


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा, ६ असार। रुपन्देहीको भैरहवामा शनिबार (भोली) देखि टी–१० क्रिकेट प्रतियोगिता हुने भएको छ। प्रोफेसनल मास्टर्स–११ क्रिकेट क्लबको आयोजनामा प्रतियोगिता हुने भएको हो। आयोजकले शुक्रबार भैरहवामा पत्रकार सम्मेलन गरी तीन दिनसम्म संचालन हुने प्रतियोगिताबारे जानकारी गराएका छन्। क्लबका अध्यक्ष हरि बहादुर थापाले सिद्धार्थ क्रिकेट रंगशालामा हुने प्रतियोगितामा रुपन्देहीका क्लब र एकेडेमीहरु गरी १४ वटा टीम सहभागी हुने बताए। उनका अनुसार प्रतियोगितामा प्रथम हुनेलाई नगद ८० हजार र उपविजेतालाई ४० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। त्यस्तै सेमीफाइनल खेल खेल्ने दुईवटा टीमलाई नगद दश-दश हजार रुपैयाँ, प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय र प्रमाणपत्र तथा म्यान…
काठमाडौं, ६ असार। गृह मन्त्रालयले भक्तपुर र अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहित तीन सहसचिवको सरुवा गरेको छ। भक्तपुरका सीडिओ गोपालप्रसाद अर्याललाई अर्घाखाँची पठाइएको छ भने अर्घाखाँचीका सीडिओ वेदप्रसाद खरेललाई मन्त्रालय तानिएको छ। मन्त्रालयमा रहेका सहसचिव भरतमणि पाण्डेलाई भक्तपुरको सीडिओ बनाइएको छ। पाण्डे केही दिनअघि मात्र कास्कीबाट गृह मन्त्रालय सरुवा भएका थिए। सेवाग्राही र कर्मचारीसँग असहयोगी व्यवहार गरेको गुनासोपछि अर्घाखाँचीका सीडिओ खरेललाई मन्त्रालय तानिएको बताइएको छ।
काठमाडौं,६असार। नेपालमा चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिना देशमा ३२ अर्ब बढीको स्मार्टफोन आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको विवरण अनुसार साउनदेखि जेठसम्मको समयमा ३२ अर्ब ८ करोड ७८ लाख १ हजार रुपैयाँको १९ लाख ७५ हजार ५ सय १३ थान स्मार्टफोन आयात भएको हो । उक्त परिमाणमा स्मार्टफोन आयात हुँदा सरकारले ५ अर्ब ९८ करोड २१ लाख २ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
काठमाडौं,६असार। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको पोखरिया नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित चार जनालाई नियन्त्रणमा लिएको छ। पालिकामा विभिन्न योजना स्वीकृति, कर्मचारी नियुक्ति लगायतका काममा भ्रष्टाचार भएको उजुरीका आधारमा अनुसन्धानका लागि तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव, नायव सुब्बा संदीप साहलाई नियन्त्रणमा लिइएको आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिए। श्रीवास्तव र साह हाल पर्साकै बहदुरमाई नगरपालिकामा कार्यरत थिए। आयोगको टोलीले श्रीवास्तवलाई वीरगञ्ज महानगरपालिका–१२ स्थित प्रतिमा चोकबाट तथा साहलाई वीरगञ्ज महानगरपालिका–३ स्थित प्रगतिनगरबाट नियन्त्रणमा लिएको हो। उनीहरुको साथबाट चार थान मोबाइल फोन पनि बरामद गरिएको छ। यस्तै पोखरिया नगरपालिकाका हालका प्रमुख प्रशासकीय अधिकृत राम विनय कुमार सिंह र…
भैरहवा, ५असार। सुन्न र बोल्न नसक्ने आफ्ना सन्तानको उपचारमा आर्थिक सहयोग गर्न यहाँको एक परिवारले आह्वान गरेका छन् । कपिलबस्तुको वाणगंगा नगरपालिका वडा नं ३ मा स्थायी घर भई हाल सिद्धार्थनगर–९ मा बस्दै आएका सन्तराम थारु तथा सुनिता कार्कीका ४ वर्षका जुम्ल्याहा छोराहरू एरिक थारु र इभान थारु दुबै भाइले कानले सुन्न र बोल्न सक्दैनन् । एरिक र इभानका वुवाआमा सन्तराम र सुनिताले भैरहवामा पत्रकार सम्मेलन गरी आफ्ना छोराहरुको उपचारमा आर्थिक सहयोग गर्न सबैमा आग्रह गरेका छन् । जन्मजातै सुन्न नसक्ने एरिक र इभान अहिले पाँच वर्ष पुग्दै छन् । काठमाडौंस्थित टिचिङ अस्पतालमा चेकजाँच गराउँदा शल्यक्रियामार्फत् ‘कक्लियर इम्प्लान्ट’ राखे उनीहरुले…
