


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं,३ मंसिर। नेपालको स्थानीय बजारमा बुधबार सुनको मूल्य २ हजार ८०० रुपैयाँले वृद्धि भएको छ। नेपाल सुन(चाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज २ हजार ८०० रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य २ लाख ४२ हजार ३०० कायम भएको छ। मंगलबार एक तोला सुनको मूल्य २ लाख ३९ हजार ५०० कायम भएको थियो। सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार बुधबार प्रतितोला चाँदी ३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ।
सिमरा, ३ मंसिर। सिमरामा प्रहरी र युवाहरुबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा कर्फ्यू आदेश जारी गरेको छ। बाराको सिमरामा भएको झडपपछि स्थिति भड्किन नदिने प्रमुख जिल्ला अधिकारीले कर्फ्यू आदेश जारी गरेका हुन्। गण्डक नहरदेखि पथलैया सडकखण्डको दायाँ-बायाँ ५०० मिटर र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म बुधबार दिउँसो १२:३० बजेदेखि राति ८ बजेसम्म कुनै पनि प्रकारको भेला, जुलस, प्रदर्शन, सभा, बैठक, घेराउ लगायतका कार्यक्रम गर्न प्रतिबन्ध लगाइएको छ। मधेश प्रदेश स्तरीय युवा जागरण अभियान कार्यक्रममा सहभागी हुन नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेता महेश बस्नेतसहितको टोली आउने भएपछि बाराको सिमरामा प्रहरी र युवाबीच झडप भएको हो । सिमरा विमानस्थलमा…
भैरहवा, २ मंसिर। रुपन्देहीको भैरहवामा आयोजना गरिएको ७ औं लुम्बिनी महोत्सव (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवर्द्धन) २०८२ को तयारी लगभग सकिएको छ । उद्योग व्यापार संगठन (चेम्बर अफ कमर्स) रुपन्देहीले ‘स्थानीय बजारमा खरिद गरौँ, स्थानीय बजार प्रवर्द्धन गरी, स्वदेशी वस्तुको प्रयोग गरी स्वाभिमानी नेपालीको पहिचान बनाऔँ’ भन्ने मूल नाराका साथमंसिर ३ देखि मङ्सिर २१ गतेसम्म अंचलपुरमा आयोजना गर्न लागेको महोत्सवको तयारी लगभग सकिएको हो। महोत्सवको उद्घाटन संविधानसभा सदस्य एवं सिद्धार्थनगर नगरपालिकाका मेयर इस्तियाक अहमद खाँ र लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डेयले उद्घाटन गर्ने आयोजकले जनाएका छन् । ‘महोत्सव तयारी ९० प्रतिशत सकिएको छ । बाँकी १०…
काठमाडौं,२ मंसिर। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँ र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङबीच सिंहदरबारमा भेटवार्ता भएको छ । भेटवार्ताले भैरहवा क्षेत्रमा ओभरहेड विद्युत लाइनहरुलाई भूमिगत गर्ने महत्वपूर्ण योजनालाई मूर्तरुप दिने दिशामा अग्रसर गराएको अपेक्षा लिइएको छ। मन्त्री घिसिङले यस योजनाप्रति पूर्ण प्रतिबद्धता व्यक्त गर्दै छिटै आवश्यक प्रक्रिया अगाडि बढाउने बताए। नगरप्रमुख खाँले भैरहवाको कोर सिटी क्षेत्रका मुख्य सडकहरु बैंकरोड गल्लामण्डी रोड, मैत्रीपथ, नारायणपथ र कोटहीमाई पथमा भूमिगत विद्युत केवल बिछ्याउने योजनाका लागि ४१ करोड ३ लाख ५० हजार रुपैयाँको बहुवर्षीय बजेट माग गरेका छन्। भेटका क्रममा मन्त्री घिसिङले भैरहवाको तीव्र शहरीकरण र बढ्दो उर्जा मागलाई ध्यानमा…
भैरहवा, २ मंसिर। लामो समय रोकिएको सडक उपभोग दस्तुर फेरी संकलन थालिएको छ। सडक बोर्ड नेपालले भैरहवा–भूमही सडकखण्ड अन्तर्गत रोहिणी पुल नजिकै सोमबारदेखि दस्तुर संकलन थालेको हो । यसपटक भने बोर्डले ठेक्का प्रणाली छाडेर आफ्नै कर्मचारीमार्फत संकलन गर्ने निर्णय लिएको छ। बोर्डका कार्यकारी निर्देशक गणेशबहादुर केसीका अनुसार सडक बोर्ड ऐन, २०५८ र “सडक उपभोग दस्तुर उठाउने कार्यविधि नियमावली, २०८१” का आधारमा नयाँ मोडल अनुसार टोल संकलन पुनः सुरुवात गरिएको हो। उनका अनुसार भैरहवा भन्सार बिन्दु भएको र सडक अपेक्षाकृत छोटो भएकाले नयाँ प्रणाली परीक्षणका लागि उपयुक्त मानिएको हो। भन्सारबाट निस्कने ओभरलोड सवारीका कारण सडकमा हुने क्षति नियन्त्रण गर्न नियमित अनुगमनसमेत…
