


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं,३१ जेठ। नेपालको स्थानीय बजारमा सुन-चाँदीको मूल्य बढेको छ। शुक्रवार सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको आइतबार १ हजार २ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला ५५ रुपैयाँ बढेको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार ४ हजार ८४० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ४ हजार ८९५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।
पर्सा,३१ जेठ। प्रहरीले पर्सामा एक सय किलोग्राम गाँजा बरामद गरेको छ। जिल्लाको जगरनाथपुर गाउँपालिका-३ मुरैया चोकबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उक्त परिमाणको गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी एवं डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । खेतमा पाँचवटा बोरामा लुकाएर राखिएको गाँजा नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कपिलवस्तु,३१ जेठ। कपिलवस्तु प्रहरीले नक्कली नोटसहित एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कपिलवस्तको शिवराज नगरपालिका-२ हल्लानगरकोे ४५ वर्षीया बबिता थापा रहेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले उनलाई नेपाली ५ सय दरको १९ थान नक्कली नोटसहित उनकै घरबाट पक्राउ गरेको हो । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं, ३० जेठ। बैंकिङ कसुर मुद्दामा प्रहरीले सेफ सन्तोष साहलाई पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्काका अनुसार, बैंकिङ कसुरको आरोपमा शुक्रबार राति जनकपुरबाट साहलाई पक्राउ गरिएको हो। जिल्ला अदालत काठमाडौंबाट बैंकिङ कसुरमा पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनलाई पक्राउ गरेर काठमाडौं लगेको छ। गैरीधारास्थित एक रेष्टुरेन्ट खरिद गर्दा पूरा रकम नदिएको दावीसहित सकुन्तला अधिकारी (थापाले) सेफ साहविरुद्ध जाहेरी दिएकी थिइन्।
भैरहवा,२९ जेठ। रुपन्देही प्रहरीले जिल्लाको तीन वटा स्थानीय तह (पालिका) को विभिन्न स्थानबाट अवैध रुपमा भन्सार छलेर भित्राइएको विभिन्न सामग्री बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले विभिन्न स्थानमा चेकजाँचको क्रममा ३ लाख ७८ हजार ७५ रुपैयाँ बराबरको किराना सामग्री, कुखुरा, फुल, कपडाहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। प्रहरीका अनुसार, बुटवल उपमहानगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका र सिद्धार्थनगर नगरपालिकाको विभिन्न स्थानबाट उक्त सामग्रीहरु बरामद गरिएको हो। नियन्त्रणमा लिइएका सामग्रीहरु आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाईन कार्यालय र भैरहवा भन्सार कार्यालय बेलहियामा पठाइएको प्रहरीले जनाएको छ।
भैरहवा,२९ जेठ। रुपन्देही प्रहरीले मर्चवार क्षेत्रमा कुटपिट घटनामा संलग्न आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दद्वारा जारी विज्ञप्तिका अनुसार, गत जेठ २३ गते मर्चवारी गाउँपालिका–१, सोनवर्षाको २८ वर्षीया लक्ष्मिना केवटलाई आफ्नै एकाघरका परिवारका सदस्यहरुले कुटपिट गरेको वारदातमा संग्लन ३ जनालाई नियन्त्रणमा लिइएको हो। जेठ २८ गते पीडित पक्षले घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय मर्चवारमा जानकारी गराएपश्चात प्रारम्भिक अनुसन्धानको क्रममा वारदातमा संग्लन ३ जनालाई नियन्त्रणमा लिइएको जारी विज्ञप्तिमा उल्लेख छ। नियन्त्रणमा लिइएका ३ जना व्यक्तिको नामसहितको विवरण प्रहरीले सार्वजनिक गरेको छैन। घटनाका सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको…
रुकुम पूर्व,२९ जेठ। प्रहरीले अवैध हातहतियार खोजतलास अभियान अन्तर्गत विभिन्न स्थानमा लुकाएर राखिएका १५ थान भरुवा बन्दुक बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी एंव प्रहरी निरीक्षक लालबहादुर बिकका अनुसार,विभिन्न प्रहरी युनिटबाट खटिएका टोलीहरूले गस्ती गर्ने क्रममा जिल्लाका विभिन्न स्थानको जंगल, ओडार क्षेत्रमा लुकाएर राखिएका अवस्थामा भरुवा बन्दुक फेला पारेका हुन्। बरामद भएका हतियारका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं,२९ जेठ। नेपालको स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, बिहीबार प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ५ हजार ३०० रुपैयाँले बढेर २ लाख ९२ हजार रुपैयाँमा किनबेच भइरहेको छ। सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। बिहीबार प्रतितोला ४ हजार ६५० रुपैयाँ रहेको चाँदी आज १ सय ९० रुपैयाँले बढेर ४ हजार ८४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
चितवन, २९ जेठ। चितवनमा ८ वर्षअघि एक महिलामाथि सामूहिक बलात्कारको आरोप लागेका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कालिका नगरपालिका–७ का सुमन दोङ भन्ने सुमन तामाङ रहेका छन्। उनलाई खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय रत्ननगर, टाँडीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार, उनले अर्का अभियुक्तसँग मिलेर २०७५ साल असार ७ गते आफूहरु ‘सीआईडी प्रहरी’ भएको भन्दै एक महिलालाई जंगलमा लगेर जबर्जस्ती करणी गरेका थिए। घटनामा संलग्न अर्का अभियुक्त कालिका नगरपालिका–३ का पुटम थिङलाई यसअघि नै अदालतले १९ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सजाय सुनाइसकेको थियो भने फरार रहेका तामाङलाई हाल प्रहरीले पक्राउ…
काठमाडौं,२९ जेठ। शुक्रवार प्रतिनिधिसभा बैठक बिहान ११ बजेदेखि बस्ने भएको छ। बैठमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको बताइएको छ। युवा, श्रम तथा रोजगार मन्त्रीको समेत कार्यभार सम्हालेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले ‘अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ नं ८१’ पेस गर्ने, ‘अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल…