


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं,१७ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन अधिकृत दानबहादुर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। डिभिजन वन कार्यालय इलाममा डिभिजनल वन अधिकृतमा कार्यरत रही हाल डिभिजन वन कार्यालय भोजपुरमा रहेका श्रेष्ठविरुद्ध पदमा रहँदा गैरकानूनी रुपमा १ करोड ४३ लाख १८ हजार ९३७ रुपैयाँ बराबरको अकूत सम्पत्ति आर्जन गरेको दाबीसहित आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । आयोगका अनुसार अनुसन्धानका क्रममा उनको पारिश्रमिक, दैनिक भत्ता, श्रीमती र छोराछोरीका आयस्रोत, घरजग्गा, सवारीसाधन, सुनचाँदी, बैंक निक्षेप, सेयर खरिद, वैदेशिक भ्रमणलगायत सम्पूर्ण विवरण विश्लेषण गर्दा आयस्रोतअनुसार नबुझिने सम्पत्ति फेला परेको छ। श्रेष्ठ २०४८ साल असार २६ गतेदेखि विभिन्न तहमा कार्यरत…
पाँचथर,१७ कार्तिक । प्रहरीले हत्याको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथरको हिलिहाङ गाउँपालिका–१ फेदापका ३१ वर्षीय सन्देश राई रहेको प्रहरीले जनाएको छ । मृतक र आरोपी नातामा बुवा-छोरा हुन् । अंश माग्दा नदिएपछि दाउरा प्रहार गरी ६९ वर्षीय वुवा युवराज राईको हत्या गरेको पक्राउ परेका राईले प्रराम्भिक बयान दिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक अनिश कर्णले जानकारी दिए । उनका अनुसार घर नजिकैको करेसाबारीमा युवराज मृत अवस्थामा फेला परेपछि अनुसन्धानका लागि प्रहरीले कान्छा छोरा राईलाई नियन्त्रणमा लिएको थियो । जसपश्चात अनुसन्धानको क्रममा राईले बुवाको हत्या गरेको स्विकार गरेका छन् । घटनाका विषयमा थप अनुसन्धान…
काठमाडौं,१७ कार्तिक । नेपालमा आज सुनको मूल्य स्थिर रहेको छ । सोमबार सुन प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार पनि सुनको मूल्य सोही मूल्यमा कायम भएको थियो । आज चाँदीको मूल्य भने बढेको छ। चाँदी पाँच रुपैयाँले बढेर तोलामा तीन हजार ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौं,१७ कार्तिक । सरकारको लापरवाहीका कारण दैनिक एक हजार थान राहदानी (पासपोर्ट) मात्र वितरण हुने भएको छ । राहदानीको मौज्दात सकिँदै गएकोले सरकारले दैनिक कोटा तोकेको हो । राहदानी विभागले सूचना जारी गर्दै विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग गत साउनमा खरिद सम्झौता गरिसकेको र उक्त सम्झौताअनुसार आगामी फागुन ११ देखि राहदानी सेवा सुरु हुने गरी नयाँ पूर्वाधार तथा प्रणाली निर्माण भइरहेको जनाएको छ । नयाँ आपूर्तिकर्ता र हालको आपूर्तिकर्ताबीच हुने सङ्क्रमणकालीन अवस्था (ह्याण्डओभर र टेकओभर) तथा राहदानी पुस्तिकाको सीमित सङ्ख्या र सेवाग्राहीको उच्च मागलगायतका कारणले राहदानी वितरणमा केही समस्या हुन गएको विभागले जनाएको छ । उक्त अवधिसम्म राहदानीको अभाव…
उदयपुर,१७ कार्तिक । प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका-७ का २४ वर्षीय पर्शुराम तिमल्सिना र वडा नम्बर-६ का २३ वर्षीय बिकि भन्ने विवेक राई छन्। इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको टोलीले उदयपुरको चौदण्डीगढी नगरपालिका-४, पैतालिस चोकमा दुई जनालाई शंका लागेर चेकजाँच गर्दा लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरीका अनुसार शंकास्पद लागेका उनीहरुलाई नगर अस्पताल चौदण्डीगढीमा एक्स-रे गर्दा मलद्वारभित्र लागुऔषधका एम्पुलहरु लुकाएर ओसारपसार गरेको पाइएको छ । पक्राउ परेका तिमल्सिनाको साथबाट १५ एम्पुल र राईको साथबाट १८ एम्पुल गरी जम्मा ३३ एम्पुल प्रतिबन्धित लागुऔषध फेला परेको छ। अस्पतालका चिक्तिसकहले उनीहरुको…
