


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं,३१असार। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित दुई जना कर्मचारीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टीकाराम राउत रहेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई घुुससहित मंगलबार कार्यालयबाटै पक्राउ गरेको हो । घुस रकम कार्यालय सहयोगी राउतबाट बरामद भएको आयोगले जनाएको छ। जग्गाको लगतकट्टाका लागि उनीहरुले सेवाग्राहीसँग २४ लाख ५० हजार घुस लिएको अख्तियारले जनाएको छ। कार्यालय प्रमुखकै मिलेमतोमा राउतले घुस बुझेको आयोगको दाबी छ। आयोगले कार्यालय प्रमुख आचार्यको दुईवटा मोबाइल पनि जफत गरेको छ। अख्तियारका अनुसार चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र तलसिङको लगतकट्टाको फाइल रोकेर उनीहरुले…
काठमाडौं,३१असार। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने नियुक्त भएकी छन् । नेकपा एमालेका तर्फबाट राष्ट्रिय सभा सदस्य रहेकी न्यौपाने प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री पदमा नियुक्त गरेका हुन्। राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईद्धारा जारी विज्ञप्तिमा न्यौपानेले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यभार सम्हाल्ने गरी जिम्मेवारी पाएको उल्लेख छ। मन्त्री राजकुमार गुप्ता घुस डिल विवादमा मुछिएपछि मंगलबार बिहान उनले पदबाट राजीनामा दिएका थिए। लगत्तै रिक्त मन्त्री पदमा न्यौपाने नियुक्त भएकी हुन् । न्यौपाने २०७६ सालमा गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी थिइन्। राष्ट्रिय सभा सदस्यको रुपमा उनको कार्यकाल आगामी…
नेपालगञ्ज, ३१असार। भारतमा लुटपाट गरेर नेपाल आएका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कालिकोटको नरहरिनाथ गाउँपालिका-९ की २८ वर्षीया सरिता शाही, रासकोट नगरपालिका-१ का ४२ वर्षीय मनबहादुर शाही, ४२ वर्षीय तेजबहादुर शाही, सान्नी त्रिवेणी गाउँपालिका-८ का १८ वर्षीय पंकज केसी, ३८ वर्षीय अनिता खत्री र ४५ वर्षीय प्रेमबहादुर खत्री छन्। पक्राउ परेका आरोपीहरुले भारतको दिल्लीमा एक घरबाट सुन र नगद चोरी गरेर बाँकेको कोहलपुर नगरपालिका-११ स्थित होटल न्यु कालिकोटेमा बसेका थिए। पक्राउ परेका मध्ये सरिता शाही दिल्लीमा चोरी भएको घरमा काम गर्दै आएकी थिइन्। इलाका प्रहरी कार्यालय कोहलपुर प्रमुख डीएसपी लक्ष्मी खनालका अनुसार शाही काम गर्ने क्रममा परिवारको…
बुटवल,३१असार। रुपन्देही प्रहरीले सुन चोरी घटनामा संग्लन आरोपमा बुटवलका तीन जना युवाहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका-७ का २३ वर्षीय बिष्णु थापा, वडा नं. १३ का २५ वर्षीय युसुक गुरुङ र वडा नं. ६ का २२ वर्षीय बिशाल तामाङ रहेको प्रहरीले जनाएको छ। रुपन्देहीका एसपी प्रदीप बहादुर क्षेत्रीका अनुसार गत असार २५ गते तिलोत्तमा नगरपालिका-३ जानकीनगर स्थित ध्रुव भण्डारीको घरबाट सुनका गरगहनाहरु चोरी भएको थियो । सोही घटनाको अनुसन्धानको क्रममा आरोपीहरुलाई पक्राउ गरिएको हो। आरोपीहरुको साथबाट कुच्चिएको अवस्थामा एक थान मंगलशुत्र बरामद भएको उनले बताए। पक्राउ परेका आरोपीहरुलाई हिरासतमा राखेर इलाका प्रहरी कार्यालय बुटवलले चोरी सम्बन्धीको कसुरमा…
