


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा, १५ भदौ। भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनाका लागि अर्घाखाँची सिमेन्ट लिमिटेडले १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ। अर्घाखाँची सिमेन्टका सञ्चालकहरुले कम्पनीको सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम अर्थमन्त्री स्वर्णीम वाग्लेलाई हस्तान्तरण गरेका हुन्। कम्पनीका सञ्चालक राजेश कुमार अग्रवालले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपाल सरकारसँग सहकार्य गर्दै आफूहरु पीडितको साथमा रहेको बताए। उनले कम्पनीको सहयोगले प्रभावित क्षेत्रमा सञ्चालन भइरहेका राहत, उपचार तथा पुनःस्थापनाका कार्यक्रमलाई थप सहयोग पुग्ने विश्वास व्यक्त गरे। रकम हस्तान्तरण कार्यक्रममा अर्घाखाँची सिमेन्टका सञ्चालक पशुपति मुरारकासहित कम्पनीका अन्य प्रतिनिधिको समेत सहभागिता थियो। साथै, अर्घाखाँची सिमेन्ट लिमिटेडले बाढीमा ज्यान गुमाउनुहुनेहरुप्रति…
भैरहवा, १५ भदौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीको अध्यक्षमा पुनः सागर प्रताप राणा सर्वसम्मत निर्वाचित भएका छन्। पार्टीको भैरहवामा सम्पन्न सातौं जिल्ला अधिवेशनले अध्यक्षमा राणासहित ४१ सदस्यीय कार्यसमिति चयन गरेको हो । निर्वाचन समितिका अनुसार, नयाँ कार्यसमितिको सदस्यमा विक्रम केसी, आबिद अलि पठान, चुन्न प्रसाद पौडेल, जितेन्द्र के.सी. खड्का, पदमा कुमारी थापा, तुफेल पठान, गुमानसिंह सोनी, छेदीलाल श्रीवास्तव, नरेन्द्र थापा, भीमप्रसाद पाण्डेय, प्रदीप कुमार कसौधन, शिला पासी, दिनानाथ अहिर यादव, ज्ञानेन्द्र श्रेष्ठ, ओमप्रकाश चौधरी (कुर्मी), रामबहादुर थापा, प्रेमबहादुर भण्डारी, खोमबहादुर सिंह, उमादेवी खवास र शिवकान्ति चमार निर्वाचित भएका छन्। त्यस्तै सदस्यमा रफिक शाह, मुक्तिनाथ यादव, अहमद अलि शाह, रबिन्द्र कुमार…
काठमाडौं,१२ भदौ। प्रधानमन्त्री बालेन शाहले विदेशी सहयोग अस्वीकार गरिएको भन्ने प्रचार भ्रामक भएको बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले भारत, चीन तथा अन्तर्राष्ट्रिय साझेदारसँग उद्धार तथा राहतका लागि आवश्यक सहयोग र सामग्रीबारे निरन्तर समन्वय भइरहेको जानकारी दिएका छन्। उनका अनुसार, हेलिकप्टर परिचालन गर्दा हवाई सुरक्षा, भौगोलिक पहुँच र वास्तविक आवश्यकतालाई ध्यानमा राखिएको छ। भोटेकोशी तथा तल्लो तटीय क्षेत्रमा पुनःबाढीको जोखिमको निगरानी भइरहेको र सम्भावित जोखिमका क्षेत्रमा पूर्वसूचना तथा सुरक्षित स्थानमा स्थानान्तरणको तयारी गरिएको उनले बताएका छन्। विनाशकारी बाढीपछि अवरुद्ध सडक सम्पर्क पुनःस्थापनाको काम तीव्र पारिएको भन्दै प्रधानमन्त्री शाहले वैकल्पिक सडकमार्ग सञ्चालनमा ल्याएर साना चारपाङ्ग्रे सवारीसाधन चल्न थालेको तथा काठमाडौं–मुग्लिङ सडक एकतर्फी…
रसुवा,१२ भदौ। रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन सशस्त्र प्रहरीको उद्धार टोलीले माटोमुनि पुरिएकी करिब ६ वर्षीया बालिकालाई सकुशल उद्धार गरेको छ। शुक्रबार साँझ करिब ६ः१५ बजे खोज तथा उद्धारमा खटिएको टोलीले माटोमुनिबाट बालिका रोइरहेको आवाज सुनेपछि तत्काल खोजी गर्दा उनलाई पुरिएको अवस्थामा फेला पारेको सशस्त्र प्रहरीले जनाएको छ। सीमा सुरक्षा चौकी टिमुरेबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ६ जनाको टोलीले बालिकालाई उद्धार गरी चौकीमा ल्याएको हो। अचेत अवस्थामा फेला परेकी बालिकाको अवस्था कमजोर रहेकाले थप उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गर्ने पहल भइरहेको छ। तर, रातिको समय भएकाले तत्काल हेलिकप्टर उडान सम्भव नभएको जनाइएको छ। बाढी–पहिरो प्रभावित टिमुरेमा…
दाङ, १२ भदौ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गर्ने भएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारकोतर्फबाट विपद् प्रभावित नागरिकका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग उपलब्ध गराइने जानकारी दिए। यस्तै लुम्बिनी प्रदेशभित्र स्थायी रुपमा बसोबास गर्ने नागरिक विपद्मा परी मृत्यु भएको अवस्थाम उनीहरुका परिवारलाई प्रतिव्यक्ति १ लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराइने प्रदेश सरकारले जनाएको छ।
मर्चवार, १२ भदौ। रुपन्देहीको सम्मरीमाई गाउँपालिकास्थित रोइनिहवामा जय श्रीराम मण्डलले स्थापनाको एक वर्ष पूरा भएको अवसरमा तीनदिने धार्मिक तथा सामाजिक कार्यक्रम आयोजना गर्ने भएको छ। धार्मिक आस्था, सामाजिक सद्भाव र संस्कारको प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको मण्डलका संयोजक अशोक कुमार तिवारीले जानकारी दिए। उनका अनुसार, भदौ १४ गते सम्मरीमाई–५ स्थित दानव नदीको चक्की घाटमा साँझ आरती तथा भजन–कीर्तन, १५ गते सम्मरीमाई–७ स्थित श्री कृषक आदर्श माध्यमिक विद्यालयमा विद्यार्थीको सहभागितामा सामूहिक हनुमान चालिसा पाठ र १६ गते रोइनिहवास्थित शिव मन्दिरमा हनुमान चालिसा पाठ, सन्त भण्डारा तथा दाइजोमुक्त कन्यादानको संकल्प गरिनेछ। धार्मिक कार्यक्रमसँगै समाजमा दाइजो प्रथाविरुद्ध सकारात्मक सन्देश प्रवाह गर्ने…
भैरहवा, ११ भदौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि रुपन्देहीका नागरिकसमेत सम्पर्कविहीन भएका छन् । विभिन्न कामका लागि रसुवामा रहेका उनीहरु बाढीपछि सम्पर्कविहीन भएको जिल्ला आपतकालीन सञ्चालन केन्द्र, रुपन्देहीले जनाएको छ। सम्पर्कमा नआएका अधिकांश व्यक्ति रसुवाका विभिन्न जलविद्युत आयोजनामा कार्यरत छन् भने केही गोसाइँकुण्ड तथा मानसरोवर यात्राका लागि गएका थिए । केन्द्रका अनुसार, रुपन्देही स्थायी ठेगाना भएका नागरिकमध्ये २२ जना सम्पर्कविहीन भएको विवरण केन्द्रमा टिपोट गराइएको थियो । जसमध्ये पाँच जना सम्पर्कमा आइसकेका छन्। बिहीबार साँझ ७ बजेसम्मको विवरणअनुसार स्थायी ठेगाना रुपन्देही भएका १७ जना अझै सम्पर्कमा आएका छैनन्। यसैगरी, रुपन्देहीमा अस्थायी ठेगाना भएका र जिल्ला बाहिर बसोबास गर्दै आएका…
मर्चवार,११ भदौ। रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा कार्यरत कर्मचारीले दुई दिनको तलब बाढी प्रभावित परिवारलाई प्रदान गर्ने निर्णय गरेका छन् । बिहीबार गाउँपालिकाका कर्मचारीहरुको बसेको बैठकले विपद्मा परेका नागरिकलाई राहत पुर्याउने उद्देश्यले उक्त निर्णय गरेको गाउँपालिकाका इन्जिनियर रामदेव गुप्ताले जानकारी दिए। उनका अनुसार, सरकारले जारी गरेको सूचनाअनुसार राहत तथा सहयोग रकम एकद्वार प्रणालीमार्फत उपलब्ध गराइनेछ।
दाङ, ११ भदौ। रसुवामा आएको विनाशकारी बाढीपछि रुपन्देही जिल्लाका २५ जनासहित लुम्बिनी प्रदेशका ९७ जना सम्पर्कविहीन रहेका छन्। लुम्बिनी प्रदेश सरकारका अनुसार, रसुवा क्षेत्रबाट सम्पर्कविहीन भएका नागरिकहरुको खोजी तथा उद्धारका लागि आवश्यक पहल भइरहेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले सम्पर्कविहीन नागरिकको खोजी तथा उद्धारलाई प्राथमिकतामा राखेर आवश्यक समन्वय र सहकार्य गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्। प्रदेशको आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालय अन्तर्गतको विपद् व्यवस्थापन शाखाका अनुसार, सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै रुपन्देहीका २५ जना रहेका छन्। त्यस्तै दाङका १५, रोल्पाका १४, अर्घाखाँचीका ९, बर्दियाका ८, गुल्मीका ६, नवलपरासी पश्चिमका ६, पाल्पाका ५, प्युठानका ५ र कपिलवस्तुका ४ जना रहेका…
काठमाडौं,११ भदौ। विपद्को संवेदनशील समयमा राहत तथा सहयोगका नाममा सामाजिक सञ्जाल र डिजिटल माध्यमबाट हुन सक्ने ठगीप्रति नेपाल प्रहरीले नागरिकलाई सचेत रहन आग्रह गरेको छ। प्रहरीका अनुसार ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ वा ‘प्रधानमन्त्री राहत कोष’को नाममा व्यक्तिगत बैंक खाता तथा ई–वालेटमा रकम माग्ने, फर्जी क्यूआर कोड, नक्कली राहत अभियानका पेज तथा समूह सञ्चालन गर्ने र फोनमार्फत बैंकिङ विवरण माग्ने जस्ता स्क्याम हुन सक्नेछन्। यस्तै, फिसिङ लिंकमार्फत ओटीपी तथा पासवर्ड चोरी गर्ने वा अपरिचित नम्बरबाट आर्थिक सहयोग माग्ने गतिविधिप्रति समेत सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ। सहयोग रकम पठाउनुअघि सम्बन्धित कोषको विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइट वा प्रमाणित…