Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा, २८ असार । भैरहवा (गौतमबुद्ध) विमानस्थलमा रहेका तीन वटा विमानले शुक्रवार काठमाण्डौँका लागि उडान भरेको छ । गएराति बिहिवार साढे ९ बजे काठमाण्डौँबाट आएको बुद्ध एयरको विमान अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएर विमानको चक्का घाँसेमैदानमा भाँसिएपछि विमानस्थलमा उडान र अवतरण अवरुद्ध भएको थियो । गौतमबुद्ध विमानस्थल कार्यालयका सूचना अधिकारी विनोदसिंह रावतले काठमाण्डौँबाट बिहिवार साँझ भैरहवा आएर रोकिएको अन्य तीनवटा विमान शुक्रवार दिउँसो पुनः काठमाण्डौँका लागि उडान भरेका छन् । उनले विमानस्थलमा रहेका विमानहरुको उडान भएपनि धावनमार्ग किनारमै बुद्धको विमान यथावत रहेकोले अवतरणका लागि विमानहरुलाई अनुमति प्रदान नगरिएको बताए । घाँसेमैदानमा भाँसिएको विमान अझै धावनमार्ग किनारमा रहँदा विमानहरुलाई अवतण गर्ने अनुमितमा…

Read More

चितवन, २८ असार । चितवनको भरतपुर महानगरपालिका–२९ सिमलताल (नारायणगढ–मुग्लिन सडकखण्ड) स्थित पहिरो खस्दा दुई वटा यात्रुवाहक बस त्रिशूली नदीमा खसेको छ । शुक्रवार एकाबिहानै खसेको पहिरोले विरगंजबाट काठमाडौं जाँदै गरेको २४ जना यात्रु सवार बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको ४१ जना यात्रु सवार गणपति डिलक्सको बस नदीमा खसेको प्रहरीले जनाएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पानी परिरहेकाले उद्धारमा कठिनाइ भइरहेको बताए। त्रिशूलीमा जलसतह उच्च भएकाले खोजीमा समस्या भएको जनाइएको छ। नेपाली सेना र सशस्त्र प्रहरी बलको गोताखोर टोलीले खोजीकार्य थालेका छन्। हालसम्म बस फेला पर्न नसकेको प्रजिअ यादवले जानकारी…

Read More

भैरहवा, २८ असार । भैरहवा (गौतमबुद्ध) विमानस्थलमा बुद्ध एयरको विमान अवतरण गर्ने क्रममा चिप्लिएर धावनमार्ग किनारमा पुगेको छ । बिहिवार राति साढे ९ बजे उडान भरेको बुद्ध एयरको विमान विमानस्थलमा पूर्वबाट पश्चिम तर्फ अवतरण गर्नेक्रममा धावनमार्गबाट चिप्लिएर करिब ५ मिटर किनारमा पुगेको प्रहरीले जनाएको छ । विमान चिप्लिएर घाँसेमैदानमा पुगेको र चक्का भाँसिएकोले विमान थप अगाडी बढ्न पाएन ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी एंव सूचना अधिकारी मनोहरप्रसाद भट्टका अनुसार चालकदलका सदस्य सहित विमानमा सवार सबै ५९ जनालाई सुरक्षित बाहिर निकालिएको छ । सबै सकुशल छन् । उनले काठमाडौंबाट आएको बुद्ध एयरको प्राविधिक टोलीले विमानलाई ट्याकमा ल्याउनका लागि काम गरिररहेको बताए…

Read More

काठमाण्डौँ, २७ असार । सरकारले सामाजिक सुरक्षा भत्ता प्राप्तीका लागि राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णय तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता रेखा शर्माका अनुसार बिहिवार बसेको मन्त्रीपरिषद्को बैठकले प्राकृतिक विपद्का कारण राष्ट्रिय परिचयपत्र बनाउन समस्या परेकोले तत्कालका लागि परिचय पत्र लागू नगर्ने निर्णय गरी पहल गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । यस अघि सरकारले राजपत्रमा सूचना प्रकाशित गरी सबै प्रकारका सार्वजनिक सेवा प्राप्तीका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको थियो । जस अनुसार सबैभन्दा बढी सामाजिक सुरक्षा भत्ता प्राप्तीका लागि राष्ट्रिय परिचयपत्र बनाउन अपांगता भएका व्यक्ति, वृद्धवृद्धाहरुले निकै सास्ती खेप्नु परेको थियो ।

Read More

भैरहवा, २७ असार । पछिल्लो समययता भैरहवा भन्सार कार्यालयले भन्सार छलीविरुद्ध निकै सक्रियता देखाएको छ । कार्यालयले भन्सार छलेर भित्राइएको सामग्री धमाधम बरामद गरिरहेको छ । कहिले भन्सार छलेर भित्राइएको गाडीसहित लत्ता कपडा त कहिले चामल । भैरहवा भन्सार कार्यालयमा प्रमुख गौतम आएपछि उनले अभियान नै चलाएर तिव्र रुपमा भन्सार छलेर भित्राइएका समाग्रीहरु नियन्त्रण लिन थालेका छन् । भन्सार छलेर निर्यात गर्न लागिएको र आयात गरिएको अवस्थामा प्रयोग भएको गाडी तथा मानिससहित टुथपेस्ट, चामल, प्याज, लत्ताकपडा लगायतका समाग्रीहरु बरामद गर्ने क्रम जारी रहेको भन्सार कार्यालयले जनाएको छ । यस्तै कार्यालयले बिहिवार भैरहवाको गल्लामण्डीबाट ठूलो परिमाणमा चिनी र केराउ मटर बरामद…

