


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा, ८ साउन । नेपाल प्रहरीका डीआईजी पोषराज पोखरेलको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । एआईजीमा बढुवा सिफारिस भएपनि नियुक्ति नदिएकोका कारण डीआईजीबाटै अवकाश भएको भन्दै पोखेरलले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । तर, सर्वोच्च अदालत प्रशासनले रिट दरपिठ गरेको थियो । रिट दरपिठ भएपछि उनले दरपीठविरुद्ध अर्को निवेदन दिएपछि न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले पोखरेलको माग बमोजिम रिट निवेदन दर्ता गर्न मंगलबार आदेश दिएको छ । पोखरेल एआईजीमा बढुवा भएको भए असार २० र २१ गते गरी उनी दुई दिनका लागि एआईजी हुने थिए । तर, त्यहीबीचमा सत्ता साझेदार दल एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि…
सर्लाही, ८ साउन । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई सर्लाही पठाइएको छ । रायको आइतबार राति आफ्नै निवासमा हत्या भएको थियो । सीआईबी प्रमुखा एवं एआईजी श्यामलाल ज्ञवालीका अनुसार प्राविधिकतर्फको अनुसन्धान र विश्लेषणका लागि प्रहरी निरीक्षकको कमाण्डमा दुई जनाको टोली पठाइएको छ । जिल्ला प्रहरी कार्यालय, मधेस प्रदेश प्रहरी कार्यालय र सीआईबी गरी तीन वटा युनिटले घटनाको अनुसन्धान गरिरहेका छन् । अनुसन्धानका लागि प्रहरीले आइतबार नै रायकै घरका कामदार रामउदेन रायलाई नियन्त्रण लिएको थियो । आइतबार राति तीन जना व्यक्तिहरु जग्गा विवाद मिलाइदिन भन्दै घरमा आएको र घरमै सुतेपछि आफु छतमा गएर सतेकोले घटनाबारे…
भैरहवा, ७ साउन । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) रामदत्त जोशी प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा सिफारिस भएका छन् । सोमबार बसेको बढुवा समितिको बैठकले जोशीलाई एआईजीमा सिफारिस गर्ने निर्णय गरेको हो । एआईजी उमेशराज जोशीले अनिवार्य अवकाश पाएपछि उक्त पद रिक्त थियो । सोही रिक्त पदमा जोशीलाई बढुवा सिफारिस गरिएको हो। डीआईजी जोशी हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुखको रुपमा कार्यरत छन् ।
भैरहवा, ७ साउन । लुम्बिनीमा ‘बुद्धिष्ट वल्र्ड टुरिजम मार्केट’ को आयोजना हुने भएको छ । लुम्बिनीका साथै आसपासका पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्ने उद्देश्य सहित आगामी फागुन २९ र चैत १ गते लुम्बिनीमा कार्यक्रमको आयोजना गर्न लागिएको हो । ‘लुम्बिनी मात्र नभई क्षेत्रमा रहेको सबै स्थान गौतमबुद्धसँग जोडिएको छ’, लुम्बिनीका लागि सद्भावना दूत एवम पर्यटन व्यवसायी बिक्रम पाँडे काजीले सोमबार भैरहवामा आयोजित कार्यक्रममा भने, ‘गौतम बुद्ध अभिनिष्क्रमण पछि भैरहवा, रोहिणी नदि पार गर्दै अनोमा नदी हुदै गएकोले यस क्षेत्रमा पर्यटकीय सम्भावना उच्च रहेकोले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको हो ।’ कपिलवस्तुमा महाअभिनिष्क्रमण दिवस मनाउने गरिएको बताउदै उनले यसलाई जोडेर…
भैरहवा, ७ साउन । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नियुक्त गरेका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुख कार्यालयबाट जारी विज्ञप्तीमा उल्लेख छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को २ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । नेकपा एमाले संसदीय दलका उपनेता आचार्यले काँग्रेसको समर्थनमा बहुमत सदस्य संख्या ५६ सांसदको दस्तखतसहित प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीमा दावी पेश गरेपछि प्रमुख शेरचनले आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा सरकार गठनको…
