


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं,२५ जेठ। सशस्त्र प्रहरी बल नेपालले दुई जिल्लाका कमाण्डहरु (डीएसपी) लाई हेडक्वाटरमा तानेको छ । कर्मचारीलाई अस्वाभाविक रुपमा बिदा दिएर संगठनात्मक अनुशासनमा कमजोरी देखाएको निष्कर्षसहित सल्यान र जाजरकोटका कमाण्डरहरुलाई हेडक्वाटरमा तानिएको हो। कर्मचारीलाई अस्वाभाविक रुपमा अधिक बिदा दिइएको विषयमा सशस्त्र प्रहरी महानिरीक्षकको कार्यालयमा उजुरी परेपछि एसएसपीको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो। सशस्त्र प्रहरी बलका प्रवक्ता एवं डीआईजी विष्णु प्रसाद भट्टका अनुसार, समितिको प्रतिवेदनका आधारमा दुवै जिल्लाका गुल्मपति रहेका डीएसपीहरुलाई जिम्मेवारीबाट हटाएर हेडक्वाटरको कानून निर्देशनालयमा हाजिर गराइएको छ। उनीहरुमाथि विभागीय कारबाहीसमेत गरिएको र उक्त जिल्लामा नयाँ कमाण्डर पठाउने तयारी गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
दाङ,२५ जेठ। लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरु गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमबार बसेको बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पेश भएको अध्ययन पूर्व स्वीकृति तथा अध्ययन बिदा स्वीकृतिसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। बैठकले बर्दिया अस्पताल, गुलरियामा प्रदेश स्वास्थ्य सेवा, मेडिकल जनरलिस्ट समूह, एघारौं तहका डा. सुवास पाण्डेलाई पदस्थापन गर्ने निर्णय गरेको छ। त्यस्तै सामाजिक विकास मन्त्रालयबाट पेश भएको सडक आश्रित मानव व्यवस्थापन कार्यविधि, २०८३ लाई कानुन सचिवको परामर्श लिएर स्वीकृत गर्ने निर्णय गरिएको छ। यस्तै मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी नवनियुक्त स्वास्थ्य मन्त्री रामजीप्रसाद घिमिरेलाई दिने निर्णय गरेको छ। बैठकमा मुख्यमन्त्री चेतनारायण…
काठमाडौं,२५ जेठ। प्रहरीले राष्ट्रिय स्वतन्त्र नागरिक समाजका अध्यक्ष तथा ग्रेटर नेपाल अभियानका अभियन्ता फणिन्द्र नेपाललाई पक्राउ गरेको छ। चेक अनादरसम्बन्धी मुद्दामा जाहेरीको आधारमा नेपाललाई बूढानीलकण्ठ नगरपालिका १० कटारीबस्ती क्षेत्रबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। प्रहरीका अनुसार, उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको छ ।
भैरहवा,२५ जेठ। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नगरभित्रका विद्यालयहरुमा चार दिन विदा गरेको छ। अत्यधिक गर्मीका कारण विद्यार्थीहरुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा ४ दिनका लागि बिदा दिने निर्णय भएको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले जनाएको छ। नगर शिक्षा समितिको निर्णयअनुसार ०८३ जेठ २६, २७, २८ र २९ गते विद्यालय बन्द रहनेछन्। पालिकाले सोमबार एक सूचना जारी गर्दै विद्यालयहरुलाई सोहीअनुसार बिदा कार्यान्वयन गर्न निर्देशन दिएको छ।
भैरहवा,२५ जेठ । रुपन्देही क्रिकेट संघको ३० वार्षिक साधारणसभा तथा पाचौं अधिवेशन आज भैरहवा आयोजना गरिएको छ। आगामी नेतृत्वका लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष हरिबहादुर थापा र पूर्वअन्तर्राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनबीच प्रतिस्पर्धा हुने भएको छ। मतदाताहरुले संघको नेतृत्वका लागि अध्यक्षमा थापालाई नै पुनरागमन गराउने कि परिवर्तन रोज्दै गौचनलाई अध्यक्षको जिम्मेवारी सुम्पिने भन्ने केही समयमा टुंगो लाग्ने भएको छ। दुवैजनाबीच प्रतिस्पर्धा हुन लागेको यो दोस्रो पटक हो। अघिल्लो अधिवेशनमा यी दुवै जनाबीच भएको प्रतिस्पर्धामा थापा निर्वाचित भएका थिए। थापाले रुपन्देही क्रिकेटमा विकास गरेको र थप अधुरो कार्य गर्ने प्रतिवद्धतासहित मतदाता माझ छन् भने गौचनले क्रिकेट क्षेत्रमा आफ्नो २५ वर्षको योगदानलाई…
काठमाडौं,२५ जेठ। विपक्षी दलहरुले प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर सीमा सम्बन्धी अभिव्यक्तिबारे स्पष्ट जवाफ नदिएसम्म प्रतिनिधि सभाको बैठक अवरोध जारी रहने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकपछि एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्रीले संसद्मा आएर जवाफ नदिएसम्म संसद गतिविधि अगाडि बढ्न नसक्ने बताए। उनले गम्भीर विषयमा प्रधानमन्त्री बालेन शाहले राष्ट्रघाती अभिव्यक्ति दिएकाले संसदका गतिविधि अगाडि बढ्न नसक्ने बैठकमा जानकारी गराएको बताए। यस्तै बैठकमा रास्वपा सभापति लामिछानेले आफ्नो हालैको भारत भ्रमणबारे जानकारी गराउनुका साथै समसामयिक राजनीतिक विषय र संसद्मा देखिएको गतिरोधबारे छलफल भएको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। आवश्यक परे आफूले पनि सदनमा सम्बोधन…
भैरहवा,२५ जेठ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीको प्रथम जिल्ला अधिवेशनबाट सभापतिमा महेन्द्रप्रसाद उपाध्याय निर्वाचित भएका छन्। आइतबार सम्पन्न जिल्ला अधिवेशनबाट आफ्ना प्रतिस्पर्धी आशिष न्यौपानेलाई १५३ मतान्तरले पराजित गर्दै उपाध्याय सभापतिमा निर्वाचित भएका हुन् । निर्वाचन परिणामअनुसार, उपाध्यायले २९६ मत प्राप्त गर्दा न्यौपानेले १४३ मत प्राप्त गरेका निर्वाचित समितिले जनाएको छ। त्यस्तै उपसभापति पदमा दुर्गाप्रसाद अर्याल २३८ मतका साथ निर्वाचित हुँदा प्रतिस्पर्धी रचना क्षेत्रीले १८९ मत प्राप्त गरिन् । सचिव पदमा ज्ञानेन्द्र पाण्डे २३७ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी मोहनविक्रम जिसीले २०३ मत प्राप्त गरेका थिए। यस्तै, सहसचिव पदमा बाबुराम अर्याल २७९ मतसहित विजयी हुँदा प्रेमनारायण तिवारीले १४८ मत प्राप्त…
दाङ,२५ जेठ। लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठनसँगै नवनियुक्त ५ मन्त्रीले शपथ लिएका छन्। प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले सोमबार उनीहरुलाई पद तथा गोपनीयताको शपथ गराए। मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो । एमालेका ४ र जसपाका १ जना मन्त्री नियुक्त भएका थिए। नयाँ नियुक्त मन्त्रीहरुमा तुलसी प्रसाद चौधरी, डिल्लीराज भुसाल, रामजी प्रसाद घिमिरे, रत्नबहादुर खत्री र भण्डारीलाल अहिर रहेका छन । चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, घिमिरेलाई स्वास्थ्य मन्त्रालय, खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र अहिरलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको…
काठमाडौं,२४ जेठ। थाइल्यान्डस्थित नेपाली राजदूतावासले भिसा अवधि समाप्त भइसकेपछि पनि कम्बोडियामा अवैध रुपमा बसिरहेका ६६ जना नेपाली नागरिकलाई तत्काल स्वदेश फर्किन निर्देशन दिएको छ। दूतावासले आइतबार जारी गरेको सूचनामा अवैध रुपमा बसेका नेपालीहरुको नाम सार्वजनिक गर्दै जुन १२ तारिखभित्र स्वदेश फर्कन निर्देशन दिएको हो। दूतावासका अनुसार विभिन्न उद्देश्यले कम्बोडिया पुगेका ६०२ जना नेपाली नागरिकको भिसा अवधि समाप्त भएपछि पनि नवीकरण नगरी बसिरहेको अवस्थामा कम्बोडिया सरकारसँग समन्वय गरी भिसा शुल्क तथा जरिवाना मिनाहा गराउँदै स्वदेश फिर्तीको सहजीकरण गरिएको थियो। तर इमेल, फोन तथा ह्वाट्सएपमार्फत सम्पर्क गर्दा पनि ६६ जना नेपाली नागरिकले नेपाल फर्किन तदारुकता नदेखाएको दूतावासले जनाएको छ। दूतावासले तोकिएको समयमै…
काठमाडौं,२४ जेठ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारतबीचको सीमा समस्याको समाधान कूटनीतिक माध्यम र विद्यमान द्विपक्षीय संयन्त्रमार्फत खोजिने बताएका छन्। तीनदिने भारत भ्रमणपछि स्वदेश फर्किएका मन्त्री खनालले सीमा विवाद समाधानका लागि नेपालले ऐतिहासिक तथ्य, प्रमाण र दस्तावेजका आधारमा समाधान गर्ने नेपालको स्पष्ट अडान रहेको बताए। उनले नेपाल र भारतबीच सीमा समस्यालाई वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्ने साझा धारणा रहेको उल्लेख गर्दै आवश्यक परे विद्यमान संयन्त्रसँगै अन्य उपयुक्त संयन्त्रलाई पनि परिचालन गर्ने विषयमा भारतसँग छलफल भएको बताए। मन्त्री खनालले नेपाल-भारतबीच हुने हरेक औपचारिक छलफलमा सीमा समस्याको विषयलाई निरन्तर उठाउने प्रतिबद्धता पनि व्यक्त गरे। प्रधानमन्त्रीको हालैको अभिव्यक्तिबारे उठेका टिप्पणीप्रति स्पष्ट पार्दै उनले नेपालले…