


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं,२१ असार। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्व. गिरिजाप्रसाद कोइरालाको महत्त्वपूर्ण भूमिका नभएको भए नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र नआउने बताएका छन्। काठमाडौंमा आयोजित स्व. गिरिजाप्रसाद कोइरालाको जन्मजयन्ती समारोहलाई सम्बोधन उनले यस्तो बताएका हुन्। उनले कोइरालासँग आफ्नो राजनीतिक सम्बन्ध उतारचढावपूर्ण रहेको स्मरण गर्दै पार्टीभित्रको मतभेदका कारण आफूलाई निष्कासन गरेपछि नयाँ पार्टी खोल्नुपरेको प्रसंग पनि उल्लेख गरे। देउवाले आफूलाई पार्टीबाट निकालिएपछि र प्रधानमन्त्री पदबाट हटाइएका बेला गिरिजाप्रसाद कोइराला र तत्कालीन राजा ज्ञानेन्द्र शाहलाई गिरिजा र ज्ञानेन्द्र एउटै हुन् भन्ने गरेको तीतो अनुभव पनि बाँडे। स्व. कोइरालालाई एक लडाकु र दृढ व्यक्तित्वका रुपमा स्मरण गर्दै देउवाले उनी नभएको भए गणतन्त्र ल्याउनेबारे कसैले सोच्न…
भैरहवा,२१ असार। भैरहवामा क्रियाशील सामाजिक संस्था जगर्स ग्रुपले लुम्बिनीस्थित ओशो जेतवनमा वृक्षारोपण गरेको छ। संस्थाका सदस्य स्व. प्रदीप अग्रवालको सम्झनामा शनिबार ओशो ध्यान केन्द्रको क्षेत्रभित्र वृक्षारोपण गरिएको जगर्स ग्रुपका सचिव अनिल केसीले बताए। अग्रवालको चार वर्षअघि निधन भएको थियो। जगर्शका अध्यक्ष प्रियबन्धु न्यौपानेका अनुसार १३ प्रजातीका विरुवा वृक्षारोपण गरिएको हो । ‘हामीले हाम्रा सदस्य प्रदीपजीको सम्झना र सामाजिक कार्य अन्तर्गत वृक्षारोपण गरेका हौं’,उनले भने, ‘ओशोको आश्रम क्षेत्र भएकाले उत्पादनमूलक र फलफूलका विरुवा रोपिएको छ।’ उनले जगर्श सधैं सामाजिक कार्यमा क्रियाशील रहँदै आएको बताए । संस्थाले गरिब तथा विपन्नलाई आर्थिक सहयोग, स्वास्थ्य शिविर, रक्तदान, दैविप्रकोपबाट क्षति व्यहोरेका परिवारलाई आर्थिक तथा खाद्यान्न…
भैरहवा, २१ असार । रुपन्देहीको रोहिणी गाउँपालिकाको कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सामूदायिक र धार्मिक विद्यालयबाट उत्तीर्ण विद्यार्थीहरुलाई साईकल उपलब्ध गराएको छ। गाउँपालिकाले शनिबार एक कार्यक्रमकाबीच विद्यार्थीहरुलाई साईकल उपलब्ध गराएको हो । गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवका अनुसार २०८१ सालको एसईई परीक्षामा पालिकाका सामूदायिकबाट १२६ तथा धार्मिक विद्यालयबाट ३ गरी १२९ जना विद्यार्थीहरु उत्तीर्ण भएका छन्। उनले आगामी दिनमा पनि साईकल उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिने बताए। ‘विद्यार्थीहरुलाई हौसला प्रदान गर्न र अध्ययनतर्फ थप प्रेरित गर्ने उद्देश्यले साईकल उपलब्ध गराइएको हो’, उनले भने । अघिल्लो वर्षहरु भन्दा यस वर्ष सामूदायिक विद्यालयको नतिजामा सुधार आएको उनले बताए । शैक्षिक गुणस्तर…
काठमाडौं,१८असार। नेप्से परिसूचक आज पनि दोहोरो अंकले बढेर बन्द भएको छ। कारोबार साताको तेस्रो दिन मंगलबार २८.९१ अंकले बढेको नेप्से यसदिन ३४.४२ अंकले बढेर २६९४.८२ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स १.२० प्रतिशतले बढेर ४६२.२७ विन्दुमा पुगेको छ। नेप्से बढेसँगै मंगलबारको तुलनामा कारोबार रकम पनि ९ अर्ब माथी पुगेको छ।मंगलबार ७ अर्ब ३ करोडको कारोबार भएको थियो। आज ३१६ स्क्रिप्सको २ करोड ९७ लाख ७६ हजार ६०४ कित्ता सेयर ९ अर्ब ७४ करोड ४८ लाख ४३ हजार ३७५ रुपैयाँमा खरिदबिक्री भए। ग्रीन डेभलपमेन्ट बैंक,नेपाल इन्स्योरेन्स र खानीखोला हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।सिन्धु विकास बैंकको ९.२७ प्रतिशतले बढ्दा कर्पोरेट डेभलपमेन्ट…
काठमाडौं,१८असार। नेपालमा एमसीसी परियोजनाले निरन्तरता पाउने भएको छ। एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनका लागि अमेरिकी सरकारले अनुमति दिने निर्णय गरेसँगै एमसीसी परियोजनाले निरन्तरता पाउने भएको हो। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ खाएकै दिन एमसीसीका सहयोग कार्यक्रम ९० दिनका लागि रोक्ने निर्णय गरेका थिए। मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले बुधबार एक विज्ञप्ति जारी गर्दै एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतका कार्य अगाडि बढाउन अनुमति दिएको जनाएको छ। एमसीसी नेपालको कम्प्याक्टलाई निरन्तरता दिनका लागि अमेरिकी सरकारबाट भएको निर्णयको एमसीए नेपालले स्वागत गरेको छ। एमसिए–नेपालले अमेरिकी वैदेशिक सहयोगमा लगाइएको स्थगनका सन्दर्भमा विशेष छुट अन्तर्गत एमसीसी नेपाल कम्प्याक्टको कार्यान्वयनलाई निरन्तरता दिनका लागि अनुमति…
