


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा, ७ भदौ। तनहुँको आँबुखैरेनीस्थित ऐना पहारा नजिक भारतीय नम्बरको बस मर्स्याङ्दी नदीमा खसेर दुर्घटना हुदाँ मृतकको संख्या १९ पुगेको छ । मृत्यु हुनेमा १३ जना महिला, ५ जना पुरुष र १ जना बालिका रहेका नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कास्कीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक जनक बहादुर शाहीले बताए । उनका अनुसार मृतकहरुको पहिचान खुल्न सकेको छैन । बसमा चालकदल सहित ४३ जना सवार थिए । जसमध्ये १९ जनाको मृत्यु भएको छ । अन्य घाइते छन् । घाइते भएको १२ जनाको उपचारका लागि नेपाली सेनाको एयर एम्बुलेन्स मार्फत काठमाण्डौँ पठाइएको तनहुँका प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले जानकारी…
चितवन, ७ भदौ । चितवन भरतपुर महानगरपालिका २९ स्थित सत्रकिलोमा भिरबाट बसमाथि ढुंगा खस्दा अनियन्त्रित भएर यात्रुवाहक बस पल्टिएको छ । रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बसमाथि मुग्लिङ नारायगढ सडकखण्डमा ढुंगा लागेर बस अनियन्त्रित भएर पल्टिदा बसमा सवार २५ जना यात्रुहरु घाइते भएको चितवन प्रहरीले जनाएको छ । घाइते २५ जनामध्ये २ जनाको अवस्था गम्भीर भने बसमा ३५ जना यात्रु सवार भएको अनुमान गरिएको छ। घाइते हुनेहरुमा बारा निजगढ-८का २६ वर्षीया सबिना थापा, रौतहट चपुर-८ का ४६ वर्षीय जनक नारायण चौधरी र उनका छोरा १८ वर्षीय इनद्रजित चौधरी, रौतहट गौर-२ का १७ वर्षीया सन्ध्या साह,…
भैरहवा, ७ भदौ। तनहुँको आँबुखैरेनीस्थित ऐना पहारा नजिक भारतीय नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा १४ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाका अनुसार दुर्घटनामा १४ जनाको मृत्यु भएको र १६ जना घाइतेको उद्धार गरिएको छ । शुक्रवार पोखराबाट काठमाण्डौँ तर्फ जाँदै गरेको यूपी ५३ एफटी नम्बर ७६२३ नम्बरको बस नदीमा खसेको थियो । बसमा ४३ जना सवार थिए । ‘उद्दारमा कार्य जुटेकोले दुर्घटना कसरी भयो भन्नेतिर लाग्न सकेका छैनौँ’, तनहुँका प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले भने, ‘घाइतेहरुको उद्दार कार्य जारी छ । गम्भिर १२ जना घाइतेहलाई उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौँ पठाइएको छ ।’ दुर्घटना भएको…
भैरहवा, ७ भदौ । तनहुँको आँबुखैरेनीस्थित ऐना पहारामा नजिक मस्र्याङ्दी नदीमा खसेको भारतीय यात्रुवाहक बसमा सवार पर्यटकहरु भारतको महाराष्ट्र प्रदेशको रहेको खुलेको छ । पर्यटकहरु भारतको गोरखपुर स्थित केसरवानी परिवहन नामक ट्राभल्सबाट बस बुक गरी नेपाल भ्रमणमा आएका थिए । बसमा सवार यात्रुहरु महाराष्ट्र प्रदेशको रहेको केसरवानी परिवहनका (बस) का संचालक अतुल केसरवानीले जानकारी दिए । ‘नेपाल भ्रमणमा एक सय १० जना पर्यटहरुका लागि तीन वटा बस बुक गरिएको थियो’, केसरवानी परिवहनका (बस) संचालक अतुल केसरवानीले क्लिक लुम्बिनीसगँ टेलिफोन कुराकानीमा भने, ‘दुःखद घटना भएको छ । हाम्रो टोली यहाँबाट नेपालको लागि निस्कने तयारीमा छ । हामी आउँदैछौँ । अहिले हामी…
भैरहवा, ७ भदौ । तनहुँको आँबुखैरेनीस्थित ऐना पहारामा नजिक मस्र्याङ्दी नदीमा खसेको भारतीय नम्बरको यात्रुवाहक बस रुपन्देहीको बेलहिया (भैरहवा) नाकाबाट भित्रिएको खुलेको छ । पोखराबाट काठमाण्डौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस शुक्रवार मस्र्याङ्दी नदीमा खसको थियो । भैरहवा भन्सार कार्यालयको सूचना प्रविधि शाखाका अनुसार यूपी ५३ एफटी ७६२३ नम्बर प्लेटको भारतीय बस भदौ ४ गते आठ दिनको भन्सार प्रक्रिया पुरा गरी बेलहिया नाकाबाट मुलुकमा भित्रिएको हो । उक्त बस भदौ ११ गते फर्किने गरी भन्सार प्रक्रिया पुरा गरिएको थियो । दुर्घटनामा परेको बसमा सवार यात्रुहरुको उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुलेको…
