


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं,१० कात्तिक। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाजमा आफ्नै देशका विद्वानहरुको योगदानलाई पर्याप्त रुपमा चिन्न र सम्मान गर्न नसक्ने प्रवृत्ति रहेको बताएका छन्। मंगलबार काठमाडौंमा मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपाली विद्वानहरुले प्रस्तुत गरेका तर्कपूर्ण र तथ्यमा आधारित लेखनलाई उचित महत्त्व नदिने प्रवृत्ति रहेको उल्लेख गरे। उनले आफ्ना ग्रन्थ तथा लेखहरुमा नेपाली लेखकहरुको तुलनामा विदेशी विद्वानका उदाहरण बढी प्रस्तुत गर्ने परिपाटी रहेको धारणा व्यक्त गरे। अध्यक्ष ओलीले भाषा, संस्कृति, कला र वाणीमा घुलमिल भएको व्यक्तिले समाजप्रति सकारात्मक सोच राख्नुका साथै मानवतावादी दृष्टिकोण अपनाउन सक्ने बताए। उनका अनुसार ज्ञान र विद्वता मात्रले मानिसलाई…
भैरहवा,१० कात्तिक । रुपन्देही प्रहरीले गएराति नियन्त्रणमा लिएको लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँलाई रिहा गरेको छ । प्रहरीले गएराति सार्वजनिक स्थानमा उच्छृङ्खल गतिविधि गरी सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्याएको भन्दै संयोजक खाँ र वाजिउद्दिन मुसलमानलाई लुम्बिनीबाट नियन्त्रणमा लिएको थियो । मंगलबार छलफलपछि प्रहरीले दिउँसो दुवै जनालाई रिहा गरेको हो । लुम्बिनी बिकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णयको महाअभियानले निरन्तर विरोध गर्दै आएको छ । रिहा भएपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै संयोजक खाँले सरकारको निर्णयको विरोधमा पर्यटन मन्त्री खडकराज पौडेल (गनेस) को पुत्ला जलाएको विषयमा ‘माथिको आदेश’ले आफुलाई प्रहरीले नियन्त्रणमा लिएको बताए । ‘मन्त्रीको पुत्ला किन…
काठमाडौं,१० कात्तिक। वैदेशिक रोजगार विभागले पक्राउ पुर्जी जारी भएर सम्पर्कमा नआएका व्यक्तिहरुलाई ३५ दिनभित्र विभाग वा नेपाल प्रहरीको सम्पर्कमा आउन आग्रह गरेको छ। विभागले सार्वजनिक सूचना जारी गर्दै वैदेशिक रोजगार न्यायाधिकरणको अनुमतिमा पक्राउ पुर्जी जारी भएका व्यक्तिलाई कानुनी प्रक्रियामा सहभागी हुन आग्रह गरिएको छ। तोकिएको समयभित्र सम्पर्कमा नआएमा प्रचलित कानुनअनुसार यात्रा अनुमति तथा बैंकिङ कारोबार रोक्का गर्नेलगायतका कारबाही अघि बढाइने विभागले जनाएको छ। वैदेशिक रोजगारीका नाममा हुने ठगी, अनधिकृत रकम असुली तथा नक्कली कागजातसम्बन्धी गतिविधि नियन्त्रण गर्न र पीडित श्रमिकलाई न्याय दिलाउन यस्तो कदम चालिएको हो। विभागको सूचनाले फरार रहेका आरोपितलाई कानुनी दायरामा ल्याई अनुसन्धान तथा मुद्दासम्बन्धी प्रक्रिया अघि बढाउन…
चितवन,१० कात्तिक। घरजग्गा व्यवसायीले जग्गा कित्ताकाटमा देखिएका समस्या समाधान गर्न र भू–उपयोग नीतिलाई स्पष्ट बनाउन सरकारसँग आग्रह गरेका छन्। चितवनको नारायणी जग्गा तथा आवास व्यवसायी संघका अध्यक्ष बाबुराम अधिकारीको नेतृत्वमा गएको टोलीले मन्त्री प्रतिभा रावललाई सौराहामा भेटेर घरजग्गा कारोबार सहज बनाउन माग गरेको हो। व्यवसायीले कित्ताकाटसम्बन्धी नीतिगत अन्योल हटाउन, लाभकर तथा राजस्वसम्बन्धी व्यवस्था पुनरावलोकन गर्नुपर्नेमा जोड दिएका थिए। जवाफमा मन्त्री रावलले समस्या समाधानका लागि आवश्यक पहल गर्ने र कित्ताकाट खुलाउने विषयमा सहजीकरण गरिने बताएकी छन्।
लुम्बिनी,१० कात्तिक । रुपन्देही प्रहरीले लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँसहित २ जनालाई नियन्त्रणमा लिएको छ। लुम्बिनी बिकास कोषको उपाध्यक्षमा नियुक्त भएकी आनी छोइङ डोल्माको विरोध गरेको भन्दै प्रहरीले घरमा सुतिरहेको अवस्थामा मध्यरातमा संयोजक खाँलाई पक्राउ गरेर लगेको सहसंयोजक रामविकास चौधरीले बताए। कोषको उपाध्यक्षामा डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध महाअभियानले निरन्तर विरोध गर्दै आएको छ। महाअभियानले सरकारको कदमको भ्रत्सना गर्दै संयोजक खाँको निःशर्त रिहाइको माग गरेको छ। यता जिल्ला प्रहरी कार्यालय रुपन्देहीले लुम्बिनी सांस्कृतिक नगरपालिका-६ स्थित सार्वजनिक स्थानमा उत्श्रृंखल गतिविधि गरी सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्याएको भन्दै दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका-६ का ६१ वर्षीय…
भैरहवा, ९ कात्तिक। लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ। राष्ट्रिय जेनजी नागरिक अभियान, तामाङ नागरिक समाज, लुम्बिनी विकास कोष तथा गुम्बा विकास समिति बचाऊ संयुक्त समितिलेविरोध प्रदर्शन गरेका हुन्। उनीहरुले आनीको नियुक्ति खारेजी, नागरिकता र सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित विषय छानबिन गर्न माग गरेका छन्। आनीविरुद्ध लुम्बिनीमा लुम्बिनी बचाउ महाअभियान लगायत सरोकारवालाहरुले पनि निरन्तर प्रदर्शन गरिरहेका छन् ।
काठमाडौं,९ कात्तिक । बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा बुधबारदेखि वर्षा र हिमपातको सम्भावना देखिएको छ। मौसममा परिवर्तन आउने अनुमान गर्दै मौसम पूर्वानुमान महाशाखाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। मौसम विज्ञान विभागका अनुसार, आगामी बिहीबारदेखि मौसमी प्रणालीको प्रभाव थप देखिनेछ भने शुक्रबार र शनिबार यसको असर बढी पर्ने सम्भावना छ। यस अवधिमा देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा तथा केही क्षेत्रमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। विभागको वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार, उच्च पहाडी तथा हिमाली क्षेत्रमा बाक्लो हिमपात हुनुका साथै हिमआँधीसमेत आउन सक्ने जोखिम छ। त्यसैले मौसम प्रतिकूल हुने अवधिमा पर्वतारोहण तथा उच्च…
भैरहवा,९ कात्तिक । सरकारले देशका आठ प्रमुख सहरमा क्रिकेट रंगशाला निर्माण गर्ने योजना अघि बढाएको छ। होम एन्ड अवे अवधारणामा प्रतियोगिता सञ्चालन गर्न सकिने गरी कम्तीमा ८ हजार दर्शक क्षमताका रंगशाला निर्माण गर्न लागिएको हो। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले एनपीएलको तेस्रो संस्करणको अवसरमा शुभकामना सन्देश दिदैं फ्लडलाइट सुविधासहितका रंगशाला निर्माण प्रक्रिया अघि बढाइएको जानकारी दिएका हुन्। उनका अनुसार सरकारले तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ। ‘चार्डपर्वहरूका बीच नेपाली क्रिकेटको पर्व, नेपाल प्रिमियर लिगको तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ,’ उनले भनेका छन्, ‘होम एन्ड अवे आधारमा खेल सञ्चालन गर्न सकिने गरी देशका आठ प्रमुख सहरहरूमा फ्लडलाइटसहित कम्तीमा ८ हजार…
काठमाडौं,६ कात्तिक। अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल र भारतबीचको सम्बन्ध निकै घनिष्ठ र विशेष रहेको बताएका छन्। भारतको नयाँदिल्लीमा आयोजित एनडीटीभी वर्ल्ड समिटमा बोल्दै उनले दुई देशबीच कहिलेकाहीँ उतारचढाव आए पनि सम्बन्धको आधार बलियो रहेको उल्लेख गरे। उनले नेपाल र भारतबीच कहिलेकाहीँ समस्या देखिए पनि त्यसले समग्र सम्बन्धलाई कमजोर नबनाउने बताए। उनले भने, ‘कहिलेकाहीँ उतारचढाव आउन सक्छन्, तर हामी एकअर्कासँग अभिन्नरुपमा जोडिएका छौं।’ वाग्लेले प्राकृतिक विपद्का बेला भारतले नेपाललाई गर्दै आएको सहयोगको प्रशंसा गर्दै प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन चाहेको बताए। उनले प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे।…
काठमाडौं,६ कात्तिक। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा सुरक्षा जोखिमपछि आफ्ना वेबसाइट लगायतका सेवाहरु अस्थायी रुपमा बन्द गरेको छ । बैंकले शुक्रबार एक विज्ञप्ती जारी गर्दै वेब प्रविधिमा विश्वव्यापी रुपमा गम्भीर सुरक्षा जोखिम देखिएपछि आफ्नो आधिकारिक वेबसाइट लगायतका सेवाहरु अस्थायी रुपमा बन्द गरेको जानकारी गराएको हो। उक्त अवधिमा राष्ट्र बैंकसँग सम्बन्धित आवश्यक सूचना जानकारीका लागि बैंकको आधिकारिक सामाजिक संजालमार्फत उपलब्ध गराइने बताइएको छ।