


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
बुटवल,२८ भदौ। रुपन्देहीको बुटवलस्थित भाटभटेनी सुपर मार्केटमा भएको लुटपाटमा संलग्न भएको ठहर गर्दै कालिका मानवज्ञान माध्यमिक विद्यालयका शिक्षक शिवशंकर शुक्लालाई विद्यालयले निष्कासन कारवाही गरेको छ । भदौ २४ गते जेनजीको प्रदर्शनका क्रममा बुटवलको सुख्खानगरस्थित भाटभटेनीमा भएको अनियमिततामा शुक्लाको संलग्नता देखिएको विद्यालयले जनाएको छ। विद्यालयको आचरण संहिता तथा नियमविपरीत कार्य गरेको ठहरिएकाले शिक्षक शुक्लालाई आजकै मितिदेखि लागू हुने गरी विद्यालयबाट हटाइएको विद्यालयले शनिवार जारी गरेको सूचनमा उल्लेख छ।
भैरहवा,२८ भदौ। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक विशिष्ट (भीआईपी) कक्ष बन्द गरिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण प्रधान कार्यालयको निर्देशन तथा विमानस्थल सुरक्षा समितिको निर्णय अनुसार उक्त आन्तरिक विशिष्ट कक्ष बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रतापबाबु तिवारीले जारी गरेको सूचनामा सुरक्षा तथा प्राविधिक संवेदनशिलतालाई मध्यनजर गर्दै हाललाई आन्तरिक विशिष्ट कक्ष बन्द गरिएको उल्लेख छ । सूचना पश्चात सबै यात्रुलाई नियमित रुटबाट प्रस्थान र आगमन गर्नुपर्ने छ। काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले पनि बिहीवारदेखि ‘भीआईपी’ सुविधा बन्द गरेको छ।
भैरहवा,२८ भदौ। रुपन्देही प्रहरीले भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा चोरी तथा लुटपाट भएका सरसामानहरु खरिद नगर्न अनुरोध गरेको छ। शनिवार जिल्ला प्रहरी कार्यालय रुपन्देहीले विज्ञप्ती जारी गर्दै त्यस्ता सरसामानहरुको खरिद तथा सञ्चय गरेको पाइएमा कारवाही गर्ने जनाएको छ। प्रहरीले सो सम्बन्धमा कुनै जानकारी प्राप्त भएमा नजिकको सुरक्षा निकायमा सूचना दिन र त्यस्ता सामानहरु प्राप्त भएमा नजिकको सुरक्षा निकायमा बुझाउन पनि अनुरोध गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘यस्ता गतिविधिमा संलग्न समूहको सिसिटीभी फुटेज, तस्वीर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिंकहरु तपाईहरूसँग छ भने कृपया हामीलाई dporupandehi@nepalpolice.gov.np मा पठाई सहयोग गर्नुहुन अनुरोध गर्दछौं। तपाईहरुको गोपनीयता कायम रहनेछ।’ यो आग्रहले प्रदर्शनका…
काठमाडौं,२८ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नख्खु कारागार फर्किएका छन्। सहकारी ठगी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका लामिछाने गत भदौ २४ गते जेनजी प्रदर्शनको क्रममा सुरक्षाको कारण देखाउँदै नख्खु कारागारबाट बाहिरिएका थिए । प्रदर्शनको फाइदा उठाउँदै बाहिरिएको भन्दै लामिछानेको आलोचना भएको थियो । जसपश्चात उनले आफु प्रक्रिया पुरा गरेर मात्र कारागारबाट निस्किएको दावी गर्दै कारागार प्रशासक सत्यराज जोशीद्वारा दस्तखत भएको रिहाइ पत्र सार्वजनिक गरेका थिए । तर, नख्खु कारागार प्रशासनले लामिछानेले सार्वजनिक गरेको उक्त पत्र फर्जी भन्दै उनीसहित भागेका सबै कैदीबन्दीलाई तत्काल फर्किन भनेको थियो । शनिवार सामाजिक संजाल फेसबुकमा शनिबार भिडियो सन्देश जारी गर्दै लामिछानेले…
भैरहवा,२८ भदौ। रुपन्देहीमा कर्फ्यु र निषेधाज्ञा हटाइएको छ । शनिवार जिल्ला प्रशासन कार्यालय रुपन्दहीले एक सूचना जारी गर्दै जिल्लाभर लगाइएको कर्फ्यु र निषेधाज्ञा हटाइएको जनाएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेका अनुसार जिल्लामा शान्ति सुरक्षाको अवस्था सामान्वय रहेको र जनजीवन सामान्यीकरण तर्फ उन्मुख भएकोले शनिवार साँझ ६ बजेबाट लागू हुने गरी कर्फ्यु र निषेधाज्ञा हटाइएको हो । प्रशासनद्वारा जारी गरिएको सूचनामा भनिएको छ-‘निषेधाज्ञा र कर्फ्युको आदेश पालना गरी शान्ति सुव्यवस्था कायम गर्न सहयोग गर्नुहुने सबैप्रति धन्यवाद ज्ञापन गर्दै पारस्परिक सद्भाव कायम गन , सार्वजनिक सेवा प्रवाह गर्न, शिक्षण संस्था संचालन गर्न, आवगमन सुचारु गर्न, पूर्ववत क्रियाकलापहरु नियमित गर्न…
