


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा, २२ असार । देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबान लगायत कारण आठ जनाको मृत्यु भएको छ । साथै, ६ जना बेपत्ता र सात जना घाईते भएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता डिआईजी दान बहादुर कार्कीका अनुसार स्याङ्जामा तीन, पर्वतमा दुई, काठमाडौँमा एक र काभ्रेमा खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ । त्यस्तै दाङमा दुई, तनहुँमा तीन, दोलखामा एक गरी ६ जना बेपत्ता र तनहुँ, गुल्मी, ओखलढुङ्गामा सात जना घाइते उनले जनाए । नेपाल प्रहरीले राति सार्वजनिक गरेको विवरण अनुसार पहिरो र वर्षाले २२ वटा सडकखण्ड पूर्ण रुपले अवरुद्ध भएको छ । देशभर…
धनगढी, २१ असार । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेेबसाइट ह्याक भएको छ ।शुक्रबार कार्यालयको वेबसाइट ह्याक भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारी जगदीशप्रसाद जोशीले पुष्टि गरे । उनले वेबसाइट ह्याक भएको थाहा भएपश्चात संचार तथा सूचना प्रविधि मन्त्रालयको सूचना प्रविधि विभागको सहयोगमा रिकभर गर्ने कार्य भईरहेको बताए । कार्यालयको वेबसाइट ह्याक गरेर ह्याकरद्वारा ‘ह्याक्ड बाई क्यापटेन स्मोकथ्रीआर…’ लेखिएको छ ।
भैरहवा, २१ असार । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरूले पनि शुक्रवार राजीनामा बुझाएका छन् । प्रचण्ड नेतृत्वको सरकारमा जसपाका दुई जना मन्त्री र एक जना राज्यमन्त्री बनेका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीपकुमार यादव, वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडी, स्वास्थ्य राज्यमन्त्री हसिना खानले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) समक्ष राजीनामा दिएका हुन् । शुक्रवार बसेको अशोक राई नेतृत्वको जसपाको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । नेपाली काँग्रेस र नेकपा एमाले नयाँ सरकार बनाउने सहमती गरेसँगै जसपाले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । यसअघि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता…
भैरहवा, २१ असार । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले विभिन्न पदका लागि ४८ जना कर्मचारी माग गरेको छ । प्रधान कार्यालय मावन श्रोत विभाग, भर्ना तथा छनोट शाखा हलचोकले शुक्रबार सूचना जारी गर्दै अधिकृत स्तरका ४८ जनाका लागि दरखास्त आह्वान गरेको हो । सशस्त्र प्रहरी बलले शुक्रवार जारी गरेको सूचना अनुसार संगठनमा रिक्त रहेको साधारण समूह, कानुन उपसमूह, लेखा उपसमूह र प्राविधिक समूह (संचार तथा इन्जिनियररिङ) तर्फका पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागिएकोले दरखास्त आह्वान गरिएको हो । सशस्त्रले कानुन उपसमूहतर्फका लागि प्रहरी निरीक्षक (इन्सपेक्टर) ८ जना, लेखा उपसमूहतर्फ प्रहरी निरीक्षक २९ जना, विभिन्न प्राविधिकतर्फ प्रहरी निरीक्षक ११ जना…
लेबनानी सशस्त्र समूह हिजबुल्लाहले उत्तरी इजरायलमा २०० रकेट र ड्रोन आक्रमण गरेको छ । हिजबुल्लाहका एक सिनियर कमान्डरको हत्याको विरोधमा आक्रमण गरेको जनाइएको छ । इजरायली सेनाले ब्यारेकमा एक अफिसरको मृत्यु भएको जनाएको छ । इजरायली सेनाले आफूले हिजबुल्लाहको सैन्य संरचना र दक्षिणी लेबनानमा आक्रमण लक्षित गरेको उल्लेख गरेको छ । इजरायलको ड्रोन आक्रमणमा होउला सहरमा एकजनाको मृत्यु भएको लेबनानी मिडियाले जनाएका छन् । इजरायली आक्रमणमा परी हिजबुल्लाहका कमान्डर मोहम्मद निमाह नासिरको लेबनानी सहर टायरमा मृत्यु भएको थियो । इजरायलका अनुसार, नासिर इजरायलतर्फ आतंककारी हमला गर्न सामेल थिए । बीबीसीबाट ।
