


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा, ३० कार्तिक । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले कार्यालयमा आउने सेवाग्राहीहरुको सहजताका लागि कार्यालयको मुलद्धारमा निवेदनहरुको ढाँचाको ‘क्यूआर कोड’ टाँस गरेको छ । सेवाग्राहीहरुको सुविधाका लागि कार्यालय परिसरमै निःशुल्क रुपमा निवेदन लेख्ने गरिएपनि प्रविधिमैत्री सेवाग्राहीहरुको सहजताका लागि कार्यालयको मुलद्धारमा निवेदनहरुको ढाँचाको ‘क्यूआर कोड’ पनि टाँस गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । सेवाग्राहीले ठाडो निवेदन, जाहेरी दरखास्त, दुर्घटना निवेदन जस्ता लेखनका लागि लेखापढी व्यवसायी, अधिवक्ता लगायतलाई पारिश्रमिक स्वरुप पाँच सय रुपैयाँ देखि दुई हजार बढी रुपैयाँसम्म दिनुपर्ने हुन्छ । तर, रुपन्देहीका एसपी प्रदीप बहादुर क्षेत्रीले कार्यालय परिसरमा निःशुल्क निवेदन लेखनका साथै प्रविधि ज्ञान भएको सेवाग्राहीहरुलाई लक्षित गर्दै निवेदनहरुको ढाँचाको…
भैरहवा,३० कार्तिक। जनता समाजवादी पार्टी (जसपा) नेपाल लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा राम अवतार यादव सर्वसम्मत चयन भएका छन् । शनिबार र आइतबार भैरहवामा भएको अधिवेशनले यादवको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । उनी यसअघि पार्टीको प्रदेश कार्यवाहक अध्यक्षको जिम्मेवारीमा थिए । जसपा नेपाल केन्द्रीय निर्वाचन आयोगका सचिव ई.मनोज कुमार बर्माका अनुसार प्रदेश समितिको उपाध्यक्षमा चन्द्रधामा रैदास, मोहम्मद असलम खान र रेनु सिंह चयन भएका छन् । त्यस्तै सचिवमा शिव कुमार चौधरी थारु, इना मुल्लाह फकिर, शिवपुजन यादव र कोषाध्यक्षमा बच्चुलाल केवट चयन भएका छन्।
काठमाडौं,३० कार्तिक। मुलुकमा पछिल्लो तीन महिनामा साढे ५ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा विप्रेषण आप्रवाह ३५.४ प्रतिशतले वृद्धि भई ५ खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.९ प्रतिशतले बढेको थियो। असोजमा २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब ४४ अर्ब १७ करोड रहेको थियो। समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९।२ प्रतिशतले वृद्धि भई ३ अर्ब ९४ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १०.६ प्रतिशतले बढेको थियो।…
काठमाडौं,३० कार्तिक। निर्वाचन आयोगमा १२२ वटा राजनीतिक दलहरु दर्ता भएका छन्। आयोगले आइतबार पत्रकार सम्मेलनको आयोजना गरेर हालसम्म १२२ वटा दल दर्ता भएको र २८ वटा दर्ताको क्रममा रहेको जनाएको छ। दर्ताका क्रममा रहेका दलका हकमा कानुनबमोजम काजगपत्र माग्ने र सनाखत गर्ने प्रक्रिया अघि बढेको छ। ७ वटा राजनीतिक दलहरु खारेज भएको आयोगले जनाएको छ। फागुन २१ गते हुने निर्वाचन प्रयोजनका लागि दल दर्ताका लागि आह्वान गरेको थियो। जसअनुसार आज दल दर्ताका लागि अन्तिम दिन हो।
लुम्बिनी,३० कार्तिक। लुम्बिनी बौद्ध विश्वविद्यालय, बौद्ध अध्ययन संकायको आयोजनामा जिल्ला स्तरीय बौद्ध हाजिरी जवाफ प्रतियोगिता सुरु भएको छ। बौद्ध शिक्षाको प्रवर्द्धन गर्ने उद्देश्यले बौद्ध हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा रुपन्देहीका २४ वटा विद्यालयका विद्यार्थीको सहभागिता रहेको छ। प्रतियोगितामा बौद्ध शिक्षामा रहेर प्रश्नहरु सोधिने बौद्ध अध्ययन संकायका डिन डा. माणिकरत्न शाक्यले जानकारी दिए। विद्यालय तहबाटै बुद्ध शिक्षाको ज्ञान बढाउनका लागि विश्विद्यालयले पहिलोपटक प्रतियोगिता आयोजना गरेको हो। यसले विद्यालय तहबाट नैतिकवान जनशक्ति विकास हुने अपेक्षा गरिएको छ। प्रतियोगितामा प्रथम हुने टिमले २५ हजार, दोस्रोले १५ हजार, तेस्रोले १० हजार र सान्त्वना स्थानले पाँच हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नेछन्। विश्वविद्यालयले…
भैरहवा, २६ कार्तिक । रुपन्देहीको भैरहवामा सञ्चालन हुने सातौं लुम्बिनी महोत्सव–२०८२ (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन) लाई सफल बनाउन साथ र सहयोग गर्ने शैक्षिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले प्रतिवद्धता व्यक्त गरेका छन् । चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को आयोजनामा आगामी मंसिर ३ देखि २१ गतेसम्म सिद्धार्थनगर नगरपालिका–८ स्थित अञ्चलपुरमा हुने महोत्सवलाई सफल पार्न साथ र सहयोग रहने प्रतिवद्धता जनाएका हुन्। आयोजकले भैरहवामा आयोजना गरेको शैक्षिक संस्थाका प्रमुख एवं प्रतिनिधिहरुसँगको बैठक तथा छलफल कार्यक्रममा उनीहरुले महोत्सवलाई सफल बनाउन सबैको साझा जिम्मेवारी भएकोे बताएका हुन्। कार्यक्रममा बोल्दै भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक मोतीलाल सुवेदीले महोत्सव उद्घाटनअघि निकालिने ¥यालीलाई…
काठमाडौं,२६ कार्तिक। आज विश्व निमोनिया दिवस नेपाललगायत विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्यांक अनुसार निमोनियाले प्रत्येक वर्ष विश्वभर पाँच वर्षभन्दा कम उमेरका १० करोड ५५ लाख बालबालिका बिरामी बनाउँछ। त्यसमध्ये १६ लाख बालबालिकाको मृत्यु हुने गरेको छ। नेपालमा पनि बालबालिकाको मृत्युको प्रमुख कारण निमोनिया नै रहेको चिकित्सकहरु बताउँछन्। यसै सन्दर्भमा निमोनियाका कारण स्वास्थ्यमा पार्ने असर र बच्ने उपायको बारेमा चर्चा गछौँ । कुनै पनि जीवाणुले फोक्सोमा संक्रमण गर्यो भने निमोनिया हुन्छ । भाइरस, ब्याक्टेरिया, फंगसलगायत जीवाणुले मात्रै नभएर कहिलेकाहीँ केमिकलले पनि निमोनिया हुन्छ । त्यस्तै, कुनै कारणले फोक्सोको ग्रन्थि, कोषिकाहरु सुन्नियो भने निमोनिया हुन्छ । ब्याक्टेरियल, भाइरल,…
पोखरा, २६ कार्तिक। जेनजी आन्दोलनको क्रममा तोडफोड तथा आगजनीमा संलग्न थप ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न सरकारी कार्यालय तथा व्यक्तिगत घरमा आगजनी, तोडफोड तथा लुटपाट गर्ने थप ५ जनालाई पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ पर्नेमा पोखरा-१० बुद्धचोकका ५० वर्षीय चन्द्रबहादुर थापा, ४८ वर्षीय हरि बहादुर थापा, माछापुच्छ्रे-७ का २६ वर्षीय सन्तोष परियार, पोखरा-२६ बुढीबजारका ४० वर्षीय रमेश थापा र पोखरा-९ का ३५ वर्षीय अभिमन्यु विक्रम पाण्डे रहेका छन्। पक्राउ परेका व्यक्तिहरुलाई जिल्ला अदालत कास्कीबाट आपराधिक उपद्रव गर्न नहुने सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
कपिलवस्तु, २६ कार्तिक । गोरुसिंगे–सन्धिखर्क सडकखण्डमा दैनिक ६ घण्टा सवारी आवागमन बन्द हुने भएको छ। अर्घाखाँचीको शितगंगा नगरपालिका क्षेत्रअन्तर्गत ठाडादेखि घुम्तीसम्मको सडक भागमा मर्मत तथा स्तरोन्नतिको काम तीव्र गतिमा सञ्चालन गर्नका लागि सो व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ। सर्वपक्षीय बैठकको निर्णयअनुसार कार्तिक २६ गतेदेखि मंसिर १० गतेसम्म दैनिक बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द रहनेछ। यो अवधिमा बीचबीचमा केही समयका लागि सडक खुला गरिने पनि प्रशासनले जनाएको छ। पूर्वपश्चिम राजमार्गको गोरुसिंगेदेखि अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कसम्मको सडक ६८ किलोमिटर लामो छ । जसको चौडाइ केही स्थानमा सात मिटर र केही स्थानमा पाँच मिटर मात्र रहेको छ। शितगंगा…
काठमाडौं,२६ कार्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समाजवादी मोर्चाबाट अलग भएको छ। विप्लवले विज्ञप्ति जारी गर्दै माओवादी र एकीकृत समाजवादीबीच एकता भएपछि औचत्य सकिएको भन्दै आफूहरु अलग भएको घोषणा गरेका हुन् । २०८० सालमा नेपालका चार पार्टी सहभागी भएर समाजवादी मोर्चा निर्माण भएको थियो। राष्ट्रिय स्वाधीनता, राज्यको अग्रगामी रुपान्तरण र जनजीविकाको पक्षमा साथै भ्रष्टाचारका विरुद्ध संघर्षको पहल गर्ने उद्देश्यका साथ मोर्चा गठन भएको र केही महत्वपूर्ण कार्यक्रम गरेको विप्लवले बताएका छन्।