


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं, २७ साउन। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) तथा नेकपा मसालबीच लुम्बिनी प्रदेश सरकार गठनका लागि दुईबुँदे सहमति भएको छ। मसालका महामन्त्री मोहनविक्रम सिंहसँग भएको सहमतिमा लुम्बिनी प्रदेश सरकार गठन तथा प्रदेशका विकास निर्माणका काममा सहकार्य गर्ने उल्लेख छ। त्यस्तै, राष्ट्रिय स्वाधीनता, संविधान र गणतन्त्रको पक्षमा तथा प्रतिगमनविरुद्ध हुने आन्दोलनमा सहकार्य गर्ने विषयमा पनि दुई पक्षबीच सहमति भएको छ। लुम्बिनी प्रदेशसभामा नेकपा मसालका एक जना सांसद छन्।
भैरहवा, २७ साउन । रुपन्देहीमा ५३ जनाले नेपाली नागरिकता त्याग गरेका छन्। गत आर्थिक वर्ष २०८२/८३ मा ५३ जनाले नेपाली नागरिकता त्याग गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ । कार्यालयका अनुसार, अन्य देशको नागरिकता लिइसकेको वा लिने प्रक्रियामा रहेको तथा विदेशी नागरिकसँग विवाह गरी विदेशमै बसोबास गरेका कारण देखाउँदै उनीहरुले नेपाली नागरिकता त्यागेका हुन्। ‘विदेश मोह’ का कारण नागरिकता त्याग गर्नेमा अधिकांश युवापुस्ता छन्। जो वैदशिक रोजगारीको शिलशिलामा विदेश जाने गरेको र वर्षौ विदेश कार्यरत रही सोही देशको नागरिकता प्राप्त गरी/गर्नका लागि आफ्नो मातृभूमीलाई छाडेर विदेशी नागरिकता लिने गरेका छन्। नेपाली नागरिकता त्याग्ने व्यक्तिहरुलाई देशको माटो प्रति माया रहेपनि…
दाङ,२७ साउन। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवालाई उद्यम, उत्पादन र समाज रुपान्तरणको अभियानमा जोड्नुपर्ने बताएका छन्। अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले युवाको ऊर्जा, क्षमता, सिर्जनशीलता र नवीन सोचलाई सही दिशामा परिचालन गर्न सके समृद्ध र आत्मनिर्भर समाज निर्माण गर्न सकिने बताए। मुख्यमन्त्री आचार्यले युवालाई रोजगारी खोज्ने व्यक्तिका रुपमा मात्र नभई उद्यम तथा उत्पादनका नेतृत्वकर्ता बनाउने नीति प्रदेश सरकारले अघि सारेको उल्लेख गरे। नवप्रवर्तन, स्टार्टअप, कृषि तथा उद्यमशीलतामार्फत युवालाई रोजगारी र स्वरोजगारसँग जोड्ने कार्यक्रमलाई प्राथमिकता दिइएको उनले बताए। युवाको उद्यमशीलता प्रवर्द्धनका लागि ब्याज अनुदानलगायत प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिएको जनाउँदै उनले युवालाई कुलत र सामाजिक विकृतिबाट टाढा…
कपिलवस्तु,२७ साउन । कपिलवस्तु प्रहरीले ६ थान भरुवा बन्दुक बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार, जिल्लाको वाणगंगा नगरपालिका–९ जिनुवास्थित खोजिपुर सामुदायिक वनमा बेवारिसे अवस्थामा ६ थान भरुवा बन्दुक बरामद भएको हो । बरामद भएका बन्दुकका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
दाङ,२७ साउन। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी भदौ १ गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन। नेपाली कांग्रेसले साउन १२ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार विश्वासको मत लिन थालेका हुन। मुख्यमन्त्री आचार्यले विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार र मन्त्रालय बाँडफाँट टुंग्याउने तयारी गरिएको छ। एमाले र नेकपाबीच भएको सहमति अनुसार, लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने र आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने निर्णय भइसकेको छ। नयाँ सत्ता समीकरण अनुसार नेकपालाई मन्त्रालय दिने विषयमा अन्तिम सहमति जुट्न बाँकी छ। नेकपाका प्रदेश संसदीय दलका…