काठमाडौं,१३ कार्तिक। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस रकमसहित पक्राउ परेका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। आयोगले बिहीवार दैलेख डुङ्गेश्वर गाउँपालिका गाउँकार्यपालिकामा कार्यरत वरिष्ठ लेखा अधिकृत टंकबहादुर कार्कीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। पालिकाको सडक स्तरोन्नति तथा निर्माण सम्पन्नपछि अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुस लिएको पुष्टि हुन आएपछि कार्कीविरुद्ध आरोप पत्र दायर भएको आयोगले जनाएको छ। आयोग प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार वरिष्ठ लेखा अधिकृत कार्कीविरुद्ध सडक निर्माण सकिएपछि बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुस वापत १ लाख रुपैयाँ माग गरेको उजुरी परेको थियो। अनुसन्धानका सिलसिलामा वरिष्ठ लेखा अधिकृत कार्कीले डुङ्गेश्वर गाउँपालिका वडा नम्बर…
काठमाडौं,१३ कार्तिक । गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउने चर्चासँगै प्रधानमन्त्रीको कार्यालयले यस विषयमा ध्यानार्कषण भएको जनाएको छ । बिहीवार प्रधानमन्त्रीको सचिवालयले विज्ञप्ति जारी गर्दै कुनै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध प्रधानमन्त्रीको अधिकारक्षेत्रमा पर्ने बताइएको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेनले केही दिनअघि प्रधानमन्त्रीलाई भेटेर अर्याललाई गृहमन्त्रीबाट हटाउन दवाव दिएको समाचार सञ्चारमाध्यमहरुमा आएका थिए। सचिवालयको विज्ञप्तिमा भनिएको छ, ‘जेनजी आन्दोलनबाट व्यक्त जनादेशअनुरुप यो सरकार गठन भएको, यो असामान्य परिस्थितिमा राष्ट्रको गहन जिम्मेवारी सम्हाल्न आउनुभएको गृहमन्त्री अर्याल आगामी निर्वाचन सम्पन्न गर्नका लागि वातावरण निर्माण गर्न शान्ति सुरक्षा कायम राख्न र सुरक्षा संगठनहरुको मनोबल उच्च राख्न अहोरात्र खटिरहनुभएको सबैलाई विदितै छ।’ अहिलेको संवेदनशील समयमा…
काठमाडौं,१३ कार्तिक । देशका विभिन्न भागमा पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव परेकाले विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै देशमा पश्चिमी वायुको सक्रिय प्रभाव छ भने अरब सागरमा बनेको न्यून चापीय प्रणाली र बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को आंशिक प्रभाव परेको छ। महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहितका पहाडी भू(भागमा आज दिउँसो अधिकांश समय बादल लाग्ने छ भने तराईका भू(भागमा सामान्य बदली रहनेछ। कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानहरुमा मध्यम वर्षा हुने सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा वर्षा र…
भैरहवा, १३ कार्तिक । नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुमा विद्युत् कटौती गरेको विरोधमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष कमल गौतमको मृत्यु भएको छ । ट्रंक र डेडिकेटेड लाइनको विवादमा रुपन्देहीका उद्योगीहरुले आन्दोलनको घोषणा गरेका थिए । जसअनुसार बिहीवार प्राधिकरणको भैरहवा वितरण केन्द्र अगाडी धर्ना कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले यो आन्दोलनलाई सांकेतिक रुपमा मात्र लिन जरुरी रहेको र २५ हजार श्रमिकहरुको रोजगारी गुम्दै गएको र गुमाउने नचाहेको बताएका थिए । ‘अतः यो कारणले…’ शब्दसहितको वाक्य पुरा गर्न नपाउँदै उनी ढल्न पुगे । उपचारका लागि क्रिमसन अस्पतालमा पुराइएकोमा उनको…
भैरहवा, १३ कार्तिक। रुपन्देहीको रोहिणी गाउँपालिकामा साढे पाँचसय जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) वितरण गरिने भएको छ। पालिकाको ६ नम्बर वडा अन्तर्गत रहेका गाउँब्लक जग्गाको जग्गधनी प्रमाणपूर्जा कार्तिक १४ गतेदेखि वितरण गरिने भएको हो । लामो समयदेखि लालपूर्जा नपाएका नागरिकले लालपूर्जा पाउन लाग्दा खुसीको अनुभुति गरेको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए। यसअघि २०८१ असोजमा पालिकाको ३ नम्बर वडा अन्तर्गत रहेका गाउँब्लक जग्गाको ४५० जनालाई लालपूर्जा वितरण गरिएको थियो।