Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

हृदयराम गुप्ता मर्चवार, २६ असोज। रुपन्देहीको मर्चवार क्षेत्रमा दुर्गा मूर्ति बिसर्जन हुने स्थललाई व्यवस्थित र सुरक्षित बनाइएको छ । कोटहीमाई गाउँपालिकाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको समन्वयमा मर्चवारको अधिकांश स्थानका मुर्ति बिसर्जन हुने कोटहीमाई-५ दुईमोहानलाई सुरक्षित तरिकाले व्यवस्थापन गरी तयारी पुरा गरेको गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले बताए । मूर्ति बिसर्जन र विभिन्न किसिमको धार्मिक कार्यको लागि जल भर्ने क्रममा यसअघि नदीमा डुबेर मृत्युसँगै हुने विभिन्न घटनाहरुलाई मध्यनजर गरी सुरक्षा व्यवस्थापन मजबुत बनाइएको गाउँपालिका विपद् ब्यवस्थापन समितिका संयोजक समेत रहेका अध्यक्ष त्रिपाठीले बताए । उनले भने ,‘मुर्ति बिसजर्नमा आएका श्रद्धालुहरु कहाँसम्म जान पाउने, कुन क्षेत्रमा प्रवेश गर्न सक्ने, कुन ठाउँमा…

Read More

दाङ,२६ असोज। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विजयादशमी पर्वले सबैमा नयाँ उत्साह, जोश तथा जाँगर थप्दै ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’को साझा सङ्कल्प पुरा गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। विजयादशमीको शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले प्रदेशको समृद्धि, विकास, सुशासनको चाहना पुरा गर्ने अभियानमा आफ्नो भूमिकाहरु अगाडि बढाइरहेको बताए। ‘नागरिकहरुमा आशा, भरोसा र भविष्य प्रतिको विश्वास जगाउन हर प्रयास गरेका छौँ’, शुभकामना सन्देशमा भनिएको छ,‘आफ्नो देशको माटोप्रति प्रेम, नेतृत्वप्रति विश्वास र भविष्यप्रति ढुक्कको वातावरण निर्माण गर्नु सरकारको प्रमुख दायित्व हो । यो दायित्व निभाउन प्रदेश सरकार प्रतिबद्ध छ ।’ यस्तै मुख्यमन्त्री आचार्यले नेपाली मौलिक सांस्कृतिक पर्वहरुले सांस्कृतिक…

Read More

काठमाडौं,२४असोज। नेकपा एमालेले कीर्तिपुरको मैत्रीनगरमा केन्द्रीय कार्यालयको भवन निर्माण गर्ने भएको छ । बल्खुको भवन भुकम्पले भत्काएपछि धुम्बाराही, थापाथली हुदैँ च्यासल ललितपुरमा स्थान्तरण हुदैँ आएको पार्टी कार्यालय अब कीर्तिपुरमा १२ रोपनी जग्गामा निर्माण हुने भएको हो । बिहिवार बसेको एमाले सचिवालय बैठकले मैत्रीनगरमा केन्द्रीय कार्यालयको भवन निर्माण गर्ने निर्णय गरेको हो । शुक्रबार पार्टी अध्यक्ष केपी ओलीले भवनको शिलान्यास गर्ने एमालेले जनाएको छ । च्यासलमा रहेको केन्द्रीय कार्यालयमा पटक पटक मनोहराको पानी पसे पछि एमालेले कीर्तिपुरमा पार्टी कार्यालय बनाउन लागेको हो ।

Read More

भैरहवा,२४ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दसैं विदाको अवधीमा सरकारी सवारीसाधन प्रयोग नगर्ने भएका छन्। गृह जिल्ला अर्घाखाँची पुगेका उनले दसैं विदाभरी सरकारी सवारीसाधन प्रयोग नगर्ने भएका हुन् । मुख्यमन्त्री आचार्यले निजी सवारीसाधन प्रयोग गरेर जिल्ला तहका भेटघाट थालेको निजी सचिवालयले जनाएको छ । सचिवालयका अनुसार प्रयोगमा रहेको बा १ झ ७८९० नम्बरको गाडी नचढेर उनले बा १६ च ३८४३ नम्बरको निजी सवारीसाधनको प्रयोग गरेका छन् । यस्तै मुख्यमन्त्री आचार्यले सुरक्षामा प्रयोग हुने सरकारी लु १ झ ४९८ नम्बरको गाडी दसैं विदाभरीका लागि फिर्ता समेत गरेका छन् । उनको सुरक्षार्थ प्रयोग हुदै आएको सरकारी गाडी दाङमा फिर्ता पठाइएको…

Read More

काठमाडौं,२४ असोज। नेकपा एमालेले सचिवालय बैठक बस्दैँछ ।ललितपुरस्थित केन्द्रिय कार्यालयमा अपरान्ह १२ बजे बैठक बस्नेछ । बैठकमा बडा दशैंको शुभकामना आदानप्रदान तथा देशभरी भएका बाढी पहिरोको घटनामा भएको क्षति संकलन र उद्धारसहितका कार्यमा सरकार र पार्टीले खेलेको भूमिकाबारेमा छलफल हुने जनाईएको छ ।

Read More

भारतका प्रसिद्ध उद्योगपति एवं टाटा समूहका पूर्वअध्यक्ष रतन टाटाको बुधबार राति करिब ११ः३० बजे निधन भएको छ । अहिलेसम्म टाटा समूहको सर्वोच्च पदमा टाटा परिवारका सदस्य रहदैँ आएका थिए तर यस्तो अवस्थामा धेरैको मनमा प्रश्न छ कि रतन टाटाको निधन पछि उनको विरासत कसले सम्हाल्छ? अहिले समूहको कमान्ड एन चन्द्रशेखरनसँग छ, उनी टाटा परिवारका होइनन्। १८६८ मा यसको स्थापना पछि १९०४ सम्म यस समूहको संस्थापक जमसेटजी एन टाटाले सुरुको नेतृत्व गरेका थिए । उनी पछि समूहको जिम्मेवारी सर दोराबजी टाटा, जेआरडी टाटा र २०१२ मा रतन टाटाले गरेका थिए । हाल, रतन टाटाका भाइ नोएल नवल टाटाका छोराछोरी लेह, माया…

Read More

भैरहवा,२४असोज। नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता बुझाउनका लागि उद्योगहरुलाई अनुरोध गरेको छ । बिहिवार प्राधिकरणले ४९ वटा उद्योगको नाममा सूचना जारी गर्दै कात्तिक ८ गतेभित्र बक्यौता बुझाउन अनुरोध गरेको हो। तोकिएको समय अवधिभित्र महसुल नबुझाएमा कानुन बमोजिम असुल उपर गर्ने विद्युत् प्राधिकरणले जनाएको छ। ‘नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०६१-०१-२७ को निर्णय तथा नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको मिति २०८१-०४-०७ को ९७९ औं बैठकको निर्णयानुसार डेडिकेटेड फिडर तथा ट्रक लाइन मार्फत विद्युत उपभोग गरे बापत तिर्नुपर्ने २०७२ माघदेखि २०७५ वैशाख सम्मको बक्यौता विद्युत महसुल बुझाउनका लागि वितरण केन्द्रहरूबाट विभिन्न मितिमा पत्राचार भएकै छ’ सूचनामा भनिएको छ, ‘सो सम्बन्धमा तपसिलका…

Read More

गोरखा,२४असोज। गोरखामा एक महिलाको हत्या गरिएको छ । पालुङ्टार नगरपालिका-७ पुर्ने पिपलस्थित घरमा अज्ञात व्यक्तिले खुकुरी प्रहार गरी २८ वर्षीया रश्मि कुमालको हत्या गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनापश्चात उपचारका लागि लक्ष्मी सामुदायिक अस्पतला हुँदै दमौली अस्पताल लैजादा चिक्तिसकले मृत घोषणा गरेको हो। घटनामा मृतककै आफन्त संग्लन रहेको प्रराम्भिक अनुसन्धानमा पाइएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

Read More

भैरहवा, २४ असोज । नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकमा सांसद जमुना ढकाल नियुक्त भएकी छन् । दलका नेता तथा पूर्वमुख्यमन्त्री डिल्ली बहादुर चौधरीले बुधबार दलको ढकाललाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन् । यसअघि प्रमुख सचेतक रहेका बर्दियाबाट निर्वाचित जन्मजय तिमिल्सिनाले साउन २१ गते राजीनामा दिएपछि रिक्त उक्त पदमा ढकाललाई नियुक्त गरिएको हो । भदौ ३१ गते दल सचेतक निमा गिरीले पनि राजीनामा दिएकी छन् । रिक्त रहेको सचेतक पदमा पनि दशैलगत्तै अर्को सांसदलाई नियुक्त गरिने दलका नेता चौधरीले बताए । समानुपातिकतर्फ निर्वाचित रुपन्देहीकी ढकाल कांग्रेस कांग्रेस संस्थापन पक्षकी हुन् । सरकारमा सहभागी कांग्रेसमा मन्त्री छान्ने विषयमा विवाद…

Read More

दाङ, २४ असोज । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्ण बहादुर घर्तीले दुईवटा विधेयक प्रमाणिकरण र दुईवटा विधेयक फिर्ता पठाएका छन् । प्रमाणीकरणका लागि प्राप्त भएका दुईवटा विधेयक सन्देशसहित प्रदेश सभामा फिर्ता पठाएका प्रदेश प्रमुखले दुई विधेयक भने प्रमाणीकरण गरेका हुन् । प्रदेश निजामती सेवा ऐन २०८१ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेक पुनर्विचारको लागि भन्दै फिर्ता पठाएको प्रदेश प्रमुख कार्यालयका सचिव वेदप्रसाद खरेलले जनाए। प्रदेश सभाबाट नेपालको संविधानको धारा १९९ बमोजिम पारित भई धारा २०१ को उपधारा (१) बमोजिम प्रमाणित भई प्रमाणीकरणका लागि पेश हुन आएका विधेयकहरु…

Read More