


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
झापा,६जेठ। झापा प्रहरीले मोटरसाइकल र अटो टेम्पो चोरी घटना संग्लनको आरोपमा चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका-३ घर भई कन्काई नगरपालिका-६ बुद्धचोकका २८ वर्षीय रन्जित राजवंशी, २६ वर्षीय प्रदिप राजवंशी, २० वर्षीय कुमार राजवंशी र बिर्तमोड नगरपालिका-७ का २७ वर्षीय जागिर आलम रहेको प्रहरीले जनाएको छ। झापा जिल्लाको विभिन्न स्थानमा मोटरसाइकल चोरी भएको घटनाको अनुसन्धानको क्रममा चोरीका ४ वटा मोटरसाइकल र एउटा अटो टेम्पो सहितलाई उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठले बताए। आलम ग्यारेज संचालक हुन् अन्य तीन जना दाजुभाई हुन्। प्रहरीका अनुसार राजवंशी दाजुभाइ चोरीमा संलग्न थिए भने आलम चोरीका…
काठमाडौं,६जेठ। पूर्व गृहमन्त्री रवि लामिछानेको तर्फबाट सर्वोच्च अदालतमा दायर भएको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा राखिएको छ। अदालतका न्यायाधीशद्वय नकहुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा मंगलबार सुनुवाइ भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेको लामिछानेको रिटमा मंगलबार सुनुवाइ नसकिएपछि उक्त रिट हेर्दाहेर्दैमा राखिएको सर्वोच्च प्रशासनले जनाएको छ।
काठमाडौं,६जेठ। सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति हुने भएपछि पूँजीबजारको अवस्था सकारात्मक देखिएको छ। गभर्नर प्रा.डा. विश्वनाथ पौडेललाई नियुक्त गर्नका लागि सत्तरुढ दलमा सहमती भएको खबर बाहिरिएपछि मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उच अंकले बढेको छ। आज नेप्से परिसूचक ४९.०९ अंकले बढेर दुई हजार ६७७.४५ विन्दुमा बन्द भएको हो । मंगलबार कारोबार रकम भने घटेको छ। आज कूल १ करोड ६८ लाख कित्ता शेयर खरिद–बिक्री हुँदा ७ अर्ब ३१ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। नेप्सेका अनुसार आज २२९ वटा कम्पनीको शेयरमूल्य वृद्धि भएको छ भने १५ वटा कम्पनीको मूल्य घटेको छ। एउटा कम्पनीको शेयरमूल्य स्थिर छ…
भैरहवा,६ जेठ। कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन्। विद्युतीय अपराध सम्बन्धि कसुरको आरोपमा पालिका अध्यक्ष चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं सूचना अधिकारी सुरज कार्कीले जनाए। पालिका अध्यक्ष चौधरीले जबरजस्ती करणी मुद्दामा पीडितको गोपिनियता भंग गरेको आरोप छ । उनीविरुद्ध जिल्ला अदालत रुपन्देहीले पक्राउ पूर्जी जारी गरेपछि प्रहरीले पक्राउ गरेको हो । उनलाई इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएको प्रहरीले जनाएको छ। चौधरी लोसपाबाट पालिका अध्यक्षमा निर्वाचित भएका थिए ।
काठमाडौं,६जेठ। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतका ४२ वर्षीय रामु यादव रहेको प्रहरीले जनाएको छ। नेपाल एयरलाइन्सको विमानमार्फत थाइल्याण्डको बैंककबाट काठमाडौं आएका यादवलाई चेकजाँच गर्ने क्रममा ४ किलो ६ सय ४० ग्राम गाँजा बरामद भएको विमानस्थल सुरक्षा कार्यालयले कार्यालयले जनाएको छ। प्रहरीका अनुसार उनलाई अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेट पक्राउ गरी आवश्यक अनुसन्धान एवं कारबाहीको लागि लागुऔषध नियन्त्रण ब्यूरोमा पठाइएको छ।
काठमाडौं,५जेठ। आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को खेलमा संयुक्त अरब इमिरेट्स (युएई) हराउँदै नेपाल पहिलो पटक विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा पुगेको छ। थाइल्यान्डको टेर्डथाइ क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको छ। युएईले दिएको ११५ रनको विजय लक्ष्य पच्छाएको नेपालले १९.३ ओभरमा ५ विकेट गुमाउँदै जित निकालेको हो।
काठमाडौं,५ जेठ। स्थानीय तहमा कतिसम्म बेथिती छ भन्ने आर्थिक वर्ष २०८०/८१ को महालेखाको प्रतिवेदनले देखाएको छ । तहरुले ऐन विपरीत धमाधम आर्थिक सहायता तथा अनुदान वितरण गरेका छन्। आर्थिक वर्ष २०८०/८१ मा ५७६ स्थानीय तहले ऐनविपरीत आर्थिक सहायता तथा अनुदान वितरण गरेका महालेखाको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदन अनुसार यी स्थानीय तहले व्यक्ति तथा संस्थालाई एक अर्ब ११ करोड ९१ लाख ९७ हजार आर्थिक सहायता वितरण गरेका छन्। जसमध्ये ३१७ स्थानीय तहले त सहायता वितरणसम्बन्धी कार्यविधिसमेत तयारी नगरी ५९ करोड ९४ लाख ४५ हजार आर्थिक सहायता वितरण गरेका छन्। यस्तै नाफामूलक संस्थालाई समेत अन्य १३५ स्थानीय तहले १५ करोड बढी ऐनविपरीत…
मोरङ,५जेठ। मोरङमा सवारी दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ। आमबारीबाट उर्लाबारीतर्फ जाँदै गरेको प्रदेश १-०२-०४५ प ९०६० नम्बरको मोटरसाइकल रतुवामाई नगरपालिका–६ त्रिवेणी चोकमा दुर्घटना हुँदा रतुवामाई नगरपालिका–५ की ४५ वर्षीया भवानी मेहताको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते महिललाई उपचारका लागि रंगेली अस्पताल पुर्याएपछि उनको मृत्यु भएको हो। मोटरसाइकल उनका छोरा २३ वर्षीय रमेश मेहताले चलाएका थिए। घटनाको अनुसन्धानका लागि चालक मेहतालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
काठमाडौं,५जेठ। नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) कुन्जाङ छोपेल शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेकी छन्। उनी आज बिहान ८ बजेर ५६ मिनेटमा सगरमाथाको चुचुरोमा पुगेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ। उनी सगरमाथाको चुचुरोमा पुगेको भन्दै प्रहरी महानिरीक्षक दिपक थापाले बधाई दिएका छन्।
काठमाडौं,५जेठ। सोमबार (आज) साँझ मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । बैठकले नेपाल राष्ट्र बैंकको गभर्नरको निर्णय गर्ने सम्भावना छ । सत्तारुढ प्रमुख दुई दल कांग्रेस र एमालेबीच अर्थविद् डा.विश्व पौडेललाई गभर्नर नियुक्त गर्ने सहमति भएको बताइन्छ। यसअघि नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिका सदस्यसमेत रहेका पौडेलले गभर्नर बन्नकै लागि गएको वैशाख २८ गतै नै सिफारिस समितिबाट राजीनामा दिइसकेका छन्। उनले राजीनामा दिएपछि सरकारले सिफारिस समितिको सदस्यमा डा.पोषराज पाण्डेलाई नियुक्त गरेको छ। सरकारले गभर्नर नियुक्ति गर्न नसक्दा विगत लामो सयमदेखि नेपाल राष्ट्र बैंक गभर्नरविहीन छ ।