Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,२४ चैत। सरकारले पेट्रोलियम पदार्थ आयातमा लगाउँदै आएको भन्सार करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ। सामान्य प्रशासन मन्त्री प्रतिभा रावलका अनुसार, मंगलबार बसेको मन्त्रिपरिषद बैठकले पेट्रोल, डिजेल र मट्टीतेलको पैठारीमा लाग्दै आएको भन्सार महशुलमा ५० प्रतिशत छुट दिने निर्णय भएको हो। इन्धनको बचत गर्न सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने विषयमा पनि छलफल भएको उनले बताईन्।

Read More

काठमाडौं,२४ चैत। संघीय मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर भएको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सिफारिसमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर भएको हो। प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम संवत् २०८२ चैत १३ गते गठित मौजुदा मन्त्रिपरिषद्‌को मर्यादाक्रम राष्ट्रपति रामचन्द्र पौडेलले हेरफेर गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए। मर्यादाक्रम हेरफेर पश्चात यसअघि तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं नम्बरमा पुगेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहपछिको वरियतामा अर्थमन्त्री स्वर्णिम वाग्ले यथावत छन् । त्यस्तै तेस्रो वरियतामा परराष्ट्रमन्त्री शिशिर खनाल रहेका छन्। चौथौमा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठ रहेका छन् । यस्तो छ नयाँ कार्यविभाजन:

Read More

भैरहवा,२४ चैत। रुपन्देहीमा प्रहरीले गोली प्रहार गरेर लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको रोहिणी गाउँपालिका-२ खुरहुरियाका बिशाल यादव, भारतको महाराजगंज, पर्सामलिक ग्राम बिसुनपुरुवाका १८ वर्षीय अरुण कुमार र सोही स्थानका २० वर्षीय विनय पाण्डेय रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, रोहिणी गाउँपालिका-४ कोटहवामा लागुऔषध ओसारपसारको सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो भैरहवा र जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको संयुक्त टोली खटिएको थियो । कोटहवाबाट छिपागढतर्फ आइरहेको तीन जना सवार यूपी ५६ एफ ९९०१ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्न खोज्दा भाग्ने क्रममा उनीहरु लडेका थिए । लडेका युवकहरुलाई नियन्त्रणमा लिने क्रममा ढुंगा प्रहार गर्दा प्रहरी घाईते भएपछि…

Read More

भैरहवा,२३ चैत। रुपन्देही क्षेत्र नम्बर ४ (मर्चवारसमेत) को समग्र विकासलाई तीव्रता दिने उद्देश्यसहित प्रधानमन्त्री बालेन शाह समक्ष विभिन्न योजना र एजेन्डामा छलफल गर्दै चालु वर्षदेखि नै कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरिएको छ। यससँगै मर्चवार क्षेत्र अब विकासको हिसाबले पछि नपर्ने विश्वास व्यक्त गरिएको छ। प्रधानमन्त्री शाहले सोमबार लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुसँग छलफल गरेका थिए। छलफलमा सहभागी प्रतिनिधिसभा सदस्य कन्हैया बनियाले क्षेत्रको विकासका लागि विभिन्न योजना र एजेन्डाहरु प्रस्तुत गरेका थिए । उनका अनुसार, छलफलका क्रममा मर्चवारका लागि खरिद गरेर थन्किएको दमकल संचालनका लागि फुकुवा गर्ने, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनमा ल्याउने तथा मर्चवारी माई मन्दिरलाई राष्ट्रिय सम्पदा सूचीमा…

Read More

भैरहवा,२३ चैत। रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको सोमबारको खेलमा साई ग्लोबल क्लबले विजयी भएको छ । लुम्बिनी शाक्यन क्रिकेट क्लबलाई ५५ रनले पराजित गर्दै साई ग्लोबल विजयी भएको हो । टस जितेर ब्याटिङ रोजेको साई ग्लोबलले ४८ ओभर २ बलमा सबै विकेट गुमाउँदै २ सय १९ रन बनायो । जसका लागि अजय चाईले ६०, जितेन्द्र केवटले ४५, जावेद खानले ३७, सुभाष यादवले ३० र शैलेन्द्र यादवले १२ रन योगदान दिए। बलिङमा लुम्बिनी शाक्यनका अजमत अलीले ४, आकाश गिरी र रोहित चन्दले २–२ तथा शाह आलमले १ विकेट लिए…

