Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,२० साउन। प्रहरीले अवैध अभौतिक मुद्रा क्रिप्टोको कारोबार गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१६ चिसापानीका २१ वर्षीय सुशान्त दाहाल रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका दाहालले ७८ लाख ३० हजार ३८८ रुपैयाँ बराबरको क्रिप्टो कारोबार गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता कुलदीप चन्दले बताए । दाहाल विरुद्ध अभौतिक मुद्रा कारोबार गर्न नहुने कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं,२० साउन। सशस्त्र प्रहरी बल, नेपालका २२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरु प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा सिफारिस भएका छन्। बढुवा समितिको बैठकले साधारण समूहतर्फ २२ जना डीएसपीहरुलाई एसपीमा बढुवाका लागि सिफारिस गरेको हो। हेर्नुहोस सूचीः

Read More

काठमाडौं, २० साउन। सशस्त्र प्रहरी बल, नेपालका ४८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको बैठकले रिक्त पदमा बढुवाका लागि सिफारिस गरेको हो । बढुवा उपर चित्त नबुझे ७ दिन भित्रमा उजुरी गर्न सकिने उल्लेख छ। हेर्नुहोस् सूचीः

Read More

काठमाडौं,२० साउन। सशस्त्र प्रहरी बल, नेपालका ६ जना प्रहरी उपरीक्षक (एसपी) सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् । बढुवा समितिको बैठकले रिक्त ६ पदमा एसपी ध्रुवबहादुर कार्की, जनक पुरी, यादव विश्वकर्मा, टोपबहादुर खनाल, अशोककुमार बम र वीरेन्द्रबहादुर ऐरलाई बढुवाका लागि सिफारिस गरेको हो। बढुवा सिफारिस उपर चित्त नबुझे एक साता भित्रमा उजुरी दिन सकिने बताइएको छ। हेर्नुहोस् सूचीः

Read More

नवलपुर, २० साउन। पटक पटक म्याद थप्दै निर्माण भइरहेको बुटवल–नारायणघाट सडकखण्डको फेरी अन्तिम पटक भन्दै चौथो पटक म्याद थप गरिएको छ। उक्त सडकखण्ड समयमै निर्माण नहुँदा नागरिकहरुले वर्षौ देखि सास्ती खेप्नु परेको छ। पश्चिम नेपालको लाइफलाइनको रुपमा रहेको यो सडकखण्डको निर्माण कार्य अन्तिम पटक थपिएको म्यादमा सकिने बताइएको छ। चौथो पटक थपिएको एक वर्षको म्यादभित्र काम सम्पन्न गर्नुपर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको सडक विभाग अन्तर्गत एसियाली विकास बैंक (एडीबी) का आयोजना निर्देशक चूडाराज ढकालले बताए। उनका अनुसार पश्चिमखण्डमा २०८३ साउन ५ र पूर्वीखण्डमा साउन ७ सम्म म्याद थप भएको छ। बुटवल–नारायणघाटको दुरी १ सय १३ किलोमिटर छ । बुटवलदेखि दाउन्नेसम्मको…

Read More

विराटनगर, २०साउन। मोरङमा धानखेतमा दुई जना शव भेटिएको छ। दुवै जनाको छुट्टाछुट्टै स्थानमा शव भेटिएको हो । प्रहरीका अनुसार उर्लाबारी नगरपालिका–२ का २५ वर्षीय सुशील लिम्बू र बेलबारी नगरपालिका–७ का ४१ वर्षीय डमरु ऋषिदेव छुट्टाछुट्टै स्थानमा मृत फेला परेका हुन्। घरको आँगनसँगै जोडिएको खेतमा घोप्टो परेको अवस्थामा लिम्बुको शव फेला परेको हो भने धानखेतमा युरिया मल छर्नका लागि घरबाट हिँडेका ऋषिदेवको शव आफ्नै धानखेतमा फेला परेको प्रहरीले जनाएको छ। दुवै शवको पोस्टमार्टमका लागि अस्पताल पठाइएको र घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

Read More

भैरहवा, २० साउन । रुपन्देही प्रहरीले बुटवलबाट ठूलो परिमाणमा कपडा र जुत्ता बरामद गरेको छ। वडा प्रहरी कार्यालय बुटवलको टोलीले बुटवलको रामनगरस्थित पश्चिमबाट पूर्वतर्फ जादै गरेको ना ६ ख ४५११ नम्बरको कन्टेनर चेकजाँच गर्दा बिल बिजक नभएको ठूलो परिमाणमा कपडा र जुत्ता बरामद गरेको प्रहरीले जनाएको छ। रुपन्देहीका एसपी प्रदीप बहादुर क्षेत्रीका अनुसार नियन्त्रण्मा लिइएको कन्टेनरबाट जेन्स जुत्ता ३ सय ५८ जोर, लेडिज सुट ७ सय ५१ पिस, लेडिज टप्स २ हजार १ सय ७५ पिस बरामद भएको छ। साथै, कन्टेनरका चालक रसुवाको कालिका गाउँपालिका–२ का २६ दावा बुलुन र सोही स्थानका सहचालक १६ वर्षीय राज तामाङलाई पक्राउ गरिएको उनले…

Read More

काठमाडौं,१९साउन। उच्च अदालत पाटनले बैंकिङ कसूरसहितको मुद्दामा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश गरेपछि उनी राति रिहा भएका छन्। तीनकुनेमा भएको राजावादीको प्रदर्शनपछि फरार रहेका उनी पक्राउ परेका थिए। न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले प्रसाईँलाई २८ लाख धरौटीमा छाड्न आदेश गरेपछि उनी धरौटी बुझाएर रिहा भएका हुन्। ‘घटना विवरण कागज गर्ने व्यक्तिहरुले गरेको कागज, सह(प्रतिवादीहरुले अनुसन्धानमा गरेको बयान, छानबिन समितिको प्रतिवेदन बेहोरा समेतलाई मध्यनजर गरी मिसिल संलग्न तत्काल प्राप्त प्रमाणहरूबाट यी प्रतिवादी दुर्गा प्रसाद प्रसाई निर्दोष रहेछन् भनी अहिले नै भन्न सकिने अवस्था नदेखिँदा साथै निज क्यान्सर रोगबाट पीडित रहेको भन्ने निजले पेश गरेको प्रमाणबाट देखिन आएबाट…

Read More

काठमाडौं,१९साउन। दक्षिण कोरियाको ईपीएस भाषा परीक्षा साउन २६ गतेदेखि खुल्ने भएको छ। कोरियाली मानव संसाधन विकास सेवा (एचआरडी कोरिया)ले वेबसाइटमार्फत परिक्षाको विषयमा जनाएको हो। एचआरडीका अनुसार साउन २६ देखि साउन ३१ गतेसम्म आवेदन दिन सकिने छ। कुन–कुन क्षेत्रका लागि परीक्षा हुने र कति संख्यामा लैजाने भन्ने विषय भने खुलाइएको छैन। दक्षिण कोरियाले उत्पादनमूलक क्षेत्र, कृषि, पानीजहाज निर्माण लगायत क्षेत्रमा श्रमिक लैजाँदै आएको छ। दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कामदार लैजान कोरियाली सरकारले नेपाल सरकारसँग सन् २००७ मा एमओयू गरेको थियो। त्यसअन्तर्गत सन् २००८बाट कामदार लैजाने क्रम जारी छ।

Read More

काठमाडौं, १९साउन। सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। सोमबार कार्यालयले सूचना जारी गरी विभिन्न निकायहरुको सिफारिसमा १९ निर्माण व्यवसायी र आपूर्तिकर्ताहरुलाई कालोसूचीमा राखिएको विवरण सार्वजनिक गरेको हो । समयमै काम पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ। एकदेखि दुई वर्षको लागि कालोसूचीमा राखिएका ती निर्माण कम्पनीले यस अवधिमा अब कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाइने सूचनामा उल्लेख छ। हेर्नुहोस् सूचीः

Read More