभन्दा माथि टेण्डरमार्फत काम गर्ने कार्यलाई तत्काल रोक्नुपर्ने आग्रह गरे । उनले भने, ‘मेरो क्षेत्रमा जति टेण्डर भएको छ, त्यसमध्ये १० प्रतिशत काम अलपत्र अवस्थामा छ । उपभोक्ताले काम गर्दा १० प्रतिशत थपेर गर्छन् ।…
भैरहवा, २७भदौ। नेपाली कांग्रेले रुपन्देहीको तिलोत्तमा नगरपलिकासहित २१ वटा उत्कृष्ट स्थानीय तहलाई सम्मान गरेको छ । पार्टीबाट निर्वाचित जनप्रतिनिधिले नेतृत्व गरेका स्थानीय तहहरुलाई उत्कृष्ट कार्य गरेको आधारमा सम्मान गरेको हो । बिहीबार सानेपास्थित केन्द्रिय कार्यालयमा पार्टी सभापति शेरबहादुर देउवाले आर्थिक वर्ष २०७९/०८० मा स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन, स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन र कम बेरुजु हुने स्थानीय तहमा पार्टीबाट निर्वाचित जनप्रतिनिधीले नेतृत्व गरेका तहहरुलाई सम्मान गरेका हुन् । हेर्नुहोस् सूचीः
भैरहवा,२७भदौ। नेपाल नागरिक उड्डयन प्राधिकरणले यात्रुको विदाईको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा, माला नल्याउन आग्रह गरेको छ । सुरक्षा जाँचको क्रममा विमानस्थलको सुरक्षा उपकरणहरु (एक्से-रेहरु),कन्भेयर बेल्ट तथा स्केलेटरहरुमा अड्किएर उपकरणहरुलाइ गम्भीर क्षति पुर्याएकाले बाहिर देखिने गरी खादा, माला नल्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ड्यन कार्यालयले आग्रह गरेको हो । कार्यालयले बिहीबार एक सूचना जारी गर्दै यात्रुहरुले विमानस्थल क्षेत्रमा माला/खादा छाड्ने गर्दा सौन्दर्यतामा समेत नकारात्मक असर पुग्ने गरेको बताएको छ । सूचनामा भनिएको छ, ‘हवाई यात्रु महानुभावहरुले यस त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थल स्थित आन्तरिक तथा अन्तराष्ट्रिय टर्मिनल भवन प्रवेश गर्दा विदाई स्वरूप साथमा लगाई आउने वा ब्यागमा झुन्ड्याई बाधी ल्याइने खादा आदि…
बुटवल,२७भदौ । रुपन्देहीको बुटवलमा यु.एस.पिज्जाको शाखा संचालनमा आएको छ । पंकज फूड प्राइभेट लिमिटेडले बुटवलको होराइजन चोकमा यु.एस.पिज्जाको दोस्रो शाखा संचालनमा ल्याएको हो । उक्त कम्पनीले पहिलो शाखा भैरहवामा संचालनमा ल्याएको थियो । युवा व्यवसायी पंकज जैसवाल र पत्नी कुमारी कृष्ण जैसवालले शाखा सञ्चालनमा ल्याएर पश्चिमी परिकारलाई आकर्षणमा ल्याएका हुन् । शाखा उद्घाटन गर्दै प्रमुख अतिथि युवा परिषद लुम्बिनीका उपाध्यक्ष गोबिन्द केसीले पछिल्लो समय व्यवसायी पलायन हुने अवस्था रोक्न र युवालाई स्वरोजगार बनाउने उद्देश्यले व्यवसाय सञ्चालनमा ल्याएकोमा जैसवाल दम्पतीलाई बधाई तथा शुभकामना दिए । उनले काम पढाइको आधारमा भन्दा पनि कर्मको आधारमा हुने भएकाले काम कहिले पनि सानो ठूलो नहुने…
भैरहवा,२६भदौ । मिस युनिभर्स नेपालको ताज सम्पदा घिमिरेले पहिरिइन सफल भएकी छिन् । बुधबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा उनले ताज पहिरिइन् । २२ जना प्रतिस्पर्धीलाई पछि पार्दै २७ वर्षीया सम्पदाले मिस युनिभर्सको ताज पहिरिन सफल भएकी हुन्। उनलाई आयोजक संस्था ग्लोबल ग्ल्यामरकी प्रमुख संगीता पुरीले ताज पहिराइदिइन् । अब उनले मेक्सिकोमा हुने ७३ औं मिस युनिभर्स ग्लोबलमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने छिन्। त्यस्तै फिनालेमा पहिलो रनरअप स्मृति सिंह, दोस्रो रनरअप अक्षिता क्षेत्री, तेस्रो रनरअप करिन मुर्रे र चौथो रनरअर सुजल बम भए। ठूला सपना देख्न र मेहनत गर्ने कुरामा विश्वास गर्ने उनले आफू पशु प्रेमी र…
