Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं, ६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत पाएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा ओलीले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा उनले दुई तिहाई सांसदको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभाका २७५ सदस्यमध्ये ओलीले पक्षमा १८८ प्रतिनिधिसभा सदस्यको मत प्राप्त गरे । ७४ जनाले उनको विपक्षमा मतदान गरे भने नेपाल मजदुर किसान पार्टीका एक जना सांसद तटस्थ रहे । प्रतिनिधिभामा २६३ जना उपस्थित थिए । प्रधानमन्त्री ओलीलाई नेपाली काँग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदले पक्षमा मतदान गरे भने नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी,…

Read More

भैरहवा, ६ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । केन्द्रमा नेपाली काँग्रेस–नेकपा एमाले सहितको गठबन्धन सरकार गठनपश्चात लुम्बिनी सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लिएपछि महरा सरकार अल्पमतमा परेको थियो । मुख्यमन्त्री महराले आज आइतबार विश्वासको मत लिने कार्यसूची तय गरी प्रदेश सभा बैठक डाँकिएको थियो । तर, बैठकमा महराले विश्वासको मत नपुग्ने नै देखेपछि सभालाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । महराले राजीनामा दिएपश्चात काँग्रेस–एमालेले नयाँ सरकार गठनको तयारी सुरु गरेका छन् । काँग्रेस-एमालेबीच भएको सहमती अनुसार लुम्बिनीमा सरकारको नेतृत्व एमालेले गर्ने भएको छ । ८७ सदस्यीय लुम्बिनीमा एमालेका २९ र…

Read More

काठमाडौं, ६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीलाई विश्वास मत नदिन आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ । आइतबार बसेको रास्वपा संसदीय दलको बैठकले प्रधानमन्त्रीले प्रतिनिधिसभामा राख्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको हो । संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले सूचना जारी गरी विपक्षमा मतदान गर्न ह्वीप जारी गरेका छन् । बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने र प्रतिपक्षमा बस्ने निर्णय भएको प्रमुख सचेतक परियारले बताए । प्रधानमन्त्री केपी ओलीले आइतबार विश्वासको मत लिँदैछन् । नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी र राप्रपा विश्वासको मतको विपक्षमा उभिने भएका छन् ।

Read More

भैरहवा, ६ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिँदैछन् । आइतबार दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठमा महाराले विश्वासको मत लिन लागेका हुन् । केन्द्रमा काँग्रेस-एमाले सहितको गठबन्धन सरकार बनेसँगै लुम्बिनी सरकारलाई एमालले दिएको समर्थन फिर्ता लिएपछि महार सरकार अल्पमतमा परेको थियो । एमाले लगायतले महरालाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए । तर, अल्पमतमै सरकार चलाएका उनले संसद फेस गर्ने निर्णय लिएपछि आइतबार बैठक डाँकिएको हो । प्रदेशसभाको चौथो अधिवेशनको २४ औँ बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत लिने कार्यसूची छ । कांग्रेस एमालेबीच भएको सहमति अनुसार लुम्बिनीमा सरकारको नेतृत्व एमालेले गर्ने भएको छ…

Read More

भैरहवा, ६ साउन । प्रधानमन्त्री केपी शर्मा ओली आज विश्वासको मत लिँदैछन् । प्रधानमन्त्री ओलीले आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्री पदमा नियुक्त भएपछि ३० दिनभित्र प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । उनलाई सरकारमा सहभागी नेकपा एमाले, नेपाली कांग्रेस, जसपा, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने भएका छन् । नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राप्रपा र एकीकृत समाजवादी भने विश्वासको मतको विपक्षमा उभिने भएका छन् । एमालेले अन्य राजनीतिक दल र स्वतन्त्र सांसदहरूलाई पनि पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीलाई विश्वासको मत दिन आग्रह गरेको…

Read More

चितवन, ६ साउन । चितवनको सिमलताल क्षेत्र स्थित त्रिशूली नदीमा खसेको बस र यात्रुहरुको भारतीय टोलीले खोजीकार्य सुरु गरेको छ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार अत्याधुनिक सोनार क्यामरा लगायतका उपकरणसहित नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ) का डिसी कुणाल तिवारीको नेतृत्वमा १२ सदस्यीय भारतीय टोलीले आइतबार बिहानदेखि खोजीकार्य सुरु गरेको हो । भैरहवा नाका हुदै चितवन पुगेको उद्दार टोलीले शनिबार जिल्ला प्रशासन कार्यालय चितवन र कुरिनटारस्थित सशस्त्र प्रहरीको विपद व्यवस्थापन शिक्षालयसगँ घटना विवरणबारे जानकारी लिएको थियो । गत असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौंतर्फ र काठमाडौंबाट गौरतर्फ गइरहेकोबस सिमलताल स्थित पहिरोमा परेर नदीमा खसेको थियो । दुवै बसमा सवार…

Read More

काठमाडौं, ५ साउन ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । शनिवार बसेको निर्देशक समितिको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको हो । केपी ओली नेतृत्वको सरकारलाई प्रारम्भिक रुपमा सकारात्मक हिसाबले लिइएपनि सम्पूर्ण गतिविधिको विश्लेषण गरेर विश्वासको मत नदिने निर्णय भएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । प्रधानमन्त्री ओलीले भोलि आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यसूची छ ।

Read More

काठमाडौँ, ४ साउन । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले लागुऔषध कोकिन तस्करीमा संग्लन आरोपमा कोकिनसहित दुईजना विदेशी नागरिकहरुलाई पक्राउ गरेका छ । पक्राउ पर्नेमा भारतका फहिमुद्दिन नसिमुद्दिन अन्सारी (२३) र नाइजेरियाका इकेचुक्वा सिरिल ओबडोफुला (४४) रहेका छन् । साथै, एक किलो एक सय ग्राम कोकिन समेत बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका ओबडोफुला भिजिट भिसामा गत साउन १ गते ज्याकेट भित्र क्याप्सुलको रुपमा कोकिन लुकाएर कतारबाट त्रिभुवन विमानस्थल हुदै काठमाण्डौँको पिंगलास्थानको होटलमा पुगेका थिए । ‘सूचनाका आधारमा ओबडोफुलालाई पछ्याउँदै होटलमा पुग्दा उक्त कोकिन पक्राउ परेका अन्सारीले लगिसकेका थिए’ ब्यूरोका प्रहरी नायब उपरिक्षक प्रेमबहादुर शाहीले भने, ‘फेरी ओबडोफुलाले दिएको…

Read More

भैरहवा, ३ साउन । रुपन्देही प्रहरीले दुई जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको टोलीले चोरी/अन्य मुद्दामा फरार रहेका कंचन गाउँपालिका–२ का किरबहादुर मगर र लुटपिट मुद्दामा फरार सोही गाउँपालिका–५ का सुनरकली थारुलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार रुपन्देही जिल्ला अदालतले ०४६ चैत ९ गते चोरी/अन्य मुद्दामा तीन हजार ६ सय ४५ रुपैयाँ जरिवाना सजाए फैसला गरेको थियो भने ०७१ फागुन १० गते लुटपिट मुद्दामा थारुलाई १२ हजार ६ सय जरिवाना सजाएको फैसला सुनाएको थियो । त्यसयता फरार रहेका दुवै जनालाई पक्राउ गरी सजाए भुक्तानको लागि अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी…

Read More

भैरहवा, ३ साउन । रुपन्देही जिल्लामा ‘मेरो सवारी, मेरो लेन’ अभियान अन्र्तगत ३१ हजार बढी सवारी चालकहरुलाई सचेतना शिक्षा प्रदान गरिएको छ । चालकहरुबाट लेन अनुशासन पालना नहुदाँ सवारी दुर्घटना हुने गरेको छ । सोही विषयलाई मध्यनजर गर्दै सवारी दुर्घटनालाई न्यूनिकरण गर्न, लेन अनुशासन पालनलाई प्रभावकारी बनाउन लगायत उद्देश्यसहित गत असार २६ गतेबाट जिल्लामा साताव्यापी अभियान चलाइएको थियो । जसअन्र्तगत ठूला सवारी साधनका ११ हजार ६१२ र साना सवारी साधनका १९ हजार ५८३ जना गरी कुल ३१ हजार एक सय ९५ जना चालकहरुलाई लेन अनुशासन सम्बन्धी सचेतना शिक्षा प्रदान गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एवं प्रहरी निरीक्षक बजिरसिंह…

Read More