Read More

सलमान खानभैरहवा, २७ असार । धनुषा जनकपुरधाम–१७ कनकपट्टीका रामआशिष यादव परिवारमा तीन जना छोरी र श्रीमती छन् । जेठी आरतीकुमारी यादव १८ वर्ष, माईली पूजाकुमारी यादव १५ वर्ष र कान्छि छोरी सञ्जुकुमारी १० वर्षको भइन् । जेठी आरतीलाई मात्र बुवा रामआशिषको अलि–अलि सम्झना छ । बुवा वैदेशिक रोजगारीका लागि साउदी अरब गएको दशक भयो । तर, फर्किएका छैनन् । अन्य साथीहरुको बाबाले विदेशबाट नयाँ लुगा, मिठाई, खेल्ने सामाग्री ल्याउँदा तीनै जना छोरीहरुको मन कटक्क पोल्छ । र, आमालाई सोध्छन्, ‘आमा, आमा, हाम्रो बाबा कहिले आउनुहुन्छ ?’ अनुत्तरित्त आमा मनमा ढुंगा राखेर बालमनोविज्ञानलाई बुझ्दै सधै एउटै जवाफ फर्काउन्छिन्, ‘छिटै आउनुहुन्छ ।’…

Read More

भैरहवा, २६ असार । स्थलमार्ग हुँदै मुलुकमा सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाकामा ‘वाकथ्रु मेसिन’ जडान गरिएको छ । सीमाबाट हुन सक्ने अपराधलाई नियन्त्रण गर्नका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सिद्धार्थनगर नगरपालिकाको साढे पाँच लाख आर्थिक सहयोगमा नाकामा उक्त प्रविधि जडान गरेको हो । प्रविधि जडानले सीमाबाट हुने अपराध नियन्त्रण गर्न सकिने विश्वास लिइएको छ । स्थलमार्गको सीमानाकाहरु मध्ये ‘वाकथ्रु मेसिन’ जडान गरिएको बेलहिया नाका सम्भवत पहिलो हो । भारतबाट नेपाल प्रवेश गर्दा पुरानो स्वागतद्धारा बायाँ तर्फ उक्त प्रविधि जडान गरिएको छ । र, सीमाबाट आवातजावत गर्ने सर्वसाधरणले अब सोही ‘वाकथ्रु मेसिन’ हुदै सुरक्षा जाँच गराएर मात्र मुलुकमा प्रवेश पाउँछन्…

Read More

भैरहवा, २६ असार । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । साथै, असार २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई विश्वासको मत समेत नदिने निर्णय भएको संसदीय दलका नेता गंगाराम चौधरीले बताए। समर्थन फिर्ता लिएको पत्र बिहीबार बुझाइने उनले बताए। प्रतिनिधि सभामा पार्टीको चार सांसद छन् । बैठकमा रञ्जिता श्रेष्ठ बाहेक अन्य तीन सांसद सहभागी थिए । समर्थन फिर्ता लिने र विश्वासको मत नदिने निर्णय भएकोले नाउपा पनि नयाँ गठबन्धनको सरकारमा सहभागी हुने निश्चित छ ।…

Read More

भैरहवा, २६ असार । जनमत पार्टीले केन्द्रीय सचिव सहित सात जनालाई निलम्बन कारवाही गरेको छ । केन्द्रीय अनुशासन समितिको बैठकले पार्टीको नीति, निर्देशन र विधान विपरित ढंगले अनुशासनहिनता प्रर्दशन गरिएकोले केन्द्रीय सचिव वीपी साह सहित सात जनालाई निलम्बन कारवाही गरेको हो । पार्टीको केन्द्रीय अनुशासनको समितिले कुनै पनि कामकाजमा सहभागी नहुने सात जनालाई तीन महिनाका लागि निलम्बन कारवाही गरिएको केन्द्रीय अनुसशान विभागको सदस्य सचिव अनिता कुमारी मण्डलद्धारा जारी सूचनामा उल्लेख छ । पार्टीले केन्द्रीय सदस्य रामेश्वर यादव, सिरहाको मिर्चैया नगरपालिकाका नगर सचिव कृष्णचन्द्र साह, सिरहाका विधार्थी जनमत संघका पूर्वजिल्ला अध्यक्ष अरबिन्द सहनी, मिर्चैयाका साधारण सदस्य धिरज कामती निलम्बन गरेको छ…

Read More

भैरहवा, २५ असार । नेपाल टेलिकमको ब्यालेन्स रिचार्ज र प्याकेज खरिदका सेवाहरु मंगलबार राति प्रभावित हुने भएको छ । नेपाल टेलिकमले मंगलबार राति ११ बजे देखि बिहान ६ बजेसम्म बिलिङ्ग प्रणाली स्तरोन्नती परिक्षण कार्य गर्ने भएकोले उक्त अवधीमा ब्यालेन्स रिचार्ज र प्याकेज खरिदका सेवाहरु केही समयका लागि प्रभावित हुने सक्ने जनाएको छ । साथै, टेलिमकले सेवा प्रभावित हुन सक्ने हुदाँ उक्त समयभन्दा अघि नै ब्यालेन्स रिचार्ज तथा प्याकेज खरिद गर्न आग्रह गरेको छ । यी सेवाहरु प्रभावित हुने भएपनि उक्त समयमा मोबाइल भ्वाइस, डाटा, एसएमएस तथा एफटिटिएच भ्वाइस, आईपिटिभी लगायतका सेवाहरु संचालनमा रहने नेपाल टेलिकमले सूचना जारी गरी जनाएको छ…

Read More