Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,२० भदौ। झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि शुक्रवारदेखि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीको कुल ४ लाख ७३ हजार ३३६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन भएको ह । आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई यसअघि नै आईपीओ बाँडफाँट भइसकेको छ। कम्पनीको कुल जारी पूँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँ छ । न्यूनतम १० कित्ता तथा अधिकतम ५ हजार कित्तासम्मका लागि भदौ २४ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

Read More

काठमाडौं,२० भदौ। अब स्वास्थ्य बीमामा आबद्ध नागरिकहरूले ८ प्रकारका गम्भीर रोगहरुको उपचार तथा विपन्न नागरिकका लागि एकीकृत सुविधा आगामी कात्तिक १ गतेदेखि पाउने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सामाजिक स्वास्थ्य सुरक्षासम्बन्धी कार्यक्रमहरुलाई एकीकृत गर्ने निर्णय गरेपछि यो सुविधा लागू हुन लागेको हो। यसका लागि मन्त्रालयले हालै ‘विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन कार्यविधि, २०८२ (पहिलो संशोधन)’ स्वीकृत गरेको छ। संशोधित कार्यविधिअनुसार, विपन्न नागरिकहरुले पाउँदै आएको सम्पूर्ण उपचार खर्च अब स्वास्थ्य बीमा बोर्डमार्फत भुक्तानी गरिने व्यवस्था गरिएको छ। यो सुविधा आगामी कात्तिक १ गतेदेखि पूर्ण रुपमा स्वास्थ्य बीमा प्रणालीमार्फत मात्र उपलब्ध हुने भएकाले अहिले उपचार लिइरहेका वा नयाँ सेवा लिन…

Read More

काठमाडौं,२० भदौ। सरकारले सामाजिक संजालहरुलाई बन्द गर्ने गरेको निर्णयप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सरकारको निर्णयले सामाजिक सञ्जालका प्रयोगकर्तामा असर पार्ने मात्र नभई लोकतान्त्रिक शासन व्यवस्थाको मर्म र मानव अधिकारको मूल्यमान्यता विपरीत हुने आयोगले शुक्रवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘कुनै पनि सेवाप्रदायकलाई सेवा सञ्चालन गर्नुपूर्व नै कानुनी रूपमा दर्ता गराउने, सूचीकृत गर्ने वा नियमन गर्ने गराउने कर्तव्य, दायित्व र अधिकार सरकारको रहन्छ । तर नियमन र व्यवस्थित गर्ने नाममा लामो समयदेखि सञ्चालनमा रहेका र आमनेपालीको अभिव्यक्ति र सञ्चारको जीवनशैली बनिसकेको सामाजिक सञ्जालहरु बन्द गर्ने निर्णयबाट आमउपभोक्तामा असर पर्न गएको देखिएको छ’,विज्ञप्तिमा भनिएको छ,‘यस…

Read More

दाङ,२० भदौ। दाङमा फुटबल प्रतियोगितामा दुई समूहबीच झैझगडामा खुकुरी प्रहार गरेर घाइते बनाएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दाङको तलसीपुर उपमहानगरपालिका–५ बसपार्क का १९ वर्षीय नवीन राना, तुलसीपुर–६ गोखौराका १८ वर्षीय बसन्त परियार, सोही स्थानका १८ वर्षकै राजेश परियार, १८ वर्षीय नवीन सुनार र १८ वर्षीय जीवन विक छन्। खुकुरी प्रहार गरी रक्षाचौरस्थित जंगलमा लुकेको अवस्थामा पक्राउ परेका उनीहरुको साथबाट १ थान खुकुरी, खुकुरीको दाप र फुटेको हेल्मेट बरामद भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी अनिल ठकुरीले बताए । बिहीवार तुलसीपुरमा खसी कप फुटबल प्रतियोगिताको आयोजना गरिएको थियो। उनका अनुसार श्री सेन्टर माविका विद्यार्थीले फुटबल…

Read More

दाङ,२० भदौ। लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले नसर्ने तथा दीर्घ रोगीको संख्या थपिँदै गएको विषय चिन्ताजनक भएको बताएका छन्। लुम्बिनी प्रदेश सरकार प्रदेश निजामती सेवा दिवस मूल समारोह समिति–२०८२ ले प्रदेश निजामती सेवा दिवसको अवसरमा शुक्रबार राप्ती उपत्यका (देउखुरी) मा आयोजना गरेको रक्तदान कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले क्यान्सर, मुटु तथा मृगौला रोगको संख्या अत्यधिक बढ्दै गएको उल्लेख गरे। साथै, ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ भन्ने मूल मान्यतालाई सबैले अंगाल्नुपर्नेमा उनले जोड दिए। प्रदेश सरकारले मृगौला प्रत्यारोपण, मुटुको भल्भ फेर्न र क्यान्सर उपचारका लागि दुई लाख रुपैयाँ उपचार सहयोग गर्दै आएको जानकारी दिँदै मन्त्री सारुले हाल प्रदेशमा उपचार सहयोगका…