कालिकोट, २ मंसिर। कालिकोट जिल्लाको एक विद्यालयले संघीय अनुदानको शिक्षक पदका लागि १८ पटक दरखास्त आह्वान गर्दा समेत जनशक्ति पाउन नसकेको खुलेको छ । जनशक्ति नपाइएपछि नरहरिनाथ गाउँपालिका–७ उच्छव स्थित श्री रुपादेवी माध्यमिक विद्यालयले गणित विषयका शिक्षक लागि पुनः उन्नाईँसौ पटक दरखास्तका लागि आह्वान गरेको छ । विद्यालय व्यवस्थापन समितिको कात्तिक ३० को निर्णयअनुसार गणित विषयका माध्यमिक तहका एक जना शिक्षक आवश्यक भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट ७ दिनभित्र आवेदन दिन प्रकाशित विज्ञापनमा दरखास्तका लागि आह्वान गरिएको छ । विद्यालयले यसअघि १८ पटक विज्ञापन गर्दा पनि आवश्यक योग्यता पुगेको उम्मेदवार नआएको बताएको छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष मनबहादुर विक…
काठमाडौं,२ मंसिर। विप्लव नेतृत्वको पार्टीको नाम फेरिएको छ । विप्लव नेतृत्वको पार्टी निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नाममा दल दर्ता गराएको छ । यस अघि उनको नेतृत्वमा पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी थियो । पार्टीले मंगलबार आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विप्लवलाई दल दर्ताको प्रमाणपत्र दिएका छन्। पार्टी दर्ता भएसँगै पार्टीको चुनाव चिन्ह गुलाफको फुल रहेको छ । विप्लवले कात्तिक ११ गते दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए । माओवादी जनयुद्धमा सहभागी भएका विप्लव शान्ति प्रक्रियामा आएपछि पहिलो पटक निर्वाचनमा भाग लिने स्वरुप आयोगमा पार्टी दर्ता गराएका हुन्। यस…
काठमाडौं,१ मंसिर। बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धका अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय फैसला सुनाएको छ। हसिनामाथि गत वर्ष जुलाई-अगस्टमा भएको विद्रोहको क्रममा मानवता विरुद्धको अपराधको आरोप लगाइएको थियो। ४५३ पृष्ठको फैसलाको पाठ टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो। अभियोजन पक्षले गत जुनमा अदालतमा हसिनासहित तीन जनाविरुद्ध मुद्दा दायर गरेका थिए । जसमध्ये अदालतले तत्कालीन गृहमन्त्री आसदुज्जामान खान कमाल समेतलाई मृत्युदण्डको सजाय सुनाएको छ । तत्कालीन प्रहरी प्रमुख अल ममूनलाई भने सरकारी साक्षी बनेका कारण ५ वर्षको जेल सजाय सुनाइएको छ । गत वर्ष बंगलादेशमा आरक्षणको विरोधमा विद्यार्थीहरुले गरेको प्रदर्शन दबाउन तत्कालीन प्रधानमन्त्री हसिनाले राज्यका सुरक्षा…
काठमाडौं,१ मंसिर। वैदेशिक रोजगारीका लागि कतार पठाइदिने भन्दै १० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरीको सम्सी गाउँपालिका–५ का ४४ वर्षीय आनन्द कुमार साह रहेको प्रहरीले जनाएको छ । साहले रोजगारीका लागि कतार लैजाने भन्दै रकम लिएर सम्पर्कबिहिन भएपछ पीडितले उजुरी दिएका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले साहलाई पक्राउ गरी वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको बताइएको छ ।
भैरहवा, १ मंसिर। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जेन जी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरुलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । जिल्ला स्तरीय सहजीकरण समितिबाट घाइते तथा अपाङ्गताको वर्गिकरण गर्नुपर्ने भएकोले प्रशासन कार्यालयले सोमबार एक सूचना जारी गर्दै घाइतेहरु भएका व्यक्तिहरुलाई ७ दिनभित्र सम्पर्कमा आउन अनुरोध गरेको हो । रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारीद्वारा जारी गरिएको सूचनामा भनिएको छ–‘जेन जी प्रदर्शनका घाइतेहरुको वर्गिकरण सम्बन्धी कार्यविधि, २०८२ अनुसार गठित हुने जिल्ला स्तरीय सहजीकरण समितिबाट घाइते तथा अपाङ्गताको वर्गिकरण गर्नुपर्ने भएकाले उक्त आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरुले नेपाली नागरिकताको प्रमाणपत्र र अस्पतालमा उपचार गराएको सम्पुर्ण कागजातसहित यस कार्यालयमा ७ दिनभित्रमा सम्पर्क राख्नुहुन अनुरोध…