भैरहवा,२६भदौ। गृह मन्त्रालयले नेपाल प्रहरीका तीन जना डीआईजीहरुको सरुवा गरेको छ । गृह मन्त्रीस्तरीय निर्णयले मधेस प्रदेश प्रहरी कार्यालयमा कार्यरत डीआईजी यज्ञ विनोद पोखरेललाई प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ । त्यस्तै नेपाल प्रहरी शिक्षालय भरतरपुमा कार्यरत डीआईजी लालमणि आचार्यलाई मधेस प्रदेश प्रहरी कार्यालयमा पठाइएको छ । डीआईजी राजेशनाथ बास्तोलाको भरतपुर तालिम केन्द्रमा सरुवा गरिएको छ । बास्तोलाको जागिर अवधि दुई महिनामात्र बाँकी छ । डीआईजी पोखरेल करिब दुई हप्तापछि अवकाशमा जाँदैछन्। प्रदेशमा घुमुवा खटाएर रकम असुली गरेको विषयमा उनीविरुद्ध उजुरी परेपछि उनलाई प्रहरी मुख्यालयमा तानिएको हो । आईजीपी बसन्तबहादुर कुवँरले पनि एक जना डीआईजी सा’ब ‘छिट्टै…
भैरहवा,२६भदौ। चर्चित हास्य कलाकार सुलेमान शंकर ‘इकु’ पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले कलाकार भिसामा युरोप पठाउँछु भनेर विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको जानकारी दिए। कलाकार भिसामा क्यानाडा, अष्ट्रेलिया तथा युरोपेली देशहरुमा लैजाने र युरोपेली मुलुकहरुमा राम्रो काम र आम्दानी हुने भन्दै उनको रकम उठाएको सीआईबीको दाबी छ। सीआईबीका अनुसार शंकरले आफूले सञ्चालन गरिरहेको एसएमएस फिल्म प्रालिको नामको बैंक खातामा प्रतिव्यक्ति १५ देखि २० लाखसम्म रकम जम्मा गर्न लगाएका थिए। कलाकार भिसामा लैजान्छु भन्दै पैसा लिइएका व्यक्तिहरू जान नपाएपछि प्रहरी सम्पर्कमा पुगेको सीआईबीको भनाई छ।
काठमाडौं,२६भदौ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बिहिवार र शुक्रवारदेखि मुलुकका अधिकांश भूभागमा भारीदेखि र धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका मौसमविद सरोज पुडासैनीका अनुसार भारतको छत्तीसगढ आसपास बनेको न्यूनचापीय प्रणालीको असरले लुम्बिनीदेखि सुदूरपश्चिमका भूभागमा भारीदेखि र धेरै भारी वर्षाको सम्भावना रहेको छ । ‘विहीबार र शुक्रबार पूर्वमा भन्दा पश्चिम केन्द्रित भएर भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ,’ उनले भने । यो वर्षाले बाढी, पहिरो र डुबानको समस्या निम्त्याउने सम्भावना छ । त्यसबाट दैनिक जनजीवनसँगै हवाई, सडक यातायात र पर्यटन क्षेत्र पनि प्रभावित हुने सम्भावना रहेकाले सतर्कता अपनाउनुपर्ने मौसमविद पुडासैनीले बताए । भारीदेखि धेरै भारी…
भैरहवा, २६ भदौ। रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकास्थित कालीदह नाकामा पनि एकीकृत सुरक्षा जाँच बिन्दु संचालनमा ल्याइएको छ । यस अघि बेलहिया नाकामा एकीकृत सुरक्षा जाँच बिन्दु संचालनमा ल्याइएको थियो । बेलहिया नाकामा संचालनमा ल्याइएको एकीकृत सुरक्षा जाँच बिन्दु प्रभावकारी भएपछि जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले लुम्बिनी सांस्कृतिक नगरपालिकासगँ समन्वमा कालीदह नाकामा बुधबारबाट एकीकृत जाँच बिन्दु संचालनमा ल्याएको हो । बुधबार एकीकृत जाँच बिन्दुको लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमान, उपप्रमुख कल्पना हरिजन, प्रमुख जिल्ला अधिकारी गणेश अर्याल लगायतले उद्घाट गरे । सवारीसहित नेपाल भित्रिने पर्यटकलाई ठाउँठाउँमा चेकिङ गरिँदा दुःख पाउने गरेको गुनासो बढेपछि एकीकृत जाँच बिन्दु अवधारण ल्याई संचालनमा ल्याइएको…