Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा, २९ पुस ।नारायणगढ-मुग्लिङ सडक खण्ड माघ २० गतेसम्म दैनिक ४ घण्टा बन्द हुने भएको छ। गत पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द गरी काम हुँदै आएकोमा थप तीन हप्ता बन्द गरिने भएको हो। सो खडक खण्डमा निर्माणाधिन पुलहरूमध्ये बाँकी रहेको तुइन खोलापुलमा पुलको जग र एप्रोच सडकको लागि कडा चट्टानी पहाड फुटाइ पुनः निर्माण कार्य सूचारु गर्नुपर्ने भएकाले सडक आजदेखि दिउँसो १२ बजेदेखि ४ बजेसम्म पूर्ण बन्द हुनेछ। काठमाडौंबाट जाने यात्रुवहाक सावरी साधनलाई मुग्लिङ बजारदेखि मनकामना केवलकार गेटसम्म र पोखराबाट आउने सवारी साधानलाई बेनीटारादेखि पावरहाउससम्म बिहान ११ः५५ बजेसम्म सञ्चालन हुनेछन्। यसैगरी काठमाडौंबाट आउने मालबहाक सवारी साधन लेवाटारमा र…

Read More

प्रायजसो २८ दिनको अन्तरमा महिनावारी हुन्छ । यद्यपि २१ देखि ३५ दिनभित्र नियमित रुपमा महिनावारी हुनु सामान्य मानिन्छ । तर कहिलेकाहीं छोटो अवधिमै महिनावारी दोहोरिन सक्छ । जस्तो, महिनावारी भएको १० दिन नबित्दै अर्को महिनावारी सुरु हुन्छ । यसले उनीहरुलाई झन्झटिलो मात्र बनाउँदैन, आशंका पनि पैदा गरिदिन्छ– ‘किन यति छिटोछिटो महिनावारी भइरहेको छ ?’ यसरी असामान्य रुपले छोटो अवधिमा महिनावारी दोहोरिनुलाई सामान्य मानिंदैन । यस्तो किन हुन्छ त रु एउटा मात्र कारण छैन । विभिन्न कारणले एकै महिनामा महिनावारी दोहोरिन सक्छ । पाठेघरमा संक्रमण ब्याक्टेरिया योनीबाट महिलाको अंगभित्र भएर पाठेघरमा संक्रमण हुन्छ, जसलाई पेल्वभक इन्फ्लामेटरी डिजिज (पीआइडी) भनिन्छ । यसमा…

Read More

रुपन्देही, २९ पुस ।नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलले वर्तमान सरकारको ध्यान सत्ता टिकाउनमा मात्रै केन्द्रित भएको बताएका छन् । जनताका समस्या समाधानप्रति सरकारले कुनै चासो र ध्यान नदिएको बताउँदै उपाध्यक्ष पौडेलले सरकार सत्ता र शक्ति बचाउनमा मात्र सरकार लागिपरेको बताए । शनिबार बुटवलमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ रुपन्देहीको २१ औं साधारण सभा तथा १० औं अधिवेशनको उद्घाटन गर्दै नेता पौडेलले देशका तमाम समस्या समाधान गर्न वर्तमान सरकारले नसक्ने दावी गरे । उनले भने, ‘वर्तमान सरकार, जनताका मुद्दा, चासो, समस्याका विषयमा सरकार जानकार छैन जनताका समस्या समाधान गर्न एमाले नेतृत्वको आवश्यक छ । ’ रुपन्देही…

Read More

भैरहवा, २९ पुस । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेको छ । भैरहवाको सिद्धार्थनगर मैदानमा भएको शनिबारको खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई ४ विकेटले पराजित गरेको छ । बाक्लो हुस्सुका कारण निर्धारित समयभन्दा ढिला गरी सुरु हुँदा खेल ४२ ओभरमा झारिएको थियो । जसमा टस हारेर पहिला ब्याटिङ गरेको गण्डकी प्रदेशले ३४ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर जम्मा १११ रन बनाएको थियो । गण्डकीका लागि करण पंगेनीले सर्वाधिक २८ रन बनाउँदा कृष्ण एरले १९ रन जोडे । त्यसैगरी अमृत गुरुङले १३ रन बनाउँद समीर कँडेलको ब्याटबाट पनि १३ रन बनेको थियो । अन्य खेलाडीले दोहोरो…

Read More

भैरहवा, २८ पुस । लुम्बिनी प्रेस क्लबको सातौं बार्षिक साधारण सभा शनिबार रोहिणी गाउँपालिका वडा नम्बर २ को गौतम बुद्ध सामुदायिक बनमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष बिपुल पोखरेलले पत्रकारहरु आफ्नो पेशा प्रति सधै ईमान्दार भई लाग्नु पर्ने बताए । उनले लुम्बिनी प्रेस क्लब नेपालमै उत्कृष्ट पत्रकारहरुको संस्था भएकोले पनि यसले यस क्षेत्रको समृद्धिका लागि सबै पक्षसंग सहकार्य गर्न आवश्यक रहेको बताए । उनले रोहिणी सभ्यता बुद्धको महत्वपूर्ण क्षेत्र रहेकोले यसको विकासको लागि स्थानिय सरकारले प्रचार प्रसारमा ध्यान दिनु पर्ने सुझाव दिए । साधारण सभाको बन्द सत्रमा क्लबका कोषाध्यक्ष राधेश्याम विश्वकर्माले पेश गरेको आर्थिक…

