Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,१५ मंसिर। भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर–जग्गासम्बन्धी कारोबार गर्न इजाजतपत्र लिन इच्छुक फर्म, कम्पनी वा संस्थाका लागि आवेदन म्याद थप गरेको छ। अब मंसिर २७ गतेसम्म आवेदन दिन सकिने छ। यसअघि विभागले गत असोज १३ गते सूचना प्रकाशित गर्दै आवेदनका लागि सार्वजनिक आह्वान गरेको थियो । मालपोत ऐन, २०३४ अनुसार घर–जग्गाको कारोबार गर्न इजाजतपत्र लिनुपर्ने व्यवस्था भए पनि सरकारले राजपत्रमा सूचना प्रकाशित गरी कार्यक्षेत्र स्पष्ट रुपमा तोकेको थियो। पहिलो चरणमा महानगरपालिका र उपमहानगरपालिका कार्यक्षेत्रका रुपमा परिभाषित गरिएका छन्। एकपटकमा ३ करोडभन्दा बढीको कारोबार गर्ने इच्छुक फर्म, कम्पनी वा संस्थाले मात्रै इजाजतका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको विभागले जनाएको…

Read More

काठमाडौं,१५ मंसिर। प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सीईओ अशोक शेरचनसहित बैँकका तीन जना उच्च अधिकारीहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सीईओ शेरचन, नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र बैँकका कर्जा अधिकृत रिवास श्रेष्ठ रहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) का प्रवक्ता एवं एसएसपी शिवकुमार श्रेष्ठले जनाए।उनीहरुलाई ठगी, आपराधिक विश्वासघात तथा आर्थिक अपचलनको आरोपमा उनीहरुलाई पक्राउ गरिएको छ। प्रहरीका अनुसार अनुसन्धानको क्रममा संकलन भएका विवरण तथा तथ्यहरुको विज्ञ टोलीले छानबिन गरिरहेकै बेला सीईओ शेरचनले राष्ट्र बैंकका निर्देशन र प्रचलित कानुन विपरीत बैँकलाई हानी नोक्सानी पुर्‍याएका थिए। सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीको नाममा करोडौं रुपैयाँ कर्जा प्रवाह गरी कर्जा…

Read More

हृदयराम गुप्ता मर्चवार,१५ मंसिर। रुपन्देहीको कोटहीमाई गाउँपलिकाको कार्यालय राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिताको तयारीमा जुटेको छ। प्रतियोगितामा हुने विभिन्न खेलहरुको तयारीको लागि विद्यालयमा जानकारी सहित आवश्यक खेलकुद सामाग्री समेत वितरण गरिएको कोटहीमाई गाउँपालिकाको प्रमुख प्रशसाकीय अधिकृत अजय मिश्रले जानकारी दिए। प्रतियोगिता अघि नै विद्यार्थीहरुबीचबाट खेलाडीहरुको छनौट गर्न, विभिन्न खेलबारे प्रशिक्षण गर्न विषयवस्तुको जानकारी दिन समेत विद्यालयहरुको भ्रमण सुरु भएको उनले बताए। यसै क्रममा विद्यालयमा शैक्षिक स्तर उकास्न विद्यालयहरुको अवस्थाबारे समेत अध्ययन सुरु गरिएको उनको भनाई छ । ‘कोटहीमाई गाउँपालिका सभ्य, शिक्षित र सुन्दर पालिका बनाउन सबैको हाथेमालो जरुरी छ’,उनले भने, ‘शैक्षिक स्तर उठाउन म लागिपरेको छु तर अभिभावक, जनप्रतिनिधि, विद्यार्थी, शिक्षक,…

Read More

भैरहवा, १५ मंसिर। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख तथा संविधानसभा सदस्य इश्तियाक अहमद खाँले बेलहिया नाकालाई पर्यटनमैत्री र सुन्दर बनाउने उद्देश्यले सोमबार सरोकारवालाहरुसँग छलफल तथा स्थलगत अवलोकन गरेका छन् । जेनजी आन्दोलनका कारण रोकिएको बेलहिया नाका सुन्दरीकरण तथा हरियाली अभियानको कामलाई सुरु गराउन नगरप्रमुख खाँले लुम्बिनी प्रदेश सरकारबाट बजेट विनियोजन गराएका छन्। जसका लागि तत्काल काम अघि बढाउन उनले लुम्बिनी पर्यटन परिषद्का कार्यकारी निर्देशक रामु जोशी, पर्यटन डिभिजन कार्यालय रुपन्देहीका प्रमुख नेत्रप्रसाद भुसाल, इन्जिनियर रेशमराज आचार्यसहित सरोकारवालाहरुसहित स्थलगत निरीक्षण गर्दै विस्तृत छलफल गरेका छन्। ‘बेलहिया नाका नेपालको प्रमुख प्रवेशद्वारमध्ये एक हो। यसलाई सफा, सुन्दर र पर्यटनमैत्री बनाउन सकेमा लुम्बिनी भ्रमणमा आउने…

Read More

काठमाडौं,१५ मंसिर। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई पितृशोक परेको छ। उनका बुबा रामनारायण शाहको सोमबार निधन भएको छ । आइतबार बिहान स्वास्थ्य समस्याका कारण नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएका उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। अस्पतालका अनुसार उनको पिसाबमा भएको संक्रमण शरीरभरि फैलिँदै गएपछि स्वास्थ्य अवस्था जटिल बनेको थियो। शाहलाई भेट्न प्रधानमन्त्री सुशीला कार्की पनि सोमबार बिहान अस्पताल पुगेकी थिइन्।