भैरहवा, २० असार । रुपन्देहीको रोहिणी गाउँपालिकामा प्रधानाध्यापक तथा विद्यालय प्रशासन सहायकहरुको लागि नेतृत्व क्षमता विकास सम्बन्धी कष्टमाईज्ड तालिम सम्पन्न भएको छ । रोहिणी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा धकधई, रुपन्देहीको आयोजनामा असार ९ देखि असार १८ गतेसम्म रोहिणी–३ स्थित श्री राम नरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयमा तालिम भएको हो । तालिममा ४५ जनाको सहभागीता रहेको रोहिणी गाउँपालिका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेले जानकारी दिए । तालिम समापन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले विद्यालय प्रशासनलाई चुस्तदुरुस्त राख्नुपर्नेमा जोड दिए । उनले भने, ‘शिक्षकलाई मात्र दोष दिएर हुँदैन । अभिभावकलाई पनि जागरुक बनाउनुपर्छ । शिक्षा क्षेत्रमा अझ…
काठमाडौं, २० असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकाललाई निलम्बन गरेको छ । बुधबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले ढकाललाई निलम्बन गरेको हो । पार्टीले ढकाललाई निलम्बन गरेसँगै कार्यवाहक महामन्त्रीको जिम्मेवारी सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलाई र प्रवक्ताको जिम्मेवारी मनिष झालाई दिएको छ । रास्वपाले पार्टीको अनुशासन र विधिको पालना नगरेको भन्दै ढकाललाई सात दिनका लागि निलम्बन गर्ने निर्णय गरेको छ । ढकालले बुधबार बसेको केन्द्रीय समिति बैठकको लाइभ गर्न आग्रह गरेका थिए । तर अधिकांश उपस्थित केन्द्रीय सदस्यले बैठकको लाइभ नगर्न नमानेपछि उनले मुखमा पट्टी बाँधेर बैठकमा विरोध जनाएका थिए । ढकालले पार्टीमा सभापति रवि लामिछानेले…
भैरहवा, १९ असार । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । काँग्रेस र एमालेले नयाँ सरकार गठन गर्ने सहमती गरेसँगै एमालेले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । प्रचण्डले काँग्रेससँग गठबन्धन तोडेर एमालेको समर्थनमा नयाँ सरकार गठन गरेका थिए । जसमा एमालेले आठ वटा मन्त्रालय पाएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने भएपछि एमालेबाट प्रचण्ड सरकारमा सहभागी भएका आठ जना मन्त्रीहरुले बुधवार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) समक्ष राजीनामा दिएका छन् । प्रचण्ड सरकारबाट उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, कृषिमन्त्री ज्वालाकुमारी साह, भूमि व्यवस्था…
रौतहट, १९ असार । सशस्त्र प्रहरी बल रौतहटले अवैध लागुऔषध सहित दुई जना भारतीय नागरिकहरुलाई पक्राउ गरेको छ । गौर-चपुर सडकखण्डको ईद्रिस गेट अगाडी चेकजाँचका क्रममा सशस्त्र प्रहरीले लागुऔषध सहित भारतीय नागरिकहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको बिहार सितामढी जिल्ला बकरी ३ गाँउ राघोपुरका २० वर्षीय रोशन कुमार र १८ वर्षीय अमित कुमार रहेका छन् । उनीहरुको साथबाट करिब ६ सय थान लागुऔषध फेनारगन र आइपिपिएल इन्जेक्सन बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण हजमिनिया रौतहटका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक बिक्रम हुमागाईले बताए । पक्राउ परेका दुवै जनालाई लागुऔषध सहित आवश्यक कारवाहीका लागी जिल्ला प्रहरी कार्यालय…
भैरहवा, १९ असार । भैरहवा बहुमुखी क्याम्पसका विधार्थी संगठनहरुले क्याम्पस प्रमुखको कोठामा तालाबन्दी गरेका छन् । मंगलबार नेपाल विधार्थी संघ र अखिल क्रान्तिकारीको क्याम्पस ईकाइले २४ घण्टाको अल्टिमेटम सहित संयुक्त रुपमा विभिन्न सात बुँदे मागहरु राख्दै क्याम्पस प्रमुख अनिलकुमार झालाई पत्र बुझाएको थियो । क्याम्पस प्रमुखको कोठामा प्रशासन शाखा समेत रहेकोले तालाबन्दीले क्याम्पसको प्रशासनिक कार्यमा समेत असर परेको छ । आफुहरुले राखेको मागहरुप्रति क्याम्पस प्रशासनद्वारा वेवास्ता गरिएकोले तालाबन्दी गरिएको दुवै विधार्थी संगठनहरुले संयुक्त रुपमा विज्ञप्ती जारी गरी जनाएका छन् । ‘क्याम्पस प्रशासनले मनोमानी ढंगले कार्यहरु गरेको पाईएपछि हामीले मंगलबार २४ घण्टामा सम्बोधन गर्नका लागि सात बुँदे माग राख्दै क्याम्पस प्रमुखलाई…