भैरहवा, १८ असार । रुपन्देही–३ मा उपनिर्वाचनको मिति घोषणाभएसँगै क्षेत्रमा चुनावी सरगर्मी बढेको छ। ०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेको बैशाखी टेकेर राप्रपाबाट निर्वाचित दीपक बोहराको निधनपछि संसदीय सिट रिक्त छ । निर्वाचन आयोगको उपनिर्वाचन गराउने निर्णयसँगै क्षेत्रमा उम्मेदवारहरुको चर्चा सुरु भएको छ । नेकपा एमालेबाट खिमलाल भट्टराई उम्मेदवार हुने चर्चा छ । यद्यपी पार्टीले आधिकारिक रुपमा कुनै निर्णय सार्वजनिक गरेको छैन । त्यस्तै ०७९ सालमा डडेलधुरा–१ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएर पराजित भएका सागर ढकालले मंगलबार फेसबुकमा रुपन्देही–३ लाई लक्षित गरी स्ट्याटस लेखेपछि उनले पनि उम्मेदवारी दिन सक्ने यहाँ चर्चा सुरु गरिएको छ । यद्यपी उनले आफुले उम्मेदवारी…
काठमाडौं,१८असार। नेकपा एकीकृत समाजवादीले नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ। पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेका पार्टी अध्यक्ष माधव कुमार नेपालविरुद्ध सार्वजनिक रुपमा अभिव्यक्ति दिएकी थिइन्। उनले अध्यक्ष नेपाललाई लक्षित गर्दै ‘सिनो काँधमा बोकेर हिँड्न सकिँदैन’ भन्दै अर्ली महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने अभिव्यक्ति दिएका थिइन् । अभिव्यक्तिपछि पार्टी सचिव सोमप्रसाद पाण्डेका अनुसार तीन दिनभित्र जवाफ पठाउने गरी स्पष्टीकरण सोधिएको हो। उनको जवाफ आएपछि पार्टीले आवश्यक निर्णय लिने बताइएको छ ।
धनुषा,१८ असार। धनुषाको जनकपुरधामस्थित हनुमाननगरमा एक वृद्धको हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी नरहरि रेग्मीका अनुसार जग्गासम्बन्धी घरायसी विवादको कारण जनकपुरधाम-२१ कुर्थाका ४८ वर्षीय बेचन महासेठले ७० वर्षीय बासुदेवप्रसाद विमललाई घरमै चक्कु प्रहार गरेका हुन्। नातामा दुवैजना ज्वाइँ-ससुरा पर्छन। हत्याको आरोप विमलका ज्वाइँ बेचन महासेठमाथि लागेको छ। घटनापश्चात ज्वाइँ महासेठ फरार भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार चक्कु प्रहार भएपछि विमलका नातिले जनकपुरस्थित प्रादेशिक अस्पतालमा पुर्याए लग्त्तै चिकित्सकले मृत घोषणा गरेका थिए। घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
काठमाडौं,१८असार। संघीय निजामती सेवा विधेयकमा रहेको ‘कुलिङ अफ पिरियड’ प्रावधानमा हेरफेर भएको आरोपपछि प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बसेको छ। बैठकमा सांसदहरुले विधेयकको अन्तिम प्रतिवेदन समितिको सहमति विपरीत आएको भन्दै चर्को विरोध जनाएका छन्। नेकपा एमालेका नेता तथा पूर्व कानूनमन्त्री पदम गिरीले समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुराको राजीनामा माग गरेका छन्। नेपाली कांग्रेस सांसद हृदयराम थानीले उच्चस्तरीय संसदीय छानबिन समिति गठनको माग गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले चलखेलमा संलग्न सबैलाई कारबाही गर्नुपर्ने बताएका छन्। नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र पाण्डेले हेरफेरमा मुख्यसचिव लगायतको संलग्नता भएरनभएकोबारे…
काठमाडौं, १८ असार। नेपाल राष्ट्र बैंकले आज (बुधबार) ६० अर्ब रुपैयाँ निक्षेप बैंकिङ प्रणालीबाट खिच्ने भएको छ। बजारमा तरलता (लगानी योग्य रकम) अधिक भएपछि राष्ट्र बैंकले यो कदम चालेको हो। राष्ट्र बैंकले निक्षेप संकलन उपकरण बोलकबोलमार्फत यो निक्षेप खिच्न लागेको हो। चालु आर्थिक वर्ष २०८१/८२ को सुरुवातदेखि नै बैंकिङ प्रणालीमा अधिक तरलता देखिएकोले राष्ट्र बैंकले लगातार बजारबाट पैसा खिच्दै आएको छ। हाल बैंकिङ प्रणालीमा कुल निक्षेप ७० खर्ब ५८ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ। निक्षेपको यो निरन्तर वृद्धिलाई व्यवस्थापन गर्न अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिएको हो। यस उपकरणको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ। राष्ट्र बैंकले जानकारी गराएअनुसार, आज बोलकबोल…