Read More

काठमाडौं,१९ भदौ। सरकारले नेपालमा दर्ता नभएका सामाजिक संजाल बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्नका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार उक्त निर्णय गरेको हो। सरकारले आजदेखि नै फेसबुकलगायत २६ वटा सामाजिक सञ्जाल सामाजिक सञ्जाल बन्द गर्नका लागि दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ। ती सामाजिक सञ्जालहरुले नेपालमा दर्ताका लागि प्रक्रिया अगाडि बढाएमा चल्ने बनाइनेछ । यसअघि सर्वोच्च अदाल‌तले अनुमति नलिएका सामाजिक सञ्जाल र ओभर द टप (ओटीटी) एप्सलगायत इन्टरनेट ब्राउजरबाट विज्ञापनसहित प्रसारण हुने सामग्रीमाथि बन्देज लगाउन तथा नियमनका लागि आवश्यक कानुन निर्माण गर्न सरकारलाई परमादेश जारी गरेको थियो। न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र…

Read More

काठमाडौं,१९ भदौ। नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले दज्र्यानी चिन्ह लगाएका छन्। बिहीवार गृह मन्त्रालयमा आयोजित समारोहकाबीच गृहसचिव गोकर्णमणि दुवाडीले दज्र्यानी चिन्ह लगाइदिए। गत भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई नेपाल प्रहरीको ३२औँ महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो। निवर्तमान प्रहरी महानिरीक्षक दिपक थापाले भदौ १८ गते राति १२ बजेदेखि अवकाश पाएपछि खापुङले आजबाट नेपाल प्रहरीको कमाण्ड सम्हालेका छन् । दज्र्यानी चिन्ह लिँदै उनले सरकारले दिएको जिम्मेवारी निष्ठापूर्ण, अनुशासित र प्रभावकारी रुपमा निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे। आफ्नो कार्यकालमा नागरिकमा राज्यमाथिको विश्वास र भरोसा अभिवृद्धि गर्न सधैँ प्रयत्नरत रहने समेत बताए । यद्यपि हाल प्रचलित प्रहरी ऐन…

Read More

काठमाडौं,१९ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै रकम असुली गर्न खोजेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डोटीको शिखर नगरपालिका–९ का २७ वर्षीय लक्ष्मण पनेरु र झापाको हरिनगर गाउँपालिका–७ का ५४ वर्षीय विनोद साह रहेका छन् । प्रहरीका अनुसार पक्राउ परेकाहरुले काठमाडौं टोखा नगरपालिका–८ का एक व्यक्तिलाई ‘तपाईंसहित तपाईँको परिवारको नागरिकता नक्कली हो, अख्तियारले अनुसन्धान गरिरहेको छ’ भन्दै टेलिफोनमार्फत डर देखाएर रकम माग गरेका थिए । एक करोड रुपैयाँ दिए फाइल बन्द हुने नभए पक्राउ गरेर जेल पठाइने धम्कीपछि पीडितले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएका थिए । पक्राउ परेकासँग दुई लाख रुपैयाँ,…

Read More

भैरहवा, १९ भदौ । रुपन्देहीमा लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रयण ब्यूरो शाखा कार्यालय भैरहवा र लागुऔषध बरामदगी क्षेत्रको प्रहरी युनिटको टोलीले उनीहरुलाई छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ का २६ वर्षीय इरफान अन्सारी, सिद्धार्थनगर नगरपालिका–१ का २६ वर्षीय प्रेमलाल यादव र रोहिणी गाउँपालिका– ६ का ३५ वर्षीय ईरसाद प्रवेज रहेको प्रहरीले जनाएको छ । रुपन्देहीका एसपी प्रदीप बहादुर क्षेत्रीका अनुसार पक्राउ परेका अन्सारीको साथबाट १ ग्राम ७३० मिलिग्राम ब्राउन सुगर, यादवको साथबाट १ ग्राम ०३ मिलिग्राम ब्राउनसुगर, प्रवेजको साथबाट डाइजेपाम ९८ एम्पुल, ब्रुप्रेनोरफिन ९६ एम्पुल, प्रोमोथाजिन हाइड्रोक्लोराइड ९९ एम्पुल,…

Read More

भैरहवा, १८ भदौ । सुरक्षाको दृष्टिकोणले निकै संवेदनशील मानिने रुपन्देहीको बेलहिया (भैरहवा) नाकामा थप व्यवस्थित र प्रभावकारी रुपमा एकीकृत चेकजाँच बिन्दु (आईसिपी) संचालन गरिने भएको छ । आईसिपी संचालनमा देखिएका चुनौतीहरु समाधान गर्दै थप व्यवस्थित र प्रभावकारी रुपमा संचालनका लागि सरकारी निकायको बैठकले विभिन्न निर्णयहरु गरेको छ । रुपन्देहीका तत्कालिन प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको पालामा भैरहवा नाका हुँदै नेपाल प्रवेश हुने पर्यटकहरुको सहजताका लागि नाकामा एकीकृत चेकजाँच बिन्दु स्थापना गरिएको थियो । जहाँ प्रवेश बिन्दुमै पर्यटक, गाडी, सामाग्री लगायतको आवश्यक सुरक्षा चेकजाँच गरी गाडीमा स्टिकर टाँस गरिएपछि जिल्लाको अन्यत्र स्थानमा पुनः चेकजाँच नहुने व्यवस्था मिलाइएको थियो । तर, ठाउँठाउँमा…

Read More