Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,७ माघ । प्रतिनिधिसभा निर्वाचनमा सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिइएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले उक्त निर्देशन दिएको हो। बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय सुरक्षा समितिबाट यसअघि नै पारित भई कार्यान्वयनमा रहेको एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ बमोजिम जिम्मेवार निकायहरुले सम्पादन गरिरहेका कार्यहरु, जनशक्ति परिचालन तथा बन्दोबस्तीको योजनाका बारेमा समीक्षा गरिएको थियो। बैठकमा निर्वाचनको सुरक्षा अवस्था र चुनौतीबारे विश्लेषण गरिएको छ। बैठकले निर्वाचनको कार्यक्रममा समन्वय गर्न गठन गरिएका सबै संयन्त्रहरुलाई सक्रिय बनाउने निर्णय गरेको छ। त्यस्तै राजनीतिक दल र उम्मेदवारहरुको प्रचारप्रसार र अभियानलाई व्यवस्थित गराउन सुरक्षा व्यवस्थालाई सुदृढ र…

Read More

काठमाडौं,७ माघ। आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले फागुन ४ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसारको समय तोकेको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार तोकिएको अवधिभित्र आचारसंहिता पालना गर्दै प्रचारप्रसार गर्न राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरिएको छ। आयोजित पत्रकार सम्मेलनमा भण्डारीले मनोनयनपत्र दाखिल गरेपछि प्रचार गर्न नपाइने भन्ने भ्रम चिर्दै निर्वाचन चिह्न प्राप्त भएपछि घरदैलो कार्यक्रममार्फत मतदातासँग भेटघाट गर्न र रायसुझाव लिन पाइने स्पष्ट पारे। तर, उनले ठूला आमसभा, गोष्ठी, सेमिनारजस्ता गतिविधि दलगत रुपमा गर्न नपाइने बताए। निर्वाचन आचारसंहिता लागू भइसकेकोले आचारसंहिता उल्लंघनसम्बन्धी उजुरी आएमा छानबिन गरी आवश्यक निर्णय लिने अधिकार रहेको उनको भनाई छ ।

Read More

काठमाडौं,७ माघ। नेपालको स्थानीय बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ। बुधवार सुन प्रतितोला ३ लाख नजिक पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुन प्रतितोला २ लाख ९५ हजार १०० कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो । यस्तै चाँदीको मूल्य पनि आकासिएको छ। महासंघका अनुसार बुधवारप्रतितोला चाँदीको मूल्य ५ हजार ९२० रुपैयाँ पुगेको छ। यो मूल्य पनि हालसम्मकै उच्च हो।

Read More

भैरहवा, ७ माघ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै ईजाजत प्राप्त हातहतियार बुझाउनका लागि आग्रह गरेको छ। निर्वाचनलाई भरपर्दो र विश्वसनीय बनाउनका लागि जिल्लाभित्र रहेका ईजाजत प्राप्त हातहतियार तथा खरखजानाहरु बुझाउनका लागि आग्रह गरिएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी मेघनाध पाध्याले जनाए। माघ १५ गतेभित्र जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी इकाईमा हातहतियार बुझाउन सकिने प्रशासनद्धारा जारी सूचनामा उल्लेख छ। बुझाइएको हातहतियार निर्वाचन सम्पन्न भएको एक महिना पश्चात फिर्ता गर्न सक्ने र नबुझाए कानून बमोजिम कारवाही हुने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ । हेर्नुहोस् सूचना :

Read More

भैरहवा, ६ माघ । आगामी प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नीति विशेषज्ञसमेत रहेका तौफिक अहमद खानले उम्मेदवारी दर्ता गराएका छन् । शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल समेत रहेको रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ मा दशकौं देखि विकासको रुपमा फड्को मार्न सकेको छैन् । पर्यटकको आगमन भएतापनि टिकाउन मुस्किल छ । रुपन्देही-५ मा मतदाताले परिवर्तन खोजेकोले परिवर्तन ल्याउनका लागि उम्मेदवारी दिदैं अघि बढेको उम्मेदवार खानले बताए । क्षेत्रमा उम्मेदवार खानको राम्रो पकड रहेको मानिन्छ । खान एक रणनीतिक सल्लाहकार, वातावरणीय अभियन्ता र नीति विशेषज्ञ हुन्। खानको करियर १५ वर्षभन्दा बढी समयदेखि…

Read More

भैरहवा,६ माघ। आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नेपाली कांग्रेसले प्रमोदकुमार यादवलाई टिकट नदिएपछि उनले नेकपा एमालेबाट उम्मेदवारी दिएका छन्। रुपन्देही-४ बाट यादवले उम्मेदवारी दिएका हुन्। उक्त क्षेत्रमा नेपाली कांग्रेसले आशुतोष मिश्रलाई टिकट दिएपछि यादव एमाले प्रवेश गरेर उम्मेदवार बनेका हुन्। रुपन्देही-४ बाट ०७४ को प्रतिनिधिसभाको निर्वाचनमा निर्वाचित भएका यादव ०७९ को निर्वाचनमा पराजित भएका थिए । उक्त क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट कन्हैया बनिया, जसपा नेपालबाट सर्वेन्द्रनाथ शुक्ला, जनमत पार्टीबाट भोपेन्द्र यादव लगायत स्वतन्त्रसहित २२ जनाले ले उम्मेदवारी दिएका छन् ।

Read More

काठमाडौं,६ माघ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुलुकभर कुल ३ हजार ४ सय २८ उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीको १६५ सीटका लागि देशभरिबाट पुरुष ३ हजार ३७ र महिला ३ सय ९१ जनाले उम्मेदवारी दर्ता गराएका हुन्। प्रतिनिधि सभा सदस्यका लागि मनोनयन प्रक्रिया सकिएपछि अब दाबी-विरोध, अन्तिम नामावली र चुनावी तालिका अनुसारको प्रक्रिया अघि बढ्नेछ। पहिलो हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने कार्यक्रम रहेको छ। सोही दिन दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्ममा…

Read More

भैरहवा, ६ माघ। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देहीको ५ वटा निर्वाचन क्षेत्रमा १ सय ५७ जनाले उम्मेदवारी दिएका छन् । रुपन्देहीको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सबैभन्दा धेरै क्षेत्र नम्बर २ र सबैभन्दा कम क्षेत्र नम्बर ४ मा उम्मेदवारी दर्ता भएको छ । राजनीतिक दलका साथै स्वतन्त्र उम्मेदवारले पनि उल्लेख रुपमा उम्मेदवारी दर्ता गराएका छन् । कार्यालयबाट प्राप्त विवरण अनुसार क्षेत्र नम्बर १ बाट ३१ जना, २ बाट ४१ जना, ३ बाट ३६ जना, ४ बाट २२ जना र ५ बाट २७ जनाले उम्मेदवारी दिएका छन् । जिल्लामा कुल १ सय ५७ जनामध्ये ६३ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको रुपन्देहीका…

Read More

काठमाडौं,५ माघ। नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा दर्ता गराएको रिट फिर्ता नलिने जनाएका छन्। शेरबहादुर देउवा पक्षले अदालतमा दर्ता गराएको रिट फिर्ता लिन सहमतिको भएको विषयमा समाचार सार्वजनिक भएपश्चात खड्काले अदालतमा दर्ता गराएको फिर्ता नलिने धारणा सार्वजनिक गरेका हुन्। ‘नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्रको उम्मेदवारको टिकट वितरणको सम्बन्धमा कुनै पनि बैठक र प्रकृयामा म सहभागी नभएको र मलाई कुनै पनि जानकारी समेत नभएको कुरा सबैमा स्पष्ट पार्न चाहान्छु। कसैमा भ्रम नरहोस’,सामाजिक सञ्जालमा प्रष्टीकरण दिँदै उनले भनेका छन् ‘पार्टीका सम्बन्धमा निर्वाचन आयोगले गरेको अबैधानिक निर्णयका बिरुद्धमा सर्बोच्च अदालतमा हामीले न्याय प्राप्तिको लागि दर्ता गरेको रिट फिर्ता…

Read More

भैरहवा, ५ माघ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लाथि रुपन्देहीका पाँच वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरुको टुंगो लगाएको छ । पार्टीका अनुसार क्षेत्र नम्बर १ मा पार्टी महामन्त्रीसमेत रहेका सुनिल लम्साल, २ मा इन्जिनियर आशिष सुवेदी, ३ मा डा. लेखजंग थापा, ४ मा कन्हैया बनिया र ५ मा तौफिक अहमद खान उम्मेदवार हुनेछन्।

Read More