काठमाडौं,२७ साउन । नेपालको स्थानीय बजारमा सुनको मूल्यमा घटेको छ। बुधबार सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घटेको हो। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार, मंगलबार सुन प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको बुधवार प्रतितोला ३ लाख ६ हजार ७ सय रुपैयाँमा किनबेच भइरहेको छ । यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर ४ हजार ७ सय ४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँ कायम थियो।
काठमाडौं,२७ साउन। थाइल्याण्डबाट हङकङ हुँदै नेपाल भित्र्याइएको १८ किलो लागुऔषध गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रवेश गर्ने विदेशी यात्रुमाथि गरिएको प्रोफाइलिङका क्रममा उनीहरु पक्राउ परेका हुन्। पक्राउ पर्नेमा भारतको पञ्जाबका ३६ वर्षीय सञ्जीव कुमार र २६ वर्षीय रवि कुमार रहेका छन्। प्रहरीले उनीहरुको साथबाट १८ किलो गाँजा, दुई थान पासपोर्ट, दुई थान मोबाइल फोन र चार थान झोला बरामद गरेको जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरुले नेपाल प्रवेश गरेपछि पक्राउबाट जोगिन फरक शैलीको योजना बनाएको खुलेको प्रहरीले जनाएको छ। विमानस्थलको आगमनतर्फ रहेको भन्सार क्षेत्रमा लगेज छाडेर बाहिरिने र केही दिनपछि…
काठमाडौं,२६ साउन । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बैठकले गरेका पाँचवटा प्रमुख निर्णयहरु सार्वजनिक गरेका हुन्। हेर्नुहोस् निर्णयहरु : १. नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालित एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि करमा पूर्ण रुपमा छुट प्रदान गर्ने । २. सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका ४ जना (सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रबिन्द्र कुमार मेहता र सिराहाका गणेश कुमार यादव) लाई सहिद घोषणा गर्ने। ३. पोर्चुगल सरकारलाई काठमाडौंमा कन्सुलर कार्यालय खोल्न सहमति दिने। ४. वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक…
भैरहवा,२६ साउन । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नहुँदा सुनसान छ। स्थानीय व्यवसायीहरुले विमानस्थल पूर्ण रुपमा संचालनका लागि सरकारलाई दवाव दिइरहेकै छन् । संघसंस्थाबाट कयौं पटक ज्ञापन पत्र समेत बुझाइसकिएको छ। तर, विमानस्थलमा तत्काल उडान हुने कुनै सुरसार देखिएको छैन। नियमित उडान नै नभएको विमानस्थलमा भने दर्जनौं कर्मचारी करार तथा दैनिक ज्यालादारीमा भर्ना गरेर मासिक लाखौं तलब सुविधा दिएर राखिएको छ। विमानस्थलका कार्यवाहक महाप्रबन्धक श्यामकिशोर शाहका अनुसार, २४ जना करार र ६६ जना ज्यालादारीमा गरी ९० जना कर्मचारी कार्यरत छन्। साथै, विमानस्थलमा विभिन्न तहका गरी १ सय ४१ जनाको स्थायी दरबन्दी रहेकामा ८१ जना स्थायी कर्मचारी मात्र कार्यरत छन्।…
काठमाडौं,२६ साउन । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजारमा सामान्य सुधार देखिएको छ। सोमबार ९.०२ अंकले घटेको नेप्से परिसूचक मंगलबार भने ०.७९ अंकले बढेको हो। नेप्सेमा सामान्य वृद्धि भएसँगै कारोबार रकममा पनि सुधार देखिएको छ। मंगलबार ३४० वटा स्क्रिप्सको ९५ लाख ३४ हजार २२१ कित्ता सेयर ४ अर्ब ११ करोड ९ लाख ७४ हजार ६७४ रुपैयाँमा खरिदबिक्री भएको छ। मंगलबार अपर लोहोरे खोला हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो भने महिला लघुवित्त वित्तीय संस्थाको सेयरमा नकारात्मक सर्किट लागेको छ। कारोबारमा आएका ३४० वटा स्टक्समध्ये १३३ वटाको मूल्य बढेको छ भने १२२ वटाको मूल्य घटेको छ। यस्तै, २० वटा…