भैरहवा, ७ साउन । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यले दाबी पेश गरेका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले २४ घण्टा समय दिदै नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । जसअनुसार काँग्रेस–एमालेको समीकरण र सहमती अनुसार ५६ सांसदको समर्थन सहित आचार्यले प्रमुख शेरचनसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा सरकार गठनका लागि आवश्यक ४४ मतमा आचार्यले आफ्नो पार्टीको २९ र काँग्रेसका २७ जना प्रदेशसभा सदस्यको बहुमत समर्थनसहित दाबी पेश गरेका हुन् । केन्द्रमा काँग्रेस–एमालेले गठबन्धन गरेर नयाँ सरकार गठन सहित प्रदेशमा नेतृत्वको समेत भागबण्डा…
भैरहवा, ७ साउन । लुम्बिनी प्रदेशमा आज नयाँ सरकार गठन हुने भएको छ । अल्पमतमा परेको लुम्बिनीका मुख्यमन्त्रीले जोखबहादुर महराले राजीनामा दिएपछि काँग्रेस-एमालेको समीकरण अनुसार नयाँ सरकार गठन हुने भएको हो । महराले आइतबार राजीनामा दिएपछि लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा (२) अनुसार सोमबार साँझ साढे ६ भित्र नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका थिए । सरकार गठनको आह्वान सँगै काँग्रेस-एमाले समीकरणबाट सहमती अनुसार एमालेको नेतृत्वमा नयाँ सरकार बन्ने भएको छ । जसका लागि सोमबार बिहानसम्म एमाले संसदीय दलका नेता लिला गिरीले बहुमत प्रदेशसभा सदस्यको दस्तखतसहित दिउँसो प्रदेशप्रमुख समक्ष मुख्यमन्त्रीमा दावी…
सर्लाही, ७ साउन । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । प्रहरीका अनुसार आइतबार राति सर्लाहीको चन्द्रनगर गाउँपालिका-१ रतनपुरस्थित निवासमा अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी रायको हत्या गरेको हो । घटनाको अनुसन्धानका लागि रायकै घरमा काम गर्ने एक जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी रविन्द्रबहादुर सिंहले जानकारी दिए । सोधपुछका लागि नियन्त्रणमा लिएका ती व्यक्ति पनि सोही घरमा राति सुतेका थिए । रायको घर मलंगवा नगरपालिका-४ भएपनि उनी रतनपुरमा आउजाउ गरिरहन्थे । रायको हत्यामा संग्लनहरुको पहिचान भएको छैन । शवको पोस्टमार्टमका लागि मलंगवा पठाइएको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।…
काठमाण्डौँ, ६ साउन । नेपाल प्रहरीमा एक हजार सात सय एक जनालाई विभागीय कारवाही गरिएको छ । जसमा तीन जना प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) समेत छन् । आइतबार नेपाल प्रहरीले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर गत आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यसम्पदानबारे जानकारी दिदै एक हजार सात सय एक जनालाई विभागिय कारवाही गरिएको जनाएको छ । नेपाल प्रहरीले उत्कृष्ट काम गर्ने प्रहरीलाई पुरस्कार र प्रहरी आचारणविरुद्ध काम गर्नेलाई कारवाही गर्दै आएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीका अनुसारअनुसार १७ सय १ जना मध्ये सबैभन्दा बढी ७६४ जना प्रहरी जवान, ३३८ जना सहायक हवल्दार, २८२ जना हवल्दार, ६७…
भैरहवा, ६ साउन । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनीमा नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । आइतबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिएपछि देश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् । उनले दुई वा दुई भन्दा बढी दलहरुको समर्थनको बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाका सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने प्रयोजनका लागि साउन ७ गते सोमबार साँझ ६ः३० बजेभित्र दावी पेश गर्न आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । नयाँ सरकार गठनका लागि नेपाली काँग्रेस–नेकपा एमाले गठबन्धनले दावी गर्ने तयारी गरेका छन् । नेकपा एमाले…