काठमाडौं,२८ भदौ। नेपाल बार एशोसिएशनले प्रतिनिधिसभा विघटन गरी नयाँ सरकार बनाउने राष्ट्रपतिको निर्णयलाइ स्वेच्छाचारी र असंवैधानिक निर्णय भएको निष्कर्ष निकालेको छ। बारले राष्ट्रपतिको कदम भर्त्सनायोग्य रहेको समेत बताएको छ । बारले जारी गरेको विज्ञप्तीमा भनिएको छ, यो कदमले नेपाली जनताले लोकतन्त्रको लागि गरेको लामो र कठिन संघर्षलाइ गम्भीर रुपमा कमजोर पार्ने र लोकतन्त्र, गणतन्त्र र समावेशिता सहितको संघियता जस्ता उपलब्धीलाइ खोस्ने तर्फ लक्षित छ। हेर्नुहोस् विज्ञप्ती:
काठमाडौं,२८ भदौ। राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसका आधारमा प्रतिनिधिसभा विघटनको निर्णय गरेका छन्। प्रधानमन्त्री नियुक्त भएकी कार्कीले आफ्नो पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेकी छिन्।कार्कीले गरेको विघटनको सिफारिस राष्ट्रपति पौडेलले सदर गरेका छन् । त्यस्तै, फागुन २१ गतेका लागि चुनावको मिति समेत तोकिएको छ । प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपतिले चुनावको मिति घोषणा गरेका हुन्।
काठमाडौं,२७ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले जेनजीहरुको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको बताएका छन् । ‘प्रिय जेनजी, तपाईंहरुको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ,’ मेयर बालेनले भनेका छन् । उनले जेनजीहरुको यो योगदान अमूल्य रहेको बताएका छन्। ‘तपाईंहरुको योगदान अमूल्य छ, जसले सधैं भावी पुस्तालाई देशप्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्नेछ,’ उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘तपाईंहरुप्रति असिम सम्मान ।’ आन्दोलनमा घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।
काठमाडौं,२७ भदौ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधि सभा विघटनको निर्णयलाई विडम्बनापूर्ण भनेका छन् । पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई प्रधानमन्त्री बनाउने र प्रतिनिधि सभा विघटनको निर्णय गर्ने सहमति जुटेको छ। उक्त सहमतिलाई महासचिव पोखरेलले बिडम्बनापूर्ण भनेका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विगतमा बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै मुद्दा हाल्ने र फैसला सुनाउनेहरू अहिले स्वयं विघटनतर्फ अग्रसर हुनु विडम्बनापूर्ण विषय हो। त्यसैले सतर्क रहौं, खबरदारी गरौं ।’
काठमाडौं,२७ भदौ। नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा विघटन गर्ने निर्णयमा गम्भीर असहमति रहेको बताएको छ । अहिलेको वर्तमान परिस्थितिलाई विश्लेषण गर्दै मुलुकको संवैधानिक व्यवस्था विपरीत संसद्लाई विघटन गर्ने निर्णय भएको भन्दै त्यसप्रति गम्भीर असहमति भएको निर्णय माओवादी केन्द्रले गरेको छ । ‘मुलुकको वर्तमान परिस्थितिलाई लिएर पार्टी केन्द्रीय कार्यालय (पदाधिकारीहरू) को आकस्मिक भर्चुअल बैठक अध्यक्ष क. प्रचण्डको अध्यक्षतामा बस्यो । बैठकले वर्तमान परिस्थितिको विश्लेषण गर्दै मुलुकको संवैधानिक व्यवस्था विपरीत जसरी वर्तमान संसदलाई विघटन गर्ने निर्णय गरिएको छ, उक्त निर्णयप्रति हाम्रो पार्टीको गम्भीर रुपमा असहमति रहेको निर्णय गरेको छ’ माओवादीका उपाध्यक्ष एवम् प्रवक्ता अग्नी सापकोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ। हेर्नुहोस् विज्ञप्ति :