


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
बर्दिया, ९ भदौ। नेपालबाट अवैध रुपमा भारत लैजान थालिएको विद्युतीय (ई-सिगरेट) बरामद गरिएको छ । सशस्त्र प्रहरीले भारततर्फ लैजान थालिएको अवस्थामा बर्दिया जिल्लाको मधुवन नगरपालिका–५ फुलराम चोकबाट ४८ लाख बढी मूल्य बराबरको विद्युतीय भेप बरामद गरेको हो । सशस्त्र प्रहरी बल नेपाल बीओपी शक्तिपुरबाट सई कमल बहादुर नेपालीको कमाण्डमा खटिएको सुरक्षा टोलीले दुई वटा साईकलमा भारततर्फ लैजाँदै गरेको ८ वटा कार्टुनमा रहेको १ हजार ९ सय २० वटा विद्युतीय भेप बरामद गरेको गरेको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीका अनुसार भेप लैजान थालेका व्यक्तिहरु प्रहरीलाई देखेर फरार भएका छन्।
भैरहवा,९ भदौ। नेपाल–भारत मैत्री केन्द्र केन्द्रीय समिति, रुपन्देहीले लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट एसईई उत्तीर्ण १ सय १ छात्रालाई साइकल वितरण गरेको छ। मित्र राष्ट्र भारतको स्वतन्त्रता दिवसको अवसर पारेर लुम्बिनीमा एसईई उत्तीर्ण छात्राहरुलाई साइकल वितरण गरिएको हो । मैत्री केन्द्रका अध्यक्ष सिद्धार्थ अग्रवालले छात्रा विद्यार्थीलाई प्रोत्सहन गर्न साइकल उपलब्ध गराइएको जानकारी दिए। ‘सरकारी विद्यालयमा अध्ययनरत छात्राहरुलाई प्रोत्साहन र उच्च शिक्षा अध्ययनका लागि विद्यालयसम्म पुग्न सहज होस् भने साइकल उपहार दिएका हौं’,अग्रवालले भने । उनले आगामी दिनमा पनि मैत्री केन्द्रले यस्ता सामाजिक कामलाई निरन्तरता दिने जनाए । नगरपालिकाका अनुसार २०८१ को एसईईमा पालिकाबाट १ सय ९४ जना छात्राले एसईई उत्तीर्ण गरेका थिए…
भैरहवा, ६ भदौ। रुपन्देहीको तिलोत्तमा नगरपालिका-१५ कोटिहावामा अगामी भदौ १४ गतेदेखि नकआउट फुटबल प्रतियोगताको आयोजना गरिएको छ। आयोजक लिस्नु युवा क्लबले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी क्लबको रजत जयन्तीको अवसर विभिन्न २५ कार्यक्रमका साथै प्रत्येक वर्ष गरिदैं आएको फुटबल प्रतियोगिताको विषयमा जानकारी गराएको छ। प्रतियोगिताको २३ औं संस्करण भदौ १४ गते देखि भदौ २७ गतेसम्म पशुपति माध्यमिक विद्यालयको प्रांगणमा संचालन हुने आयोजकले जनाएको छ। प्रतियोगितामा आयोजक लिस्नु युवा क्लब, झरना स्पोर्टस् क्लब, फर्साटिकर एफ.सी., भैरहवा अञ्चलपुर युवा क्लब, समपुर्ण युवा क्लब, अभिषेक चर्च, गोर्खा बोइज, देवदह बोइज, वालिङ्ग-११, पाल्पा-११, नवलपरासी-११ र कपिलवस्तु-११ गरी कुल १२ टिमको सहभागिता रहने खेल संयोजक…
भैरहवा,६ भदौ। यसोदा फुड्स प्रालिले भैरहवास्थित नयाँ सडकमा ‘करेन्ट मार्ट’ संचालनमा ल्याएको छ । उद्योगका उत्पादित ६० बढी परिकारहरु सर्वसाधरणलाई एउटै छानामुनी उपलब्ध गराउनका लागि प्रालिले ‘करेन्ट मार्ट’ संचालनमा ल्याएको हो। यसोदा फुड्सद्धारा उत्पादित परिकारहरु एउटै छानामुनी उपलब्ध हुने भैरहवामा यो तेस्रो मार्ट हो। यस अघि कम्पनीले बुटवल र काठमाडौंमा सबै परिकार एउटै छानामुनी उपलब्ध गराउँदै आएको छ। शुक्रवारदेखि संचालनमा ल्याइएको ‘करेन्ट मार्ट’ मा सर्वसाधरणहरुले उद्योगद्धारा उत्पादित करेन्ट ब्राण्ड अन्र्तगतका विभिन्न परिकारका तयारी चाउचाउ,मसाला, चिप्स लगायत सामग्री खरिद गर्न सक्ने यसोदा फुड्स प्रालिका निर्देशक ऋषि भण्डारीले बताए। ‘हामीले ‘करेन्ट मार्ट’ मा उद्योगद्धारा उत्पादित भान्सामा लाग्ने सबै ब्राण्डका परिकार राखेका छौँ’,…
भैरहवा, ६ भदौ । रुपन्देही प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका–५ का ५० वर्षीय हरि प्रसाद कडेल रहेको प्रहरीले जनाएको छ । उनी कलेज कोच नेपाल प्रालिका संचालक र राष्ट्रिय स्वतन्त्र पार्टीका बागमती प्रदेश प्रशिक्षण विभागका संयोजक हुन्। केही दिन अघि रुपन्देही प्रहरीले नेपाल र भारतका विभिन्न विश्वविद्यालयका हजारौं नक्कली शैक्षिक प्रमाणपत्र, होलोग्राम, स्ट्याम लगायतका सामग्रीसहित भारतीय नागरिक अभिषेक यादवलाई पक्राउ गरेको थियो । लिखित सम्बन्धी कसुर मुद्दामा अनुसन्धानको क्रममा कडेलको संग्लनता देखिएपछि उनलाई चितवनबाट पक्राउ गरेर रुपन्देही ल्याइएको रुपन्देहीका एसपी प्रदीप बहादुर क्षेत्रीले बताए । ‘अनुसन्धानको क्रममा कडेलको मुख्य…
