Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

सुर्खेत,८मंसिर। सुर्खेतको काँक्रेविहार जंगलमा युवायुवती मृत अवस्थामा भेटिएका छन् । जिल्लाको वीरेन्द्रनगर नगरपालिका–९ स्थित काँक्रेविहार जंगलमा घाँस काट्न गएका स्थानीयले शव देखेपछि घटना बाहिरिएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी मोहनजंग बुढाथापाका अनुसार रुखमा झुन्डिएको अवस्थामा युवायुवतीको शव फेला परेको छ। मृतकहरुको पहिचान भएको छैन । मृतक युवक अन्दाजी २१ वर्ष र युवती २० वर्षको रहेको प्रहरीको अनुमान छ। घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं,४ मंसिर ।सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई २४ घण्टाभित्र सशरीर अदालतमा उपस्थित गराउन सरकारका नाममा आदेश जारी गरेको छ। प्रसाईँका छोरा नीराजन प्रसाईँले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको हो। बिहीबार न्यायाधीश मेघराज पोखरेलको इजलासले ‘कारण देखाऊ आदेश’सहित प्रसाईँलाई २४ घण्टाभित्र सशरीर अदालतमा उपस्थित गराउन आदेश गरेको हो। नीराजनले आफ्ना बुबालाई गैर न्यायिक ढंगले सरकारले थुनामा राखेको भन्दै थुनामुक्त गर्न माग गर्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। प्रसाईँलाई प्रहरीले सार्वजनिक शान्तिविरुद्धको अभियोगमा पक्राउ गरी थुनामा राखेको छ।

Read More

काठमाडौं,४ मंसिर। जेनजीका विभिन्न २३ समूहहरुले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको विकल्प माग गरेका छन्। जेनजीको भावनाअनुसार कार्की नेतृत्वको सरकारले काम गर्न नसकेको भन्दै उनीहरुले राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापन पत्र बुझाएका छन्। प्रधानमन्त्री कार्कीसँग विभिन्न अपेक्षा राखिए पनि त्यो पूरा नभएको उनीहरुको गुनासो छ। ‘विद्रोहको जगमा बनेको सरकारले विद्रोहीको न्युनतम अपेक्षा पूरा गर्नुको सट्टा सबै अपेक्षालाई बेवास्ता गर्दै केवल एक थान चुनावमात्र गराउने गरी सरकार दिशाहीन अवस्थामा रहेको पाइयो। जेनजीका मागहरूलाई सम्बोधन नगरिए सरकारलाई फिर्ता बोलाई हाम्रो नेतृत्वमा नयाँ सरकार गठनको लागि मध्यस्थताको भूमिका निर्वाह गर्न निवेदन गर्दछौं,’ मागपत्रमा भनिएको छ। प्रधानमन्त्री कार्कीको विकल्प माग गर्नेमा जेनजी नेशनल फ्रन्ट लाइनर,…

Read More

भैरहवा, ४ मंसिर। जेनजी आन्दोलनको क्रममा विभिन्न कारागारबाट फरार भएका कैदीहरुलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । तीन जना कैदीहरुलाई जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयको टोलीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक सुरज कार्कीका अनुसार कपिलवस्तु कारागारबाट फरार बैकिङ कसुर मुद्दाका ४४ वर्षिय तुल बहादुर पुन पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको टोलीले रुपन्देहीको कञ्चन गाउँपालिका–१ का पुनलाई मंसिर १ गते पक्राउ गरेको हो । त्यस्तै इलाका प्रहरी कार्यालय मंगलापुरबाट खटिएको टोलीले नवलपरासी कारागारबाट फरार जबरजस्ती करणी मुद्दाका रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ बस्ने ५० वर्षिय रुद्र बहादुर पुनलाई मंसिर २ गते…

Read More

सिमरा,४ मंसिर। बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) धर्मेन्द्रकुमार मिश्रले सिमरामा आन्दोलनरत जेनजीहरुलाई वार्तामा आउन आग्रह गरेका छन्। जेनजीका बारा संयोजक सम्राट उपाध्यायसँग कुरा गर्दै सिडिओ मिश्रले वार्ताका लागि बोलाएका हुन्। उनले जेनजी युवाको मागका विषयमा छलफल गर्नका लागि वार्तामा आउन आग्रह गरेका थिए। जवाफमा उपाध्यायले आफूहरु वार्तामा बस्न तयार रहेको बताएका छन्। दुवै पक्षबीच कलैयामा वार्ता हुने बताइएको छ। कलैयातर्फ हिँड्नै लाग्दा जेनजी समूहबीचमै विवाद भएपछि अहिले उनीहरु सिमराको मुख्य बजारमा बैठक बसिरहेका छन् । बुधवार जेनजीको शान्तिपूर्ण प्रदर्शनमा गएर अभद्र व्यवहार प्रदर्शन गर्ने अरविन्द साहलाई पक्राउ गर्नुपर्ने उनीहरुको मुख्य माग छ। साह पक्राउ परेपछि मात्रै वार्तामा जाने अडानमा केही…