काठमाडौं,५असार। नेपालको स्थानीय बजारमा सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको प्रतितोला १ लाख ९५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि केही गिरावट आएको छ। अघिल्लो दिन चाँदी प्रतितोला २ हजार २२५ रुपैयाँमा कारोबार भएकोमा आज भाउ घटेर २ हजार २०० रुपैयाँमा किनबेच भइरहेको छ।
काठमाडौं,५असार। काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे नियमित काममा फर्किएका छन् । बुधबार उच्च अदालत पाटनले पाण्डेको निलम्बन कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो। उक्त आदेशसँगै उनी आज कार्यालय पुगेका हुन्। काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गत जेठ २० गते पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका थिए ।
काठमाडौं,५असार। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो बढी सुनसहित एक महिलालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा भारतको मिना सुर्जित सिंह रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुबईबाट एयर अरेबियाको विमानमा आएकी सिंहले मलद्धारमा प्लास्टिकले बेरेको तीन वटा डल्लामा एक किलो १५९ ग्राम सुन लुकाएर ल्याएको अवस्थामा बरामद भएको हो। घटनाको थप अनुसन्धान तथा कारबाहीका लागि सिंह र सुन विमानस्थल भन्सार कार्यालयलाई बुझाइएको प्रहरीले जनाएको छ।
परासी,५असार। लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको नारायणघाट–बुटवल सडकखण्ड अवरुद्ध भएको छ। विनयी खोलामा आएको बाढीले अस्थायी डाइभर्सन बगाएपछि उक्त सडक दुईतर्फी रुपमा बन्द भएको हो। प्रहरीका अनुसार खोलामा पानीको बहाव उच्च भएकाले सानो बाढी आउँदा पनि डाइभर्सन पटक–पटक बगाउने गरेको छ। हालसम्म सो डाइभर्सन ६ पटक बगिसकेको जनाइएको छ। त्यस्तै, बाटो चिप्लो र हिलो भएका कारण सवारी साधन फस्ने समस्या समेत देखिएको छ। यस अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) ले बिहीबार सूचना जारी गर्दै यात्रुहरुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको हो। दुम्कीबास–दाउन्ने सडकखण्ड अन्तर्गत पर्ने विश्वकर्मा मन्दिर र झ्युखोला क्षेत्रहरुमा…
परासी,५असार। पश्चिम नवलपरासी जिल्लाका सात स्थानीय तहहरुमध्ये सुनवल नगरपालिकाले सबैभन्दा बढी बेरुजु रकम फछ्र्यौट गरेको छ। स्थानीय तहमा जनप्रतिनिधिहरु आएसँगै चुलिँदै गएको बेरुजु रकममध्ये आर्थिक वर्ष २०८०/०८१ सम्म सुनवल नगरपालिकाले सबैभन्दा बढी रकम फछ्र्यौट गरेको हो। पाल्हीनन्दन गाउँपालिकाको रकम फछ्र्यौटको अवस्था शून्य छ । जनप्रतिनिधिहरु चुनिएर आएपछिको आर्थिक वर्ष २०७४/०७५ देखि २०८०/०८१ सम्म जिल्लाका स्थानीय तहको कुल बेरुजु रकम २ अर्ब १९ करोड ३१ लाख ५ हजार पुगेको छ। जसमध्ये ४३ करोड ४ लाख ९१ हजार मात्र फछ्र्यौट भएको महालेखापरीक्षकको कार्यालयले हरेक वर्ष प्रकाशन गर्ने वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ। जिल्लाका सात स्थानीय तहले अझै १ अर्ब ७६ करोड २६ लाख…