Read More

भैरहवा, २७ पुस । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) कार्यालयले नगर क्षेत्रमा छाडा चौपाया (गाईगोरु) को नियन्त्रण तथा व्यवस्थापनका लागि दोस्रो पटक अभियान चलाएको छ । अभियान अन्र्तगत नगरमा छाडा अवस्थामा फेला परेका गाइगोरुलाई धमाधम नियन्त्रणमा लिन थालिएको छ । छाडा गाईगोरुका कारण सवारी दुर्घटना हुनुका साथै नगरको सौन्दर्यकरण समेत असर परेपछि गत वर्षमा पनि पालिकाले अभियान चलाएर छाडा छाडिएका गाईगोरुको व्यवस्थापन गरेको थियो । तर, नगरवासी लगायत सचेत नहुदाँ नगर क्षेत्रमा उही समस्या पुनः दोहोरिएको छ । जसलाई निर्मूल पार्न नगरपालिका कार्यालयलाई समेत समस्या भएको छ । ‘नगर क्षेत्रबाट छाडा गाईगोरुको समस्या निर्मुल पार्ने उद्देश्य र विश्वासका साथ अभियान चलाएर…

Read More

भैरहवा, २५ पुस । रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर २ स्थित कोटहीमाई आधारभुत विद्यालय ,पडसरी आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । युथ क्लब अफ पडसरीद्वारा मंगलबार एक कार्यक्रमबीच उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा स्वीटर र टोपी वितरण गरिएको क्लबका अध्यक्ष सुरेश मिश्रले बताए । कार्यक्रममा ओमसतिया गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष सितल जिटी ,विद्यालय विद्यालय व्यवस्थापन समिति अध्यक्ष मातृका प्रसाद यादव , अकाश गुरुंग ,सुष्मा भूजेल लगायतको सहभागीता रहेको थियो ।

Read More

परासी, २३ पुस । पश्चिम नवलपरासी प्रहरीले भन्सार छली गरी भित्राइएको औषधी सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा गोरखाको गण्डकी गाउँपालिका–४ का विवेक पोख्रेल र बागलुङ बडिगाड गाउँपालिका–५ का अभिषेक खरेल रहेका छन् । जिल्लाको प्रतापपुर गाउँपालिका वडा नम्बर ९ मा प्रदेश नम्बर ३, ०१—००२ च ८९९६ नम्बरको कार चेकजाँच गर्ने क्रममा भन्सार छली गरी भित्राइएको २९ लाख ४९ हजार १७ रुपैयाँ बराबरको सर्जिकल सामग्री र औषधी बरामद भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहोराले बताए । बरामद भएको औषधीसहित कार र संलग्न व्यक्तिलाई आवश्यक कारवाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

Read More

भैरहवा २३ पुस । भगवान बुद्धसंग समबन्धित स्थानहरुको प्रवर्द्धन गर्ने उद्देश्य सहित भैरहवाबाट ” बुद्ध ज्ञान साइकल यात्रा”को आयोजना गरिने भएको छ । साइकल सिटी भैरहवाको आयोजनामा २०८० साल देखि हरेक वर्ष आयोजना गर्ने गरी ” बुद्ध ज्ञान साइकल यात्रा ” आयोजना गरिने संस्थाका अध्यक्ष सुर्य कुमार सारु मगरले बताए । यस पटक यात्रामा २ सय जना साइकल चालकले भाग लिने उनले जानकारी दिए । यसमा भारत र नेपाल बाहेक साइकल यात्रीले नाम दर्ता गराइसकेको र अन्य देशका यात्रीलाइ पनि ल्याउने प्रयास भैरहेको आयोजकले बताए । माघको १२ र १३ गते भ्रमण सिद्धार्थनगर सहित रुपन्देहीको पहिचान बढाउन सहयोग गर्नुको साथसाथै…

Read More

भैरहवा, २३ पुस । रुपन्देही प्रहरीले १ लाख ६२ हजार ७ सय ५० मूल्य बराबरको अवैध प्याज बरामद गरेको छ जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको अवस्थामा प्याज बरामद गरेको हो । आइतबार मायादेवी गाउँपालिका वडा नम्बर ४ स्थित सुण्डीबाट बेवारिसे अवस्थामा फेला परेको ७२ बोरा (३ हजार २ सय ५५ केजी) प्याज स्थानीयबासीको रोहबरमा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक किशोर के.सी.ले बताए । बरामद गरिएको प्याज आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देही पठाइएको प्रहरी निरीक्षक के.सी.ले जानकारी दिए ।

Read More