भैरहवा, ६ भदौ। रुपन्देही प्रहरीले ठूलो परिमाणमा विद्युतीय भेप (ई–सिगरेट) बरामद गरेको छ । इलाका प्रहरी कार्यालय लुम्बिनी र अस्थायी प्रहरी बिट महिलवारबाट खटिएको टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका–१० महिलवारबाट लाखौं मूल्य बराबरको विद्युतीय भेप बरामद गरेको हो । बिल बिजक विना राजस्व छलीको सामग्री ओसारपसार भइरहेको प्राप्त सूचनाका आधारमा लु २ च ६३०३ नम्बरको गाडी चेकजाँच गर्दा १ करोड ७१ लख २५ हजार मूल्य बराबरको बिल बिजक नभएको विद्युतीय भेप लगायतका सामग्री नियन्त्रणमा लिइएको रुपन्देहीका एसपी प्रदीप बहादुर क्षेत्रीले बताए। साथै, गाडीका चालक रुपन्देही, मायादेवी गाउँपालिका–४ का ३० वर्षीय नारायण अग्रहरी बनियाँलाई पनि पक्राउ गरिएको उनले बताए । उनका अनुसार…
काठमाडौ,५भदौ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १० जना उपसचिवहरु सरुवा गरेको छ। जसमध्ये चार जना प्रमुख प्रशासकीय अधिकृतहरु रहेका छन् । मन्त्रालयले मध्येनेपाल नगरपालिका, रामग्राम नगरपालिका, गौरीगङ्गा नगरपालिका र बेलका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित संघीय तथा प्रदेश मन्त्रालयका उपसचिवहरुको सरुवा गरेको हो। कसको सरुवा कहाँ ? हेर्नुहोस् सूची:
भैरहवा, ५ भदौ। लुम्बिनी प्रदेश सरकारले बड्का अत्तवारी पर्वको अवसरमा आइतबार (भदौ ८ गते) ६ जिल्लामा सार्बजनिक बिदा दिएको छ। प्रदेशको सूचना आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार थारु समुदायको बसोबास बढी रहेको दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिइएको छ। थारू समुदायमा महत्वका साथ मनाइने बड्का अत्तवारी पर्व यस वर्ष भदौ ८ गते आइतबार परेको छ। यो पर्वमा थारु समुदायका पुरुषहरु उपवास ‘ब्रत’ बस्ने प्रचलन छ। यो पर्वमा निराहार व्रत बसी सूर्यको पूजा गरी मनाइने साँस्कृतिक मान्यता छ। थारू समुदायले सूर्यलाई उज्यालोको प्रतीकको रुपमा मान्दै आएका छन्। पौराणिक कथाअनुसार भीमको पूजा गरेर पनि बड्का अत्तवारी…
भैरहवा,५ भदौ। भैरहवाका सबैभन्दा पुराना व्यवसायी मध्यका एक एवं सामाजिक व्यक्तित्व स्व.प्रल्हाद कुमार अग्रवालको प्रेरणादायी जीवनीमा आधारित स्मृति ग्रन्थको विमोचन गरिएको छ । बिहीवार भैरहवामा आयोजित एक कार्यक्रमका कार्यक्रमका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघ उद्योग समितिका सभापति राजेशकुमार अग्रवाल, प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, विशिष्ट अतिथी नेपाली कांग्रेका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणले स्व.प्रल्हादकुमार अग्रवालको जीवनयात्रा समेटिएको ‘सरलताका आदर्शः प्रल्हाद कुमार अग्रवाल’ स्मृति ग्रन्थ विमोचन गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्योगपति तथा समाजसेवी स्व.प्रल्हादकुमार अग्रवालको स्मृति ग्रन्थ व्यवसायीहरुका लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरे। उनले प्रत्येक उद्योगी व्यवसायीले उक्त…
भैरहवा, ४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आसन्न भारत भ्रमणका लागि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्न आग्रह गरिएको छ । विमानस्थल संचालनका लागि गठित संर्घष समितिको संयोजक सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले मंगलबार इमेलमार्फत प्रधानमन्त्री ओलीलाई पत्राचार गर्दै यस्तो आग्रह गरेका हुन् । जसका लागि मंगलबार बसेको संर्घष समिति बैठकले पत्राचार गर्नुसहित ६ बुँदे निर्णय गरेको छ । ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनको सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यू भारतको भ्रमण अगावै विमानस्थल संचालन संर्घष समितीले सबै सदस्यहरु ज्ञापनपत्र बुझाउनका लागि काठमाडौं जाने निर्णय गरियो’,निर्णयमा भनिएको छ–‘साथै, सम्माननीय प्रधानमन्त्री भारत भ्रमण जाँदा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै प्रस्थान गर्न र सो आग्रहसहितको…