Read More

काठमाडौं, ४ मंसिर। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रसूति भवन निर्माणमा भ्रष्टाचार गरेको दावीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन कार्यालय प्रमुख अशोक कुमरा सिंहसित ६ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा बिहीवार विशेष अदालतमा आरोप पत्र दायर गरेको हो। उनीहरुविरुद्ध १५ लाख ८ हजार ५५७ बिगो माग गरिएको छ। तत्कालीन निमित्त कार्यालय प्रमुख सिंह, शिक्षा विकास तथा समन्वय इकाइका तत्कालीन इन्जिनियर सुनेश कुमार चौरसिया, तत्कालीन सब इन्जिनियर नरेश रावतविरुद्ध मुद्दा दायर भएको हो। यसैगरी प्रसूति केन्द्र भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष पारस रोकाया, सचिव मुना रोकाया र कोषाध्यक्ष खडक ऐडीलाई…

Read More

भैरहवा,४ मंसिर। रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ स्थगित भएको छ। लामिछानेका कानुन व्यवसायीको तर्फबाट स्थगितको निवेदन परेपछि उच्च अदालत तुलसीपुर बुटवल इजलास सुनुवाइ स्थगित भएको हो। सुनुवाइका लागि आज पेशी तोकिएको थियो। यसअघि उच्च अदालतका न्यायाधीशद्वय बासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासले सर्वोच्च अदालतबाट सक्कल मिसिल झिकाउने आदेश गरेको थियो। उच्च अदालत तुलसीपुर बुटवल इजलासमा रवि र छविको मुद्दाको एकैसाथ सुनुवाइ भइरहेको हो। लामिछानेसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक…

Read More

काठमाडौं,३ मंसिर। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहाइ गर्न माग गरेका छन्। रात राति पक्राउ गरेर सरकारले मानव अधिकारको उल्लंघन गरेको भन्दै अध्यक्ष ओलीले प्रसाईंलाई तुरुन्त रिहाइ गर्नुपर्ने माग गरे। ‘म सरकारलाई भन्न चाहन्छु, दुर्गा प्रसाईंलाई तुरुन्तै छाड्नुस्। बोल्नै नपाउने पनि हुन्छ ? बोलेकै भरमा कसैलाई थुन्न पाइँदैन भनेर मानव अधिकार आयोगले समेत भनिसक्यो,’उनले भने। अध्यक्ष ओलीले दुर्गा प्रसाईंको पक्राउप्रति सरकारले जवाफ दिनुपर्ने बताए। ‘यो सरकारसँग सोध्न चाहन्छु, दुर्गा प्रसाईंलाई दिने जवाफ सरकारसँग छ कि छैन ? यतिकै पुलिस पठाएर समातेर हुन्छ ? गिरफ्तार गरेर मुख बन्द गराए समस्याको समाधान हुन्छ ? विहान समाते पनि…

Read More

काठमाडौं, ३ मंसिर। अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सरकारलाई निर्वाचनको म्याण्डेड रहेकाले करका दर हेरफेरतर्फ गर्ने कुनै तयारी नभएको बताएका छन् । मुलुकको कर प्रशासनलाई व्यापक सुधार गर्ने दिशामा सरकार अघि बढेको भन्दै अगामी निर्वाचित सरकारले नै करका दर पुनरावलोकन गरोस् भन्ने अर्थ मन्त्रालयको चाहना रहेको उनको भनाइ छ । निर्वाचन आचारसंहिता जारी भएपछि कुनै पनि नीति वा प्रशासनिक निर्णय गर्न नसक्ने उनले स्पष्ट पार। नेपाल उद्योग परिसंघले बुधबार काठमाडौंमा आयोजना गरेको आर्थिक रुपान्तरणको मार्गचित्र कार्यक्रममा अर्थमन्त्री खनालले कर प्रशासन प्रविधिमैत्री बनाउँदै एउटै बिन्दुबाट सबै प्रकारको कर भुक्तानी गर्ने पद्धतिको प्रारम्भ गर्ने, चुक्ता प्रमाणपत्रका आधारमा व्यवसाय नविकरण गर्ने, राष्ट्रिय परिचय पत्रबाट प्यान…

Read More

काठमाडौं, ३ मंसिर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभा गर्न नदिने सरकारले चुनाव गर्छ भनेर पत्याउन नसकिने प्रतिक्रिया दिएका छन् । नेकपा एमाले स्थानीय विकास विभागको काठमाडौंमा आयोजित भेलालाई सम्बोधन गर्दै उनले सिमरामा भएको घटनाप्रति लक्षित गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । ‘बारामा हाम्रो युवा भेला थियो । सिमरा एयरपोर्ट बन्द भयो । हाम्रा नेताहरु जान पाउनुभएन । जानबाट रोकियो । एयरपोर्टमै तोडफोड गर्न दिइयो । ५०-६० जना मान्छे आएर ढुंगामुढा गरेर एयरपोर्ट नै बन्द गराइदिने ?’ उनले प्रश्न गर्दै भने, ‘के हो यस्तो ? अनि भन्छ चुनाव गर्ने रे ? सभा गर्न नदिनेले चुनाव कसरी गर्छ ?’…

Read More