Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,२३ कार्तिक। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको उम्मेदवारका लागि आवेदन आह्वान गरेको छ। पार्टीको विस्तारित बैठकमा सहमहामन्त्री विपिनकुमार आचार्यले प्रस्तुत गरेको उम्मेदवार छनोट रुपरेखामा आधारित रहेर रास्वपाले आईतबारदेखि उम्मेदवारी आह्वान गरेको हो। रास्वपाले उम्मेदवारीका लागि मापदण्ड तोकेको छ। जसअन्तर्गत सार्वजनिक पदको दुरुपयोग नगरेको स्वघोषणा, शैक्षिक प्रमाणपत्रको प्रमाणीकरणको स्वघोषणा, वैवाहिक अवस्थाको वैध स्पष्टताको स्वघोषणा, सार्वजनिक रुपमा प्रमाणित (अनलाइनसहित) घृणात्मक अभिव्यक्ति, दुर्व्यवहार, धम्की, जात-लिंग आधारमा अपमान वा कमजोर समूहको शोषण जस्ता आचरण नगरेको लगायत स्वघोषणा गरेको हुनुपर्ने रास्वपाले जनाएको छ। उम्मेदवार छनोट प्रक्रिया पारदर्शी, विधिसम्मत र निष्पक्ष भएकोरनभएको मूल्याङ्कन गर्न रास्वपाले अडिट…

Read More

काठमाडौं,२३ कार्तिक। राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले सुकुम्बासीका लागि राम्रो घर बनाइदिन आग्रह गरेका छन्। आइतबार काठमाडौंको मनोहरा सुकुम्बासी बस्तीमा पुगेर प्रसाईंले सुकुम्बासीलाई उठाउने नाममा पटकपटक दु:ख दिनुभन्दा राम्रो घर बनाइदिन आग्रह गरेका हुन् । उनले भने, ‘यो सुकुमवासी ०५८ सालदेखि यो समस्या हो भने तपाईंलाई घिनलाग्दो सिटी लाग्छ भने तपाईंसँग बजेट छ, राम्रो घर बनाइदिनुस् न, सरकारी जग्गा रहेछ त्यहाँ ।’ उनले काठमाडौं महानगरले बस्ती खाली गर्न आए प्रतिकार गर्न सुझाव दिए। आफूहरु सुकुम्बासीको साथमा रहेको भन्दै उनले सुकुम्बासीहरु एक भए कसैले हटाउन नसक्ने बताए। प्रसाईंले बालेनलाई भने, ‘तपाईं एसी रुममा बस्नुहुन्छ, तपाईंको घर…

Read More

काठमाडौं, २३ कार्तिक। प्रहरी कार्यालयबाट लुटिएको सामग्रीसहित जेनजी उमेर समूहका एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको ट्र्याक सुट लगाएर हिँड्ने क्रममा अछामको मल्लेक गाउँपालिका–७ का २२ वर्षीय अमृत साउदलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी वृत बौद्धका अनुसार पक्राउ परेका साउद बस्ने कपन जोरधारास्थित कोठा खानतलासी गर्दा जेनजी आन्दोलनको क्रममा प्रहरी प्रभाग कपनबाट लुटिएको सामग्री बरामद भएको छ । प्रहरीले कार्यालयबाट लुटिएको कम्प्यूटर, सीपीयू, प्रिन्टर, बर्सादी, बुट सामग्री र एक थान तरबार समेत बरामद भएको जनाएको छ ।

Read More

काठमाडौं,२१ कार्तिक। प्रहरीले कर्तव्य ज्यानमुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतका रेशम बहादुर राना रहेका छन्। एनसिबि अबुधाबी युएईको समन्वयमा रानालाई युएईबाट पक्राउ गरी स्वदेश फिर्ता ल्याइएको प्रहरीले जनाएको छ। राना समेत भएको मुद्दामा जिल्ला अदालत पर्वतको २०६९ माघ १५ गतेको फैसलाले जन्म कैद (२० वर्ष) सजाय ठहर भई वारदात पश्चात् फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि प्रहरीको इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट ०८१ जेठ १९ गते उनीविरुद्ध रेड नोटिस जारी भएको थियो। उनलाई सम्बन्धित कसुर बमोजिम कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्वतको टोलीलाई बुझाइएको…

Read More

काठमाडौं,२१ कार्तिक । गृह मन्त्रालयले बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) अनु लामालाई स्पष्टीकरण सोधेको छ। मन्त्रालयले एक सूचना जारी गर्दै लामो समयदेखि कार्यालयमा गैर हाजिर रहेको भन्दै सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन भनेको हो। उनी गएको असार २५ गतेदेखि कार्यालयमा उपस्थित भएकी छैनन्। त्यतिबेला दस दिनको बिदा लिएर बसेकी उनले त्यसपछि पुन: १० दिन थप बिदा स्वीकृति गराएकी थिइन्। २० दिनको बिदा सकेपछि गएको साउन १६ गते नै उनी कार्यालयमा हाजिर हुनुपर्ने थियो। तर, त्यसयता पनि कसैलाई जानकारी नगराई उनी गैरहाजिर रहेको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ। मन्त्रालयले ७ दिनभित्र आफू गैरहाजिर हुनुको कारण र सन्तोषजनक…

