Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं, ४ पुस । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रजातन्त्रको जग निर्वाचन भएकाले कांग्रेस प्रतिनिधिसभा सदस्यको निर्वाचनमा जान आतुर रहेको बताएका छन् । मोरङमा स्थानीय नेताहरुसँगको भेटमा उनले अगामी फागुन २१ गतेलाई तोकिएको समयमा निर्वाचिन हुनैपर्ने भएपनि सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको बताए । ʻसंविधान बचाउने र मुलुकलाई सक्रमणबाट जोगाउने निर्वाचनले मात्रै हो,ʼउनले भने,ʻहामी त निर्वाचनको मिति कुरेर बसेका छौँ। तर सरकारको तयारी हेर्दा निर्वाचन हुनेमा आशंका समेत जन्मिएको छ।ʼ उनले निर्वाचनको तयारीका लागि पार्टी पंक्तिलाई निर्देशन समेत दिए।

Read More

काठमाडौं, ४ पुस। मधेश प्रदेश प्रहरी कार्यालयले प्रदेशको ८ जिल्लामा सादा पोसाकमा खटाइएको प्रहरी (घुमुवा) हरु लाई हटाएको छ । जिल्लामा सादा पोसाकमा अपराध नियन्त्रणका लागि सूचना संकलनका लागि खटाइने घुमुवा प्रहरीहरुको बारेमा गुनासो बढी भएपछि उनीहरुलाई हटाइएको हो । मधेश प्रदेशका डीआईजी गोविन्द थपलियाका अनुसार प्रहरी संगठनभित्रै शुद्धीकरण गर्ने योजना अनुसार ३१ जना घुमुवा प्रहरीलाई हटाइएको हो । हटाइएका घुमुवा प्रहरीको भूमिकाबारे आवश्यक आन्तरिक अनुसन्धानसमेत अघि बढाइएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

Read More

काठमाडौं,४ पुस। सशस्त्र प्रहरी बल, नेपालले विभिन्न पदमा दुई सय नौ जनाका लागि नयाँ भर्ना खुला गरेको छ । सशस्त्र प्रहरीले एक सूचना जारी गर्दै खुल्ला प्रतियोगिताद्वारा रिक्त पदमा पदपूर्ति गर्नका लागि साधारण उपसमूहतर्फ ४१ प्रहरी निरिक्षक (इन्स्पेक्टर) को माग गरेको छ भने कानुन, लेखा, चिकित्सक गरी २८ इन्स्पेक्टरका लागि पनि दरखास्त आह्वान गरेको छ। त्यस्तै साधारण उपसमूहमा १३१ असई र स्टाफ नर्स (सई) मा ९ जनाका लागि दरखास्त आह्वान गरेको हो। योग्यता पुगेका नेपाली नागरिकले पुष ११ गतेदेखि माघ ११ गतेसम्म अनलाइनमार्फत दरखास्त दिन सक्ने छन् भने दोब्बर दस्तुर तिरेर माघ १२ गतेदेखि माघ २१ गतेसम्म दरखास्त दिन सक्ने…

Read More

भैरहवा, ४ पुस। रुपन्देहीमा एक १७ वर्षीय युवकको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार कञ्चन गाउँपालिका-३ धौलागिरी चोकका १७ वर्षीय ईशान शर्मा पौडेलको शव फेला परेको हो। प्रहरीका अनुसार बुधवार साँझ ८ बजेदेखि सम्पर्कविहीन रहेका शर्माको शव स्थानीयले बिहीवार साँझ नालामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीको प्राराम्भिक अनुसन्धानमा शर्माको टाउको हानेर हत्या गरिएको देखिएको छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं, ४ पुस। वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रकम ठगीको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कपिलवस्तु शिवराज नगरपालिका ५ घर भई हाल काठमाडौँ ३२ का ५४ वर्षीय पवित्रप्रकाश अधिकारी, भोजपुर षडानन्द नगरपालिका-१२ का ३३ वर्षीय बबिता विश्वकर्मा र भक्तपुर चाँगुनारायण नगरपालिका-९ घर भई हाल काठमाडौँ गोकर्णेश्वर-५ का २५ वर्षीय साइरज सुवेदी रहेको प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार पक्राउ परेकामध्ये अधिकारीले अल्बानिया पठाउने भन्दै १९ लाख, विश्वकर्माले क्यानडा पठाइदिने भन्दै १९ लाख र सुवेदीले अमेरिका पठाइदिने भन्दै ११ लाख १४ हजार ५०० सय लिएर…