खोटाङ,३१असार। खोटाङमा चार्जमा लगाइएको मोबाइल निकाल्दा करेन्ट लागेर महिलाको मृत्यु भएको छ। बराहपोखरी गाउँपालिका–४ फाक्टाङकी २५ वर्षीया इन्द्रा राईले चार्जमा लगाएको मोबाइल निकाल्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्राराम्भिक अनुसन्धामा देखिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। प्रहरीका अनुसार घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको छ।
काठमाडौं,३१असार। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन्। बिचौलियासँग घुस लेनदेन अडियो संवादको विवादमा तानिएपछि उनले राजीनामा दिएका हुन्। मन्त्री गुप्ताले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएका हुन्। अडियो रेकर्ड अनुसार, गत पुस/माघमा काम गरिदिने भनेर मन्त्री गुप्ताले केही रकम समेत बुझिसकेका थिए ।उनले मूलत: कास्कीको भूमि आयोगको अध्यक्ष नियुक्तीबारे छलफल भए पनि पोखराको जग्गाको कुराकानीको प्रसंग समेत छ।
काठमाडौं,३१असार। सरकारले असार महिनामा मात्रै २ खर्ब २७ अर्बभन्दा बढी बजेट खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार असार १ देखि ३० गतेसम्मको अवधिमा उक्त रकम खर्च भएको हो। विज्ञहरुले असारमा गरिने अत्यधिक खर्चमाथि प्रश्न उठाउँदै आएका छन्। असारमा, चालु शीर्षक (तलब, भत्ता, गोष्ठी) मा १ खर्ब २५ अर्ब, पुँजीगत शीर्षक (विकास निर्माण) मा ७० अर्ब ४६ करोड र सार्वजनिक ऋणको भुक्तानीमा ३२ अर्बभन्दा बढी खर्च भएको छ। यो आर्थिक वर्षको अन्त्यसम्ममा कुल बजेटको करिब ८२ प्रतिशत अर्थात् १५ खर्ब १५ अर्ब रुपैयाँ खर्च भएको छ। तत्कालीन अर्थमन्त्री वर्षमान पुनले १८ खर्ब ६० अर्बको बजेट ल्याएका थिए। यस्तै, चालु शीर्षकमा…
कोहलपुर, ३१ असार। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनमानसमा सही र सकारात्मक सूचना सम्प्रेषण आजको आवश्यकता भएको बताएका छन्। एनटिभि कोहलपुरको २९ औं वार्षिकोत्सव समारोहलाई मंगलबार कोहलपुरमा सम्बोधन गर्दै उनले सञ्चार क्षेत्रले समाजलाई अराजकताको बाटोमा होइन, परिवर्तनको मार्गमा लैजान जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरे। उनले भने, ‘हामीले चौथो अंगको रुपमा सञ्चार क्षेत्रलाई लिने गरेका छौं । तर, आज सञ्चारका नाममा स्वच्छन्दवाद फैलाउने प्रवृत्ति देखिन थालेको छ । यसले समाजमा अराजकता र अस्थिरता थप्न सक्छ । यसकारण मिडियाले सत्य, तथ्यमा आधारित, जनउत्तरदायी र परिवर्तनमुखी पत्रकारिता गर्न जरुरी छ ।’ प्रदेश सरकार सञ्चार क्षेत्रसँग नजिक रहेर काम गरिरहेको उल्लेख गर्दै…
नेपालगञ्ज,३१ असार। प्रहरीले लागुऔषध र नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी लक्ष्मी खनालका अनुसार १ हजारका ५१ वटा नक्कली नोट र १९ किलो अफिमसहित कोहलपुरबाट सञ्चालित जनगर्जन नेटवर्क प्रालिमा कार्यरत पत्रकार मनबहादुर सहकारीलाई पक्राउ गरिएको हो। पक्राउ परेका आरोपीलाई हिरासतमा राखेर घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
काठमाडौं,३१असार। नेपाल सरकारले ११ जना उपसचिवको सरुवा गरेको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत ती उपसचिवहरुको सरुवा गरेको हो। सरुवा भएका उपसचिवहरुमा प्रशासन सेवा, विविध, इन्जिनियरिङ, शिक्षा र वन सेवाका कर्मचारीहरु रहेका छन्। हेर्नुहोस् सूची: