


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा, २६ साउन । एलपी ग्यास उद्योगहरुबाट बजारमा प्रयाप्त मात्रामा ग्यास आपूर्ति हुँदा समेत अभाव देखिएपछि नेपाल आयल निगमको समन्वयमा रुपन्देहीमा ग्यासको खुद्रा विक्री वितरण थालिएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा बसेको सरोकारवालाहरुको बैठकले आयल निगमको समन्वयमा भैरहवा र बुटवलमा वितरण गर्ने निर्णय गरेको थियो । जसअनुसार, मंगलबारदेखि भैरहवामा राष्ट्रिय खाद्य तथा व्यापार कम्पनी लिमिटेड (लुम्बिनी गेट नजिक) र बुटवलमा हाटबजार लाइन बाल मन्दिरको परिसरमा ग्यासको वितरण थालिएको नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालय भलवारीका प्रमुख ई.शैलेन्द्र भुसालले जानकारी दिए। दुवै स्थानमा ९ वटा ग्यास कम्पनीको ३ हजार सिलिन्डर वितरण गर्ने योजना रहेको उनले बताए। ‘ग्यास आयात निरन्तर भइरहेको…
काठमाडौं, २५ साउन । नेपाल प्रहरीका देशभरमा ३६३ प्रहरी युनिटहरु अझै पनि भाडाका घरबाट सञ्चालन भइरहेका छन्। आफ्नै भवन नहुँदा ती प्रहरी युनिटहरु भाडाका घरबाट सञ्चालन गर्नुपरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार, थप ४१८ प्रहरी युनिटहरु विभिन्न निकायका भवनमा आश्रित भएर सञ्चालन भइरहेका छन्। देशभर नेपाल प्रहरीका कुल २ हजार ६६९ युनिटहरु रहेका छन्। तीमध्ये १ हजार ८८४ युनिटका आफ्नै भवन छन्। बाँकी युनिट भने भाडाका घर तथा अन्य निकायका भवनमा आश्रित भएर सञ्चालन भइरहेका छन्। त्यस्तै, ६७४ प्रहरी युनिटको आफ्नै जग्गासमेत छैन। देशभरका ८५३ प्रहरी इकाईमा भने ब्यारेकको व्यवस्था समेत नरहेको प्रहरीले जनाएको छ।
भैरहवा, २५ साउन। लुम्बिनी प्रदेशका प्रहरी प्रमुख एवंडीआईजी भूपेन्द्रबहादुर खत्रीले जिल्ला प्रहरी कार्यालय रुपन्देहीको अनुगमन गर्दै अपराध नियन्त्रण तथा शान्ति–सुरक्षा कायम गर्न निर्देशन दिएका छन्। अनुगमनका क्रममा उनले ट्राफिक व्यवस्थापन, लागूऔषध नियन्त्रण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको संरक्षण, विपद् व्यवस्थापनलगायत समसामयिक विषयमा आवश्यक निर्देशन तथा सम्बोधन गरेका हुन्। प्रहरी सेवा प्रवाहलाई थप प्रभावकारी, नागरिकमैत्री तथा परिणाममुखी बनाउन कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिन उनले निर्देशन दिए। साथै, नागरिकसँगको समन्वयलाई थप मजबुत बनाउँदै प्रहरी कर्मचारीको व्यावसायिक अनुशासनमा विशेष ध्यान दिनसमेत उनले निर्देशन दिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
भैरहवा, २५ साउन । रुपन्देही जिल्लामा एलपी ग्यासको सहजताका लागि सरोकारवालाहरुको बैठकले कृत्रिम अभाव सिर्जना गर्नेलाई कारवाही गर्ने देखि लिएर ग्यास नपाएका उपभोक्तलाई उपलब्ध गराउनेसम्मको निर्णय गरेको छ । आइतबार ग्यासको सहज प्राप्तिका लागि उद्योगी, आयल निगम, वितरक लगायत सरोकारवाला सम्वद्ध पक्षको बैठक बसेको थियो। नेपाल आयल निगमको समन्वयमा ग्यास नपाएका उपभोक्ताका लागि बुटवलको बाल मन्दिर हाटबजार लाइनमा र भैरहवाको खाद्य संस्थानको प्राङ्गणमा ग्यास वितरण गर्ने र सबै उद्योगले दुवै स्थान एक/एक सय वटा सिलिन्डर उपलब्ध गराउने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको बैठकको निर्णय पत्रमा उल्लेख छ। साथै, ग्यास प्रयाप्त मात्रामा आयात भैरहेको अवस्थामा समेत वितरण प्रणाली सहज हुन…
भैरहवा,२५ साउन । रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (युसीएमएस) सिद्धार्थनगर नगरपालिका (भैरहवा) मा निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ। रेडियोलोजी विभागको ‘रजत जयन्ती’ का अवसरमा आयोजित कार्यक्रममा अस्पतालका प्रबन्ध निर्देशक खुमाप्रसाद अर्यालले भैरहवा क्षेत्रका लागि भेन्टिलेटर सुविधासहितको निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने घोषणा गरे। अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पी.एस.ले खरिद गरिएको एम्बुलेन्सबाट कुनै आम्दानी गर्ने उद्देश्य नभई आपतकालिन अवस्थाका बिरामीका लागि सेवा प्रदान गर्नका निम्तीका निःशुल्क रुपमा संचालनमा ल्याइएको बताए । विभागको रजत जयन्तीको अवसरमा अत्याधुनिक १२८ स्लाइस सिटी स्क्यान मेसिनपनि सञ्चालनमा ल्याइएको छ।
पाल्पा,२५ साउन। पाल्पामा सवारी दुर्घटना हुँदा दश जना घाइते भएका छन् । सोमबार माथागढी गाउँपालिका-५ बंसिङडाँडाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज २२३७ नम्बरको जिप तिनाउ गाउँपालिका वडा नं ४ स्थित झुम्सा–सत्यवती सडकखण्डमा अनियन्त्रित भएर सडकबाट तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा चालक देवकुमार घर्तीसहित १० जना घाइते भएका छन। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर र ९ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। सबै घाइतेलाई उपचारका लागी लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ ।
काठमाडौं,२५ साउन । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । सोमबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा विकास साझेदारी तथा सहकार्यका विषयमा छलफल भएको बताइएको छ । प्रधानमन्त्री सचिवालयका अनुसार, भेटवार्ताका क्रममा नेपाल-भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको छ। भेटमा राजदूत श्रीवास्तवले दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाए। प्रधानमन्त्री शाहले पनि भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिए।
प्युठान,२४ साउन । प्युठान प्रहरीले सामुदायिक वनबाट १३ थान भरुवा बन्दुक र दुई थान नाल बरामद गरेको छ। प्रहरीका अनुसार, इलाका प्रहरी कार्यालय लुङबहाने, प्युठानबाट खटिएको गस्ती टोलीले गस्ती गर्ने क्रममा नौबहिनी गाउँपालिका–२ डाँडाकटेरीस्थित मनकामना सामुदायिक वन र सुनसरी खोल्सामा झारपातले छोपेर राखिएको अवस्थामा उक्त हतियार बरामद भएको हो। बन्दुक र नाल नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
भक्तपुर,२४ साउन। भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटार बिरुवास्थित उत्साहित सुधार केन्द्रमा उपचाररत ४१ वर्षीय उमेश खड्गीको आइतबार बिहान मृत्यु भएको छ। घटनापछि मृतकका आफन्तले सुधार केन्द्रमा कुटपिट भएको आशंका गर्दै निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्। मृतककी श्रीमती भगवती शाहीले सुधार केन्द्रमा रहेका व्यक्तिहरुले कुटपिट गरेको देखिने सीसीटीभी फुटेज आफूहरूले प्राप्त गरेको दाबी गरेकी छन्। उनका अनुसार, खड्गीलाई बिहीबार मात्रै सुधार केन्द्रमा भर्ना गरिएको थियो र स्वास्थ्य अवस्था सामान्य थियो। जिल्ला प्रहरी परिसर भक्तपुरले घटनाको अनुसन्धान अघि बढाउँदै पाँच जनालाई नियन्त्रणमा लिएको जनाएको छ। मृतकको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ।
कपिलवस्तु,२४ साउन।कपिलवस्तु प्रहरीले विजयनगर गाउँपालिका–४ जगदिशपुरबाट पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कृष्णनगर नगरपालिका–५, डबराका २३ वर्षीय आषिश पाण्डे, कृष्णनगर नगरपालिका–८, दयानगरका २१ वर्षीय जितेन्द्र मौरिया र सोही स्थानका १९ वर्षीय विनोद कश्यप रहेको प्रहरीले जनाएको छ। कृष्णनगर नगरपालिका–८, बहादुरगन्जका स्थानीयलाई गाउँघरमा डर–धम्की देखाउँदै पेस्तोल बोकेर हिँडिरहेको सूचना प्राप्त भएपछि प्रहरीले उनीहरूको खोजी गरेको थियो। खोजी गर्ने क्रममा जगदिशपुरबाट उनीहरूलाई पेस्तोलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। प्रहरीका अनुसार, उनीहरूको साथबाट एक थान पेस्तोल र लु ६१ प ७०७२ नम्बरको मोटरसाइकल बरामद गरिएको छ। घटनाका सम्बन्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।