Read More

काठमाडौं,४ पुस । नेपालको स्थानीय बजारमा सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार २ हजारले घटेर सुन प्रतितोला २ लाख ५८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीवारबिहीबार सुन प्रतितोला २ लाख ६० हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो। सुनको मूल्यघटेसँगै चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य प्रतितोला ७५ रुपैयाँले घटेर ४ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला ४ हजार ८० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Read More

भैरहवा,४ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामछिाने थुनामुक्त प्रक्रियाका लागि भैरहवा आउन लाग्दा मौसम खराबीका कारण काठमाडौंमै रोकिन पुगेका छन् । बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी र संगठित अपराधको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई बिहीवार उच्च अदालत बुटवल तुलसीपुर इजालसका न्यायाधीशद्धय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले विभिन्न सर्तहरुसहित थुनामुक्त गर्न आदेश दिएको थियो । प्रक्रिया पुरा गरेर थुनामुक्त गर्न उनलाई काठमाडौंको नख्खु कारागारबाट विमानमार्फत जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराउनका लागि ल्याउन लागिएको हो । तर, भैरहवामा मौसम खराबीका कारण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुँदा लामिछाने काठमाडौंमै रोकिएका छन् । मौसम खराबीका कारण विमानस्थल हालसम्म नखुलेको गौतमबुद्ध…

Read More

भैरहवा, ३ पुस । उच्च अदालत तुलसीपुर बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सर्तसहित रिहा गर्ने आदेश गर्दा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको थुनामै रहने भएका छन् । उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीशद्धय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले सक्कल प्रमाणसहित निवेदन दिएमा पूनःविचारका लागि सक्कल मिसिल जिल्ला अदालतमा पठाउन आदेश गरेको छ । जोशीले उच्च अदालतमा दिएको निवेदन रितपूर्वक पेश नभएकोले उनको हकमा यस्तो आदेश आएको मुद्दाको बहस गरेका एक अधिवक्ताले बताए । जोशीको हकमा आदेशमा भनिएको छ–‘मेरो हकमा दामासाहीले कायम हुने बिगो वापत जमानत दिई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र…

Read More

भैरहवा, ३ पुस ।रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासले थुनामुक्त गर्न आदेश गरेको छ । बिहीवार उच्च अदालतका न्यायाधीशद्धय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले निवेदन उपर सुनुवाई गर्दै जिलला अदालत रुपन्देहीले थुनछेकको क्रममा माग गरेको १ करोड धरौटी, लामिछाने पेस गरेको बिगो बराबरको २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत र कागज गराएर थुनामुक्त गर्न इजलासले आदेश दिएको बताए । लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीले बिगो बराबरको रकम बुझाएर थुनाबाहिर बसेर मुद्दाको पूर्पक्ष गर्न…

Read More

भैरहवा, ३ पुस । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा बिहीवार भएको बहस सकिएको छ । उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीशद्धय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासमा बहस भएको थियो । गत मंसिर २५ गते ‘हेर्न नमिल्ने’ मा परेर पेशी स्थगित भएको थियो त्यसअघिका तोकिएका केही पेशी लामिछाने र जोशीका कानुन व्यवसायीको निवेदनमा स्थगित भएको थियो । उच्च अदालत तुलसीपुर बुटवल इजलासका सूचना अधिकारी राम बहादुर कुँवरले बिहीवार एक नम्बर इजलासमा चढेको पेशीमा भएको बहस…

Read More