Read More

काठमाडौं,२३ चैत। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तत्काल सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिएका छन्। सोमबार प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुसँग गरेको छलफलमा सहभागी पूर्वअर्थमन्त्रीसमेत रहेका उनले अन्तर्राष्ट्रिय उडान विस्तारका लागि आवश्यक हवाई मार्गबारे भारतसँग कूटनीतिक पहल गर्न ढिलाइ गर्न नहुने बताए । ‘भैरहवा विमानस्थलमा श्रम डेस्क राखेर अन्तर्राष्ट्रिय उडान नियमित गरेर पर्यटन क्षेत्रमा सम्भावनाको ढोका खोल्न अब ढिला गर्नु हुँदैन’,उनले भने, ‘अन्तर्राष्ट्रिय हवाइ मार्गका लागि भारतसँग कूटनीतिक पहल गर्न सम्माननीय प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु ।’ साथै, उनले आफू निर्वाचित रोल्पासहित लुम्बिनी प्रदेशका चालु आयोजनाहरुलाई तीव्रता दिनुका साथै केही नयाँ परियोजनालाई…

Read More

भैरहवा,२३ चैत। चालु आर्थिक वर्ष २०८२/०८३ को दोस्रो त्रैमासिक कार्यसम्पादन मूल्याङ्कनमा ७६ वटा जिल्ला प्रशासन कार्यालयलाई उछिन्दै जिल्ला प्रशासन कार्यालय मनाङ पुनः देशभरमा उत्कृष्ट भएको छ। गृह मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार २०.२५ पूर्णाङ्कमध्ये मनाङले १९.५ अङ्क प्राप्त गर्दै ७७ वटै जिल्ला प्रशासन कार्यालयमध्ये पहिलो स्थान हासिल गरेको हो। मनाङ शीर्ष स्थानमा रहँदा नुवाकोट १९.३७५ अङ्कसहित दोस्रो स्थानमा रहेको छ भने डोटी तेस्रो, पर्वत चौथो र रुपन्देही पाँचौँ स्थानमा रहेका छन।पहिलो त्रैमासिक मूल्याङ्कनमा पनि मनाङ उत्कृष्ट भएको थियो। लगातार दुई त्रैमासिक उत्कृष्ट नतिजा हासिल गर्ने मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्याल हुन्। अष्ट्रेलियन नेशनल युनिभर्सिटीका गोल्ड मेडलिस्टसमेत रहेका पौड्याल नतिजामुखी तथा…

Read More

काठमाडौं, २३ चैत। सार्वजनिक खरिद अनुगमन कार्यालयले आठ वटा निर्माण कम्पनीलाई तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। सार्वजनिक निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी कालोसूचीमा राखिएको कार्यालयद्वारा सोमबार जारी सूचनामा उल्लेख छ। सूचना अनुसार, कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउने छैनन् । हेर्नुहोस् सूचना:

Read More

काठमाडौं,२३ चैत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बित लेखा अधिकृतसहित पाँच जनाले भ्रष्टाचार गरेको दावीसहित उनीहरुविरुद्ध मुद्दा दायर गरेको छ। आयोगले गण्डकी प्रदेशअन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा (कास्की) मा कार्यरत निलम्बित लेखा अधिकृत झलक शर्मा पौडेलसहित पाँच जनाविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ।

Read More

काठमाडौं,२३ चैत। नेपालको २३ स्थानमा बर्ड फ्लू संक्रमण देखिएको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार, यस वर्ष पहिलोपटक चैत ६ गते मोरङको सुन्दरहरैचा र उर्लाबारी नगरपालिकामा एकैसाथ दुई स्थानमा बर्ड फ्लू देखिएको थियो। त्यसयता सुनसरीमा १२, मोरङमा ७, झापामा २, चितवन र काठमाडौंमा एक–एक स्थानमा संक्रमण पुष्टि भएको छ। संक्रमित क्षेत्रलाई नियन्त्रणमा लिई थप फैलावट हुन नदिइएको पनि उनले बताए। संक्रमण देखिएका स्थानमा हालसम्म एक लाख चार हजारभन्दा बढी कुखुरा तथा हाँस नष्ट गरिएको उनको भनाई छ। काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा रहेका कागमा समेत बर्ड फ्लू देखिएको थियो। संक्रमण फैलिएको सुनसरी, झापा र मोरङ जिल्लामा पशुपक्षी ओसारपसारमा…

Read More