Read More

काठमाडौं,२१ कार्तिक। अनलाइन ठगीको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–११ का ४० वर्षीय राजन गिरी, ओखलढुंगाको चम्पादेवी गाउँपालिका–८ कि २६ वर्षीया मिना लकान्द्री र भारतको बिहारका २६ वर्षीय आदित्य कुमार रहेका छन्। पक्राउ परेका अरोपीहरुमाथी फेसबुकमा विभिन्न बैंकको विज्ञापन देखाएर बोनस प्राप्त गर्न सर्भे लिंकमा क्लिक गर्नुहोस् भन्दै अनलाइन ठगी गरेको आरोप छ। लिंक क्लिक गरेपछि बैंक खाताको रकम अन्य खातामा ट्रान्सफर हुने गरेको साइबर ब्युरोका एसपी तथा प्रवक्ता दीपकराज अवस्थीले बताए । उनीहरुलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोको टोलीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुविरुद्ध विद्युतीय माध्यमबाट ठगी गरेको कसुरमा काठमाडौं जिल्ला अदालतबाट…

Read More

काठमाडौं,२१ कार्तिक। नेतृ रामकुमारी झाँक्रीले आफूलगायत ६ जना नेताहरुलाई कारबाही गरेर माधव नेपालले आफ्नै बेइज्जति गरेको टिप्पणी गरेकी छन्। शुक्रबार सामाजिक सञ्जालमा उनले सामाजिक सञ्जालमा नेपाललाई सम्बोधन गर्दै झाँक्रीले नेताहरुमाथि कारबाही गरेर आफ्नै बेइज्जत हुने काम गरेको भन्दै कटाक्ष गरेकी छन्। ‘आफ्नै बेइज्जति हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?, अब केही अर्थ छ र ? कारबाहीको लोकले के भन्ला भन्ने पनि लागेन र ?’ उनले लेखेकी छन्। उनले पार्टी विघटन भइसकेपछि कारबाहीको अर्थ नहुने जिकिर गरेकी छन्। १९ वर्ष पार्टीको नेतृत्वमा रहेको व्यक्तिबाट आफूले त्यस किसिमको अपेक्षा नगरेको पनि उनले बताएकी छिन्। इतिहासलाई फेरि बल्झाएको भन्दै उनले…

Read More

काठमाडौं,२१ कार्तिक। नेपालमा सुनको मूल्य आज पनि बढेको छ। अघिल्लो दिन बिहीबार ६०० रुपैयाँले बढेको सुन आज पनि सोही मूल्यले वृद्धि भएको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार ६०० रुपैयाँले बढेर एक तोलाको २ लाख ३८ हजार ४०० कायम भएको छ। बिहीबार प्रतितोला सुनको मूल्य २ लाख ३७ हजार ८०० पुगेको थियो। सुनको मूल्यसँगै चाँदीको पनि भाउ बढेको छ। महासंघका अनुसार १० रुपैयाँले बढेर एक तोलाको ३ हजार २० रुपैयाँ पुगेको हो।

Read More

काठमाडौं,२० कार्तिक । अब स्थायी लेखा नम्बर प्रमाणपत्र (प्यान कार्ड) स्थानीय तहबाटै प्रदान गरिने भएको छ । आन्तरिक राजस्व विभागले सूचना जारी गर्दै प्यान कार्डसहित कर सम्बन्धी सेवाहरु सम्बन्धित स्थानीय तहबाटै उपलब्ध गराइने व्यवस्था मिलाइएको जनाएको छ। यसअघि करदाता सेवा कार्यालयहरुबाट मात्र प्यान कार्ड वितरण हुँदै आएको थियो। तर, हाल ती कार्यालयहरू खारेज गरिएका छन् । स्थानीय तहबाट सेवा सुचारु हुन केही समय लाग्न सक्ने भएकाले सो अवधिमा ती सेवा सम्बन्धित जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत प्रवाह गरिने व्यवस्था मिलाइएको विभागले जनाएको छ । त्यस्तै, कर भुक्तानी र कर चुक्ता प्रमाणपत्र लगायतका सेवा अनलाइन प्रणालीमार्फत नै प्राप्त गर्न सकिने…

Read More

काठमाडौं,२० कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर अधिकृतसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले बिहीबार आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृत तिलक आलेसहित दुई जनाविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको हो । यस्तै अख्तियारले एक निर्माण सेवा प्रालि उपर पनि मुद्दा दायर गरेको छ। आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार गलत लिखत तयार गरीरगराई सार्वजनिक सम्पत्तिमा हानि नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको हो ।

Read More