Read More

भैरहवा,१५ मंसिर । नेकपा एमालेको ११ औं महाधिवेशन नजिकिदैं गर्दा लुम्बिनी प्रदेशका जिल्लाहरुमा प्रतिनिधि चयन गरिएको छ । प्रदेशका १२ जिल्लाका विभिन्न क्षेत्रमा कतै सर्वसम्मत रुपमा त कतै निर्वाचनको माध्यमबाट प्रतिनिधि चयन गरिएको हो । लुम्बिनीबाट खुलातर्फ ८० जना, महिलातर्फ ५३, युवातर्फ २६, दलिततर्फ १९, मजदुरतर्फ ७ र प्रदेश कमिटीतर्फ ५ जना गरी १ सय ९० जना प्रतिनिधि चयन भएका छन् । रुपन्देही रुपन्देही–१, बाट खुलातर्फ ध्रुवप्रसाद खरेल, यज्ञ गैरे र हिमाल पाण्डे, महिला तर्फ जगेश्वरी चौधरी र राधा शाही, युवातर्फ कृष्ण पौडेल प्रतिनिधि चयन भएका छन्। यस्तै रुपन्देही–२, बाट खुल्लातर्फ बासुदेव घिमिरे, गोपाल राना, राजु गुरुङ, तेजेन्द्र केसी, बाबुराम…

Read More

काठमाडौं,१४ मंसिर। गायिका ज्योति मगरले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उनका समर्थकलाई लक्षित गर्दै प्रश्नै प्रश्न तेर्स्याएकी छन्। ज्योतिले आइतबार सामाजिक सञ्जालमार्फत प्रश्न तेर्स्याएकी हुन्। उनले दश दिनको लामो तिहार बिदा सक्यो कि सकेन भन्दै प्रश्न गरेकी हुन्। यस्तै, उनले महानगरपालिकाको भवनको सुरुआत भयो कि भएन ?, काठमाडौंको फोहोरले कति बिजुली उत्पादन भयो ?, अचेल महानगरको मिटिङ पाँच मिनेटमै सकिन्छ कि सकिँदैन होला ?, मेयर बालेनले पार्टी गर्दा, डोजर चलाउँदा झ्याप भएर र्‍याप ब्याटलको शो मा अतिथि भएर जाँदादेखि महानगरको गोप्य मिटिङ गर्दासम्म अगाडि पछाडि क्यामरा तेर्स्याउने भाइहरु अचेल कता गए ?, मेयरका हनुमान नगर प्रहरी प्रमुख राजु पान्डे…

Read More

काठमाडौं,१४ मंसिर। उज्ज्वल थापाको नेतृत्वमा विवेकशील नेपाली अभियान हुँदै २०७० सालमा राजनीतिमा प्रवेश गरेका मिलन पाण्डेले रास्वपासँग भइरहेको एकीकरण प्रक्रियामा नजाने निर्णय गरेका छन्। सामाजिक सञ्जालमार्फत् पाण्डेले केही समय ‘कुलिङ पिरियड’ लिएर नयाँ ढंगबाट राजनीतिक यात्रा सुरु गर्ने घोषणा गरेका हुन्। ‘विवेकशील साझा र रास्वपाको एकीकरणमा जुट्नुभएको सबै साथीहरूलाई शुभकामना छ ।’ उनले भनेका छन् । एकीकरण प्रक्रियामा आफू सामेल नभएको स्पष्ट पार्दै पाण्डेले लेखेका छन्, “आजदेखि म पनि ‘स्वतन्त्र’ भएँ। विवेकशील पनि ‘स्वतन्त्र’ भयो।”

Read More

चितवन,१४ मंसिर। प्रहरीले जुवातास खेलिरहेको एक अवस्थामा एक जना वडाअध्यक्षसहित ८ जनालाई पक्राउ गरेको छ। पूर्वी चितवनको कालिका नगरपालिका–६ लाल चोकबाट प्रहरीले आठ जनालाई पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रहरी नायब उपरीक्षक सुवास भट्टका अनुसार पक्राउ पर्नेमा रत्ननगर नगरपालिका–१२ का अध्यक्ष सुन्दरमणि सुवेदी, कालिका नगरपालिका–६ का ६० वर्षीय ठाकुरप्रसाद भट्ट, ५६ वर्षीय झलक अमगाई, ५४ वर्षीय सन्तोष लामा, ६६ वर्षीय मोहन दङ्गाल, ५५ वर्षीय रामकुमार दङ्गाल, ४९ वर्षीय आशबहादुर गुरुङ र ४८ वर्षीय शिवबहादुर अमगाईं रहेका छन् । उनीहरुको साथबाट ७१ हजार २१० नगदसहित तास बरामद गरिएको छ । पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत अनुसन्धान सुरु गरिएको प्रहरीले…

Read More

काठमाडौं,१४ मंसिर। एमीबिएल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘माछापुच्छ्रे एसआईपी योजना’को इकाई बिक्री आजदेखि खुला गरिएको छ । कोष प्रवद्र्धक माछापुच्छ्रे बैंक तथा योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटल रहेको यस योजनाअन्तर्गत पहिलो चरणमा कुल २ करोड इकाइ निष्कासनका लागि आवेदन खुला गरिएको हो। पहिलो चरणका लागि २ करोड इकाइ निष्कासन गर्न लागिएको यस योजनामा कुल ५ करोड इकाइ आकार रहेका छन्। कुल निष्कासनमध्ये १५ प्रतिशत अर्थात् ७५ लाख इकाइ कोष प्रवद्र्धक तथा योजना व्यवस्थापकका लागि सुरक्षित राखिएको छ । जसमध्ये ७० लाख इकाइ (१४ प्रतिशत) माछापुच्छ्रे बैंकका लागि र ५ लाख इकाइ (१ प्रतिशत) माछापुच्छ्रे क्यापिटलका लागि छुट्टाइएको छ । लगानीकर्ताले…

Read More