तनहुँ, ७ भदौ । तनुहँको आँबुखैरेनी गाउँपालिका-२ को ऐनापहरास्थित भारतीय नम्बर प्लेटको यात्रुवाहक बस मर्स्याङ्दी नदीमा खसेको छ । पोखराबाट काठमाडौं जाँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको यात्रुवाहक बस मर्स्याङ्दी नदीमा खसेको हो । उक्त बसमा करिब ३५/४० जना यात्रु सवार रहेको प्रारम्भिक अनुमान गरिएको छ । बस सडकभन्दा करिब एक सय ५० मिटर तल मर्स्याङ्दी नदीमा खसेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी विरेन्द्रबहादुर शाहीका अनुसार घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएका छन् । दुर्घटनाको कारण खुलेको छैन ।
भैरहवा, ६ भदौ । सरकारले सामाजिक संजाल टिकटकमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शर्तसहित टिकटकमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो । सामाजिक सञ्जाल सञ्चालन निर्देशिकाको पालना र अन्य चार शर्तसहित टिकटकमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनका अनुसार टिकटक कम्पनीलाई तीन महिनाभित्र दिएका सर्तहरू पुरा गर्न भनिएको छ । टिकटकले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्नुपर्ने, डिजिटल सुरक्षा साक्षरताका लागि लगानी गरी नेपाली नागरिकको साक्षरता दर बढाउन मद्दत गर्नुपर्ने, सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउनका लागि सहयोग गर्नुपर्ने र सामाजिक सञ्जालमा प्रयोग हुने भाषामा संवेदनशीलता…
काठमाडौं, ६ भदौ। इसेवा र कुमारी बैंकबबीच ईसेवाका ग्राहकलाई इसेवा मोबाइल एपमार्फत इजी लोन सुविधा प्रदान गर्ने सम्झौता भएको छ । कुमारी बैंकसँगको सम्झौतामा इसेवाले आफ्ना इसेवा एजेन्टहरूलाई व्यवसाय वृद्धिको लागि बिना कुनै धितो, कागजी प्रक्रिया वा लामो झन्झट रहित क्षण भरमै २ लाख रुपैयाँसम्मको डिजिटल कर्जा सजिलै प्रदान गर्ने जनाएको छ । इसेवाका अनुसार पहिलो चरणमा इसेवा एजेन्टहरूलाई मात्र इजी लोन सेवा उपलब्ध गराइएपनि भविष्यमा छिट्टै इसेवाका सम्पूर्ण प्रयोगकर्ताहरुको लागि उपलब्ध गराईने छ । इसेवा मार्फत लिइने इजी लोन सुविधामा लागु हुने थप सर्तहरु बारे इसेवाको वोबसाईट/एप मार्फत जानकारी लिन सकिने पनि कम्पनीले जनाएको छ ।
चितवन, ६ भदौ। मकवानपुरमा भैंसीले बाघ मारेको घटना बाहिर आएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको बाघले मनहरी गाउँपालिका–६ प्रतापपुरका बलबहादुर राईको गोठमा रहेको भैँसीमाथी आक्रमण गरेको थियो । जसको भैसीले प्रतिकार गर्दा बाघ मरेको बताइएको छ । बिहिवार बिहान भैँसीको प्रतिकारमा बाघ मरेको र बाघको आक्रमणबाट भैँसी घाइते भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए । यस्तो घटना निकुञ्ज र मध्यवर्ती क्षेत्रमा पहिलो हो । ‘मरेको बाघ बुढो र दुब्लो देखिन्छ । निकुञ्जभित्र सिकार गर्न नसकेर आहाराको खोजीमा बाहिर निस्केको हुनसक्छ’, उनले भने । शव परीक्षणका राष्ट्रिय निकुञ्ज ल्याइएको सूचना अधिकारी तिवारीले जानकारी दिए ।
दाङ, ६ भदौ। लुम्बिनी प्रदेशसभा चौथो अधिवेशनको २७ औं बैठक बिहीबार दिउँसो २ बजे बस्न लागेको छ । बैठकमा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक माथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र त्यो प्रस्तावलाई निर्णयार्थ पेश गर्ने तयारी छ । मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक माथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची तय भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए । यस्तै, बैठकमा मुख्यमन्त्री आचार्यले प्रदेश विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि…