Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

लुम्बिनी,३० कार्तिक। लुम्बिनी बौद्ध विश्वविद्यालय, बौद्ध अध्ययन संकायको आयोजनामा जिल्ला स्तरीय बौद्ध हाजिरी जवाफ प्रतियोगिता सुरु भएको छ। बौद्ध शिक्षाको प्रवर्द्धन गर्ने उद्देश्यले बौद्ध हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा रुपन्देहीका २४ वटा विद्यालयका विद्यार्थीको सहभागिता रहेको छ। प्रतियोगितामा बौद्ध शिक्षामा रहेर प्रश्नहरु सोधिने बौद्ध अध्ययन संकायका डिन डा. माणिकरत्न शाक्यले जानकारी दिए। विद्यालय तहबाटै बुद्ध शिक्षाको ज्ञान बढाउनका लागि विश्विद्यालयले पहिलोपटक प्रतियोगिता आयोजना गरेको हो। यसले विद्यालय तहबाट नैतिकवान जनशक्ति विकास हुने अपेक्षा गरिएको छ। प्रतियोगितामा प्रथम हुने टिमले २५ हजार, दोस्रोले १५ हजार, तेस्रोले १० हजार र सान्त्वना स्थानले पाँच हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नेछन्। विश्वविद्यालयले…

Read More

भैरहवा, २६ कार्तिक । रुपन्देहीको भैरहवामा सञ्चालन हुने सातौं लुम्बिनी महोत्सव–२०८२ (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन) लाई सफल बनाउन साथ र सहयोग गर्ने शैक्षिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले प्रतिवद्धता व्यक्त गरेका छन् । चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को आयोजनामा आगामी मंसिर ३ देखि २१ गतेसम्म सिद्धार्थनगर नगरपालिका–८ स्थित अञ्चलपुरमा हुने महोत्सवलाई सफल पार्न साथ र सहयोग रहने प्रतिवद्धता जनाएका हुन्। आयोजकले भैरहवामा आयोजना गरेको शैक्षिक संस्थाका प्रमुख एवं प्रतिनिधिहरुसँगको बैठक तथा छलफल कार्यक्रममा उनीहरुले महोत्सवलाई सफल बनाउन सबैको साझा जिम्मेवारी भएकोे बताएका हुन्। कार्यक्रममा बोल्दै भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक मोतीलाल सुवेदीले महोत्सव उद्घाटनअघि निकालिने ¥यालीलाई…

Read More

काठमाडौं,२६ कार्तिक। आज विश्व निमोनिया दिवस नेपाललगायत विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्यांक अनुसार निमोनियाले प्रत्येक वर्ष विश्वभर पाँच वर्षभन्दा कम उमेरका १० करोड ५५ लाख बालबालिका बिरामी बनाउँछ। त्यसमध्ये १६ लाख बालबालिकाको मृत्यु हुने गरेको छ। नेपालमा पनि बालबालिकाको मृत्युको प्रमुख कारण निमोनिया नै रहेको चिकित्सकहरु बताउँछन्। यसै सन्दर्भमा निमोनियाका कारण स्वास्थ्यमा पार्ने असर र बच्ने उपायको बारेमा चर्चा गछौँ । कुनै पनि जीवाणुले फोक्सोमा संक्रमण गर्‍यो भने निमोनिया हुन्छ । भाइरस, ब्याक्टेरिया, फंगसलगायत जीवाणुले मात्रै नभएर कहिलेकाहीँ केमिकलले पनि निमोनिया हुन्छ । त्यस्तै, कुनै कारणले फोक्सोको ग्रन्थि, कोषिकाहरु सुन्नियो भने निमोनिया हुन्छ । ब्याक्टेरियल, भाइरल,…

Read More

पोखरा, २६ कार्तिक। जेनजी आन्दोलनको क्रममा तोडफोड तथा आगजनीमा संलग्न थप ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न सरकारी कार्यालय तथा व्यक्तिगत घरमा आगजनी, तोडफोड तथा लुटपाट गर्ने थप ५ जनालाई पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ पर्नेमा पोखरा-१० बुद्धचोकका ५० वर्षीय चन्द्रबहादुर थापा, ४८ वर्षीय हरि बहादुर थापा, माछापुच्छ्रे-७ का २६ वर्षीय सन्तोष परियार, पोखरा-२६ बुढीबजारका ४० वर्षीय रमेश थापा र पोखरा-९ का ३५ वर्षीय अभिमन्यु विक्रम पाण्डे रहेका छन्। पक्राउ परेका व्यक्तिहरुलाई जिल्ला अदालत कास्कीबाट आपराधिक उपद्रव गर्न नहुने सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

Read More

कपिलवस्तु, २६ कार्तिक । गोरुसिंगे–सन्धिखर्क सडकखण्डमा दैनिक ६ घण्टा सवारी आवागमन बन्द हुने भएको छ। अर्घाखाँचीको शितगंगा नगरपालिका क्षेत्रअन्तर्गत ठाडादेखि घुम्तीसम्मको सडक भागमा मर्मत तथा स्तरोन्नतिको काम तीव्र गतिमा सञ्चालन गर्नका लागि सो व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ। सर्वपक्षीय बैठकको निर्णयअनुसार कार्तिक २६ गतेदेखि मंसिर १० गतेसम्म दैनिक बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द रहनेछ। यो अवधिमा बीचबीचमा केही समयका लागि सडक खुला गरिने पनि प्रशासनले जनाएको छ। पूर्वपश्चिम राजमार्गको गोरुसिंगेदेखि अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कसम्मको सडक ६८ किलोमिटर लामो छ । जसको चौडाइ केही स्थानमा सात मिटर र केही स्थानमा पाँच मिटर मात्र रहेको छ। शितगंगा…

Read More

काठमाडौं,२६ कार्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समाजवादी मोर्चाबाट अलग भएको छ। विप्लवले विज्ञप्ति जारी गर्दै माओवादी र एकीकृत समाजवादीबीच एकता भएपछि औचत्य सकिएको भन्दै आफूहरु अलग भएको घोषणा गरेका हुन् । २०८० सालमा नेपालका चार पार्टी सहभागी भएर समाजवादी मोर्चा निर्माण भएको थियो। राष्ट्रिय स्वाधीनता, राज्यको अग्रगामी रुपान्तरण र जनजीविकाको पक्षमा साथै भ्रष्टाचारका विरुद्ध संघर्षको पहल गर्ने उद्देश्यका साथ मोर्चा गठन भएको र केही महत्वपूर्ण कार्यक्रम गरेको विप्लवले बताएका छन्।

Read More

काठमाडौं,२६ कार्तिक। नेकपा (एमाले) का पूर्वउपाध्यक्ष डा.भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान, नेपाल’ नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएको छ। गत आइतबार पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसहितका शीर्ष नेतासँगको छलफलपछि रावल नेतृत्वको अभियान नेकपामा मिसिने निश्कर्षमा पुगेको हो। नेकपाका नेता प्रकाश ज्वालाका अनुसार बुधवार रावल र एमालेका केन्द्रीय सदस्य प्रकाश शाह लगायतलाई पार्टीमा प्रवेश गराउने कार्यक्रम छ। राष्ट्रिय सभागृहमा आयोजना गरिएको ‘बृहत् पार्टी समायोजन कार्यक्रम’मा प्रचण्ड, नेपल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ। गत वर्ष पुसमा पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै रावललाई एमालेले पार्टीबाट निस्कासन गरेको थियो। रावललाई नेकपामा छैटौं बरियता दिने सहमति भएको छ। ६ महिनाभित्र एकता महाधिवेशन…

Read More

काठमाडौं,२६ कार्तिक। जेनजी आन्दोलनमा भएको क्षतिका कारण बन्द हुन पुगेको काठमाडौंको पाँचचार होटल हयात रेजेन्सीले कर्मचारी कटौती गरेको छ । गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा तोडफोड, लुटपाट र आगलागीका कारण होटल पूर्ण रुपमा क्षतिग्रस्त भएको जनाउँदै मंसिर २२ गतेदेखि लागु हुने गरी १३३ जना कर्मचारी कटौती गर्ने निर्णय भएको जनाएको छ। होटलको मानव संसाधन विभागका महाप्रबन्धक आशिष कुमारले जारी गरेको सूचना अनुसार ‘होटलको मर्मत सम्भारको कार्य प्रारम्भ भइसकेको र सोका लागि आर्थिक स्रोत जुटाई खर्च व्यवस्थापन गर्नुपर्ने एवं यस अवधिमा सञ्चालनमा नरहेको होटलमा श्रमिकहरुलाई काममा लगाउन समेत होटल असमर्थ रहेको हुँदा होटलमा कार्यरत सम्पूर्ण श्रमिकहरुलाई कटौती गर्नपर्ने…

Read More

काठमाडौं,२६ कार्तिक। भारतको बलिउड अभिनेता धर्मेन्द्र (धरम सिंह देवल) उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् भन् अभिनेता गोविन्दा गोविन्द अरुन अहुजाको स्वास्थ्य अचानक बिग्रिएपछि मुम्बइस्थित क्रिटिकल केयर अस्पतालमा भर्ना गरिएको छ। धर्मेन्द्रलाई श्वासप्रश्वास र निमोनियाका कारण करिब तीन हप्ताअघि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उपचारपछि घर फर्किएका छन्। यसअघि मंगलबार धर्मेन्द्रकी छोरी ईशा देओल र श्रीमती हेमा मालिनीले मिडियामा उनको मृत्युुको बारेमा गलत समाचार प्रसारित भएपछि कडा असन्तुष्टि व्यक्त गरेका थिए। धर्मेन्द्रकी श्रीमती, अभिनेत्री तथा सांसद हेमा मालिनीले इन्स्टाग्राममा लेखेकी थिइन् , ‘जे भइरहेको छ त्यो अक्षम्य छ जिम्मेवार च्यानलहरुले उपचारमा प्रतिक्रिया दिइरहेको र निको भइरहेको व्यक्तिको बारेमा कसरी गलत समाचार फैलाउन…

Read More

काठमाडौंं, २५ कार्तिक। जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट फरार भएका कालीबाबा उर्फ भरत लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंले हाडनाता करणी मुद्दामा २५ वर्ष कैद र १ लाख जरिवानाको फैसला गरेपश्चात सजाए भुक्तानका लागि उनलाई कारागार चलान गरिएको थियो । उनको अझै १४ वर्ष कैद सजाय बाँकी छ । भदौ २४ गते कारागारबाट फरार भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो। पक्राउ परेका लामिछानेलाई नख्खु कारागार पठाइएको प्रहरीले जनाएको छ।

Read More